PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

  • अमेरिकामा राष्ट्रपतीय चुनाव, ट्रम्पले भने- 'आफूले नजिते जीवनकै ठूलो समय, शक्ति र पैसाको नाश'

    अमेरिकामा राष्ट्रपतीय चुनाव, ट्रम्पले भने- 'आफूले नजिते जीवनकै ठूलो समय, शक्ति र पैसाको नाश'

    अमेरिकामा आज राष्ट्रपति पदका लागि चुनाव हुँदैछ। ४५औं राष्ट्रपतिको कडा प्रतिस्पर्धामा डेमोक्रयाटिक पार्टीकी हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प अगाडि देखिएका छन्।   निर्वाचनकै दिन भएको र्‍यालीमा ट्रम्पले आजको दिनलाई स्वतन्त्रताको दिन भनेका छन्। 'टुडे इज आवर इन्डेपेन्डेन्स डे,' आज सबेरै र्‍यापिड मिचिगनमा भएको र्‍यालीमा ट्रम्पले घोषणा गरे।   ट्रम्पले न्यु ह्याम्पसपायरमा अन्तिम र्‍याली आयोजना गर्ने अपेक्षा गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा प्याराग्लाइडिङका सबै उडान सेवा बन्द

    पोखरामा प्याराग्लाइडिङका सबै उडान सेवा बन्द

    पोखरा : नेपाल हवाई खेलकुद संस्था पोखराले आज प्याराग्लाइडिङका सबै उडान सेवा बन्द गरेको छ।   गत शुक्रबार स्याङ्जाको स्वरेकमा प्याराग्लाइडिङ उडान प्रशिक्षणका क्रममा दुर्घटनामा परी शैलेश पहारीको मृत्यु भएको शोकमा प्याराग्लाइडिङका सबै उडान बन्द गरिएको संस्थाका अध्यक्ष सोभित बानियाँले बताए।   पोखराको लेकसाइड निवासी पहारीको आज पोखराको रामघाटस्थित सेती नदीको किनारमा दाहसंस्कार गरिएको छ।रासस

    विस्तृतमा पढ्नुस्

  • विश्व शेयर बजारमा अमेरिकी चुनावको असर : हिलारीले जिते सीमित बढ्ने, ट्रम्पले जिते क्र्यास

    विश्व शेयर बजारमा अमेरिकी चुनावको असर : हिलारीले जिते सीमित बढ्ने, ट्रम्पले जिते क्र्यास

    हिलारी क्लिन्टनलाई एफबिआईले क्लिन चिट दिएपछि ग्लोबल स्टक मार्केटले निकै राहत महसुस गरेको छ। बजारले हिलारीको जितलाई सकारात्मक मानिरहेको छ। तैपनि अर्का उमेदवार डोनाल्ड ट्रम्प पनि हिलारीको नजिक नजिक रहेकाले लगानीकर्ताहरु सचेत देखिइरहेका छन्।   अमेरिकी बजारको इतिहास हेर्ने हो भने डेमोक्रयाट्सबाट राष्ट्रपति आएको समय बजारले राम्रो पर्फमेन्स गर्ने गरेको छ। त्यस बेला बजारले ७ प्रतिशतको प्रतिफल दिने गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • संविधान कार्यान्वयनका लागि ५ नम्बर प्रदेशमा एमालेको चार महिने जनपरिचालन अभियान

    संविधान कार्यान्वयनका लागि ५ नम्बर प्रदेशमा एमालेको चार महिने जनपरिचालन अभियान

    बुटवल : नेकपा (एमाले) ५ नम्बर प्रदेश कमिटीले संविधान कार्यान्वयनका लागि चार महिने जनपरिचालन अभियान सञ्चालन गर्ने भएको छ।   अभियान अन्तर्गत जनतालाई संविधानका बारेमा बुझाउन पार्टीका प्रत्येक कमिटीका सदस्य जनस्तरमा परिचालन गरिने लगायत संविधान कार्यान्वयन जनपरिचालन अभियान सञ्चालन गर्ने कार्यक्रम अगाडि सारिएको छ।   यसका लागि एमालेले ५ नं प्रदेशका १२ जिल्लामा कार्यकर्ता परिचालन गरी घरदैलो, संविधानमा जनताका अधिकारका…

    विस्तृतमा पढ्नुस्

  • बिलेनियर क्लबमा परेको ब्राण्ड 'कोक जिरो' नेपालमा, बिक्री शुभारम्भमा देखिए सेलिब्रिटी

    बिलेनियर क्लबमा परेको ब्राण्ड 'कोक जिरो' नेपालमा, बिक्री शुभारम्भमा देखिए सेलिब्रिटी

    काठमाडौं : बहुराष्ट्रिय कम्पनी कोकाकोलाले चिनी नभएको 'कोक जिरो' नेपाली बजारमा ल्याएको छ।  कोकाकोला इन्डिया तथा दक्षिण एसियाका अध्यक्ष वेङ्कटेश किनी, कोकाकोला कम्पनी बोटलिङ इन्भेस्टमेन्ट समूहका क्षेत्रीय निर्देशक टी कृष्णकुमार, नायिका प्रियंका कार्की, गायिका इन्दिरा जोशी र गायक सविन रार्इले संयुक्त रुपमा कोक जिरो बिक्री शुभारम्भ गरे। कम्पनीका अनुसार कोक जिरो नेपालका १५ वटा मुख्य सहर र विभिन्न पसलहरुमा पाइनेछ।…

    विस्तृतमा पढ्नुस्

  • मापदण्ड पूरा नगरेको भन्दै भाटभटेनी कम्प्लेक्समा नगरपालिकाको सिलबन्दी

    भक्तपुर : नगरपालिकाको नियम र मापदण्ड विपरीत भवन निर्माण सुरु गरेको भन्दै मध्यपुरथिमि नगरपालिकाले निर्माणाधीन ‘भाटभटेनी हाइपर मार्केट प्रालि’मा आज सिलबन्दी गरेको छ।   मध्यपुरथिमि नगरपालिका– ८ र ११ मा पर्ने अरनिको राजमार्ग खण्डस्थित थिमिको राधेराधेसँगै सिट नं १०२–११९१–२३, कित्ता नं ४७८ र ५ नं को ५ हजार ७५६ वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको उक्त प्रालिको भवन निर्माण कार्य रोक्दै निर्माणस्थलमा…

    विस्तृतमा पढ्नुस्

  • ​सोलिडारिटी कप : नेपाल भर्सेस ब्रुनाई (लाइभ)

    ​सोलिडारिटी कप : नेपाल भर्सेस ब्रुनाई (लाइभ)

    एएफसी सोलिडारिटी कप अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले अहिले मलेसियाको कुचिङस्थित सारावक स्टेडियममा ब्रुनाईसँग प्रतिस्पर्धा गरिरहेको छ। पहिलो हाफको समाप्तीमा नेपालले १-० को अग्रता लिएको छ। नेपालको लागि पहिलो हाफको इन्जुरी टाइममा नवयुग श्रेष्ठले गोल गरेका हुन्। ​तीन टोली मात्र रहेको समूह ए मा टिमोर लेस्टे विरुद्धको पहिलो खेल जितेको भए नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गर्ने थियो। तर लेस्टेसँग…

    विस्तृतमा पढ्नुस्

  • ​ब्रुनाईविरुद्ध नेपालको अग्रता, नवयुगले गरे गोल

    ​ब्रुनाईविरुद्ध नेपालको अग्रता, नवयुगले गरे गोल

    एएफसी सोलिडारिटी कप अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले अहिले ब्रुनाईसँग प्रतिस्पर्धा गरिरहेको छ। मलेसियाको कुचिङस्थित सारावक स्टेडियममा भएको खेलको पहिलो हाफको समाप्तीमा नेपालले ब्रुनाई विरुद्ध १ गोलको अग्रता लिएको छ।   नेपालको लागि पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा नवयुग श्रेष्ठले गोल गरेका हुन्। हेमन गुरुङले डि एरिया बाहिरबाट प्रहार गरेको बल ब्रुनाईका खेलाडीले क्लियर गर्न नसकेपछि नवयुगले गोल गरेका…

    विस्तृतमा पढ्नुस्

  • ​भरत खवासले गरे गोल, नेपाल २-० ब्रुनाई

    ​भरत खवासले गरे गोल, नेपाल २-० ब्रुनाई

    एएफसी सोलिडारिटी कप अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले अहिले ब्रुनाईसँग प्रतिस्पर्धा गरिरहेको छ। मलेसियाको कुचिङस्थित सारावक स्टेडियममा भएको खेलमा नेपालले ब्रनाई विरुद्ह २ गोलको अग्रता लिएको छ। पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा गोल थपेको हो। नेपालको लागि भरत खवासले दोस्रो गोल गरेका हुन्। विमल घर्ती मगरले प्रहार गरेको कर्नरमा खवासले गोल गरेका हुन्। यसअघि पहिलो हाफको इन्जुरी…

    विस्तृतमा पढ्नुस्

  • ​सोलिडारिटी कप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश, ब्रुनाई ३-० ले पराजित

    ​सोलिडारिटी कप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश, ब्रुनाई ३-० ले पराजित

    काठमाडौँ : नेपाल समूह ए को विजेता बन्दै मलेसियामा भइरहेको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियाको कुचिङस्थित सारावक स्टेडियममा भएको समूहको अन्तिम खेलमा नेपालले ब्रुनाईलाई ३-० ले पराजित गर्‌यो।  समूह चरणको पहिलो खेलमा टिमोर लेस्टे विरुद्ध गोल गर्न नसकेको नेपालले ब्रुनाई विरुद्ध ३ गोल गर्दै १० वर्षअघि भोगेको पराजयको बदला समेत लिएको छ। सन् २००६ को…

    विस्तृतमा पढ्नुस्

  • ​तेक्वान्दो खेलाडी दीपक बिष्टद्धारा २५ लाखको खेलकुद सामग्री प्रदान

    धनगढी : किर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्टले सुदूरपश्चिमका ९ वटा जिल्लाका खेलाडीहरुलाई करिब २५ लाख नगद बराबरको खेलकुद सामग्री प्रदान गरेका छन्। उनले चार सय थान तेक्वान्दो ड्रेस, ६४ सेट तेक्वान्दो म्याट, १० पिस चेष्ट प्याड, २० थान तेक्वान्दो प्याड, १०० थान फुटवल र २० थान भलिबल सुदूरपश्चिमका नौ वटै जिल्लाका खेलकुद विकास समितिका प्रमुख तथा खेलाडीहरुलाई प्रदान गरे। बिष्टले…

    विस्तृतमा पढ्नुस्

  • मोदीले गरे आइसी ५ सय र हजारको नोटको 'हत्या', आज मध्यरातदेखि भारतमा नचल्ने

    मोदीले गरे आइसी ५ सय र हजारको नोटको 'हत्या', आज मध्यरातदेखि भारतमा नचल्ने

    काठमाडौँ : यदि तपाईँसँग भारु ५ सय र हजारको नोट छ भने आज मध्यरातदेखि त्यो कागजको खोस्टासरह बन्नेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज टेलिभिजनमा सम्बोधन गर्दै आज राति १२ बजेदेखि भारतमा यी दुई दरका नोट नचल्ने घोषणा गरेका हुन्।  'यी नोटहरु अब कागजको खोस्टा बन्नेछन्', मोदीले भने। नेपालमा पनि यी दरका नोटहरु अधिका‍ंशसँग हुनसक्छ। यसको व्यवस्थापन कसरी गर्ने भन्ने बारे…

    विस्तृतमा पढ्नुस्

  • डिफेन्डिङ च्याम्पियन लेस्टरको सिजनमा पाँचौ हार, अंक तालिकामा १४ औं स्थानमा

    डिफेन्डिङ च्याम्पियन लेस्टरको सिजनमा पाँचौ हार, अंक तालिकामा १४ औं स्थानमा

    डिफेन्डिङ च्यामिपयन लेस्टर सिटीले यस सिजनको प्रिमियर लिगमा पाँचौ हार बेहोरेको छ। आइतबार भएको ११ औं चरणको खेलमा खेलमा लेस्टर घरेलु मैदानमै वेष्टब्रोमिच अल्विओनसँग २-१ गोल अन्तरले पराजित भएको हो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा सबै ३ गोल भएको हो। ५२ औं मिनेटमा जेम्स मोरिसनले गोल गर्दै भ्रमणकारी टोली वेष्टब्रोमलाई अग्रता दिलाए।  त्यसको ३ मिनेटपछि नै लेस्टर…

    विस्तृतमा पढ्नुस्

  • ​बार्सिलोनाको 'कमब्याक भिक्ट्री'मा मेसी र सुवारेजको गोल, रियलको सहज जित

    ​बार्सिलोनाको 'कमब्याक भिक्ट्री'मा मेसी र सुवारेजको गोल, रियलको सहज जित

    लियोनल मेसीले प्रेरणादायी प्रदर्शन मद्वतमा बार्सिलोनाले स्पानिस ला लिगामा सेभियालाई २-१ ले पराजित गरेको छ।  गएराती भएको खेलमा बार्सिलोनाले १ गोलको पछि परेको स्थिती उल्टाउँदै सेभियालाई पराजित गरेको हो। बार्साको जितमा कप्तान लियोन मेसी र लुइस सुवारेजले गोल गरे। खेलको १५ औं मिनेटमा घरेलु मैदानमा भिटोलोले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता लामो समय टिकेन। ४३ औं…

    विस्तृतमा पढ्नुस्

  • देशभर चिसो बढ्यो, पानी नपरे पहाडी भेगमा दृश्यता कमजोर हुने

    देशभर चिसो बढ्यो, पानी नपरे पहाडी भेगमा दृश्यता कमजोर हुने

    काठमाडौं : उपत्यकासहित देशभर नै चिसो प्रभाव विस्तार भएको छ। वायुमण्डलको प्रभावका कारण चिसो बढेको मौसमविद्हरु बताउँछन्।   धुवाँधुलोले गर्दा पनि वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको मौसमविद् मीनकुमार अर्याल बताउँछन्। अघिल्लो वर्ष कात्तिक २० गते काठमाडौंको न्युनतम तापक्रम १० डिग्री सेल्सियस रहेकामा यस पटक ८.४ पुगेको छ। शनिबारको तुलनामा आइतबार ९.४ डिग्री सेल्सियस रहेको थियो। अघिल्लो वर्षको तुलनामा यस वर्ष…

    विस्तृतमा पढ्नुस्

  • कमलपोखरीमा उदाउँदो सूर्यलाई यसरी दिइयो अर्घ्य, हेर्नुस् ७ फोटोमा

    कमलपोखरीमा उदाउँदो सूर्यलाई यसरी दिइयो अर्घ्य, हेर्नुस् ७ फोटोमा

    काठमाडौं : तराईमा विशेष उल्लासपूर्वक मनाइने छठ पहाडमा पनि विस्तार हुँदैछ। आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको समापन भएको छ। उपत्यकाका विभिन्न नदीकिनार तथा ठूला पोखरीमा पनि छठ भव्यताका साथ मनाइयो।   चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन हुन्छ। अर्घ्यमा ठकुवा, कसार,…

    विस्तृतमा पढ्नुस्

  • लोकतन्त्रको रक्षाका लागि लोकमानविरुद्धको महाभियोग प्रस्ताव पास गर्नुपर्छ : प्रधानमन्त्री

    लोकतन्त्रको रक्षाका लागि लोकमानविरुद्धको महाभियोग प्रस्ताव पास गर्नुपर्छ : प्रधानमन्त्री

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको रक्षाका लागि पनि अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसदमा पेश भएको महाअभियोग प्रस्ताव पास गर्नुपर्ने बताएका छन्।   मानव अधिकार तथा शान्ति समाजले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्रीले हिजो भिन्न परिस्थितिमा सबैको सहमतिले लोकमानलाई अख्तियार प्रमुख बनाइएकाले त्यसको समीक्षा गर्नुपर्ने बताए। 'अहिले भिन्न परिस्थिति आएको छ। लोकतन्त्रको रक्षा र सार्वजनिक संस्थाहरुको संरक्षणका लागि पनि महाअभियोग…

    विस्तृतमा पढ्नुस्

  • लोडसेडिङ हटाउनेगरी योजनाको मूर्त खाका ल्याउन प्राधिकरण निर्देशकलाई प्रमको निर्देशन

    लोडसेडिङ हटाउनेगरी योजनाको मूर्त खाका ल्याउन प्राधिकरण निर्देशकलाई प्रमको निर्देशन

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आफूले यसअघि राखेको ‘काठमाडौंलाई लोडसेडिङ मुक्त बनाउने’ योजनाको मूर्त खाका ल्याउन निर्देशन दिएका छन्।   काठमाडौं उपत्यकालाई तत्कालै लोडसेडिङ मुक्त गर्ने आफ्नो संकल्प भएकोमा जोड दिँदै प्रधानमन्त्रीले अब उपत्यकामा सधैंका लागि बत्ती नजाने व्यवस्था गर्न र कुनै अप्ठ्यारो परे सरकारसँग सहयोग माग्न निर्देशन दिए। ‘काठमाडौं उपत्यकालाई तत्काल…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमका ६ नगरपालिकालाई दमकल

    बैतडी : सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बैतडीका पाटन नगरपालिकालगायत सुदूरपश्चिमका जिल्लाका ६ वटा नगरपालिकालार्ई दमकल उपलब्ध गराउने भएको छ।   स्थानीयवासीको मागअनुसार र सरकारले नगरपालिकाको पूर्वाधार विकासका लागि भन्दै दमकल खरिदका लागि मन्त्रालयले प्रत्येक नगरपालिकालाई रु ६० लाखका दरले रकम उपलब्ध गराएको हो।   मन्त्रालयले बैतडीको पाटन नगरपालिका लगायत डडेल्धुराको परशुराम, कैलालीको अत्तरिया र घोडाघोडी, कञ्चनपुरको दोधारा–चाँदनी र…

    विस्तृतमा पढ्नुस्

  • एमालेले अतिवादी सोच र मधेसवादीले हठ त्याग्नुपर्छ : रामचन्द्र पौडेल

    एमालेले अतिवादी सोच र मधेसवादीले हठ त्याग्नुपर्छ : रामचन्द्र पौडेल

    पोखरा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको चुनौती नै संविधान कार्यान्वयन रहेको बताएका छन्।   नेपाली कांग्रेस कास्कीले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले मधेसवादी र जनजाति समुदायका गुनासालाई संविधान संशोधनबाट सम्बोधन गरेर संविधान कार्यान्वयनका दिशामा अघि बढ्नुपर्नेमा जोड दिए।   २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचन सम्पन्न भएपछि मात्र संविधान कार्यान्वयन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell