PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

  • विद्युत् चोरी गर्ने २३ जना पक्राउ, झन्डै ८ लाख रुपैयाँ जरिवाना असुल

    विद्युत् चोरी गर्ने २३ जना पक्राउ, झन्डै ८ लाख रुपैयाँ जरिवाना असुल

    लहान : विद्युत प्राधिकरण कार्यालय लहानले विद्युत् चोरीको आरोपमा २३ जनालाई पक्राउ गरेको छ।   विद्युत् प्राधिकरण कार्यालय लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले हुकिङ्ग गरी विद्यु चोरी गरिरहेको अवस्थामा जिल्लाको बस्तीपुर, झिटकी, कमल दह, ढोढना, शोभापुर, भदैया लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको प्राधिकरण लहानका प्रमुख माधवप्रसाद यादवले जानकारी दिए।   पक्राउ गरिएका सबैमाथि विद्युत चुहावट ऐनअन्तर्गत कारबाही गरिने उनले…

    विस्तृतमा पढ्नुस्

  • पाँच दशकदेखिको द्वन्द्व अन्त्यका लागि कोलम्बिया सरकार र विद्रोही समूहबीच शान्ति सम्झौता

    पाँच दशकदेखिको द्वन्द्व अन्त्यका लागि कोलम्बिया सरकार र विद्रोही समूहबीच शान्ति सम्झौता

    बोगोटा : कोलम्बिया सरकार र विद्रोही समूह रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क) बीच बिहीबार नयाँ शान्ति सम्झौतामा हस्ताक्षर हुने भएको छ।  करिब आधा शताब्दीको द्वन्द्व अन्त्य गर्न यसअघि भएको शान्ति सम्झौता जनमत सङग्रहबाट अस्विकृत भएपछि पुनः नयाँ शान्ति सम्झौता गर्न लागिएको हो।   नयाँ शान्ति सम्झौता अनुमोदनको लागि संसदमा पेश गरिने भएको छ। दोस्रो पटक जनमत सङ्ग्रहमा जानुभन्दा अनुमोदनको…

    विस्तृतमा पढ्नुस्

  • ​महिला एसिया कप खेल्न नेपाली टीम थाइल्याण्ड प्रस्थान, प्रशिक्षकमा राजु बस्न्यातकै निरन्तरता

    ​महिला एसिया कप खेल्न नेपाली टीम थाइल्याण्ड प्रस्थान, प्रशिक्षकमा राजु बस्न्यातकै निरन्तरता

    काठमाडौं : प्रशिक्षकमा राजु बस्न्यातलाई निरन्तरता दिँदै नेपाली महिला क्रिकेट टीम एसिया कप खेल्न थाइल्याण्ड प्रस्थान गरेको छ।  नोभेम्वर २६ (आगामी शनिबार) देखि बैंककमा हुने महिला एसिया कपका लागि रुबिना क्षेत्रीको कप्तनीमा रहेको नेपाली टोली बुधबार थाइल्याण्ड प्रस्थान गरेका हुन्।  टोलीलाई बुधबारै बिहान राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव केशवकुमार विष्टले नेपालको राष्ट्रिय झण्डा प्रदान गर्दै बिदाइ गरेका थिए। यस्तै…

    विस्तृतमा पढ्नुस्

  • कुसुम श्रेष्ठ 'तरकारीवाली'लाई स्नातकोत्तरसम्म छात्रवृत्ति

    कुसुम श्रेष्ठ 'तरकारीवाली'लाई स्नातकोत्तरसम्म छात्रवृत्ति

    चितवन : सामाजिक सञ्जालमा 'तरकारीवाली'को रुपमा चर्चित बनेकी गोरखाकी कुसुम श्रेष्ठलाई फिल्म 'लम्फू' युनिटको सहयोगमा स्नातकोत्तर तहसम्म नि:शुल्क छात्रवृत्ति दिइएको छ।   कुसुम अध्ययनरत चितवनको रत्ननगरस्थित क्वेस्ट मोडल कलेजमा कार्यक्रम आयोजना गरी फिल्म निर्माता कम्पनी पपुलर मल्टी मिडियाले कक्षा ११ र १२ का लागि क्वेस्ट कलेजसँगको सहकार्यता छात्रवृत्ति प्रदान गरेको हो। त्यस्तै, काठमाडौंको बबरमहलस्थित नेपाल मेघा कलेजमा स्नातक र स्नातकोत्तर…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधनबारे के छलफल भइरहेको छ, मलाई थाहा छैन : उपेन्द्र यादव

    संविधान संशोधनबारे के छलफल भइरहेको छ, मलाई थाहा छैन : उपेन्द्र यादव

    राजविराज (सप्तरी) : सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय समस्याको सम्बोधन नगरी ल्याइने संशोधन प्रस्ताव आफूहरुलाई मान्य नहुने बताएका छन्। सङ्घीय प्रेस फोरम सप्तरीले आज राजविराजमा गरेको पत्रकार सम्मेलनमा उनले जातीय, वर्गीय, क्षेत्रीय, लैङ्गिक विभेद् लगायत असमानताको सम्बोधन भएमात्र देशको राजनीतिक समस्या समाधान हुने बताए।   संविधान संशोधनबारे भइरहेको छलफलबारे आफूहरुलाई औपचारिक जानकारी नभएको भन्दै अध्यक्ष यादवले मधेसी,…

    विस्तृतमा पढ्नुस्

  • ​८ वर्षपछि पार्थिव पटेल भारतीय टेष्ट टीममा, गम्भीर आउट-भुनवेश्वर इन

    विकेटकिपर ब्याट्सम्यान पार्थिव पटेलले ८ वर्षपछि भारतीय टेष्ट टीममा पुनरागमन गरेका छन्। पटेललाई विकेटकिपर ऋद्धिमन शाहको स्थानमा टीमम समावेश गरिएको हो। चोटका कारण टेष्ट टीमका पहिलो रोजाइका विकेटकिपर शाहलाई विशाखापटनममा भएको इंगल्याण्ड विरुद्धको दोस्रो टेष्टमा चोट लागेपछि उनको स्थानमा पार्थिवलाई ल्याइएको हो।  इंगल्याण्ड विरुद्धको तेस्रो टेष्टका लागि टीम घोषणा गरिएको १५ घण्टापछि शाहको स्थानमा पार्थिवलाई समावेश गरिएको हो। तेस्रो टेष्टका लागि घोषणा…

    विस्तृतमा पढ्नुस्

  • मोदीको 'सर्जिकल स्ट्राइक'ले नेपालमा तरंग : रोकियो अवैध व्यापार, भन्सार छलीदेखि हुण्डीसमेत बन्द

    मोदीको 'सर्जिकल स्ट्राइक'ले नेपालमा तरंग : रोकियो अवैध व्यापार, भन्सार छलीदेखि हुण्डीसमेत बन्द

    विराटनगर : भारतले पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि सीमा क्षेत्रमा हुने अवैध पैठारी रोकिएको छ। पछिल्लो तीन साताको अवधिमा भारतबाट अवैध रुपमा सामान आउने क्रम पनि ठप्प भएको छ।   उद्योग सङ्गठन मोरङका उपाध्यक्ष प्रदीप मुरारकाका अनुसार भारु प्रतिबन्धसँगै भारतबाट अवैध रुपमा समान ल्याउने क्रम रोकिएको हो। अवैध व्यापार गर्ने समूहलार्इ भारतीय प्रधानमन्त्रीको 'सर्जिकल स्ट्राइक'ले ठूलो संकटमा पारेको…

    विस्तृतमा पढ्नुस्

  • ​यी हुन्, फुटबलर क्रिस्टियानो रोनाल्डोकी नयाँ प्रेमिका

    ​यी हुन्, फुटबलर क्रिस्टियानो रोनाल्डोकी नयाँ प्रेमिका

    लामो समय सँगै रहेकी रसियन प्रेमिका एरिना सायकसँग सम्बन्ध टुटेपछि नयाँ प्रेमिकाको खोजीमा रहेका फुटबलर क्रिस्टियानो रोनाल्डोकी नयाँ प्रेमिका सार्वजनिक रुपमा देखापरेकी छिन्। युरोपियन च्याम्पियन्स लिग अन्तर्गत आफ्नो पुरानो क्लब स्पोर्टिङ सिएफ विरुद्धको खेल खेल्ने क्रममा रोनाल्डो छोटो भ्रमणमा पेरिसको डिज्नेल्याण्ड पुगेका थिए। जहाँ उनलाई जर्जिना रोड्रिगेजसँगै देखिएको थियो।  नायँ प्रेमिकासँग देखिएका ३१ वर्षे रियल मड्रिड स्टार रोनालडोले विन्टर कोट,…

    विस्तृतमा पढ्नुस्

  • मलेसियामा मृत्यु भएका तामाङको शवलाई प्रधानमन्त्रीको पहलमा नेपाल ल्याइयो

    मलेसियामा मृत्यु भएका तामाङको शवलाई प्रधानमन्त्रीको पहलमा नेपाल ल्याइयो

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा मलेसियामा मृत्यु भएका पुनर्वास नगरपालिका चगाउँ, कञ्चनपुरका २९ वर्षीय सन्तबहादुर तामाङको शव नेपाल ल्याइएको छ।   वैदेशिक रोजगारीका क्रममा दुई वर्षअघि मलेसिया पुगेका तामाङ मंसिर २ गते मृत्यु भएको थियो। मृतकका परिवारले शव नेपाल ल्याउने व्यवस्था मिलाइदिन प्रधानमन्त्री कार्यालयमा अनुरोध गरेपछि प्रधानमन्त्रीले चासो राखेका थिए।   मृतकका आफन्तको अनुरोधपछि नेकपा माओवादी केन्द्र कञ्चनपुर…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ ब्राण्डको अर्को मोबाइल भित्रियो, ४ सिरिजका ११ मोडल नेपाली बजारमा

    चिनियाँ ब्राण्डको अर्को मोबाइल भित्रियो, ४ सिरिजका ११ मोडल नेपाली बजारमा

    काठमाडौं : नेपाली बजारमा अर्को चिनियाँ ब्राण्डको मोबाइल थपिएको छ। लियागो ब्राण्डको मोबाइल नेपाली बजारमा भित्रिएको हो। दसैंअघि ओप्पो र मेजु ब्राण्डका चिनियाँ ब्राण्डका मोबाइल नेपाली बजारमा आएका थिए।   नेपाली बजारमा जियोनी, हुवावे, जेटिर्इ, वान प्लस र शाओमी ब्राण्डका चिनियाँ मोबाइल भित्रिसकेका छन्। चिनियाँ ब्राण्डसँगै प्रतिस्पर्धा गर्न लियागो मोबाइल नेपाली बजारमा आएको हो।   नेपालको आधिकारिक बिक्रेता जेएसएस ग्रुपले…

    विस्तृतमा पढ्नुस्

  • गढीमाईलाई लुम्बिनी र पशुपतिनाथ जत्तिकै विकास गर्नुपर्छ : राष्ट्रपति भण्डारी

    गढीमाईलाई लुम्बिनी र पशुपतिनाथ जत्तिकै विकास गर्नुपर्छ : राष्ट्रपति भण्डारी

    वीरगन्ज : राष्ट्रपति विद्यादेवी भण्डारीले गढीमाई मन्दिरलाई लुम्बिनी र पशुपतिनाथको जस्तो धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताएकी छिन्।   बाराको गढीमाई नगरपालिकास्थित शक्तिपीठ गढीमाईको पूजाअर्चनापछि आयोजित सभालाई सम्बोधन गर्दै उनले गढीमाईलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न बृहत्तर गुरुयोजना बनाई सरकारसमक्ष पेस गर्न सुझाव पनि दिइन्।   राष्ट्रपति भण्डारीले गढीमाईको विकास गर्ने गुरुयोजना कार्यान्वयनका लागि आफूले सरकारलाई घचघच्याउने वचन पनि दिएकी…

    विस्तृतमा पढ्नुस्

  • रंगशाला बनाउन प्रवासी नेपालीको अभियान, सामाजिक सञ्जालबाटै जुट्यो १० लाख

    रत्ननगर (चितवन) : चितवन नगरपालिकामा रङ्गशाला निर्माणका लागि विदेशमा बस्ने चितवनका बासिन्दाले सामाजिक सञ्जालमार्फत आर्थिक सङ्कलन अभियान सुरु गरेका छन्।   गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का केन्द्रीय सदस्य सोमप्रसाद सापकोटाको नेतृत्वमा सामाजिक सञ्जालमार्फत सो अभियान थालिएको हो।   अभियानमा आजसम्म रु १० लाख सङ्कलन भएको अभियानका अन्तर्राष्ट्रिय संयोजक सापकोटाले जानकारी दिए। उनका अनुसार एक महिनासम्म सञ्चालन…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी रोकेर भित्तो काट्ने तयारी, पुसदेखि कालोपत्रे गरिने

    नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी रोकेर भित्तो काट्ने तयारी, पुसदेखि कालोपत्रे गरिने

    चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा चाड पर्व सकिएसँगै गाडी रोकेर भित्तो काट्ने र सडक फराकिलो बनाउने तयारी सुरु गरिएको छ।   गत वर्ष केही महिना दिउँसो चार घण्टासम्म सवारी रोकेर भित्तो काट्ने काम गरिएको थियो। सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सो सडकखण्डको ३२ किलोमिटरमध्ये १९ दशमलव पाँच किलोमिटर क्षेत्रमा भित्तो काटेर सडक फराकिलो बनाउनुपर्नेछ।   'अग्लो पहाड र साँघुरो सडक…

    विस्तृतमा पढ्नुस्

  • विमानस्थलसँगै फास्ट ट्रयाक यसरी बनाउन सकिन्छ, अर्थविद् रामेश्वर खनालका सूत्रहरु

    सरकारले काठमाडौँ–तराई द्रुतमार्ग निर्माणको ठेक्का पाएको भारतीय कम्पनीको सम्झौता रद्द गर्ने भएको छ। भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लेजिङ एन्ड फाइनान्सिएल सर्भिस लिमिटेड (आइएलएफएस) लाई फास्टट्रयाक निर्माण गर्न दिने सम्झौता भएको थियो। ठेक्का रद्दसँगै सरकारले आफ्नै पुँजीमा आयोजना अगाडि बढाउने तयारी गरेको हो। दीर्घकालीन महत्वको रणनीतिक यो आयोजना कसरी निर्माण गर्नुपर्छ भनेर केही समयअघि हामीले पूर्व अर्थसचिव रामेश्वर खनालसँग कुराकानी गरेका थियौं।…

    विस्तृतमा पढ्नुस्

  • स्तन क्यान्सरपीडित सुजातालाई पाठेघरको पनि क्यान्सर, गरियो शल्यक्रिया

    स्तन क्यान्सरपीडित सुजातालाई पाठेघरको पनि क्यान्सर, गरियो शल्यक्रिया

    काठमाडौं : स्तन क्यान्सरबाट पीडित कांग्रेस नेतृ सुजाता कोइरालालाई पाठेघरको समेत क्यान्सर भएको पुष्टि भएको पारिवारिक स्रोतले बताएको छ। आजै उनको पाठेघरको शल्यक्रिया गरिएको छ।   स्तन क्यान्सरको उपचारका लागि सिंगापुरको सेन्ट पिटर्सवर्गमा उनी पाँच दिन बसेकी थिइन्। त्यहाँको उपचारपछि मलेसिया थप परीक्षण गराउँदा उनमा पाठेघरको पनि क्यान्सर भएको पत्ता लागेको हो। आइतबार मलेसियाको सनवे हस्पिटल पुगेकी उनको आज पाठेघरको सफल…

    विस्तृतमा पढ्नुस्

  • म हाकु काले मात्र होइन नि : सौगात मल्ल

    म हाकु काले मात्र होइन नि : सौगात मल्ल

    काठमाडौं : नेपाली फिल्म उद्योगमा टर्निङ पोइन्ट मानिएको फिल्म 'लुट'मा हाकु कालेका रुपमा देखिए सौगात मल्ल। त्यसपछि सौगात नचिन्नेहरुले पनि हाकु कालेलाई भने चिन्न थाले। उनले फिल्ममा बोलेको डायलग 'बल होइन पासा डिमाग लगा' डिमाग'ले पनि खुब चर्चा कमायो। तर लुटले दिलाएको सो परिचयमा सीमित हुन चाहेनन् उनी। त्यसैले भन्छन्, 'कुनै एउटा फिल्ममा निर्वाह गरेको भूमिकाकै आधारमा मात्र कलाकारलाई चिन्नु…

    विस्तृतमा पढ्नुस्

  • एकीकृत बस्तीको सफलतापछि धुर्मुुस-सुन्तली बालमैत्री देशको अभियानमा

    एकीकृत बस्तीको सफलतापछि धुर्मुुस-सुन्तली बालमैत्री देशको अभियानमा

    काठमाडौं : सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले देशलाई बालमैत्री बनाउने घोषणा गरे। रामेछाप सदरमुकाम मन्थलीमा बालमैत्री स्थानीय शासन सम्बन्धी फिल्म ‘ज्योति’ प्रर्दशन समारोहमा बोल्दै उनीहरुले देशलाई बालमैत्री बनाउने घोषणा गरेका हुन्। धेर्मुसले भने,'बालमैत्री देश बनेमा मात्र समृद्ध नेपाल सम्भव छ। त्यसका लागि नयाँ अभियान सुरु गरेका हौं।' सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका लागि युनिसेफ नेपालको सहयोगमा धुर्मुस…

    विस्तृतमा पढ्नुस्

  • चौथो पटक तोकियो सातौं राष्ट्रिय खेलकुदको मिति, अब पुस ८ देखि १५ सम्म हुने

    चौथो पटक तोकियो सातौं राष्ट्रिय खेलकुदको मिति, अब पुस ८ देखि १५ सम्म हुने

    काठमाडौं : सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न चौथो पटक मिति तोकिएको छ। राष्ट्रिय खेलकुद परिषद् राखेपको १०७ औं बोर्ड बैठकले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय गरेको छ। राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपालीको अध्यक्षतामा सोमबार सातदोबाटोमा बसेको बोर्ड बैठकले सातौं राष्ट्रिय खेलकुद पुस ८ देखि १५ गतेसम्म गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित…

    विस्तृतमा पढ्नुस्

  • एमाले भ्रातृ संगठनको चेतावनी- 'संविधान संशोधनको दुस्प्रयास गरे कफन बाँधेर सडकमा आउँछौं'

    एमाले भ्रातृ संगठनको चेतावनी- 'संविधान संशोधनको दुस्प्रयास गरे कफन बाँधेर सडकमा आउँछौं'

    काठमाडौं : जनताको भावनाविपरीत संविधान संशोधन गर्न लागिएको भन्दै एमालेको दुई भ्रातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियुले आन्दोलनको चेतावनी दिएका छन्।   सत्ता स्वार्थ र गलत प्रभावमा परेर संशोधन गर्न लागिएको कुरा बाहिर आएको जनाउँदै दुई संगठनले 'संशोधनको दुस्प्रयासविरुद्ध' आन्दोलनको चेतावनी दिएका हुन्।   '९१ प्रतिशत जनप्रतिनिधिहरुको सहभागितामा जारी गरिएको संविधान मात्र ८-९ प्रतिशतले अवमूल्यन गर्ने र नमान्ने कुरा…

    विस्तृतमा पढ्नुस्

  • थप सुन्दर बन्दै फेवाकिनार, १२० वटा लालुपाते रोपियो

    थप सुन्दर बन्दै फेवाकिनार, १२० वटा लालुपाते रोपियो

    पोखरा : पर्यटकीय स्थल पोखराको फेवाताल किनारमा लालुपाते फूल रोपिएको छ। डेनियल संस्थाको सहयोगमा १२० वटा लालुपाते फूलका बिरुवा रोपिएका हुन्।   सामुदायिक प्रहरी सेवा केन्द्र बैदाम तथा सामुदायिक सेवा केन्द्रको आयोजनामा फेवाताललाई थप सुन्दर बनाउन फूल रोपिएको सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष भीम पराजुलीले बताए। फूल रोप्नका लागि युवा सङ्घ बैदामका युवाको सक्रियतामा खाल्टा खनिएको थियो। ती फूलका बिरुवा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell