PahiloPost

Mar 2, 2025 | १८ फागुन २०८१

  • संसदीय समितिको निर्णयमा एमाले उपाध्यक्ष रावलको हस्तक्षेप

    काठमाडौं : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा एमाले उपाध्यक्ष भीम रावलले हस्तक्षेपकारी प्रवृत्ति देखाएका छन्।   समितिले गर्न लागेको निर्णय क्रममा उनले भाषासमेत संशोधन गर्न समितिका सभापति प्रभु शाहलाई दबाब दिए।   सरकारले चीन र भारतमा विशेष दूतका रुपमा दुई उपप्रधानमन्त्रीलाई 'सम्बन्ध सुधारका लागि' पठाइएको सभापति शाहले जानकारी गराएका थिए। तर, रावलले भने उक्त शब्दमा आपत्ति जनाउँदै 'सम्बन्ध…

    विस्तृतमा पढ्नुस्

  • मैत्रीपूर्ण खेलमा फ्रान्सले इटलीलाई हरायो, स्पेन, ग्रीस र पोर्चुगल पनि विजयी

    मैत्रीपूर्ण खेलमा फ्रान्सले इटलीलाई हरायो, स्पेन, ग्रीस र पोर्चुगल पनि विजयी

    अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा फ्रान्सले इटलीलाई पराजित गरेको छ। स्पेनले बेल्यियमलाई हराउँदा नेदरल्याण्ड्स भने ग्रिससँग पराजित बन्न पुग्यो।   युरो २०१६ को उपविजेता फ्रान्सले इटलीलाई उसैको मैदानमा ३-१ ले हरायो। फ्रान्सको जितमा ओलिभर जिरुड, एन्टोनी मार्टियल र लाभिन कुर्जपाले गोल गरे। इटलीका ग्राजियानो पेल्लेले एक गोल गरे।   अर्को खेलमा डेभिड शिल्भाको २ गोल मद्दतमा स्पेनले बेल्जियमलाई २-० ले हरायो।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रवादी युवाहरुले राखेको वीरेन्द्रको सालिक प्रहरीले हटाएपछि तनाव

    राष्ट्रवादी युवाहरुले राखेको वीरेन्द्रको सालिक प्रहरीले हटाएपछि तनाव

    नेपालगन्ज : राष्ट्रवादी युवा समूहले हिजो राखेको स्वर्गीय राजा वीरेन्द्रको सालिक राति नै प्रहरीले हटाएपछि तनाव बढेको छ।   नेपालगन्जको धम्बोझी चोकमा युवाहरुको समूहले हिजो सालिक राख्ने क्रममा झडप समेत भएको थियो। शान्ति सुरक्षामा खलल पुग्ने भन्दै प्रहरीले सालिक हटाएर चोकमा सुरक्षा व्यवस्था कडा बनाएको छ।   बिहानैदेखि नेपालगन्जको चोकचोकमा सयौं जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ। सेतु विक चोक,…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानको जिल्ला अदालतमा आत्मघाती आक्रमण, दुई प्रहरी अधिकारीसहित १० को मृत्यु

    पाकिस्तानको जिल्ला अदालतमा आत्मघाती आक्रमण, दुई प्रहरी अधिकारीसहित १० को मृत्यु

    पेसावर (पाकिस्तान) : पाकिस्तानको मर्दान सहरमा अवस्थित एक जिल्ला अदालतमा आज बिहान भएको बम आक्रमणमा परी कम्तीमा १० व्यक्तिको मृत्यु हुनुको साथै ४० जना घाइते भएका छन्।   पाकिस्तानमा भएका पछिल्ला केही आक्रमण कानुनी क्षेत्र लक्षित रहेको छ। बिहानको समयमा अदालतमा जम्मा भएका सर्वसाधारणलाई लक्ष्य गरी हाते ग्रिनेड फ्याक्नुको साथै आत्मघाती आक्रमण भएको वरिष्ठ प्रहरी अधिकारी फैसाल सिहजादले जानकारी दिएका…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले घर पुरिँदा ६ वर्षे बालकको ज्यान गयो

    मलेखु (धादिङ) :  दक्षिणी धादिङको गजुरी–५ मा आज बिहान पहिरो जाँदा एक  चेपाङ बालकको मृत्यु भएको छ।   इलाका प्रहरी कार्यालय गजुरीका अनुसार घरमाथिबाट पहिरो आउँदा घर पुरिएर छ वर्षीय बालक राम चेपाङको मृत्यु भएको हो।   घटनास्थल पृथ्वी राजमार्गबाट दक्षिणतर्फ महाभारत क्षेत्रमा पर्दछ। रासस

    विस्तृतमा पढ्नुस्

  • एकल गायनमार्फत आउँदैछन् राजवंशी

    एकल गायनमार्फत आउँदैछन् राजवंशी

    काठमाडौं : गायक बलराम राजवंशी पहिलो पटक एकल गायन कार्यक्रममा प्रस्तुत हुने भएका छन्।   तीजको दर खाने दिन भोलि शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने ‘बलराम राजवंशी एकल साँझ’मा क्रोमाटिक ब्याण्डको वाद्यवादनका साथ गायक राजवंशीले प्रस्तुति दिनेछन्।   शनिबार दिउँसो २ बजेबाट सुरु हुने कार्यक्रमको आयोजना राजवंशी समाज विकास समिति काठमाडौं उपत्यका क्षेत्रीय समितिले गर्न लागेको हो। कार्यक्रममा गायक…

    विस्तृतमा पढ्नुस्

  • कैलाली घटनाबारे छानबिन समितिको सुझावअनुसार कारबाही बढाउँछु : प्रधानमन्त्री प्रचण्ड

    कैलाली घटनाबारे छानबिन समितिको सुझावअनुसार कारबाही बढाउँछु : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलालीको टीकापुरमा गतवर्ष भएको घटनाको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन भएकाले सोही समितिको सुझावअनुसार अगाडि बढ्ने बताएका छन्।    थारु राष्ट्रिय मुक्ति मोर्चाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले निर्दोषलाई दुःख दिने विषय आफूलाई स्वीकार्य नभएको भन्दै आयोगले दिने प्रतिवेदनमा कोही दोषी देखिए कारबाही हुने बताए।    सरकारले गृह मन्त्रालयमार्फत तराई–मधेसमा भएको आन्दोलन र क्षतिको विषयमा…

    विस्तृतमा पढ्नुस्

  • गभर्नरले भने– 'जनताको पैसा अपचलन गर्ने संस्था अब खारेजीमा'

    गभर्नरले भने– 'जनताको पैसा अपचलन गर्ने संस्था अब खारेजीमा'

    काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय सस्थाका सञ्चालक र व्यवस्थापन पक्ष निक्षेप परिचालनमा सचेत नभए संस्था खारेजीमा लैजाने चेतावनी दिएका छन्।   नयाँ राष्ट्र बैंक ऐन पारित भएपछि खारेजीको अधिकार राष्ट्र बैंकले पाएको जानकारी दिँदै उनले बैंक वित्तीय संस्थाका सञ्चालक र उच्च व्यवस्थापनलाई दायाँबायाँ नगर्न चेतावनी दिएका हुन्।   'अब विगतको जस्तो खारेजीको विरुद्धमा…

    विस्तृतमा पढ्नुस्

  • फेसबुकको स्याटेलाइट रकेट विस्फोट, जुकरबर्गले लेखे- 'म एकदमै निराश छु'

    फेसबुकको स्याटेलाइट रकेट विस्फोट, जुकरबर्गले लेखे- 'म एकदमै निराश छु'

    आउँदो साता लन्च गर्ने तयारी भइरहेको फेसबुकको स्याटेलाइट विस्फोट भएको छ। 'स्पेस एक्स एस फाल्कन ९' नाम रहेको उक्त रकेट फ्लोरिडास्थित केपकानाभरल लन्च प्याडमा विस्फोट भएको हो।   रकेट इन्जिनको स्टेटिक फायर टेस्ट गर्ने क्रममा सो स्याटेलाइट विस्फोट हुन पुगेको थियो। स्पेस एक्सका अनुसार यो दुर्घटनामा कुनै पनि मानवीय क्षति भने भएको छैन।   स्पेस एक्सले सुरुमा लन्च प्याडको अनिमितताका…

    विस्तृतमा पढ्नुस्

  • सेलेब्रेसन मूडमा रमाइरहँदा एक खेलाडीले पाए रेड कार्ड

    सेलेब्रेसन मूडमा रमाइरहँदा एक खेलाडीले पाए रेड कार्ड

    खेलाडीहरुले मैदानमा विपक्षीलाई फल गरे वा खराब व्यवहार देखाएको खण्डमा सजायस्वरुप पहेँलो वा रातो कार्ड पाउँछन्। गोल गरेपछि सेलेब्रेसन गर्दा पनि रातो कार्ड पाएको सुन्दा भने तपाईंलाई अचम्म लाग्ला। तर स्वीडेनको थर्ड टायर अन्तर्गत भएको खेलमा गोल गरेर सेलेब्रेसन गर्ने क्रममा एक खेलाडीले रातो कार्डको सामना गर्नुपर्‍यो। नोर्बी आइएसका लागि व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक गरेपछि डिफेन्डर मेदी ड्रेसेभिक खुसीयाली…

    विस्तृतमा पढ्नुस्

  • प्रमका राजनीतिक सल्लाहकार भन्छन्- 'प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि संविधान संशोधन

    प्रमका राजनीतिक सल्लाहकार भन्छन्- 'प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि संविधान संशोधन

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले प्रधानमन्त्रीको भारत र अमेरिकाको भ्रमणलगत्तै संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका छन्।   आज राजधानीमा भएको एक कार्यक्रममा बोल्दै खनालले संविधान संशोधनबारे बहस जारी रहेकोले केही समय लाग्ने हुँदा प्रधानमन्त्री भारत जानुपूर्व उक्त प्रक्रिया अघि बढ्न नसक्ने स्पष्ट पारे। ‘हाम्रो चाहना प्रधानमन्त्रीज्यु भारत भ्रमण जानुअघि नै प्रक्रिया अघि…

    विस्तृतमा पढ्नुस्

  • सिंहदरबारभित्रै तास खेल्ने कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

    सिंहदरबारभित्रै तास खेल्ने कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं : कार्यालय समयमा सिंहदरबारभित्रै तास खेल्ने कर्मचारीहरुलाई कारबाही गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन्। कर्मचारीहरु सिंहदरबारभित्रै तास खेलेर बसेको बारे आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रधानमन्त्रीले तत्काल छानबिन गरी संलग्नहरुमाथि कानुनबमोजिम कारबाही गर्न मुख्य सचिवलाई निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले आफू १० बजे नै सिंहदरबार पुगेर जनताको काम गर्ने भन्दै सबै कर्मचारीहरुलाई कार्यालय समयमै आएर चुस्तदुरुस्त काम गर्न…

    विस्तृतमा पढ्नुस्

  • 'हरियो नम्बरप्लेटका गाडीले गैरपर्यटक बोके तत्काल कारबाही'

    'हरियो नम्बरप्लेटका गाडीले गैरपर्यटक बोके तत्काल कारबाही'

    काठमाडौं : यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले हरियो नम्बरप्लेटका सवारी साधनमा गैरपर्यटक बोक्न नपाइने बताएका छन्। पर्यटन पत्रकार संघ (जाट) नेपालले गरेको ʽफेस टु फेसʼ कार्यक्रममा महानिर्देशक श्रेष्ठले पर्यटक र गैरपर्यटकको स्पष्ट पहिचान गरी सवारीमा आवतजावत गराउनुपर्ने बताए। ʽपर्यटक गाडीले पर्यटक बोक्न पाउँछ। विदेशी, स्वदेशी कस्तो प्रकारको पर्यटक हो त्यो परिभाषित हुनुपर्‍यो,' श्रेष्ठले भने, ʽहरियो सवारीमा चढेर स्वदेशी पर्यटक…

    विस्तृतमा पढ्नुस्

  • साहित्यकार झमक घिमिरेलाई भदौ २० गते मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिने

    साहित्यकार झमक घिमिरेलाई भदौ २० गते मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिने

    काठमाडौं : साहित्यकार झमक घिमिरेलाई भदौ २० गते मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिने भएको छ। आज राजधानीमा झमक घिमिरे साहित्य कला प्रतिष्ठानले गरेको कार्यक्रममा यसबारे जानकारी गराइएको हो। मध्यपश्चिमाञञ्चल विश्वविद्यालयले गएको जेठ ३१ गते झमकलाई मानार्थ विद्यावारिधि दिनेबारे निर्णय गरेको थियो। विश्वविद्यालयले राष्ट्रिय सभागृहमा गर्ने विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मान प्रदान गर्नेछन्।   यस्तै, आजै झमकको…

    विस्तृतमा पढ्नुस्

  • स्ववियु चुनाव गराउन १० विद्यार्थी संगठनले बनाए कार्यदल

    स्ववियु चुनाव गराउन १० विद्यार्थी संगठनले बनाए कार्यदल

    काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन समयमा नै सम्पन्न गर्न संयुक्त विद्यार्थी सङ्गठनले कार्यदल गठन गरेको छ।   नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरको अध्यक्षतामा आज बसेको विभिन्न १० विद्यार्थी सङ्गठनले विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धिको कार्यान्वयन र आगामी कार्यदिशा तय गर्न सम्पूर्ण विद्यार्थी सङ्गठनका प्रतिनिधि सम्मिलित एक कार्यदल गठन गर्ने निर्णय गरेको हो।   संयुक्त प्रेस विज्ञप्ति जारी…

    विस्तृतमा पढ्नुस्

  • ५० किलोमिटर सडकमा ३८ स्थानलाई तोकियो दुर्घटनाग्रस्त क्षेत्र

    ५० किलोमिटर सडकमा ३८ स्थानलाई तोकियो दुर्घटनाग्रस्त क्षेत्र

    रत्ननगर (चितवन) : दुर्घटना न्युनीकरण गर्ने लक्ष्यसहित चितवनको जुगेडीदेखि धादिङ सिमानामा पर्ने मौवा खोलासम्मको राजमार्गमा दुर्घटनाग्रस्त क्षेत्रको पहिचान गरिएको छ।   अघिल्लो शुक्रबार कालीखोलामा २२ जनाको ज्यान जानेगरी भएको यात्रुबाहक बस दुर्घटना र त्यसको भोलिपल्ट जलवीरे घुमाउनेमा समेत एउटा ट्रक त्रिशूली नदीमा खसेपछि यहाँको सडक सुरक्षाको अवस्था अध्ययन गरी जोखिम क्षेत्र पहिचान गरिएको हो।   जिल्ला ट्रफिक प्रहरी कार्यालय, जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • शक्ति बस्नेतले एमाले नेतालाई भने : नआत्तिनुस्

    शक्ति बस्नेतले एमाले नेतालाई भने : नआत्तिनुस्

    काठमाडौं : सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई नअत्तालिन सुझाव दिएका छन्। संसद बैठकमा प्रधानमन्त्रीको सम्बोधनको बचाउ गर्दै उनले भने, 'अहिले त भर्खर कार्ययोजन प्रस्तुत भएको छ। कोही नअत्तालिउँ।' उनले आग्रहको आधारमा टिप्पणी नगर्न आग्रह गर्दै कार्यान्वयन नभए झुट थियो भन्ने सुविधा प्राप्त हुने उल्लेख गरे। 'विपक्षीले कार्यान्वयन भए नभएकोमा खरो रुपमा प्रस्तुत होस्,'…

    विस्तृतमा पढ्नुस्

  • दोलखामा पहिरोले पुरिएका सातमध्ये दुई जनाको शव फेला, उद्धार कार्य जारी

    दोलखामा पहिरोले पुरिएका सातमध्ये दुई जनाको शव फेला, उद्धार कार्य जारी

    काठमाडौं : दोलखाको लामाबगरमा पहिरोले पुरिएर बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ।   लामाबगर- ४ को छेत्छेत भन्ने ठाउँमा पहिरो खस्दा सात जना बेपत्ता भएका थिए। शव फेला परेकाहरुमा मंगले तामाङ र पेममाया तामाङ रहेको प्रहरी नायव उपरीक्षक रविन कार्कीले जानकारी दिए। उद्धार क्रममा मीनबहादुर ठकुरी  र एक चिनियाँ नागरिक घाइते अवस्थामा फेला परेका छन्। ठकुरीलाई उपचारका लागि…

    विस्तृतमा पढ्नुस्

  • आज कुशेऔंसी र पिताको सम्मान गर्ने विशेष दिन

    काठमाडौं : आज बाबुको मुख हेर्ने पर्व र भाद्र कृष्ण औंसी मनाइँदैछ।   यो पर्वमा पिताप्रति आदर, सम्मान साथ मिठो खान तथा राम्रो लगाउन दिने गरिन्छ। दिवङ्गत पितालाई भने तर्पण, सिदादान गरी श्राद्ध गर्ने गरिन्छ। बाबु नभएकाहरुले भने आज उपत्यकाको उत्तरपूर्वमा रहेको गोकर्णेश्वरमा गई तर्पण, सिदादान र श्राद्ध गर्ने गर्छन्। आज गोकर्णेश्वर र बेत्रावती लगायतका स्थानमा मेला लागेको छ। गोकर्णमा…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोटमा १३ हजार भूकम्पपीडितले पाए पहिलो किस्ताको अनुदान

    नुवाकोटमा १३ हजार भूकम्पपीडितले पाए पहिलो किस्ताको अनुदान

    त्रिशूली (नुवाकोट) : नुवाकोटमा १३ हजारभन्दा बढी भूकम्पपीडितले निजी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम पाएका छन्।   सरकारले दिने भनेको दुई लाख रुपैयाँ अनुदानको पहिलो किस्ता नुवाकोटमा वितरण भइरहेको छ। जिल्लाका भूकम्पपीडित १३ हजार ३०१ जनाको खातामा रु ५० हजारका दरले जम्मा ६६ करोड ५० लाख ५० हजार निकासा भएको छ।   गाविस र नगरपालिकामा भूकम्पपीडितले अनुदान सम्झौता गरेअनुसार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell