PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

  • बोराभित्र सडेको अवस्थामा महिलाको शव

    भक्तपुर : मध्यपुरथिमि नगरपालिका–२ बोडेमा किरा परेर कुहिएको अवस्थामा महिलाको शव फेला परेको छ।   बोडेबाट मूलपानीतर्फ जाने मूल सडकबाट खेततर्फ जाने भित्र सडकको छेउमा अन्दाजी २७ वर्षकी महिलाको शव फेला परेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए।   मृतक महिलाको टाउकोमा चोट देखिएको जानकारी दिँदै उनले हत्या गरेर बोरामा हालेर एकान्त रहेको स्थानमा ल्याएर…

    विस्तृतमा पढ्नुस्

  • क्लिन्टनको इमेल काण्ड उठाइएपछि ट्रम्पको पक्षमा सुधारात्मक परिणाम

    क्लिन्टनको इमेल काण्ड उठाइएपछि  ट्रम्पको पक्षमा सुधारात्मक परिणाम

    क्लेभल्याण्ड (अमेरिका) : संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका सशक्त दाबेदार डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनबीच आगामी शनिबार हुने निर्वाचन आआफ्ना चुनावी मुद्दालाई थप प्रभावकारी पार्दै अघि बढ्ने सार्थक प्रयास जारी छ।   यसै सिलसिलामा दुई प्रतिस्पर्धी र उनीहरुका शुभेच्छुकले निर्वाचनको अन्तिम तयारी स्वरुप चुनावी अभियानलाई थप सशक्त पारेका छन्।   ट्रम्पले क्लिन्टनलाई भ्रष्ट र अयोग्य घोषणा गरेपछि ट्रम्प पक्षधर पत्रपत्रिकामा क्लिन्टनको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय एकता र सामाजिक सम्मिलनमा छठ महत्त्वपूर्ण : राष्ट्रपति भण्डारी

    राष्ट्रिय एकता र सामाजिक सम्मिलनमा छठ महत्त्वपूर्ण : राष्ट्रपति भण्डारी

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र सहमति कायम रहोस् भनी कामना गरेकी छिन्।   'धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वले सामाजिक र पारिवारिक जमघट गराउने, मनोरञ्जनको माध्यमबाट आपसी तिक्तता मेटाएर सुमधुर आपसी सम्बन्ध र एकता कायम गर्ने अवसर जुटाइ राष्ट्रिय एकता र सामाजिक…

    विस्तृतमा पढ्नुस्

  • ​सिटी मिडल्स्ब्रोसँग बराबरीमा रोकियो, चेल्सी एभरटनलाई हराउँदै शीर्ष स्थानमा

    ​सिटी मिडल्स्ब्रोसँग बराबरीमा रोकियो, चेल्सी एभरटनलाई हराउँदै शीर्ष स्थानमा

    म्यानचेष्टर सिटी मिडल्स्ब्रोसँग बराबरीमा रोकिएको फाइदा उठाउँदै एभरटनलाई पराजित गरेको चेल्सी इंगलिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ। गएराति भएको खेलमा लिग लिडर सिटी मिडल्स्ब्रोसँग घरेलु मैदान एतिहाड स्टेडियममै १-१ गोलको बराबरीमा रोकियो।  एक गोलको अग्रता बनाएर पनि अन्तिम समयमा गोल खाँदा सिटीले अंक बाँड्नुपरेको हो। सिटीका लागि सर्जियो अगुएरोले गोल गर्दै अग्रता दिलाएका थिए। तर खेलको अन्त्यतिर मार्टे डे…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : एथ्लेटिको रियल सोसिडाडसँग पराजित, शीर्ष स्थानमा उक्लने मौका गुमायो

    ला लिगा : एथ्लेटिको रियल सोसिडाडसँग पराजित, शीर्ष स्थानमा उक्लने मौका गुमायो

    एथ्लेटिको मड्रिड स्पानिस ला लिगामा रियल सोसिडाडसँग पराजित भएको छ। सोसिडाडसँग हारेसँगै एथ्लेटिको कम्तीमा २४ घण्टाका लागि शीर्ष स्थानमा उक्लने मौका गुमायो।  गएराति भएको खेलमा एथ्लेटिकोलाई सोडिाडले घरेलु मैदानमा २-० ले हरायो। सोसिडाडको जितमा दुवै गोल पेनाल्टीमा भएको थियो। सोसिडाडललाई सिजनको छैटौं जित दिलाउन कार्लो भेला र विलियन जोसले १/१ गोल गरे। जितपछि सोसिडाड ११ खेलबाट १९ अंक जोड्दै छैटौं…

    विस्तृतमा पढ्नुस्

  • भाइ विदेशमा रहेका बेला बन्चरो प्रहार गरी बुहारीको हत्या

    भीमदत्तनगर : कञ्चनपुरको बेलौरी नगरपालिका–६ का ईश्वरी भट्टले ३५ वर्षीया बुहारी तुलसी भट्टलाई बन्चरो प्रहार गरी हत्या गरेका छन्।   आज बिहान करिब ४ बजे ईश्वरीले बुहारी तुलसीलाई गाईगोठमा बन्चरो प्रहार गरी हत्या गरेका थिए। घटनापछि उनी फरार रहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।   जेठाजुको बन्चरो प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको थियो। मृतकका श्रीमान् धनी भट्ट रोजगारीको सिलसिलामा…

    विस्तृतमा पढ्नुस्

  • विश्वकै उच्च स्थानमा हुने अन्तर्राष्ट्रिय ‘याक अट्याक’ साइकल दौड सुरु

    विश्वकै उच्च स्थानमा हुने अन्तर्राष्ट्रिय ‘याक अट्याक’ साइकल दौड सुरु

    लमजुङ (बेसीसहर) : विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने ‘याक अट्याक’ साइकल दौड प्रतियोगिताको दसौँ संस्करण शनिबारबाट सुरु भएको छ। बेलायतस्थित माउन्टेन बाइकिङ वर्ल्ड वाइडको आयोजना र नेपालस्थित यति ग्रुप अफ कम्पनीअन्तर्गत यति ट्रेल्सको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगिता उच्च हिमाली क्षेत्रअन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०१६’ साइकल दौड प्रतियोगिता शनिबारबाट बेसीसहरमा सुरु भएको हो। समुन्द्री सतहदेखि पाँच हजार…

    विस्तृतमा पढ्नुस्

  • को हुन् छठमाता? सांस्कृतिक पर्व छठका यस्ता छन् तथ्यहरु

    को हुन् छठमाता? सांस्कृतिक पर्व छठका यस्ता छन् तथ्यहरु

    हिमांशु चौधरी जनकपुरधाम : शुद्धता र आपसी सद्भावका रूपमा प्रचलित छठपर्व तराई भेगका साथै देशका विभिन्न स्थानमा हर्षोल्लासपूर्वक मनाइँदैछ। पहिला तराईवासीमा मात्र सीमित रहेको यो पर्व अहिले राजधानी, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय भएको छ। सरकारले छठपर्वमा सार्वजनिक बिदा दिन थालेको छ।   छठ निकै कठिन पर्व हो। सामाजिक संस्कृतिका अभिन्न अङ्ग मानिएको छठ पर्वमा सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने…

    विस्तृतमा पढ्नुस्

  • जर्मन बुण्डेसलिगा : वायर्न विरुद्ध होफेनहेइमको बहादुरी, डर्टमण्डको जितमा औवामेयाङको ४ गोल

    जर्मन बुण्डेसलिगा : वायर्न विरुद्ध होफेनहेइमको बहादुरी, डर्टमण्डको जितमा औवामेयाङको ४ गोल

    यस सिजन जर्मन बुण्डेसलिगामा ३ टोली अपराजित छन्। त्यसमध्ये शीर्ष स्थानमा रहेको वायर्न म्युनिख एक हो। वायर्नबाहेक अपराजित रहेका अन्य दुई टोली हुन् होफेनहेइम र लेइपजिग।  वास्तवमै यो सिजन होफेनहेइम र लेइपजिगले असाधारण प्रदर्शन गरिरहेको छ। यति मात्र होइन लिग लिडर वायर्नलाई अंक तालिकामा पनि पछ्याइरहेका छन् यी दुई क्लबले। यही होफेमहाइमले गएराति भएको बुण्डेसलिगाको दशौं चरणको खेलमा शीर्ष स्थानको…

    विस्तृतमा पढ्नुस्

  • ​एण्डी मुरे विश्व टेनिसको शीर्ष वरीयतामा

    ​एण्डी मुरे विश्व टेनिसको शीर्ष वरीयतामा

    बेलायती खेलाडी एण्डी मुरे विश्व टेनिस वरीयताको शीर्ष स्थानमा उक्लने पक्का भएको छ। पेरिस मास्टर्स टेनिसको फाइनलमा पुगेसँगै मुरे पहिलो पटक शीर्ष स्थानमा पुग्ने भएका हुन्। वर्तमान विश्व वरीयताको शीर्ष स्थानमा रहेका सर्वियन खेलाडी नोभाक जोकोभिक यस अघि नै प्रतियोगिताबाट बाहिरिएसँगै मुरेको शीर्ष वरीयता उक्लने बाटो खुलेको थियो। तयसका लागि मुरे फाइनल पुग्नु जरुरी थियो।  मुरेसँग सेमिफाइनलमा भिड्न लागेका क्यानडेली खेलाडी…

    विस्तृतमा पढ्नुस्

  • अङ्गीकृत नागरिकताको विषयमा यसरी परे प्रचण्ड एम्बुसमा

    अङ्गीकृत नागरिकताको विषयमा यसरी परे प्रचण्ड एम्बुसमा

    मनोज सत्याल/रमेश वाग्ले - काठमाडौँ :  तीन सातासम्म अनुपस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजो राति नेपाल टेलिभिजनको ‘सीधा कुरा’ लाइभ कार्यक्रममा भनिरहेका थिए- ‘संविधान संशोधनको मस्यौदालाई अन्तिम रुप दिएर दर्ताको प्रक्रियामा छु।‘ लगभग त्यति नै बेला नेपालका कयौँ एफएमहरुले रिले गर्ने बीबीसी नेपाली सेवाले भने प्रधानमन्त्रीको दावी विपरीत तयार भइसकेको मस्यौदाको बुँदासमेत सार्वजनिक गर्दै थियो, जसले दर्ता नहुँदै संविधान संशोधनको…

    विस्तृतमा पढ्नुस्

  • बालकृष्णले थाले 'पुरानो शक्ति अभियान', मिसन- लोकमान बचाऊ, अर्को हप्तादेखि आन्दोलनको घोषणा

    बालकृष्णले थाले 'पुरानो शक्ति अभियान', मिसन- लोकमान बचाऊ, अर्को हप्तादेखि आन्दोलनको घोषणा

    काठमाडौँ : प्रचण्डसँग सम्बन्ध विच्छेद गरेर बाबुराम भट्टराई अहिले नयाँ शक्ति अभियानका संयोजक बनेका छन्। पार्टीको नाम सार्वजनिक रुपमा आह्वान गरेर मागे पनि पछि भट्टराईले आफ्नो पार्टीका लागि 'नयाँ शक्ति' नै नाम रोजे। नेपाली राजनीतिमा पटक पटक उठिरहने नयाँ शक्तिको बहसका बीच भट्टराईले पार्टीको नामै नयाँ शक्ति राखिदिए। यसको ठीक विपरीत अधिवक्ता बालकृष्ण न्यौपाने भने 'पुरानो शक्ति अभियान' नामको समूह…

    विस्तृतमा पढ्नुस्

  • ​प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा, आर्सनल र टोटनहमले खेले बराबरी

    ​प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा, आर्सनल र टोटनहमले खेले बराबरी

    लिभरपुल इंगलिस प्रिमियर लिगको अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ। आइतबार भएको खेलमा वाटफोर्डलाई ६-१ गोल अन्तरले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लेको हो।  लिभरपुलले शानदार जित हात पारेको दिन आर्सनल र टोटनहमले बराबरी खेल्दै अंक बाँडेका छन्। बराबरीसँगै टोटनहमले यस सिजन अपराजित यात्रा कायम राखेको छ। घरेलु मैदान एनफिल्डमा लिभरपुललाई शानदार जित दिलाउन साडियो मानेले २ गोल गरे। यस्तै…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेष्टर युनाइटेडले स्वान्सीलाई हरायो, इब्राहिमोभिकको ४ सयौं करियर गोल

    म्यानचेष्टर युनाइटेडले स्वान्सीलाई हरायो, इब्राहिमोभिकको ४ सयौं करियर गोल

    ज्लाटन इब्राहिमोभिकले करियरको ४ सयौं गोल पुरा गरेको दिन म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा जित हात पारेको छ।   स्वान्सी विरुद्को जितमा युनाइटेडका लागि २ गोल गर्दै इब्राहिमोभिकले ४ सयौं गोलको कोसेढुंगा पुरा गरेका हुन्।   21 mins - The 25,000th @PremierLeague goal ✔️ 33 mins - His 400th club career goal ✔️ Records were made to be Zlatan'd#MUFC #SWAMUN pic.twitter.com/9tsR76lhcv…

    विस्तृतमा पढ्नुस्

  • थालेसेमियाबाट छोरी गुमाएकी आमाको गुनासो- 'देवरहरु निस्केर जाऊ भन्छन्, घर न घाटको भइयो'

    थालेसेमियाबाट छोरी गुमाएकी आमाको गुनासो- 'देवरहरु निस्केर जाऊ भन्छन्, घर न घाटको भइयो'

    सरिता पौडेल चितवन : चितवन रत्ननगर नगरपालिका-४ देवौलीका महेश चौधरी १७ वर्षका भए। कक्षा ११ मा पढ्ने उनको लक्ष्य एकाउन्टेन्ट बन्नु हो। जन्मनेबित्तिकै थालेसेमिया रोगबाट संक्रमित महेशको लक्ष्यमा यही रोग तगारो बनेको छ।   थालेसेमियाकै कारण उनले ८ वर्षे बहिनी गुमाए। आमा रामकुमारीले छोराको उपचारका लागि ४ कठ्ठा जमिन बेचिसकिन् तर महेश निको हुन सकेनन्। 'संयुक्त जग्गा थियो, देवरहरुले अहिले…

    विस्तृतमा पढ्नुस्

  • चीनको 'भविष्यवक्ता राजा' बाँदरको भविष्यवाणी- अमेरिकी राष्ट्रपतिमा ट्रम्पले जित्ने

    चीनको 'भविष्यवक्ता राजा' बाँदरको भविष्यवाणी- अमेरिकी राष्ट्रपतिमा ट्रम्पले जित्ने

    साङघाई (चीन) : चीनको 'भविष्यवक्ताको राजा' भनेर चिनिने एक बाँदरले अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्पको विजय हुने भनेर सङ्केत गरेको यहाँको एक पर्यटकीय पार्क प्रशासनले जनाएको छ।   गेडा नामक उक्त बाँदरले यसअघि युरोपियन फुटबल च्याम्पियनसिपमा कुन देशले जित हात पार्छ भनी सोधिएको प्रश्नमा सही भविष्यवाणी गरेको थियो।    गेडाको अर्थ स्थानीय भाषामा मनोरञ्जन भए पनि उक्त अलौकिक जनावरले सन् २०१०…

    विस्तृतमा पढ्नुस्

  • बारामा तीन वटा आगलागीका घटना, ३७ लाख बराबरको क्षति

    बारामा तीन वटा आगलागीका घटना, ३७ लाख बराबरको क्षति

    कलैया : बाराको कलैया–६ स्थित एक कपास उद्योगमा आज बिहान करिब २ बजे विद्युत् चुहावट भएर आगलागी भएको छ।   आगलागीबाट करिब रु २५ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए। कलैया–१ का इन्द्रजीत यादवको उक्त कपास उद्योगमा लागेको आगो कलैया, वीरगन्जका वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयबासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको थियो।  …

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको हात्तीगौंडा र जडिबुटीमा सवारी दुर्घटना, ८ घाइते, एकको अवस्था गम्भीर

    काठमाडौं : काठमाडौंको हात्तीगौंडामा आज बिहान कार र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा ६ जना घाइते भएका छन्। चक्रपथबाट बुढानिलकण्ठतर्फ गइरहेको बा १ ज ७५७५ नम्बरको भाडाको कार र विपरीत दिशाबाट आउँदै गरेको बा ६८ प १०४८ नम्बरको मोटरसाइकल बिहान ४ बजे जुधेका थिए। सो घटनामा दुवै सवारी साधनका चालकसहित ६ जना घाइते भएका हुन्। घाइते सबैको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा…

    विस्तृतमा पढ्नुस्

  • ​एसियन र्‍याङ्किङ लनटेनिस खेल्न अभिलाषा विष्ट हैदराबाद प्रस्थान

    ​एसियन र्‍याङ्किङ लनटेनिस खेल्न अभिलाषा विष्ट हैदराबाद प्रस्थान

    काठमाडौं : एटीएफ एसियन र्‍याङ्किङ टुर्नामेन्टमा सहभागी हुन नेपाली लनटेनिस खेलाडी अभिलाषा विष्ट शनिबार भारतको हैदराबाद प्रस्थान गरेकी छन्। नोभेम्बर ७ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा अभिलाषाले यु–१४ उमेर समूहमा सिंगल्स र डबल्समा प्रतिस्पर्धा गर्नेछिन्। डबल्समा अभिलाषाले प्रतियोगितामा सहभागी हुन अन्य विदेशी खेलाडीलाई पार्टनरका रुपमा लिनेछिन्। प्रतियोगितामा नेपालसहित अमेरिका, भारत, मलेसिया, पाकिस्तान र हङकङको सहभागिता रहने छ। अभिलाषासँग नेपालसँगै मलेसिया,…

    विस्तृतमा पढ्नुस्

  • बच्चा जन्माएर खेतमा गाड्ने ३१ वर्षीया महिला पक्राउ

    फलेवास (पर्वत) : पर्वत लिमिठाना –८ चिर्दीखोलास्थित खेतमा गाडिएको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ।   स्थानीय गोपाल क्षेत्री भनिने कुलबहादुर क्षेत्रीको खेतमा नवजात शिशुको शव  भेटिएको हो ।   जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार क्षेत्रीकी श्रीमती ३१ वर्षीया मीनाले बच्चालाई जन्म दिई हत्या गरी गाडेको खुल्न आएको छ।   हत्याको आशङ्कामा अनुसन्धानका लागि मीनालाई प्रहरीले नियन्त्रणमा लिएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell