PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

  • जानकी मन्दिरमा भारतीय राष्ट्रपति मुखर्जीले गरे विशेष पूजाअर्चना

    जानकी मन्दिरमा भारतीय राष्ट्रपति मुखर्जीले गरे विशेष पूजाअर्चना

    जनकपुरधाम : प्राचीन मिथिलाको राजधानी जनकपुर आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले यहाँको जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका छन्।   उनी नेपालको तीनदिने राजकीय भ्रमणको अन्तिम दिन जनकपुर आएका हुन्। यहाँ भारतीय राष्ट्रपतिले पूजा गर्नेमध्ये उनी तेस्रो हुन्। यसअघि राष्ट्रपति निलमसञ्जीवा रेड्डी र ज्ञानी जेल सिंहले पनि जानकी मन्दिरमा पूजा गरेका थिए।   मुखर्जीले जानकी मन्दिरको गर्भगृहमा महात्मा सुरकिशोर दासद्वारा प्रतिष्ठापित…

    विस्तृतमा पढ्नुस्

  • गोर्खा सैनिक फिर्ताको माग गर्दै विरोध र्‍याली निकाल्ने १३ माओवादी कार्यकर्ता पक्राउ

    काठमाडौं : गोर्खा सैनिक फिर्ताको माग गर्दै विरोधमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। राजधानीको शान्तिवाटिकाबाट विरोध र्‍याली निकाल्ने क्रममा प्रहरीले १३ कार्यकर्तालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रद्युम्न कार्कीले बताए।   भारतमा रहेका गोर्खा सैनिकको फिर्ताको माग गर्दै विरोध र्‍याली निकाल्ने र लैनचौरस्थति भारतीय दूतावासमा पुगी ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको पार्टीका…

    विस्तृतमा पढ्नुस्

  • ​रोहित सेट्टीको ‘गोलमाल अगेन’मा परिनीति चोपडा!

    ​रोहित सेट्टीको ‘गोलमाल अगेन’मा परिनीति चोपडा!

    बलिउड निर्देशक रोहित सेट्टीले गोलमालको सिक्वेलमा नयाँ फेस ल्याउन चाहन्छन्। पछिल्लो रिपोर्टअनुसार परिनिती चोपडा उनको छनोटमा परेकी छिन्। बलिउडको सिक्बेलहरुमध्ये सबैभन्दा बलियो फिल्म रहेको गोलमालका लागि उनले सम्झौतासमेत गरिसकेकी छिन्। त्यसो त गोलमालको चौथो संस्करणमा आलिया भट्ट र श्रद्धा कपुरको नाम चर्चामा आएको थियो। यी दुईमध्ये एक लिडिङ लेडीका रुपमा फिल्ममा रहने बताइएको थियो। तर, यी दुवैलाई परिनितीले विस्थापित गरिन्…

    विस्तृतमा पढ्नुस्

  • अल्ट्रा धावक मीरा राई नेशनल जियोग्राफीको 'एड्भेन्चरस अफ दि इअर' अवार्डका लागि मनोनीत

    अल्ट्रा धावक मीरा राई नेशनल जियोग्राफीको 'एड्भेन्चरस अफ दि इअर' अवार्डका लागि मनोनीत

    विश्व अल्ट्रा रेसमा चर्चित नेपाली अल्ट्रा धावक मीरा राई 'एड्भेन्चरस अफ दि इअर' अवार्डको मनोनयनमा परेकी छिन्।   नेशनल जियोग्राफीले हरेक वर्ष प्रदान गर्दै आएको उक्त अवार्डमा मीरा अन्य ९ जनासँगै मनोनयनमा परेकी हुन्। विश्वभरका साहसिक खेलसँग आबद्ध १० जनालाई समेट्दै नेशनल जियोग्राफीले एड्भेन्चरस अवार्डको लागि सूची सार्वजनिक गरेको हो।   नेपालको पूर्वी क्षेत्र भोजपुरमा जन्मेकी मीरा राई तत्कालीन नेकपा…

    विस्तृतमा पढ्नुस्

  • #Advt हामीसँग काम गर्न चाहनुहुन्छ?

    #Advt हामीसँग काम गर्न चाहनुहुन्छ?

    बिजमाण्डू र पहिलोपोस्टलाई केही रिपोर्टर र कपी एडिटर चाहिएको छ। हामी अनुभव भएका साथी खोजिरहेका छौं। तर हाम्रो मापदण्डमा फिट हुनसक्नुभयो भने कतै काम नगरे पनि समस्या छैन। तपाईँ इच्छुक हो भने सबैले बुझ्ने गरी लेख्न सक्ने भने हुनैपर्छ। अंग्रेजी र हिन्दीलाई नेपालीमा अनुवाद गर्न सक्ने र त्यसमा रमाउने हुनुपर्छ। ट्विटर र फेसबुक जस्ता सामाजिक सञ्जाल तपाईँका लागि अर्कै दुनियाँको…

    विस्तृतमा पढ्नुस्

  • सुरु भयो छठको रौनक, मैथिली संस्कृतिको प्रभाव पहाडमा पनि फैलँदै

    काठमाडौं : सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्व आजदेखि सुरु भएको छ ।   कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा ब्रतालुले आज स्नान गरी चोखो खाएर बसिन्छ। यस दिनबाट छठपर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ। चतुर्थीको कर्मलाई ‘अरबाइन वा अरबा’ भनिन्छ।   मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर…

    विस्तृतमा पढ्नुस्

  • प्रिभ्यु : एएफसी सोलिडारिटी कप, नेपाल भर्सेस टिमोर लेस्टे

    प्रिभ्यु : एएफसी सोलिडारिटी कप, नेपाल भर्सेस टिमोर लेस्टे

    काठमाडौं : एएफसी सोलिडारिटी कप अन्तर्गत समूहको पहिलो खेलमा नेपालले भोलि टिमोर लेस्टेसँग खेल्दैछ।   नेपालले शनिबार मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा लेस्टेसँग पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।   समूह ए मा तीन टोलीमा रहेको र टिमोर लेस्टेले पहिलो खेलमा ब्रुनाईसँग हारिसकेको कारण नेपालले पहिलो खेल जितेमा सिधै सेमिफाइनल प्रवेश गर्नेछ। तर नेपाली टिमका प्रशिक्षक गोतोकु कोजीले टिमोर लेस्टेलाई कमजोर प्रतिद्वन्द्वी…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन ह्येले भनिन्- 'स्क्यान्डल मेरै गल्ती थियो'

    दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन ह्येले भनिन्- 'स्क्यान्डल मेरै गल्ती थियो'

    दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन ह्येले राजनीतिक स्क्याण्डलले आफ्नो 'हर्टब्रोकन' भएको बताएकी छिन्।   शुक्रबार टेलिभिजन सम्बोधनका क्रममा पार्कले उक्त स्क्याण्डलको सम्पूर्ण उत्तरदायित्वले आफू लिने र अनुसन्धानका लागि स्वागत गर्ने बताइन्। 'स्क्याण्डलपछि मेरो मनमा एकदमै ठूलो उत्तरदायित्वबोध भइरहेको छ,' आफ्नो पदलाई धरापमा पार्ने स्क्याण्डलबारे टेलिभिजन सम्बोधनमा पार्कले भनिन्, 'यो सबै मेरो गल्ती र भुल थियो।'   पार्क निकट रहेकी चोइ…

    विस्तृतमा पढ्नुस्

  • झकिझकाउ जानकी मन्दिरमा भारतीय राष्ट्रपति, हेर्नुस् १२ फोटोमा

    झकिझकाउ जानकी मन्दिरमा भारतीय राष्ट्रपति, हेर्नुस् १२ फोटोमा

    जनकपुर : प्राचीन मिथिलाको राजधानी जनकपुर आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले यहाँको जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका छन्।   उनी नेपालको तीनदिने राजकीय भ्रमणको अन्तिम दिन जनकपुर आएका हुन्। यहाँ भारतीय राष्ट्रपतिले पूजा गर्नेमध्ये उनी तेस्रो हुन्। यसअघि राष्ट्रपति निलमसञ्जीवा रेड्डी र ज्ञानी जेल सिंहले पनि जानकी मन्दिरमा पूजा गरेका थिए।   मुखर्जीले जानकी मन्दिरको गर्भगृहमा महात्मा सुरकिशोर दासद्वारा प्रतिष्ठापित…

    विस्तृतमा पढ्नुस्

  • प्रेमिका हत्याको अभियोगमा पक्राउ परेका युवकले कारागारभित्रै गरे आत्महत्या

    चितवन : जिल्ला कारागार भरतपुरमा एक कैदीले आत्महत्या गरेका छन्।   एक महिलाको हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका धादिङ बुम्दी गाविसका २६ वर्षीय हेमबहादुर थापाले कारागारभित्रको शौचालयमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख वसन्त कुँवरले जानकारी दिए।   कारागारको कैदीबन्दी कक्षमा नै मुढा बुन्ने डोरीको पासो लगाई उनले आत्महत्या गरेको प्रहरीको दाबी छ। दुई महिनाअघि जिल्लाको पोखरा…

    विस्तृतमा पढ्नुस्

  • तीन सवारी दुर्घटनामा तीन जनाको मृत्यु

    काठमाडौं : देशका विभिन्न तीन स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।   कैलालीको अत्तरिया नगरपालिका-१३ मा ना ४ ख ३८९२ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा सोही ठाउँका १३ वर्षीय सुरेश धामीको मृत्यु भएको हो। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।   त्यस्तै सिरहाको बडहरामाल-४ मा ना ५ ख ४८४७ नम्बरको बसले ९ वर्षीय रोशन मुखियालाई सडकमा खेलिरहेको…

    विस्तृतमा पढ्नुस्

  • पूर्व जर्मन गोलरक्षक टीम वाइजको 'डब्ल्युडब्ल्युई'मा डेब्यु, सेमस र सेजारोसँग बनाए ट्याग टिम

    पूर्व जर्मन गोलरक्षक टीम वाइजको 'डब्ल्युडब्ल्युई'मा डेब्यु, सेमस र सेजारोसँग बनाए ट्याग टिम

    जर्मनी राष्ट्रिय फुटबल टिमका पूर्व गोलरक्षक टीम वाइजले वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट 'डब्ल्युडब्ल्युई'मा डेब्यु गरेका छन्।   बिहीबार जर्मनीको म्युनिखमै भएको रेस्लिङबाट उनले डेब्यु गरेका हुन्। घरेलु रिङमै भएको डब्ल्युडब्ल्युईको आफ्नो पहिलो बाउटमै वाइजले जित हासिल गरे।   डब्ल्युडब्ल्युईका सुपरस्टार सेमस र सेजारोसँग टिम बनाएर सिक्स म्यान ट्याग टिम भिडन्तमा वाइजको टिमले द साइनिङ स्टारर्स र बो डलासलाई पराजित गरेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच वन टु वन वार्ता

    प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच वन टु वन वार्ता

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधान संशोधनमा सहयोगका लागि प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।  सभामुख ओनसरी घर्तीको सिंहदरबारस्थित कार्यकक्षमा भएको वन टु वन भेटमा प्रचण्डले संविधान संशोधन र निर्वाचनका विषयमा एकमत भएर अगाडि बढ्न प्रस्ताव राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।   भेटपछि आचार्यले भने – 'प्रमज्यूको आग्रहमा…

    विस्तृतमा पढ्नुस्

  • ​रेडपान्डाको छाला तस्करी बढ्यो

    काठमाडौं : केही समयदेखि दुर्लभ वन्यजन्तु रेडपान्डाको अङ्गप्रत्यङको चोरी सिकारी बढेको छ। शुक्रबारमात्र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले रेडपाण्डाको छालासहित सोलुखुम्बु टाक्सिन्दु गाविस बडा नम्वर १ बस्ने २० वर्षीय नविन राईलाई पक्राउ गरेको छ। राईलाई प्रहरीले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १४ कपनबाट पक्राउ गरेको हो। हालसम्म केन्द्रीय अनुसन्धान व्युरोले ४० थान रेडपाण्डाको छाला सहित ५१ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी सरकारको ​मिलेनियम च्यालेन्जमा नेपाल फेल

    काठमाडौं : अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को २०१७ को स्कोरकार्ड प्रकाशित भएको छ। यस वर्ष एमसीसीले स्कोरकार्डका लागि चयन गरेका ८२ देशहरु मध्ये ३३ देशहरु मात्र उत्तीर्ण हुन सफल भए भने ४९ देशहरु अनुत्तृण रहे। गत वर्ष जस्तै यस वर्ष पनि नेपालले समग्रमा २० वटा सूचकहरु मध्ये १६ वटामा पास भयो तर ४ सूचकमा फेल। एमसीसीको सञ्चालक समितिले नेपालको…

    विस्तृतमा पढ्नुस्

  • ​को बन्नेछ 'द बेस्ट फिफा प्लेअर २०१६' ? यी हुन् २३ दाबेदार

    ​को बन्नेछ 'द बेस्ट फिफा प्लेअर २०१६' ? यी हुन् २३ दाबेदार

    को बेस्ट खेलाडी बन्नेछ ? फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सन् २०१६ को बेस्ट फिफा मेन्स प्लेअरको लागि २३ खेलाडीको सूचि सार्वजनिक गरेको छ।  अर्को वर्ष जनवरी ९ मा ज्युरिचमा हुने भव्य समारोहका बीच द बेस्ट फिफा फुटबल अवार्डमा सेरेमोनीमा विजेताको घोषणा गरिनेछ। यस वर्ष फिफाले कूल ८ विधामा बेस्ट अवार्ड वितरण गर्दैछ। द बेस्ट फिफा मेन्स प्लेअर २०१६ को लागि…

    विस्तृतमा पढ्नुस्

  • फर्कने बित्तिकै भारतीय राष्ट्रपति मुखर्जीले गरे नेपाललाई तीन उपहारको घोषणा

    फर्कने बित्तिकै भारतीय राष्ट्रपति मुखर्जीले गरे नेपाललाई तीन उपहारको घोषणा

    काठमाडौँ : नेपालको तीन दिने राजकीय भ्रमण गरेर स्वदेश फर्किए लगत्तै भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाललाई तीन उपहारको घोषणा गरेका छन्।  आफ्नो भ्रमणको मिसन मैत्री रहेको उल्लेख गर्दै उनले घोषणा गरेका तीन उपहारमा एउटा पशुपतिनाथ नजिकैको वागमती नदी किनारमा रहेका घाटहरु पुननिर्माण गर्ने दुई वटा साना विकास परियोजना भारतले गरिदिने रहेको छ भने अर्को नेपाली विद्यार्थीको शिक्षासँग सम्बन्धित रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • कात्तिक १९ मा रिलिज हुनेछैन 'द फेमस'

    कात्तिक १९ मा रिलिज हुनेछैन 'द फेमस'

    काठमाडौं : कात्तिक १९ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘द फेमस’ को रिलिज रोकिएको छ। सेन्सर नभएकोले कारण चलचित्र प्रदर्शन हुन नसकेको फिल्म युनिटले बतायो। चलचित्रको विभिन्न प्राविधिक समस्याका कारणले गर्दा चलचित्रको सेन्सरमा ढिलाइ भएको भनिए पनि कारणहरु खुलाइएको छैन।   फिल्म वितरक कम्पनी श्रीराम बालाजी फिल्मसका सुनिल मानन्धरका अनुसार चलचित्र द फेमस मंसिर ३ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने…

    विस्तृतमा पढ्नुस्

  • दुई महिनादेखि विभागमा छैनन् महानिर्देशक

    काठमाडौं : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा दुई महिनादेखि महानिर्देशक नहुँदा महत्वपूर्ण काममा समस्या हुने गरेको छ।   विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य भदौ २१ को मन्त्रिस्तरीय निर्णयअनुसार वन विभागको महानिर्देशक भएर सरुवा भएपछि उक्त विभाग महानिर्देशकविहीन बनेको हो।   विभागका प्रवक्ता किशोरकुमार मेहताले महानिर्देशक नहुँदा विभागको महत्वपूर्ण निर्णय गर्न अप्ठ्यारो हुने गरेको बताए। 'राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र संरक्षण…

    विस्तृतमा पढ्नुस्

  • पूर्वप्रधानमन्त्री नेपाल र राष्ट्रपति मुखर्जीबीच भेट, नेपाललाई भारत भ्रमणको निम्तो

    पूर्वप्रधानमन्त्री नेपाल र राष्ट्रपति मुखर्जीबीच भेट, नेपाललाई भारत भ्रमणको निम्तो

    काठमाडौं : भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता माधवकुमार नेपालले आज शिष्टाचार भेट गरेका छन्।   पार्टीको वैदेशिक मामिला विभाग प्रमुखसमेत रहेका नेता नेपाल र राष्ट्रपति मुखर्जीबीच आज हायात रिजेन्सी होटेलमा शिष्टाचार भेट भएको हो।   नेकपा (एमाले) वैदेशिक मामिला विभागका सचिव यादवचन्द्र शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा भेटका अवसरमा दुई नेताबीच दुबै मुलुकको आपसी हित…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell