सुरुङ्गा (झापा) : जङ्गली हात्तीको आक्रमणबाट झापामा आज एक व्यक्तिको मृत्यु भएको छ। अर्का एक घाइते भएका छन्। मृत्यु हुनेमा बाहुनडाँगी–२ निवासी ६० वर्षीय मनहरि ढुङ्गेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बिहान घर नजिकै घाँस काट्न जाने क्रममा चिया बगानमा उनलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो। सो हात्तीको आक्रमणबाट उनीसँगै घाँस काट्न गएका सोही ठाउँका ६२ वर्षीय…
काठमाडौं : कांग्रेस नेतृ सुजाता कोइरालाई ब्रेस्ट क्यान्सरको पुष्टि भएको छ। डाक्टरले पारिवारलाई दिएको जानकारी अनुसार कोइराला ब्रेस्ट क्यान्सरको ‘फस्ट स्टेज’ रहेको पाइएको हो। दुई साताअघि मलेसियामा शल्यक्रिया गराएर घरमै आराम गरिरहेकी कोइरालालाई आइतबार भारतको टाटा मेमोरियल अस्पतालका एक भिजिटर प्रोफेसर (डाक्टर) आएर घरमै भेटेका थिए। ती डाक्टरले भेटेयता सुजातासँग परिवारका सदस्य बाहेक अन्यलाई भेटघाट गर्न दिइएको छैन।…
काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले संविधान संशोधनका लागि सत्तापक्ष, प्रतिपक्ष र आन्दोलनरत पक्षबीच छलफल भइरहेको बताएका छन्। आज रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै उनले विवादित विषयमा साझा मिलनविन्दु खोज्ने प्रयास भइरहेको जानकारी दिए। ‘पहिलो कुरा सहमतिको धरातल हामी सबैले मिलेर निर्माण गर्नुपर्छ,’ उनले भने, 'मुलुकलाई निकास दिनको लागि सबै पक्ष गम्भीर बनेर प्रस्तुत हुन जरुरी छ।'…
काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेपालका लागि अमेरिकाकी राजदूत अलाइना टेप्लिजबीच भेटवार्ता भएको छ। सो भेटमा वैदेशिक मामिला विभाग प्रमुख समेत रहेका नेपालले अमेरिकाका तर्फबाट नेपाललाई हुँदै आएको सहयोगका लागि धन्यवाद दिएका थिए। नयाँ संविधान बनेपछि सिर्जित स्थायित्वको परिवेशमा थप सहयोग र लगानीलाई आफ्नो मुलुकले स्वागत गर्ने उनको भनाइ थियो। संविधान संशोधनका बारेमा राजदूत…
काठमाडौं : धरहरा निर्माणका लागि नेपाली सेनाले ६ करोड १७ लाख १३ हजार ७८३ को सहयोग गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रको गौरवका रुपमा रहने धरहरा निर्माणका लागि सेनाले आज चेक हस्तान्तरण गरेको हो। प्रधानमन्त्री कार्यालयमा आयोजित समारोहमा प्रधानसेनापति राजेन्द्र छत्रीले धरहरा निर्माणका लागि सकल दर्जाको तर्फबाट सङ्कलन गरिएको उक्त रकमको चेक हस्तान्तरण गरे। २०७२ बैसाख १२…
लिग लिडर नाइसले फ्रेन्च लिग वनमा पहिलो हार बेहोरेको छ। लिग वन अन्तर्गत गएराति भएको खेलमा नाइस साएनसँग १-० ले पराजित भएको हो। पराजयसँगै लिग वनमा नाइसको ११ खेलको अपराजित यात्रा टुङ्गिएको छ। मारियो बालोटोलीको आगमनसँगै नाइसले यस सिजन शानदार प्रदर्शन गरिरहेको थियोे। तर साएनविरुद्धको खेलमा पेनाल्टीबाट गोल बेहोर्दै नाइस पराजित भएको हो। साएनलाई जिताउन निर्णायक गोल ४२ औं मिनेटमा…
काठमाडौं : जापानमा हुने एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपमा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। प्रतिस्पर्धी २ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली सोमबार जापानको टोकियो प्रस्थान गर्दैछ। नोभेम्बर ८ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट समान एक पुरुष/महिला खेलाडीले भाग लिने छन्। पुरुषको ६२ केजीमा प्रकाश केसीले प्रतिस्पर्धा गर्नेछन्। कमला श्रेष्ठले महिला ५८ केजीमा प्रतिस्पर्धा गर्नेछिन्। प्रकाशले युथ र जुनियर…
काठमाडौं : अत्याधुनिक उपकरणको सहायताको सहयोगबाट एटिएम प्रयोग गरी ठगी गर्ने गिरोह नेपामा सक्रिय भएका छन्। प्रहरीले हालै मात्र तीन विदेशी नागरिकलाई पक्राउ गरेको छ। विशेषगरी पूर्वी युरोपेली मुलुक टर्की, बुल्गेरिया तथा रोमानियाका नागरिकहरु अत्याधुनिक उपकरणहरु साथैमा लिई पर्यटक भिसामा नेपाल आई यस्तो कार्यमा लाग्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। एटिएम कार्डबाट कसरी सुरक्षित रहने त? प्रहरीको केन्द्रीय अनुसन्धान…
इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा शीर्ष टोलीहरुले जित हासिल गरेका छन्। शीर्ष ३ स्थानमा रहेको युभेन्ट्स, रोमा र एसी मिलानले जित हात पारेका हुन्। टोरिनो क्लब युभेन्ट्सले चिएभो भेरोनालाई २-१ ले पराजित गर्दै शीर्ष स्थानमा यथावत छ। 'ओल्ड लेडी'को जितमा मारियो मान्डुकिच र मिरालेम पिजानिकले १/१ गोल गरे। चिएभो भेरोनाका लागि सर्जियो पेलिसेरले एक गोल फर्काए। यस्तै मोहमद…
काठमाडौं : विकास पत्रकार मञ्च (फोडेज) ले आज आफ्नो पहिलो वार्षिक साधारणसभा सम्पन्न गरेको छ। विकास निमार्णका क्षेत्रमा कलम चलाउने पत्रकारहरुले गत माघ २५ गते गठन गरेको मञ्चको यो पहिलो साधारणसभा हो। मञ्चका सचिव चन्द्रमणि भट्टराईले संस्थाको आर्थिक प्रतिवेदन तथा प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गरेका थिए। विकासमार्फत राष्ट्रिय समृद्धि प्राप्त गर्न विकास पत्रकारितालाई प्रोत्साहन गर्नुपर्ने धारणा सञ्चारकर्मीहरुले राखेका छन्। मञ्चका…
रत्ननगर (चितवन) : चितवनमा प्रकोपका रुपमा फैलिएको डेङ्गु रोगको सङ्क्रमण घट्दै गएको पाइएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार भदौ असोजमा भन्दा अहिले सङ्क्रमण दर घट्न थालेको हो। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले कात्तिकको दोस्रो सातादेखि सङ्क्रमण दरमा न्युनीकरण आएको बताए। 'तर पनि डेङ्गुका बिरामी भेटिने क्रम रोकिएको छैन, सचेतनामा स्थानीयवासीले ध्यान दिन जरुरी छ,'…
काठमाडौं : समाजसेवी अक्कलबहादुर तामाङ ह्युमेनिटेरियन अवार्ड २०१६ बाट सम्मानित भएका छन्। अमेरिकामा आयोजित लेजियन्स अफ मास्टर्स अल अफ मेम नामक संस्थाले गरेको सामाजिक मूल्यांकनअनुसार तामाङ सम्मानित भएका हुन्। विश्वभरका १ सय ८ देशलाई पछि पार्दै उनी उत्कृष्ट बनेका हुन्। तामाङले स्थापना गरेको कोरिया कल्चरल एक्सचेन्ज एन्ड सोसियल अर्गनाइजेसन स्थागना गरी अनाथ, असहाय र गरिब बालबालिकाको शिक्षाको क्षेत्रमा…
भक्तपुर : नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले तरुण दललाई आफ्नो मुठ्ठीमा राखेर कब्जा गर्ने उद्देश्यले एकतर्फी ढङ्गले महाधिवेशन गर्न लागेको आरोप लगाएका छन्। आज भक्तपुरमा रफत सञ्चार क्लबले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले तत्कालीन पार्टी केन्द्रीय समितिले गरेको निर्णय विपरीत हुन लागेको महाधिवेशन तत्काल स्थगित नगरे समानान्तर महाधिवेशन गर्ने चेतावनी दिए। 'पार्टी नेतृत्वले एकतर्फी ढङ्गले सदस्यता वितरण…
म्यान्चेस्टर (न्युह्याम्पसायर) : इमेल काण्डबाट हिलारी क्लिन्टनको शिरमाथि मडारिइरहेको कालो बादलको पर्दा अमेरिकी सङ्घीय अनुसन्धान केन्द्र (एफबिआई) ले हटाइदिएपछि क्लिन्टनको सशक्त प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पलाई आरोप लगाउने शैलीमा परिवर्तन आएको छ। लगभग दुई वर्षअघिदेखिको निर्वाचन अभियान समाप्त हुनै लागेको र मतदान गर्ने दिनको पूर्वसन्ध्या अत्यन्तै संवेदनशील अवस्थामा आइपुगेको छ। केही दिनयतादेखि परिवर्तित नाटकीय लहर आकलन गर्दा दुई उम्मेदवारमध्ये साह्रै थोरै…
काठमाडौं : उपत्यकाका विभिन्न स्थानमा दिउँसोको समयमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको कपनमा बुद्धसिंह तामाङको घरमा चोरी गरी मोटरसाइकलमा भाग्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा काभ्रे सरमथली गाविस ९ घर भई हाल बागबजार बस्ने २८ वर्षीय बाङदेन तामाङ, सोही स्थान बस्ने २३ वर्षीय सुमन तामाङ छन्। उनीहरुले चोरी गरेको धनमाला खरिद गर्ने…
काठमाडौँ : नेपालका लागि नयाँ चिनियाँ राजदूत नेपाल आइपुगेकी छिन्। वु चुन्ताई कार्यकाल पुरा गरेर फर्किएपछि चीनले यु होङ लाई नयाँ राजदूतको रुपमा नेपाल पठाएको हो। यसअघि इन्डोनेसियाको सुरबयामा महावाणिज्य दूतको रुपमा रहेको होङ आर्थिक कुटनीतिकी विज्ञ मानिन्छिन्। चुन्ताईले लामो समय चिनियाँ विदेश मन्त्रालयमा काम गरेकी छिन्। ५१ वर्षिय होङले चिनियाँ विदेश मन्त्रालयमा एसिया डिभिजनमा समेत काम गरेकी छिन्। उनले…
काठमाडौं : मिर्गौलाका बिरामीहरुलाई आवश्यक पर्ने सम्पूर्ण डायलोसिस निःशुल्क हुने भएको छ। यसअघि हप्तामा दुई पटक मात्रै निःशुल्क डायलोसिसको व्यवस्था गरिएकोमा अबदेखि जति पटक आवश्यक पर्छ त्यति पटक निःशुल्क हुने भएको हो। स्वास्थ्य मन्त्री गगनकुमार थापाको निर्देशनमा मन्त्रालयको चिकित्सा सेवा महाशाखाले आवश्यकता अनुसारको डायलोसिस निःशुल्क गर्न सोमबार सम्बन्धित अस्पतालहरुलाई परिपत्र गरेको छ। बिरामीले मिर्गौला प्रत्यारोपण नगर्दासम्म हप्तामा तीन…
काठमाडौं : फिल्म 'पुरानो डुङ्गा'ले देशव्यापी रुपमा प्रोमोशन सुरु गर्ने भएको छ। फिल्म युनिट पूर्व झापादेखि पोखरासम्म दर्शकको सुझाव र प्रतिक्रिया बुझ्न निस्कन लागेको हो। 'निर जैले रिसाउने' गीतका कारण फिल्म रिलिजअघि नै चर्चामा छ। आजै एक कार्यक्रमबीच फिल्मले दोस्रो गीत 'माझी' सार्वजनिक भयो। डुङ्गा चलाएर जीविकोपार्जन गर्ने माझी भक्ते र उसको आवरा भाइ बतासेको अंशका कारण झगडा…
काठमाडौं: चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले नयाँपन दिन सके फिल्म हिट हुने बताए। 'पुरानो डुङ्गा' फिल्मको गीत रिलिज कार्यक्रममा बोल्दै उनले भने,'फिल्म बनाउनेहरुले नयाँ विषय उठाउ सके, केही खोजमूलक दिन सके बल्ल फिल्म सफल हुन्छ।' केही अघि औपचारिक कार्यक्रममा 'फिल्ममा नयाँपन दिने नाममा अराजकता बढ्दैछ। मौलिकता मर्न दिनु हुँदैन' भन्दै मन्तव्य दिएका थिए। आज उनले फिल्म क्षेत्रमा नयाँ सुरुवात…
काठमाडौं : अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएर आज छठ पर्व विशेष उल्लासका साथ मनाइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज प्रमुख दिन हो। सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो। द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको…