PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

  • भारतीय दूतावासले भोजमा डाकेन एमाले अध्यक्षलाई, 'निम्ता भएको भए जानुहुन्थ्यो'

    काठमाडौँ : भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा भारतीय दूतावासले आफ्नै कार्यालय परिसरमा बुधबार आयोजना गरेको भोजमा पूर्व प्रधानमन्त्री केपी ओली उपस्थित भएनन्। पूर्व प्रधानमन्त्री ओलीसँगै अर्का पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपाल पनि भारतीय दूतावासमा देखिएनन्। कांग्रेस सभापति शेरबहादुर देउवा लगायत मन्त्री र पूर्व मन्त्रीहरु भने दूतावासमा देखिएका थिए।   मिडियामा यसलाई 'इस्यु' बनाइयो। दूतावास धाउनु हुन्न भन्ने मान्यताका कारण…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पपछि नेपालमा स्कुल बनाउन आएका ह्यारी गुपचुप क्यानडा, नयाँ गर्लफ्रेन्डसँग साता विताए

    भूकम्पपछि नेपालमा आएर पुनर्निर्माणमा दुई साता सक्रिय रहेका बेलायती युवराज ह्यारी अहिले प्रेमका कारण चर्चामा छन्। नेपालमा आएर तोकेभन्दा बढी समय गुपचुप बसेर काम गरेका उनी अहिले भने गुपचुप प्रेमिका भेट्न क्यानडा पुगेको विषयले चर्चामा छन्। बेलायती युवराज ह्यारीले गएको साता क्यानडामा नयाँ प्रेमिका मेघन मार्केलको घरमा बिताए। गुपचुप क्यानडा पुगेका उनी हिजो रातिमात्रै सार्वजनिक भए। स्रोतलाई उदृत गर्दै डेली मेलले…

    विस्तृतमा पढ्नुस्

  • हृतीकको क्रिस फोरमा हुन्छ के?

    भर्खरै फिल्म क्रिस फोर थालेका फिल्ममेकर राकेश रोशनले फिल्ममा एक्सन सिक्वेन्सहरु भरपुर हुने बताएका छन्। सुपरहिट सुपरहिरोको फ्रेन्चाइज क्रिसको अर्को संस्करणको स्क्रिप्टमा काम गरिरहेका छन् उनी। ‘आउँदो अप्रिल या मे बाट फिल्म सुटिङमा जान्छ। यो ठूलो प्रोजेक्ट हो। हामीले भिएफएक्समाथि काम गर्नुपर्नेछ र बजेटमाथि पनि। दर्शकका लागि फिल्म निक्कै अपिलिङ हुनेछ,’ उनले भने। ‘फिल्ममा हामी अन्तर्राष्ट्रिय एक्सन डाइरेक्टरलाई जोड्नेछौं। एक्सनलाई थप…

    विस्तृतमा पढ्नुस्

  • पशुपतिमा भारतका राष्ट्रपतिले गराए रुद्री पाठ

    काठमाडौं : भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पशुपतिनाथ मन्दिरमा पुगी विशेष पूजाअर्चना गरेका छन्।   मन्दिर परिसरमा अवस्थित बासुकी मन्दिरका साथै गणेश, सूर्य, नारायण, भैरव, नवग्रहलगायत अन्य देवीदेवताको पनि उनले पूजा गरे। गर्भगृहबाट प्रवेश गरी धर्मशिला, दक्षिणद्वारबाट भगवान् पशुपतिनाथको अघोर स्वरुप, पूर्वीद्वारबाट तत्पुरुष स्वरुप र विधिपूर्वक पञ्चामृत स्नान र रुद्रीपाठसहित पशुपतिनाथको पूजा गरेका थिए।   त्यसअघि उनले सङ्कटमोचन हनुमान र नवग्रहको दर्शन गरेका…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको फेरि प्रस्ताव : नेपाल, भारत र चीनबीच त्रिदेशीय साझेदारी

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको समृद्धि र विकासका लागि नेपालसहित भारत र चीनबीच त्रिदेशीय साझेदारी तीन वटै देशको हितका लागि आवश्यक रहेको बताएका छन्।   भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको अवसर पारेर इण्डिया फाउण्डेशनको आयोजना नेपाल भारत नीति अनुसन्धान परिषद् र नेपाल सेन्टर फर कन्टेम्पोररी स्टडिजको सहआयोजनामा दुई देशका प्रबुद्ध व्यक्तित्व सहभागी 'फर्स्ट बाइलेटरल डाइलग नेपाल एण्ड भारत…

    विस्तृतमा पढ्नुस्

  • मुखर्जीलाई कालो झन्डा देखाउँदा समातिएपछि हिरासतमै अनसन

    काठमाडौं : भ्रष्टाचारविरोधी अभियन्ता शारदा भुसाल झाले प्रहरी वृत्तभित्रै आमरण अनसन थालेकी छन्। आफूलाई बिनाकारण पक्राउ गरिएको भन्दै हिजो बेलुका ८ बजेदेखि उनले आमरण अनसन सुरु गरेकी हुन्। भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको विरोधमा उत्रिएको भन्दै प्रहरीले उनलाई माइतीघर मण्डलाबाट पक्राउ गरेको थियो। पक्राउपछि महानगरीय प्रहरी वृत्त कमलपोखरी लगिएकोमा उनले त्यहीँ नै आमरण अनसन थालेकी हुन्। मण्डलामा एक्लै उभिएको अवस्थामा…

    विस्तृतमा पढ्नुस्

  • देउवा आज दिल्ली हुँदै गोवातिर, किन जाँदैछन् त?

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच दिने भारत भ्रमणका लागि आज त्यसतर्फ जाँदैछन्।   इन्डिया फाउन्डेसनले गोवामा गर्न लागेको कार्यक्रममा सहभागी हुन देउवा भारत जान लागेका हुन्। बिहान ८ बजे नेपाल एयरलाइन्सको विमानमा नयाँदिल्ली जान लागेका देउवा आजै गोवा पुग्नेछन्। देउवाले पत्नी आरजुलाई पनि साथमा लिएर जाँदैछन्।   गोवामा हुने इन्डिया फाउण्डेसनको कार्यक्रमपछि नयाँदिल्ली फर्किएर उनी राजनीतिक भेटघाटमा रहनेछन्।…

    विस्तृतमा पढ्नुस्

  • लोकमानका कान्छा ज्वाइँलाई पनि सर्वोच्चको मुद्दा

    काठमाडौँ : लोकमानसिंह कार्कीको बचाउमा अदालतलाई अवरोध गर्ने प्रबल थापासहित चार जनाविरुद्ध अवहेलना गरेको भन्दै मुद्दा दायर भएको छ।   अधिवक्ता ओमप्रकाश अर्यालले अदालतको म्याद तामेलीमा अवरोध गरेको भन्दै अख्तियार प्रमुख कार्कीसहित उनका कान्छा ज्वाइँ राप्रपा नेपालका अध्यक्ष कमल थापा एवं एन्फाका पूर्व अध्यक्ष गणेश थापाका भान्जा प्रवल थापा, कृषि विकास बैंकका अध्यक्ष तथा पूर्व कानुन सचिव प्रमोद कार्की र…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् राष्ट्रपतिले दिएको भोजको भिडियो

    काठमाडौँ : नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा राष्ट्रपति विद्या भण्डारीले बुधबार राति सोल्‍टी होटलमा राजकीय भोज (स्टेट ब्याङ्क्वेट) आयोजना गरिन्।  उनले भारतका राष्ट्रपतिको सुस्वास्थ्य र सुखका लागि, भारतीय जनताको सुख, शान्ति र समुन्नतिका लागि तथा नेपाल र भारतबीच चिरस्थायी मैत्री र सहयोगका लागि टोस्ट प्रस्ताव राखिन्। जवाफमा भारतीय राष्ट्रपति मुखर्जीले नेपालका राष्ट्रपतिको सुख र स्वास्थ्यका लागि, नेपाली जनताको सुख, शान्ति र…

    विस्तृतमा पढ्नुस्

  • इयुबाट अलग हुन अदालतको निर्देशनले अलमल

    संयुक्त अधिराज्य (युके)को उच्च अदालतले बिहीबार एउटा महत्वपूर्ण आदेश गर्दै युरोपेली संघ (इयु)बाट छुट्टिने निर्णयलाई प्रभावित बनाएको छ। युरोपेली संघबाट बाहिरिने बेलायत सरकारको निर्णयलाई चुनौती दिँदै अदालतले संसदमा भोटिङ नभइ यस्तो निर्णय लिन नसक्ने फैसला सुनाएको हो। प्रधानमन्त्री थेरेसा मेको सरकारको निर्णयमाथि यो कडा प्रहार हो। बेलायत सरकारले भने अदालतको निर्णय दु:खद् भएको बताउँदै यसमाथि अपिल गर्नसक्ने जनाएको छ। अदालतको यो…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरमा यस्तो रहनेछ भारतीय राष्ट्रपतिको कार्यक्रम

    जनकपुरमा यस्तो रहनेछ भारतीय राष्ट्रपतिको कार्यक्रम

    धनुषा : भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज जनकपुर आउँदैछन्। यति बेला मुखर्जीको स्वागतका लागि यहाँका बासिन्दा तयारीमा छन्।   राष्ट्रपतिको स्वागतका लागि जनकपुरधाम झकिझकाउ बनाइएको छ। जनकपुरको मुख्य सडकमा स्वागतद्वार र नेपाल-भारतको राष्ट्रिय झन्डाले सजाइएको छ। जानकी मन्दिरलाई सरसफाइ गरी नयाँ रङ्गरोगन गरिएको छ।   जनकपुर विमानस्थलदेखि तिरहुतिया गाछीसम्ममा ९१ वटा स्वागतद्वार निर्माण गरिएको छ। राष्ट्रपति मुखर्जीको जनकपुरधाम भ्रमणका लागि…

    विस्तृतमा पढ्नुस्

  • सिद्धिनरसिंह मल्लले ३७६ वर्षअघि थालेको कार्तिक नाच पाटनमा सुरु

    सिद्धिनरसिंह मल्लले ३७६ वर्षअघि थालेको कार्तिक नाच पाटनमा सुरु

    ललितपुर : पाटनको प्रसिद्ध कार्तिक नाच बिहीबार साँझदेखि सुरु भएको छ। कृष्ण लीलामा आधारित नाच पाटन दरबार क्षेत्रमा हुने गर्छ।   नाच १२ दिनसम्म चल्ने कार्तिक नाच व्यवस्थापन समितिले जनाएको छ। नाचमा नेवारी समुदायका विभिन्न जात–उपजातको सहभागिता हुने समितिका अध्यक्ष किरण मानन्धरले बताए।   नाच हेर्न उपत्यकाका विभिन्न स्थानबाट दर्शक पाटन दबार क्षेत्र आइपुग्ने गरेको छन्। सुरुका दिनहरुमा भन्दा पनि…

    विस्तृतमा पढ्नुस्

  • २७ गतेदेखि पोखरामा हुँदैछ तरुण दलको महाधिवेशन

    २७ गतेदेखि पोखरामा हुँदैछ तरुण दलको महाधिवेशन

    पोखरा : नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन कात्तिक २७, २८ र २९ गते पोखरामा हुने भएको छ। नेपाल तरुण दलका अध्यक्ष उदयशमशेर राणाले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।   यसअघि दुईदुई पटक महाधिवेशन सरेको थियो। अब भने महाधिवेशनका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेकोले तोकिएकै समयमा  महाधिवेशन सम्पन्न हुने राणाको भनाइ छ।  …

    विस्तृतमा पढ्नुस्

  • धेरै संरचना भत्काउनुपर्ने भएपछि जोगवनी-धरान सडक अब ४ लेनको मात्र बन्ने

    धेरै संरचना भत्काउनुपर्ने भएपछि जोगवनी-धरान सडक अब ४ लेनको मात्र बन्ने

    गोपालप्रसाद पोखरेल पथरी (मोरङ) : विराटनगरको जोगवनी नाकादेखि धरानसम्मको कुल ५० किलोमिटर सडक चार लेनको निर्माण हुने भएको छ।   दुहवी र इटहरीबजार क्षेत्रका धेरै घर संरचनाहरु सडक फराकिलो बनाउने क्रममा भत्काउनुपर्ने देखिएपछि प्रस्तावित ६ लेन सडकलाई घटाएर चार लेनमा निर्माण गर्न लागिएको हो। सडक आयोजना प्रमुख दीपक भट्टराईले सरकारको निर्णय आउन अझै बाँकी रहे पनि स्थानीयवासीको असहयोगले ६ लेन…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरका भूकम्पपीडितलाई अर्को सातादेखि पहिलो किस्ताको अनुदान रकम

    भक्तपुरका भूकम्पपीडितलाई अर्को सातादेखि पहिलो किस्ताको अनुदान रकम

    रमेश गिरी भक्तपुर : भक्तपुरका भूकम्प प्रभावितलाई अर्को सातादेखि पहिलो किस्ताको अनुदान रकम रु ५० हजार वितरण गरिने भएको छ।   सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना इकाई कार्यालयले स्थानीय निकायमार्फत भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम वितरणका लागि अनुदान सम्झौता गर्न गाउँगाउँमा सूचना जारी गरिएको छ।   भूकम्पीय आवास पुनःनिर्माण परियोजना, जिल्ला आयोजना कार्यान्वयन समितिका संयोजक एवम्…

    विस्तृतमा पढ्नुस्

  • देउवा लागे दिल्लीतिर, पाँचदिने भ्रमणमा राजनीतिक भेटघाट पनि

    देउवा लागे दिल्लीतिर, पाँचदिने भ्रमणमा राजनीतिक भेटघाट पनि

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच दिने भारत भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन्।   नेपाल एयरलाइन्सको विमानबाट उनी आज बिहान भारत लागेका हुन्। भारतको गोवामा इन्डिया फाउन्डेसनले आयोजना गर्ने कार्यक्रममा उनी सहभागी हुनेछन्। बिहान ८ बजेको फ्लाइटबाट नयाँदिल्ली उडेका देउवा आजै गोवा पुग्दैछन्।   गोवामा हुने कार्यक्रममा सहभागी भएपछि नयाँदिल्लीमा उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस…

    विस्तृतमा पढ्नुस्

  • ​युरोपा लिग : फेनरवाचेसँग हार्‍यो म्यान युनाइटेड, इन्टर साउदह्याम्पटनसँग पराजित

    ​युरोपा लिग : फेनरवाचेसँग हार्‍यो म्यान युनाइटेड, इन्टर साउदह्याम्पटनसँग पराजित

    इंगलिस क्लब म्यानचेष्टर युनाइटेड युरोपा लिगमा फेरि हार्दा अर्को इंगलिस क्लब साउदह्याम्पटनले जित हासिल गर्दै नकआउटको सम्भावना कायम राखेको छ। गएराति भएको खेलमा म्यान युनाइटेड फेनरवाचेसँग उसैको मैदानमा २-१ ले पराजित भएको हो। यसअघि घरेलु मैदान ओल्ड ट्राफोर्ड टर्किस क्लबलाई ४-१ ले हराएको युनाइटेड फेनरवाचेको मैदानमा भने फिक्का देखियो।  घरेलु मैदानमा फेनरवाचेलाई जिताउन माउसा सोव र जेरेमेन लेन्सले १/१ गोल…

    विस्तृतमा पढ्नुस्

  • भारतीय राष्ट्रपति पोखरा पुग्दै, प्याराग्लाइडिङ पनि पूर्ण रुपमा बन्द

    भारतीय राष्ट्रपति पोखरा पुग्दै, प्याराग्लाइडिङ पनि पूर्ण रुपमा बन्द

    पोखरा : राजकीय भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी केही बेरमै पोखरा आउँदैछन्।   मध्याह्न १२:४५ बजे पोखरा विमानस्थलमा आइपुग्ने तालिका छ। पोखरा विमानस्थलमा उत्रिएपछि उनलाई अतिविशिष्ट कक्षमा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बराल, पश्चिम पृतनापति जगदीशचन्द्र पोखरेल लगायतले स्वागत गर्ने कार्यक्रम छ।   पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालका अनुसार पोखरा भ्रमणलाई भव्यरुपमा सफल…

    विस्तृतमा पढ्नुस्

  • भारतमा रहेका गोर्खा सैनिक फिर्ताको माग गर्दै माओवादीको विरोध र्‍याली

    काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले राजधानीको शान्तिवाटिकाबाट विरोध र्‍याली निकालेको छ।   शान्तिवाटिकाबाट सुरु भएको र्‍याली लैनचौरस्थित भारतीय दूतावासबास पुग्नेछ। त्यहाँ उनीहरुले दूतावास घेर्ने कार्यक्रम छ।   भारतमा रहेका गोर्खा सैनिकको फिर्ताको माग गर्दै विरोध र्‍याली निकालेको पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए। पाकिस्तान र भारतको लडाइँमा गोर्खा सैनिकलाई प्रयोग गरेको र नेपाली युवाको मृत्यु भएकाले तत्काल भारत सरकारले…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : बलिउड शून्य, हलिउडका दुई र एक नेपाली फिल्म

    फ्राइडे रिलिज : बलिउड शून्य, हलिउडका दुई र एक नेपाली फिल्म

    फ्राइडे रिलिजमा यसपाला एकमात्र नेपाली फिल्म परेको छ। तीन साता अघि स्पेसल सो र एक साता अघि प्रिमियर सो गरेको फिल्म 'द विनर' आजबाट प्रदर्शनमा आएको हो। यो हप्ता अन्य नेपाली फिल्म रिलिज नभए पनि मल्टिप्लेक्समा छक्का पञ्जा र सिंगल थियटरमा राधाको वर्चस्व कायम छ। हिक्मत बिष्ट निर्देशित फिल्म 'द विनर' डायमण्ड स्टार फिल्मसको ब्यानरमा विकास खरेल, सुवोध ठकुरी, रितेश…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell