PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

  • ​युसिएल : लेस्टर र सेभिया नकआउट राउण्ड नजिक, मोनाकोको जितमा फाल्काओको २ गोल

    ​युसिएल : लेस्टर र सेभिया नकआउट राउण्ड नजिक, मोनाकोको जितमा फाल्काओको २ गोल

    इंगलिस च्याम्पियन लेस्टर सिटी र स्पानिस क्लब युरोपियन च्याम्पियन्स लिगको नकआउट राउण्ड नजिक पुगेको छ। समूह जीको खेलमा एफसी कोवनहेगनसँग गोलरहित बराबरीमा रोकिनका बाबजुद पनि लेस्टर अंक तालिकामा शीर्ष स्थानमा छ।  ४ खेलबाट अपराजित लेस्टरको १० अंक छ र अब समूहमा क्लब ब्रुग र एफसी पोर्टोसँग खेल्न बाँकी छ। अर्को खेलमा पोर्टोले ब्रुगलाई १-० ले पराजित गर्दै नकआउट चरण पुग्ने…

    विस्तृतमा पढ्नुस्

  • भारतीय राष्ट्रपतिको भ्रमणका कारण आज यी रुट प्रभावित हुनेछन्

    भारतीय राष्ट्रपतिको भ्रमणका कारण आज यी रुट प्रभावित हुनेछन्

    काठमाडौं : भारतीय राष्ट्रपति यतिबेला नेपाल भ्रमणमा छन्। हिजो काठमाडौं आइपुगेका उनी बिहानदेखि नै विभिन्न कार्यक्रम र राजनीतिक भेटघाटमा व्यस्त हुनेछन्। उनको सवारीका कारण आज काठमाडौंका विभिन्न सडक रुट प्रभावित हुनेछन् भने सो समयमा ती रुट प्रयोग नगर्न पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ। यसकारण तपाईं कुनै कामका लागि कतै निस्कँदै हुनुहुन्छ भने समय र सवारीलाई ध्यान दिएर निस्कनुहोला। नत्र…

    विस्तृतमा पढ्नुस्

  • को बन्नेछ 'बेस्ट फिफा कोच'? यी हुन् १० दाबेदार

    को बन्नेछ 'बेस्ट फिफा कोच'? यी हुन् १० दाबेदार

    'बेस्ट फिफा मेन्स कोच'का लागि १० प्रशिक्षकको नाम सार्वजनिक भएको छ। फिफा फुटबल कमिटीका विज्ञहरुले उत्कृष्ट पुरुष प्रशिक्षकको लागि १० जनाको अन्तिम नाम तयार गरेका छन्।  जसमा पोर्चुगललाई पहिलो पटक युरोकप जिताउनेदेखि लेस्टरलाई पहिलो पटक प्रिमियर लिग जिताउने र रियल मड्रिडलाई कीर्तिमानी ११ औं पटक च्याम्पियन्स लिगको उपाधि जिताउने समेत छन्। रियलको सिनियर टीम सम्हालेको पहिलो सिजनमै च्याम्पियन्स लिगको उपाधि…

    विस्तृतमा पढ्नुस्

  • विशेष पूजाअर्चनाका लागि पशुपति पुगे भारतीय राष्ट्रपति मुखर्जी

    विशेष पूजाअर्चनाका लागि पशुपति पुगे भारतीय राष्ट्रपति मुखर्जी

    काठमाडौं : भारतीय राष्ट्रपति प्रणव मुखर्जी केही बेरअघि दर्शन र विशेष पूजाअर्चनाका लागि पशुपतिनाथ मन्दिर पुगेका छन्।   उनी पशुपति पुग्दा यहाँका १०८ जना वटुकहरुको टोलीले उनको स्वागत गरेको छ। यस अवसरमा पञ्चेबाजा समेत बजाइएको थियो। यहाँ राष्ट्रपति मुखर्जीले विशेष पूजाअर्चना गर्दैछन्। पशुपतिनाथ मन्दिरको दर्शन सकेर उनी काठमाडौं विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा उपस्थित हुनेछन्। विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान…

    विस्तृतमा पढ्नुस्

  • बिनाकारण समातेको भन्दै अभियन्ता शारदा भुसालले थालिन् ​प्रहरी वृत्तमै आमरण अनसन

    बिनाकारण समातेको भन्दै अभियन्ता शारदा भुसालले थालिन् ​प्रहरी वृत्तमै आमरण अनसन

    काठमाडौं : भ्रष्टाचारविरोधी अभियन्ता शारदा भुसाल झाले प्रहरी वृत्तभित्रै आमरण अनसन थालेकी छन्। आफूलाई बिनाकारण पक्राउ गरिएको भन्दै हिजो बेलुका ८ बजेदेखि उनले आमरण अनसन सुरु गरेकी हुन्। भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको विरोधमा उत्रिएको भन्दै प्रहरीले उनलाई माइतीघर मण्डलाबाट पक्राउ गरेको थियो। पक्राउपछि महानगरीय प्रहरी वृत्त कमलपोखरी लगिएकोमा उनले त्यहीँ नै आमरण अनसन थालेकी हुन्। मण्डलामा एक्लै उभिएको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टनलाई जेल पुर्‍याउने असान्जको दावी!

    राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टनलाई जेल पुर्‍याउने असान्जको दावी!

    विकिलिक्सका फाउन्डर जुलियन असान्जले विकिलिक्सको अबको खुलासाले हिलारी क्लिन्टनलाई जेल पुर्‍याउने दावी गरेका छन्। अमेरिकी राष्ट्रपति निर्वाचनमा सबैभन्दा बलियो उम्मेदवार रहेकी क्लिन्टनविरुद्ध ‘जेल पुर्‍याउन सक्ने’ तथ्यहरु अबको खुलासामा आउने उनले दावी गरे। एक टेलिभिजन च्यानललाई हालै दिएको अन्तर्वार्तामा असान्जले हिलारीलाई पक्रनका लागि पर्याप्त प्रमाणहरु आगामी रिलिजमा आउने बताए। उनले दावी गरेअनुसार नै हुने हो भने अमेरिकी राष्ट्रपतीय निर्वाचन अर्को मोडमा…

    विस्तृतमा पढ्नुस्

  • पशुपतिनाथमा रुद्रीपाठ सहित मुखर्जीले गरे विशेष पूजाअर्चना

    पशुपतिनाथमा रुद्रीपाठ सहित मुखर्जीले गरे विशेष पूजाअर्चना

    काठमाडौं : भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पशुपतिनाथ मन्दिरमा पुगी विशेष पूजाअर्चना गरेका छन्।   मन्दिर परिसरमा अवस्थित बासुकी मन्दिरका साथै गणेश, सूर्य, नारायण, भैरव, नवग्रहलगायत अन्य देवीदेवताको पनि उनले पूजा गरे। गर्भगृहबाट प्रवेश गरी धर्मशिला, दक्षिणद्वारबाट भगवान् पशुपतिनाथको अघोर स्वरुप, पूर्वीद्वारबाट तत्पुरुष स्वरुप र विधिपूर्वक पञ्चामृत स्नान र रुद्रीपाठसहित पशुपतिनाथको पूजा गरेका थिए।   त्यसअघि उनले सङ्कटमोचन हनुमान र नवग्रहको…

    विस्तृतमा पढ्नुस्

  • भारतीय राष्ट्रपतिको स्वागतका लागि पोखरामा विशेष तयारी

    भारतीय राष्ट्रपतिको स्वागतका लागि पोखरामा विशेष तयारी

    वासुदेव पौडेल पोखरा : अघिल्लो वर्ष पोखरामा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) र बेलायती राजकुमार ह्यारीको पोखरा भ्रमणले अन्तर्राष्ट्रिय चासो र चर्चाको विषय बनेको पोखरा यतिखेर भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतको अन्तिम पर्खाइमा छ।   विश्वका प्रमुख पर्यटकीय गन्तव्यमध्येमा एक महत्वपूर्ण गन्तव्यका रुपमा आफ्नो पहिचान स्थापित गरेको पोखरा पछिल्ला समयमा अन्तर्राष्ट्रियस्तरका महत्वपूर्ण व्यक्तिको भ्रमणको स्थल समेत बन्नुले यसको…

    विस्तृतमा पढ्नुस्

  • यो समाचार डिलिट गरिएको छ

    यो समाचार डिलिट गरिएको छ

    सम्पादन बिना असावधानीवश यो समाचार प्रकाशन भएकोले डिलिट गरिएको छ- सम्पादक

    विस्तृतमा पढ्नुस्

  • नेपाली सेनाद्वारा २ लाख रुपैँयाको लघु चलचित्र प्रतियोगता घोषणा

    नेपाली सेनाद्वारा २ लाख रुपैँयाको लघु चलचित्र प्रतियोगता घोषणा

    काठमाडौँ : नेपाली सेनाले २ लाख पुरस्कार राशीको लघु चलचित्र प्रतियोगिता घोषणा गरेको छ। नेपालको इतिहास र नेपाली सेना, नागरिक सैनिक सम्बन्ध बिस्तार, राष्ट्रिय निर्माण कार्यमा योगदान, विपद व्यवस्थापन र विश्व शान्ती कार्यमा नेपाली सेना लगायतका विषयमा चलचित्र निर्माण गरेर पुरस्कार प्राप्त गर्न सकिने सेनाले जनाएको छ। छोटमा १० मिनेट र बढिमा २० मिनेटसम्म लामो चलचित्रले प्रतिष्पर्धामा भाग लिन पाउनेछन्।…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा मुखर्जी आगमनको स्वागत तयारीस्वरुप पूर्वाभ्यास

    पोखरामा मुखर्जी आगमनको स्वागत तयारीस्वरुप पूर्वाभ्यास

    पोखरा : भारतीय राष्ट्रपति प्रणव मुखर्जीको शुक्रबार हुने पोखरा भ्रमणको पूर्वतयारी स्वरुप आज पूर्वअभ्यास गरिएको छ।  राष्ट्रपति मुखर्जी सर्वप्रथम आउने पोखरा विमानस्थलदेखि उनले केही समय आराम गर्ने होटल पोखरा ग्रान्ड र पूर्व भारतीय गोर्खा सैनिकलाई सम्बोधन गर्ने भारतीय पेन्सन क्याम्पसम्म पूर्वअभ्यास गरिएको हो।  पूर्वाभ्यासमा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बराल, नेपाली सेनाका पश्चिम पृतनापति जगदीशचन्द्र पोखरेल, कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • १३ फोटोमा हेर्नुस्, भारतीय राष्ट्रपतिको स्वागतमा सजिसजाउ जनकपुरधाम

    १३ फोटोमा हेर्नुस्, भारतीय राष्ट्रपतिको स्वागतमा सजिसजाउ जनकपुरधाम

    जनकपुरधाम : नेपालको राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणलाई लक्षित गरी प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा विशेष तयारी पूरा भएको छ।   जनकपुर विमानस्थलदेखि तिरहुतिया गाछीसम्म मुखर्जीको स्वागतका लागि ९१ वटा स्वागतद्वार निर्माण गरिएका छन्।  मुख्य सडक स्वागतद्वार, बिजुली र सोलारका पोलमा नेपाल–भारतको झन्डाले झकिझकाउ बनेका छन् भने सडक मर्मत गरी सफा बनाइएको छ।   जनकपुरधामवासीद्वारा राष्ट्रपति मुखर्जीलाई गरिने…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पपछि नेपालमा स्कुल बनाउन आएका ह्यारी नयाँ गर्लफ्रेन्ड भेट्न गुपचुप क्यानडा

    भूकम्पपछि नेपालमा स्कुल बनाउन आएका  ह्यारी नयाँ गर्लफ्रेन्ड भेट्न गुपचुप क्यानडा

    भूकम्पपछि नेपालमा आएर पुनर्निर्माणमा दुई साता सक्रिय रहेका बेलायती युवराज ह्यारी अहिले प्रेमका कारण चर्चामा छन्। नेपालमा आएर तोकेभन्दा बढी समय गुपचुप बसेर काम गरेका उनी अहिले भने गुपचुप प्रेमिका भेट्न क्यानडा पुगेको विषयले चर्चामा छन्। बेलायती युवराज ह्यारीले गएको साता क्यानडामा नयाँ प्रेमिका मेघन मार्केलको घरमा बिताए। गुपचुप क्यानडा पुगेका उनी हिजो रातिमात्रै सार्वजनिक भए। स्रोतलाई उदृत गर्दै डेली…

    विस्तृतमा पढ्नुस्

  • कराँचीमा दुई वटा रेल जुध्दा २१ जनाको मृत्यु, ४५ घाइते

    कराँचीमा दुई वटा रेल जुध्दा २१ जनाको मृत्यु, ४५ घाइते

    इस्लामावाद : पाकिस्तानको बन्दरगाह सहर कराँचीमा आज बिहान यात्रुवाहक दुई वटा रेल ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य ४५ जना घाइते भएका अस्पताल स्रोतले जानकारी दिएको छ।   कराँची सहरमा अवस्थित जिन्नाह अस्पतालका प्रवत्ता सीमी जमालीले घटनास्थलबाट २१ वटा शव र ४५ जना घाइतेलाई अस्पतालमा ल्याइएको जानकारी दिए।   मृतकमध्ये कम्तीमा २ जना बालबालिका र ३…

    विस्तृतमा पढ्नुस्

  • हृतीक रोशनको क्रिस फोरमा एक्सनका लागि विदेशी निर्देशक!

    हृतीक रोशनको क्रिस फोरमा एक्सनका लागि विदेशी निर्देशक!

    भर्खरै फिल्म क्रिस फोर थालेका फिल्ममेकर राकेश रोशनले फिल्ममा एक्सन सिक्वेन्सहरु भरपुर हुने बताएका छन्। सुपरहिट सुपरहिरोको फ्रेन्चाइज क्रिसको अर्को संस्करणको स्क्रिप्टमा काम गरिरहेका छन् उनी। ‘आउँदो अप्रिल या मे बाट फिल्म सुटिङमा जान्छ। यो ठूलो प्रोजेक्ट हो। हामीले भिएफएक्समाथि काम गर्नुपर्नेछ र बजेटमाथि पनि। दर्शकका लागि फिल्म निक्कै अपिलिङ हुनेछ,’ उनले भने। ‘फिल्ममा हामी अन्तर्राष्ट्रिय एक्सन डाइरेक्टरलाई जोड्नेछौं। एक्सनलाई…

    विस्तृतमा पढ्नुस्

  • युसिएल : आर्सनल, पिएसजी, वायर्न र एथ्लेटिको प्रि क्वाटरमा, म्यानचेष्टर सिटीले बार्सालाई हरायो

    युसिएल : आर्सनल, पिएसजी, वायर्न र एथ्लेटिको प्रि क्वाटरमा, म्यानचेष्टर सिटीले बार्सालाई हरायो

    आर्सनल, पेरिस सेन्ट जर्मेन पिएसजी, वायर्न म्युनिख र एथ्लेटिको मड्रिड युरोपियन्स च्याम्पियन्स लिगको प्रि क्वाटरफाइनलमा स्थान बनाएको दिन बार्सिलोना भने म्यानचेष्टर सिटीसँग पराजित भएको छ। घरेलु मैदान एतिहाड स्टेडियममा भएको दोस्रो लेगको खेलमा सिटीले बार्सिलोनालाई ३-१ ले हराएको हो। १ गोलले पछि परेको स्थिति उल्टाउँदै सिटीले क्याटलान क्लबविरुद्ध शानदार जित रचेको हो। यसअघि पहिलो लेगको खेलमा सिटी बार्सिलोनाको मैदानमा ४-०…

    विस्तृतमा पढ्नुस्

  • चोकचोकमा सजाइयो भारतीय झन्डा, मुखर्जी भित्रिएपछि सुनसान हुनेछन‍् सडक

    चोकचोकमा सजाइयो भारतीय झन्डा, मुखर्जी भित्रिएपछि सुनसान हुनेछन‍् सडक

    काठमाडौं : भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीनदिने भ्रमणका लागि आज दिउँसो नेपाल उत्रँदैछन्।   ११ बजेदेखि १ बजेबीचमा एयर इन्डियाको चार्टर्ड विमानद्वारा उनी काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रनेछन्। उनको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थलमै जानेछिन् भने भारतीय राष्ट्रपति मुखर्जीको  सम्मानमा सेरेमोनियल रिसेप्सन पनि हुनेछ। १८ वर्षपछि हुन लागेको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा भारतीय रक्षा राज्यमन्त्री सुभाष भमरे, सांसदहरु भुवनेश्वर कलिटा, एल…

    विस्तृतमा पढ्नुस्

  • सोलिडारिटी कपको उद्घाटन खेलमा ब्रुनाई र टिमोर लेस्टे भिड्दै, नेपालको खेल शनिबार

    सोलिडारिटी कपको उद्घाटन खेलमा ब्रुनाई र टिमोर लेस्टे भिड्दै, नेपालको खेल शनिबार

    एसियाली फुटबल महासंघ एएफसीको आयोजनामा हुल लागेको एएफसी सोलिडारिटी कपको पहिलो संस्करण आजबाट मलेसियामा सुरु हुँदैछ। कुल ७ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपाल समूह ए मा छ। नेपाल रहेको समूहमा बु्रनाई दारुसेलम र टिमोर लेस्ट पनि रहेका छन्।  प्रतियोगिता अन्तर्गत आजै हुने उद्घाटन खेलमा ब्रुनाई र टिमोर लेस्टबीच प्रतिस्पर्धा हुँदैछ। नेपालले भने पहिलो खेलमा आगामी शनिबार टिमोर लेस्टेसँग खेल्नेछ। नेपालले…

    विस्तृतमा पढ्नुस्

  • तीन दिन-दुई रात नेपाल रहँदा केके गर्नेछन् भारतीय राष्ट्रपति मुखर्जीले?

    तीन दिन-दुई रात नेपाल रहँदा केके गर्नेछन् भारतीय राष्ट्रपति मुखर्जीले?

    काठमाडौं : नेपालको तीनदिने भ्रमणका लागि आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले यहाँ तीन दिन दुई रात बिताउनेछन्। भारतीय राष्ट्रपतिको भ्रमण नेपालमा १८ वर्षपछि हुन लागेको हो। यसअघि राष्ट्रपति केआर नारायणन २०५५ जेठ १४ गते नेपाल आएका थिए। तीनदिने औपचारिक भ्रमणका लागि आज दिउँसो नेपाल आउन लागेका भारतीय राष्ट्रपति मुखर्जीसँगै एक राज्यमन्त्री र चार जना सांसदसहितको टोली सहभागी हुनेछ। उनको…

    विस्तृतमा पढ्नुस्

  • भारतीय राष्ट्रपति आगमनको पहिलो दिन आज राजधानीका यी रुटमा तपाईंलाई अवरोध हुनेछ

    भारतीय राष्ट्रपति आगमनको पहिलो दिन आज राजधानीका यी रुटमा तपाईंलाई अवरोध हुनेछ

    काठमाडौं :  भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज नेपाल आउँदैछन्। तीनदिने भ्रमणको पहिलो दिन उनको सवारी र विभिन्न ठाउँमा हुने कार्यक्रमका लागि राजधानीका विभिन्न सडक प्रभावित हुनेछन्। भ्रमणका क्रममा सवारी आवागमनमा केही असहजता आउने भएकाले ती दिनमा विभिन्न समयमा वैकल्पिक सडक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।  ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रकाश अर्यालले राष्ट्रपतिको सवारीको समयानुसार केही असहजता आउने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell