PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • ​ब्राजिलविरुद्व हुने विश्वकप छनोटका लागि मेसी अर्जेन्टिनी टीममा

    ​ब्राजिलविरुद्व हुने विश्वकप छनोटका लागि मेसी अर्जेन्टिनी टीममा

    अर्को महिना ब्राजिल र कोलोम्विया विरुद्व हुने विश्वकप छनोट खेलमा लियोनल मेसीले अर्जेन्टिनी टीमबाट खेल्ने भएका छन्। चोटका कारण अघिल्ला ३ छनोट खेल गुमाएका मेसीलाई प्रशिक्षक एडगार्डो बाउजाले २६ सदस्यीय टोलीमा समावेश गरेका हुन्। मेसीको अनुपस्थितीमा अर्जेन्टिनाले सम्भावित ९ मध्ये ७ अंक गुमाएको थियो। भेनेजुएला र पेरुसँग बराबरी खेलेको अर्जेन्टिना पाराग्वेसँग पराजित भएको थियो। अब मेसीले नोभेम्वर १० मा बेलो होरिजेन्टेमा…

    विस्तृतमा पढ्नुस्

  • लोकमानविरुद्ध महाभियोग प्रस्ताव अगाडि बढाउन समन्वयको जिम्मा प्रचण्डलाई

    लोकमानविरुद्ध महाभियोग प्रस्ताव अगाडि बढाउन समन्वयको जिम्मा प्रचण्डलाई

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव अगाडि बढाउने विषयमा नेकपा माओवादी केन्द्रले सत्तारुढ कांग्रेस सहितका दलहरुसँग परामर्श गर्ने भएको छ। माओवादी हेडक्वार्टरको आज बसेको बैठकले परामर्श गर्ने जिम्मा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको हो। बैठकमा माओवादी केन्द्रका नेताहरुले महाभियोग प्रस्ताव दर्ता भएर अगाडि बढिसकेको अवस्थामा पारित गरेर…

    विस्तृतमा पढ्नुस्

  • ​आईएसद्वारा २८४ जनाको हत्या, सुरक्षा कारवाहीमा ४६ जना आईएस विद्रोही मारिए

    ​आईएसद्वारा २८४ जनाको हत्या, सुरक्षा कारवाहीमा ४६ जना आईएस विद्रोही मारिए

    इस्लामिट इस्टेट आईएसले ब्याटल अफ मोसुलमा विपक्षी फोर्स विरुद्ध डिफेन्ड गर्ने क्रममा २८४ जनाको हत्या गरेका छन्। बच्चाहरुसहित २८४ जनालाई सुट गरेर मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। यस्तै आईएस्ले बन्धक बनाइएका अधिकांश जनता मध्ये ५५० परिवार घर फर्कन सक्ने भएका छन् भने बाँकीलाई युद्ध रोक्नको लागि प्रयोग गरिने जनाइएको छ। मुक्त भएका परिवारहरुले भने सेता झण्डा हल्लाउँदै आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • ​लोकमानलाई महाभियोग किन? ओली भन्छन् - तर्साएर समानान्तर सरकार चलाए

    ​लोकमानलाई महाभियोग किन? ओली भन्छन् - तर्साएर समानान्तर सरकार चलाए

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले समानान्तर सत्ता चलाएकै कारण महाभियोग प्रस्ताव अगाडि बढाइएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्। महाभियोग प्रस्ताव अगाडि बढाउन दबाब दिन पुगेका विद्यार्थी संगठनका प्रतिनिधिसँग आफ्नै निवास बालकोटमा ओलीले अब संसद पछाडि नफर्कने बताए। उनले कार्कीले अदालत, संसद र सरकारसँग समेत फौजदारी व्यवहार गरेको आरोप लगाए।   'अख्तियार प्रमुखले…

    विस्तृतमा पढ्नुस्

  • ​बतासे ट्रेल रन जनवरीमा

    ​बतासे ट्रेल रन जनवरीमा

    काठमाडौं : फ्रेन्ड्स अफ हिमालय चिल्ड्रेन र अल्ट्रा ट्रेल नेपालको संयुक्त आयोजनामा दोश्रो बतासे ट्रेल रन जनवरी १३ तारिखमा हुने भएको छ। ट्रेल रनको मुख्य आकर्षण ६५ किलोमिटरको अल्ट्रा दौड हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजक हिमालय चिल्ड्रेनका अध्यक्ष सोम तामाङले जानकारी गराए।  ट्रेल रन ठमेलस्थित सञ्जय कोषको भवन अगाडिबाट सुरु भई महाराजगन्ज, नारायणथान, शिवपुरी राष्ट्रिय निकुञ्जको गेट, झुले, चिसापानी,…

    विस्तृतमा पढ्नुस्

  • ​मेसीले अन्तिम मिनेटमा गोल गरेपछि भ्यालेन्सियालाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा

    ​मेसीले अन्तिम मिनेटमा गोल गरेपछि भ्यालेन्सियालाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा

    लियोनल मेसीले इन्जुरी टाइमको अन्तिम मिनेटमा पेनाल्टीबाट गोल गरेपछि बार्सिलोना भ्यालेन्सियालाई हराउँदै स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लेको छ। निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपनि इन्जुरी टाइमा पाएको पेनाल्टीमा मेसीले गोल गरेपछि बार्सिलोनाले भ्यालेन्सियालाई ३-२ ले पराजित गरेको हो। जितसँगै ९ खेलबाट १९ अंक जोडेको बार्सिलोना दुई मड्रिड क्लबलाई पछि पार्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ। भ्यालेन्सियाको घरेलु मैदानमा…

    विस्तृतमा पढ्नुस्

  • अरहान्त र भावना च्याम्पियन, हिराद्वारा सन्यास

    अरहान्त र भावना च्याम्पियन, हिराद्वारा सन्यास

    काठमाडौं : अरहन्तकेशर सिंह र भावना सुनुवारले चौथो सिभिल बैंक खुल्ला स्क्वास प्रतियोगिताको उपाधि रक्षा गरेका छन्। यता नेपाली स्क्वासका हस्ती खेलाडी हिराबहादुर थापाले शनिबार खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका छन्। सातदोबाटोमा शनिबार सम्पन्न पुरुष सिंगल्स फाइनलमा अरहन्तले अमृत थापा मगरलाई ११–५, ११–५, ९–११ र ११–१ ले पराजित गरे। हिराबहादुर थापा र प्रवीणवीर सिंह कंसाकार संयुक्त रुपमा तेस्रो भए। विजेता अरहन्तले…

    विस्तृतमा पढ्नुस्

  • ​स्क्वास लेजेण्ड हिराद्वारा सन्यास, २७ वर्षे खेलजीवनमा लगातार १७ पटक राष्ट्रिय च्याम्पिय

    ​स्क्वास लेजेण्ड हिराद्वारा सन्यास, २७ वर्षे खेलजीवनमा लगातार १७ पटक राष्ट्रिय च्याम्पिय

    काठमाडौं : नेपाली स्क्वासका हस्ती खेलाडी हिराबहादुर थापाले शनिबार खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका छन्। चौथो सिभिल बैंक खुला स्क्वास च्याम्पियनसिपको समापन समारोहमा हिराले २७ वर्षे खेलाडी जीवनबाट अलग हुने घोषणा गरे। २०४६ सालमा खेलाडी जीवनमा पाइला टेकेका थापाले लगातार १७ वर्ष राष्ट्रिय च्याम्पियन्सीप जितेर दुर्लभ कीर्तिमान बनाएका छन्। सन् १९९४ देखि २०१० सम्मको अवधिमा हिरा एक खेलमा पनि पराजित…

    विस्तृतमा पढ्नुस्

  • मुलुकका अरुभन्दा काठमाडौं शहरमा सस्तो

    काठमाडौं : तपाईँले बजार भाउ बढेको अनुभव गर्नु भएको होला। तर, नेपाल राष्ट्र बैंकले भने मूल्य बृद्धि घटेको तथ्यांक सार्वजनिक गरेको छ। उसले भदौ महिनाको मूल्यबृद्धि दर अघिल्लो वर्षको भदौसँग तुलना गर्दै घटेको जनाएको हो। गत वर्षको भदौमा बजार भाउ ८.६ प्रतिशतले बढेको थियो। यसपाला भने यो घटेर ७.९ प्रतिशतले मात्र बढेको छ।   चिनी, चिनीजन्य पदार्थ, फलफुल, दाल तथा…

    विस्तृतमा पढ्नुस्

  • लोकमानविरुद्ध नखुलेका डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति पनि उनी विरुद्ध

    लोकमानविरुद्ध नखुलेका डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति पनि उनी विरुद्ध

    काठमाडौं : लोकमानविरुद्ध अभियान चलिरहँदा घुमाउरो पारामा उनको पक्षमा वकालत गर्ने नयाँ शक्ति नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराई अन्तत: लोकमानविरुद्ध नै उभिएका छन्। उनी नेतृत्वको नयाँ शक्ति नेपालले आज विज्ञप्ति जारी गर्दै लोकमान प्रकरणमा पार्टीको ध्यानाकर्षण भएको जनाएको छ।     ‘संसदीय समितिले बोलाउँदा नजाने, न्यायपालिकाको काममा समेत अवरोध खडा गर्ने जस्ता गतिविधिले सुशासन र पारदर्शीता कायम गर्न र भ्रष्टाचार…

    विस्तृतमा पढ्नुस्

  • ​२० करोडमा काठमाडौंका मुख्य सडक झिलिमिल

    ​२० करोडमा काठमाडौंका मुख्य सडक झिलिमिल

    काठमाडौं : काठमाडौं उपत्यकाका  विभिन्न स्थानमा रु २० करोड ५७ हजारको लागतमा सौर्यबत्ती जडान प्रक्रिया अघि बढेको छ।   काठमाडौँ महानगरपालिकाले तीन भागमा विभाजन गरी एक वर्षभित्र एक हजार ८५ खम्बामा सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत सौर्यबत्ती जडान गर्न लागेको हो। उक्त कार्यका लागि कामपाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र बिके ट्रेडर्स सप्लायर्सका रञ्जनराज श्रीवास्तवले हस्ताक्षर गरेका छन्।   सम्झौतानुसार…

    विस्तृतमा पढ्नुस्

  • ​‘एकदेखि १२ सम्म संस्कृत भाषा अनिवार्य होस्’

    काठमाडौं : आधुनिक युगमा संस्कृत भाषाको आवश्यकता बढ्दै गएकाले कक्षा १ देखि १२ सम्म अनिवार्य अध्यापन गराइनुपर्ने माग गरिएको छ।   नेपाल आर्य समाजले बिहीबारदेखि यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय वैदिक आर्य महासम्मेलनमा आज विश्व संस्कृत सम्मेलनका सहभागी वक्ताले संस्कृत भाषामा भएका वैज्ञानिकतालाई जनसमक्ष पुर्‍याइनु पर्नेमा जोड दिए।   सम्मेलनमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा कुलप्रसाद कोइरालाले संस्कृत भाषामा भएका ज्ञानविज्ञानको…

    विस्तृतमा पढ्नुस्

  • बिबिएसको रिजल्ट आउट

    काठमाडौँ : त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत जेठमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको स्नातक  तीनबर्से बिबिएस तृतीय वर्षको आंशिकतर्फको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ।   परीक्षाका मर्यादाविपरीत  कार्य गर्ने परीक्षा क्रमाङ्क २५०११८, २५०९६१, ३९०२५६ र ३९०७१४ का परीक्षार्थीलाई आगामी दुई वर्षका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन पाउने गरी निष्काशन गरिएको त्रिविले जनाएको छ।  परीक्षाफल नेपाल टेलिकमको…

    विस्तृतमा पढ्नुस्

  • ​नेपाल–भारत सांस्कृतिक मेला सुरु

    कैलाली : नेपाल–भारत सांस्कृतिक पर्यटन व्यापार प्रवद्र्धन मेला आजदेखि यहाँ सुरु भएको छ।   नेपाल टेन्ट व्यवसायी सङ्घ कैलाली शाखाको आयोजनामा गोदावरी एक्स्पो २०१६ तथा नेपाल–भारत सांस्कृतिक पर्यटन व्यापार प्रवद्र्धन मेलाको उद्घाटन (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री लेखराज भट्टले गरे।   नेता भट्टले यो मेलाले जातीयवादलाई प्रहार गरेको भन्दै देशमा रहेका सबै जातजातीले एकअर्काको भाषा, संस्कृतिलाई सम्मान गर्नुपर्ने धारणा राखे।…

    विस्तृतमा पढ्नुस्

  • ​छोरीको नाममा आउने रकममा चोरी!

    काठमाडौँ : बालिका शिक्षामा वैदेशिक सहायता आए पनि त्यो अन्यत्र पनि खर्च हुने गरेको न्याय तथा अधिकार संस्था–नेपाल(जुरी) को एक अध्ययनले देखाएको छ।   जुरीले आज यहाँ आयोजना गरेको ‘सीमान्तकृत समुदायका बालिकाको शिक्षामा पहुँच र यसमा वैदेशिक अनुदान सहायताको प्रभाव’ विषयको संवाद कार्यक्रममा उक्त अध्ययन सार्वजनिक गर्दै लक्षित वर्गका लागि छुट्याइने गरेको रकम पुग्नुपर्ने ठाउँमा नपुगेको गुनासो गरिएको छ।  …

    विस्तृतमा पढ्नुस्

  • ​विकास रनिङ शिल्डः भारतीय क्लव युनाइटेडको पोस्टमा संकटाको गोल वर्षा

    सरिता पौडेल - चितवन : चितवनमा जारी टुवोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा शुक्रबार संकटा क्लब काठमाडौँ विजयी भएको छ। संकटाले यूनाइटेड फुटबल क्लव खर्साङ भारतलाई ४–२ गोल अन्तरले पराजित गर्यो। संकटाका विश्व अधिकारी र निराजन खड्काले २/२ गोल गरे। अधिकारी १३ औँ र ७८ औँ मिनेटमा गोल गर्न सफल भए। खड्काले २५ औँ र ७५ औँ…

    विस्तृतमा पढ्नुस्

  • ​विश्व तेक्वान्दो महासंघका अध्यक्ष चोङवन चो नेपालमा

    ​विश्व तेक्वान्दो महासंघका अध्यक्ष चोङवन चो नेपालमा

    काठमाडौ : तेक्वान्दोको खेलको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ) का अध्यक्ष डा. चोङवन चो शुक्रबार नेपाल आइपुगेका छन्। पाँच दिने नेपाल भ्रमणका लागि आएका डब्लुटिएफ अध्यक्ष डा. चो  लगायत टोलीको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको थियो।  त्यस्तै भ्रमणको दौरानमा उनले तेक्वान्दोका विभिन्न गतिविधिका बारेमा अध्ययन गर्नेछन्। अध्यक्ष डा.चोले त्यसबिच भगवान गौतम बुद्धको पवित्र जन्मस्थान लुम्बिनी र स्वंयम्भुनाथको दर्शन…

    विस्तृतमा पढ्नुस्

  • फुटसल लिग : ढुकु र हरिसिद्धि फुटसलको जित

    काठमाडौं : राष्ट्रिय फुटसल लिग अन्तर्गत शुक्रबार भएका खेलमा ढुकु फुटसल हव र हरिसिद्धि फुटसलले जित हासिल गरेका छन्। कप्तान सुरज राउतको दोहोरो ह्याट्रिक मद्वतमा ढुकु फुटसल हवले रजनी फुटसललाई उसैको होम ग्राउन्ड भैसेपाटीमा ८–२ गोल अन्तरले पराजित गरेको हो। एकपक्षीय खेलमा ढुकुका लागि सविन खड्का र सिद्धान्त बस्नेतले एक/एक गोल गरे।  रजनी फुटसलका लागि रुसन केसीले २ गोल गरे।…

    विस्तृतमा पढ्नुस्

  • ​रत्नजित र नङशलको जोडीलाई पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा स्वर्ण

    ​रत्नजित र नङशलको जोडीलाई पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा स्वर्ण

    पाकिस्तानको इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा दिदीभाइ रत्नजित तामाङ र नङशलको जोडीले स्वर्ण जितेका छन्। शुक्रबार भएको फाइनलमा रत्न र नङशलको जोडीले पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनको जोडीलाई २१–१३ र २१–१५ को सोझो सेटमा पराजित गरी ब्याडमिन्टनमा नेपाललाई ऐतिहासिक सफलता दिलाएको ब्याडमिन्टन संघका उप महासचिव लवभक्त श्रेष्ठले जनाएका छन्। नेपाली ब्याडमिन्टनको इतिहासमा…

    विस्तृतमा पढ्नुस्

  • इमाडोलमा मिथेन ग्यास परीक्षण

    ललितपुर : उद्योगमन्त्री नवीन्द्रराज जोशीले प्राकृतिक ग्यास (मिथेन) को उत्पादनको नमुना प्लान्टको इमाडोलमा आज अवलोकन गरेका छन्। ग्यास प्लान्ट वैदेशिक सहयोग नभई नेपाल सरकारको खर्चमा निर्माण भएको हो। ग्यास प्लान्ट निर्माणका लागि झन्डै रु १५ लाख खर्च भएको थियो। इमाडोलमा मिथेन ग्यास देखिएको छ तर त्यसको मात्रा जाँच गर्न बाँकी छ। उद्योग मन्त्रालयअन्तर्गतको खानी तथा भू–गर्व विभागले ग्यास उत्खननका लागि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell