काठमाडौं : विदेश पठाउने भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। इलामको चुलाचुली गाविस स्थायी घर भई झापको गोपगाछी बस्दै आएका ३७ वर्षीय निमनाथ गौतमलाई प्रहरीले पक्राउ गरेको हो। बाग्लुङको लेखापानी गाविस घर भएका शेरबहादुर विक सहित अन्यबाट उनले मोटो रकम ठगी गरेका थिए। विकसहित अन्य चार जनाबाट ६३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि प्रहरीले गौतमको…
काठमाडौं : नेकपा माओवादी केन्द्रले संविधान संशोधनमाथि छलफल सुरु गरेको छ। केन्द्रीय कार्यालयको बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विषयमा छलफलका लागि पेश गरेका हुन्। प्रवक्ता पम्फा भुसालले बैठकमा संविधान संशोधन र पार्टीको राष्ट्रिय सम्मेलन आयोजना गर्ने विषयमा छलफल सुरु भएको बताइन्। तर उनले संविधान संशोधनका विषयमा के कुराकानी भयो भन्ने खुलाइनन्। आगामी मङ्सिर दोस्रो साता आयोजना…
काठमाडौं : बुधबार आकासिएको सुनको भाउ फेरि ओरालो लागेको छ। अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भए सुन अझ चम्कने भविष्यवाणी गरिँदै आएको थियो। तर, चुनावअघि धेरै चर्का कुरा गर्ने ट्रम्पले विजयीपश्चात सबैलाई समेटेर लैजाने भाषण गरेको कारण सुन ओरालो लागेको विश्लेषण गरिएको छ। बुधबार तोलामा १३ सय रुपैयाँले बढेको सुनको भाउ बिहीबार १४ सय रुपैयाँले घटेको हो। नेपाल…
कलैया : बारा जिल्ला पिप्राही गाविस–२ मा गएराति करिब २ बजे आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्। आगलागीबाट करिब रु ३० लाख बराबरको धनमाल नष्ट भएको सशस्त्र प्रहरी बल बोर्डर आटुट पोस्टका प्रहरी निरीक्षक रामजन श्रेष्ठले जानकारी दिए। गणेश साहको गोठमा पशुलाई लामखुट्टेबाट बचाउन बालेको आगो सल्केर गोठमा आगलागी भएको र सो आगो फैलिएर छिमेकी भगेन साह,…
काठमाडौं : विश्वमै सबैभन्दा ठूलो कलात्मक हरि र हरले युक्त ढुङ्गाको मूर्ति रहेको बूढानीलकण्ठमा आजदेखि पाँचदिने मेला सुरु भएको छ। बूढानीलकण्ठ नारायणस्थानमा प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्ने गर्दछ। आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा बूढानीलकण्ठ दर्शन गर्न आउने भए पनि कात्तिक शुक्ल पक्षका पाँच दिन धेरै भिड लाग्ने गरेको छ। यो…
चितवन : भरतपुर उपमहानगरपालिका–६ नवदुर्गा चोकमा गैँडाको आक्रमणबाट एक वृद्ध गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार स्थानीय मध्यवर्ती सामुदायिक वनबाट मानव बस्ती छिरेको गैडाले आज बिहान स्थानीय ८४ वर्षीय गौरेश्वर सापकोटालाई आक्रमण गरेको हो। घाइते सापकोटाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। सदरमुकाम आसपासको क्षेत्रमा समेत दैनिकजसो गैंडा मानव बस्ती पसेर धान खाने, आक्रमण…
चितवन : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका १५ जना कार्यकर्ता आज पक्राउ परेका छन्। चक्काजाम गर्दै हिँडेको अवस्थामा उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले समातेको हो। महँगी, कालोबजारी र भ्रष्टाचारको विरोध गर्दै चक्काजामा गरिएको उनीहरुको दाबी छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढको पुल्चोकबाट ६ जना र पूर्वी चितवनको खैरहनीबाट ९ जना पक्राउ परेका छन्। जिल्ला सचिवालय सदस्यहरु लोकराज पाण्डे,…
बनेपा : काभ्रेको बनेपामा सम्पन्न नेपाली कांग्रेस नगर सभापतिहरुको राष्ट्रिय सम्मेलनले १५ बुँदै घोषणापत्र जारी गरेको छ। २ सय १७ नगरका सभापतिहरुको भेलाले स्थानीय निकायको चुनाव, पुनर्निर्माण तथा पार्टी सञ्चालन सम्बन्धमा घोषणापत्र जारी गरेको हो। २०७३ चैतसम्ममा स्थानीय तहको निर्वाचन गर्नेगरी मिति तयका लागि पहल गर्ने, भूकम्पबाट अतिप्रभावित ठाउँमा गरिएको बेइमानीप्रति आपत्ति जनाउँदै पुन: सर्वेक्षण गरी पीडितलाई सम्झौताअनुसारको रकम दिलाउन…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई प्राप्त सबै सरकारी सुविधा खोस्न परेको रिट सर्वोच्च अदालतले उनको मूल मुद्दासँगै अघि बढाउने भएको छ। न्यायाधीशहरु जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको पूर्ण इजलासले दुवै मुद्दा एकैसाथ अघि बढाउने आदेश दिएको हो। कार्कीको योग्यता सम्बन्धी मुद्दाको पेशी आउँदो मंसिर १६ गतेका लागि तोकिएको छ। …
काठमाडौं : आफूहरुलाई बेवास्ता गरिएको भन्दै तत्कालीन नेकपा माओवादीका पूर्व लडाकुहरु यति बेला आन्दोलनमा छन्। दुई दिनअघि माओवादी केन्द्रको मुख्यालय रातभर 'कब्जा' गरेर बसेका उनीहरुले बिहीबार दिउँसो संसद भवन नयाँबानेश्वर अगाडि धर्ना दिए। बालबच्चासहित भेला भएका उनीहरु कालोपट्टी बाँधेका देखिन्थे। आफूहरुमाथि लगाइएको 'अयोग्य' बिल्ला फिर्ता गरी गणतन्त्रका योद्धा घोषित गर्नुपर्ने, बहिर्गमनमा परेका ४ हजार ९ जनालाई जनसेनाको सरह व्यवहार…
बनेपा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनर्संरचनाको विषय तत्काल नमिले वा विवाद कायमै रहिरहे पुरानै संरचनामा भए पनि स्थानीय निकायको निर्वाचन हुने बताएका छन्। काभ्रेको बनेपामा कांग्रेस नगर सभापतिहरुको राष्ट्रिय सम्मेलनपछि आयोजित आमसभालाई सम्बोधन गर्दै उनले स्थानीय तह पुनर्संरचनामा कुरा नमिले पुरानै संरचना वा इलाका आधारमा भए पनि निर्वाचन गर्ने दाबी गरे। ‘पुनर्संरचनामा कुरा नमिले पुरानै संरचना वा…
बनेपा : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले असन्तुष्ट मधेसी दलहरुसँग वार्ता गरेर भए पनि चैतमा स्थानीय तहको निर्वाचन गरिछाड्ने दाबी गरेका छन्। काभ्रेको बनेपामा भेला भएका देशभरका नगर सभापतिहरुको राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा बोल्दै उनले एमाले लगायतका दलहरुसँग वार्ता भइरहेको जानकारी गराए। संविधान कार्यान्वयनको जिम्मेवारी कांग्रेसको काँधमा रहेकाले अझ जिम्मेवारीका साथ लाग्नुपर्नेमा जोड दिए।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्ताव दर्ता गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनुमति मागेका छन्। सभामुख ओनसरी घर्तीको कार्यकक्षमा ओलीसँग भेटेर प्रचण्डले संविधान संशोधनको प्रस्ताव दर्ता गर्न अनुमति मागेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार भेटमा प्रचण्डले ओलीलाई ‘संविधान संशोधन गर्छु। त्यसका लागि संशोधन प्रस्ताव दर्ता गर्छु। तपाईंको पनि अनुमति चाहियो’…
काठमाडौँ : सहरी विकास मन्त्री तथा कांग्रेस नेता अर्जुननरसिंह केसीले कांग्रेसले गला मिलाएर लोकतन्त्र सिकाएकाहरू अहिले चर्का लोकतन्त्रवादी र राष्ट्रवादी भएर निस्किएको बताएका छन्। नेपाली कांग्रेस नगर सभापतिहरूको प्रथम राष्ट्रिय सम्मेलनको समापन सभामा केसीले कथित राष्ट्रवादको नाराले नझुक्किन सबैलाई आग्रह गरे। 'हिजो आफूलाई साम्यवादी भनेर एकतन्त्रीय शासन भन्दै हिँडेकाहरूलाई हामीले नै गला मिलाएर लोकतान्त्रिक मूलधारमा ल्याएका हौँ,' केसीले भने, 'आज…
काठमाडौं : तिहार र छठको बिदापछि आजदेखि सुरु हुने भनिएको व्यवस्थापिका–संसद्को बैठक स्थगित गरिएको छ। बिहीबारका लागि तोकिएको बैठक विशेष कारणले स्थगन भएको व्यवस्थापिका संसद् सचिवालयले जनाएको छ। सचिवालयले सूचना प्रकाशित गरी कात्तिक २५ गतेका लागि निर्धारित बैठक स्थगन गरिएको सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए। आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने…
नयाँदिल्ली : मोदी सरकारले कालोधनमाथि अंकुश लगाउने अभियानको क्रममा ५०० र १००० भारु नोटमा प्रतिबन्ध घोषणा गरेपछि जनस्तरमा अनेक प्रतिक्रिया आइरहेका छन्। बिषय गम्भीर भए पनि यसलाई धेरैले हाँस्ने मसला मसेत बनाएका छन्। मोदी फैसलापछि प्रतिक्रियास्वरुप भारतमा देखिएका १० साइड इफेक्ट : १) एक युवा : आउने २००० नोटमा नानो सिम लगाइएको छ। अब उक्त नोट जहाँ लगे…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालका नेताहरुले गणेशमान सिंहको जस्तो त्यागको भावना देखाउन सके मात्र राजनीतिक स्थिरता कायम हुने बताएका छन्। संविधान कार्यान्वयनका लागि समेत गणेमानसिंहको विचार अनुशरण गर्नुपर्नेमा उनले जोड दिए। लौहपुरुष गणेशमान सिंहको १०१औं जन्मजयन्तीको अवसरमा आज बिहान काठमाडौंको शोभा भगवतीमा रहेको उनको सालिकमा माल्यार्पण गर्दै नेता सिंहले संविधान संशोधनका लागि आन्दोलनरत पक्षसँग छलफल चलिरहेको…
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो सिंगापुर प्रस्थान गर्ने भएका छन्। दुई साता सिंगापुर बसेर उनी त्यतैबाट भारत जाने कार्यक्रम तय भएको छ। पूर्वराजा शाहका सहयोगी फडिन्द्र पाठकले आज मध्याह्न सिंगापुर जाने तयारी भएको जानकारी दिए। सिंगापुर भ्रमणको उद्देश्यबारे भने उनले खुलाउन चाहेनन्। उनी सिंगापुर जानु केही दिनअघि नै बुहारी हिमानी सिंगापुर पुगिसकेकी छिन्। नेपालको राजनीतिक घटनाक्रमप्रति…
कञ्चनपुर : विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। म१ख ६०७ नम्बरको चन्द्रसूर्य बोर्डिङ स्कुल झलारीको बस बेलौरी राजमार्गमा पर्ने दुलैना नजिकको चितौरा खोलानजिक दुर्घटना भएको थियो। घाइते हुनेमा ७ विद्यार्थी र एक शिक्षक रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुदाम रावलले बताए। घाइते सबैको झलारीस्थित निजी क्लिनिकमा उपचार भइरहेको छ। टिप्परले नाघेर…
काठमाडौं : उमेरले ७० पुगेका डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिको प्रतिस्पर्धी हुन्। उनी पूर्वराष्ट्रपति बिल क्लिन्टनकी श्रीमती र अमेरिकी राष्ट्रपति बाराक ओबामा नेतृत्वमा विदेश मन्त्रालय सम्हालेकी हिलारी क्लिन्टनसँग राष्ट्रपतिमा भिड्दैछन्। ट्रम्पको चर्चा यतिबेला अमेरिकामा मात्र नभई विश्वभर भइरहेको छ। उनको व्यवहार, सम्पत्ति र व्यक्तिगत जीवनबारे पनि धेरैलाई चासो छ। अमेरिकन ड्रिमको रुपमा चर्चित धनी बन्न चाहनेहरुको…