काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच दिने भारत भ्रमणका लागि भोलि त्यसतर्फ जाँदैछन्। इन्डिया फाउन्डेशनले गोवामा गर्न लागेको कार्यक्रममा सहभागी हुन देउवा भारत जान लागेका हुन्। बिहान ८ बजे नेपाल एयरलाइन्सको विमानमा नयाँदिल्ली जान लागेका देउवा भोलि नै गोवा पुग्नेछन्। देउवाले पत्नी आरजुलाई पनि साथमा लिएर जाँदैछन्। गोवामा हुने इन्डिया फाउण्डेशनको कार्यक्रमपछि नयाँदिल्ली फर्किएर उनी राजनीतिक…
काठमाडौँ : प्रधान सेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भोलि शुक्रबार देखि लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु हुँदैछ। यही कात्तिक २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका आठ र भारतका दुई टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका खेलहरु दिउँसो १२ बजेबाट सुरु भई अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ। नकआउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिता हेर्न प्रवेश निःशुल्क गरिएको नेपाली…
काठमाडौं : काठमाडौंको थापाथलीमा एक ४५ वर्षीय पुरुष मृत फेला परेका छन्। महानगरपालिका–११ थापाथलीमा नाम, थर, वतन नखुलेका उनको शव फेला परेको हो। यसैगरी काठमाडौं महानगरपालिका–७ गौरीघाटमा मागी खाई हिँड्ने अर्का ३५ वर्षीय पुरुष व्यक्ति पनि बिहीबार मृत फेला परेका छन्। उनको पनि पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई एसिया महादेशकै एक उच्च नेता भएको बताएका छन्। काठमाडौं विश्वविद्यालयले आज राष्ट्रपति मुखर्जीलाई मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गर्न आयोजना गरेको विशेष दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले भारतलाई विकासको पथमा अग्रसर गराउन उनले निर्वाह गर्नुभएको भूमिकाको सराहना गरे। प्रधानमन्त्री दाहालले उच्च राजनीतिक छवि बोकेका मुखर्जीको राजनीतिक व्यक्तित्व र विचार अर्थपूर्ण जीवनका…
काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म 'द विनर' युनिटले 'द विनर २' घोषणा गरेको छ। बिहीबार फिल्म सिक्वेल घोषणा गर्दै निर्माण पक्षले फिल्मको प्री प्रोडक्सन काम सकिएको र चाँडै सुटिङका लागि फ्लोरमा जाने जनाएको छ। बलिउड तथा हलिउड फिल्मको स्तरीयता दिने भनिएको फिल्म 'द विनर' हार्न नजान्ने एक युवकको संघर्षमा आधारित छ। फिल्मको छायांकन अस्ट्रेलिया, दुबई र…
संयुक्त अधिराज्य (युके)को उच्च अदालतले बिहीबार एउटा महत्वपूर्ण आदेश गर्दै युरोपेली संघ (इयु)बाट छुट्टिने निर्णयलाई प्रभावित बनाएको छ। युरोपेली संघबाट बाहिरिने बेलायत सरकारको निर्णयलाई चुनौती दिँदै अदालतले संसदमा भोटिङ नभइ यस्तो निर्णय लिन नसक्ने फैसला सुनाएको हो। प्रधानमन्त्री थेरेसा मेको सरकारको निर्णयमाथि यो कडा प्रहार हो। बेलायत सरकारले भने अदालतको निर्णय दु:खद् भएको बताउँदै यसमाथि अपिल गर्नसक्ने जनाएको छ। अदालतको…
काठमाडौँ : नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा राष्ट्रपति विद्या भण्डारीले बुधबार राति सोल्टी होटलमा राजकीय भोज (स्टेट ब्याङ्क्वेट) आयोजना गरिन्। उनले भारतका राष्ट्रपतिको सुस्वास्थ्य र सुखका लागि, भारतीय जनताको सुख, शान्ति र समुन्नतिका लागि तथा नेपाल र भारतबीच चिरस्थायी मैत्री र सहयोगका लागि टोस्ट प्रस्ताव राखिन्। जवाफमा भारतीय राष्ट्रपति मुखर्जीले नेपालका राष्ट्रपतिको सुख र स्वास्थ्यका लागि, नेपाली जनताको सुख,…
काठमाडौं : अवैध रुपमा कल बाइपास गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले कल बाइपास गर्ने संचालक काठमाडौंको नक्साल निवासी रविराज सिंहलाई पक्राउ गरेको हो। सिंहले नेपाल टेलिकमको अप्टिकल फाइबर जडित इ वान पिआर आई प्रविधिको दुरुपयोग गरी श्रीलंकन नागरिकको मिलोमतोमा ल्यान्डलाइनबाट कल बाइपास गर्ने गरेका थिए। कल बाइपास गर्नका लागि सिंहले…
काठमाडौँ : लोकमानसिंह कार्कीको बचाउमा अदालतलाई अवरोध गर्ने प्रबल थापासहित चार जनाविरुद्ध अवहेलना गरेको भन्दै मुद्दा दायर भएको छ। अधिवक्ता ओमप्रकाश अर्यालले अदालतको म्याद तामेलीमा अवरोध गरेको भन्दै अख्तियार प्रमुख कार्कीसहित उनका कान्छा ज्वाइँ राप्रपा नेपालका अध्यक्ष कमल थापा एवं एन्फाका पूर्व अध्यक्ष गणेश थापाका भान्जा प्रवल थापा, कृषि विकास बैंकका अध्यक्ष तथा पूर्व कानुन सचिव प्रमोद कार्की र…
काठमाडौं: गायिका गीता पाण्डेको गीती एल्बम सार्वजनिक भएको छ। दुई वर्षदेखि शास्त्रीय गायन सिक्दै आएकी पाण्डेको पहिलो एल्बम 'यात्रा' सार्वजनिक भएको हो। सिंगल ट्र्याक रहेको एल्बममा रामनाथ घिमिरेको शब्द र जुगल डंगोलको संगीत रहेको छ। गायिकाले आफ्नो पहिलो प्रयास भए पनि सक्दो राम्रो गरेको र स्रोताले मन पराउने आशा व्यक्त गरेकी छिन्। भनिन्, 'मेरो लागि संगीत सास हो। त्यसैले पहिलो…
ड्राइभ गर्दा मोबाइलमा इमेल चेक या फेसबुक नोटिफिकेसन हेर्नुहुन्छ भने तपाईँ पनि यस्तो घटनाको कारक बन्न सक्नुहुन्छ। छिट्टै इमेल वा म्यासेन्जर वा फेसबुक चेक गर्दा विकराल अवस्था भोग्नपर्ने हुनसक्छ। १९ सेकेन्डको यो भिडियो हेर्नुस् जसलाई धेरै ट्वेब्लोइड र वेबसाइटहरुले लिएका छन्। यो सत्य हो जुन तपाईँले भिडियोमा देख्नुभयो। अत्याउँदो। नअत्यावस पनि कसरी। मानिसहरु ड्राइभ गर्दा मोबाइल चलाउँछन् सधैजसो। भन्न त हाम्रा…
तपाईँले कुनै विशेष चस्मा विना नै स्मार्ट फोनमा थ्री डी भिडियो हेर्न सक्ने सम्भावना बलियो भएको छ। वैज्ञानिकहरुले साना स्क्रिनमा टू डी र थ्री डी दुवै मोडमा हेर्न सकिने बनाएका छन्। थ्री डीमा भिजुअलको लेयरहरु हुने गर्छन् त्यसैले विशेष चस्माको प्रयोगबाटमात्र यस्ता दृश्य हेर्न सकिन्छ। तर, स्क्रिनमै इमेजको पिक्सेल र अप्टिकलाई लेयरका रुपमा राखेर बैज्ञानिकहरुले यस्तो सुविधा तयार गरेका हुन्। लेन्टिकुलर…
किङ खानका रुपमा परिचित बलिउड स्टार साहरुख खान आज आफ्नो ५१औं जन्मदिन मनाउँदैछन्। उनका धेरै फ्यान छन्, तर सबैलाई उनका सबै कुरा थाहा नहुन सक्छ। हामीले उनका बारेमा यस्तो तथ्य फेला पारेका छौं, जुन ९ तथ्य तपाईंलाई थाहा नहुन सक्छ। साहरुख खानले आफ्नो पहिलो तलबस्वरुप ५० रुपैयाँ कमाएका थिए। पंकज उदासको कन्सर्टमा कमाएको सो रकम उनले आग्रामा ताज महल घुम्नमा…
चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले तिहारको अवधिमा जुवा खेल्दै गरेका २७ जनालाई पक्राउ गरी जुवाको खालबाट रु ८ लाख ६५ हजार ९७० बरामद गरेको छ। भरतपुर उपमहानगरपालिका–८ गौरीगञ्जबाट गएराति ११ जना व्यक्ति र उनीहरुको जुवा खालबाट रु ५ लाख ३१ हजार ८२५ बरामद गरेको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार सोमबार राति भरतपुर उपमहानगरपालिका– १२…
काठमाडौं : भारतीय राष्ट्रपति प्रणव मुखर्जीका लागि नेपाली सेनाले आकाशदेखि जमिनसम्मको उच्च सुरक्षा व्यवस्था अपनाएको छ। साथमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि सुरक्षा पहरा दिइरहेका छन्। तीनदिने भ्रमणका लागि आएका राष्ट्रपति मुखर्जीको कारकेडमा मात्र २८ वटा चारपाङ्ग्रे सवारी साधन र १४ वटा मोटरसाइकल छन्। उनको सवारी सडकमा चलिरहँदा आकाशमा भने नेपाली सेनाले हेलिकोप्टरले निगरानी गर्छ। उनको सुरक्षाको पहिलो घेरमा नेपाली…
काठमाडौँ : नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको विरोध गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार चार जनालाई त्रिभुवन विमानस्थल र एक जनालाई माइतीघर मण्डलाबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेहरुमा अधिकारकर्मी शारदा भुषाल लगायतका रहेका छन्। पक्राउ परेका पाँचै जनालाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ।
विश्वकप फुटबलका सर्वाधिक गोलकर्ता र जर्मनीका समेत सर्बाधिक गोलकर्ता मिरोस्लाभ क्लोजले फुटबल खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका छन्। सन् २०१४ मा विश्वकप फुटबलको उपाधि जितेपछि राष्ट्रिय टीमबाट सन्यास लिएका क्लोजले क्लब करियर समेत अन्त्य गर्ने घोषणा गरेका हुन्। वायर्न म्युनिखका पूर्व फरवार्ड क्लोज इटालियन सिरी ए क्लब लाजियोमा सम्झौता समाप्त भएपछि क्लबविहीन थिए। विश्वकप फुटबलमा कुल १६ गोल गर्दै सर्बाधिक…
पेरिस (फ्रान्स) : संयुक्त राष्ट्रसङ्घ शैक्षणिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले सार्वजनिक गरेको एक तथ्याङ्कअनुसार पछिल्ला वर्षहरुमा विश्वमा हरेक चार दिनमा एक जना पत्रकारको हत्या हुने गरेको छ। पछिल्लो एक दशकमा विश्वभर ८२७ जना पत्रकारलाई आफ्नो जिम्मेवारी बहन गर्ने सिलसिलामा कार्यस्थलमा रहेको अवस्थामा हत्या गरिएको युनेस्कोका महानिर्देशकद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा जनाइएको छ। यसरी पत्रकारमाथि आक्रमण हुने गरेका…
जर्मन क्लब बोरुसिया डर्टमण्ड युरोपियन च्याम्पियन्स लिग युसिएलको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको दिन स्पानिस जायन्ट रियल मड्रिड २ गोलको अग्रता लिएर पनि पोल्याण्डको क्लब लेगि वार्सासँग बराबरीमा रोकिएको छ। समूह एफको खेलमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीलाई १-० ले पराजित गर्दै डर्टमण्डले अन्तिम १६ मा स्थान पक्का गरेको हो। घरेलु मैदानमा डर्टमण्डलाई जिताउन एड्रियन रामोसले निर्णायक गोल गरे। जितसँगै ४ खेलबाट १०…
काठमाडौं : तीनदिने राजकीय भ्रमणमा लागि हिजो नेपाल आइपुगेका भारतीय राष्ट्रपति मुखर्जी आज पनि विभिन्न कार्यक्रम र भेटघाटमा व्यस्त हुनेछन्। सुरुमा राष्ट्रपति मुखर्जीले आज पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ। यसपछि काठमाडौं विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा उनी उपस्थित हुनेछन्। विश्वविद्यालयले उनलाई मानार्थ डिग्री प्रदान गर्नेछ। काठमाडौं महानगरपालिकाले नगरवासीको तर्फबाट गर्ने नागरिक अभिनन्दन कार्यक्रममा पनि उनी दिउँसो सहभागी हुनेछन्।…