रत्ननगर (चितवन) : विभिन्न जिल्लाबाट मानव तस्करले बेचबिखन गर्न लैजाँदै गर्दा चितवनबाट गएको एक वर्षमा १०३ जना महिलाको उद्धार भएको छ। माइती नेपालले १०३ चेलीको उद्धार गरी घर फर्काएको क्षेत्रीय कार्यक्रम अधिकृत युवराज दवाडीले बताए। विभिन्न सचेतना कार्यक्रम तथा सडकमै सूचना केन्द्र स्थापना गरेर गाडीमा जाँच गर्ने अनि शङ्कास्पद लागेकालाई सोधखोज गर्दा उनीहरुलाई पत्ता लगाएर घर फर्काइएको हो। यसरी…
काठमाडौं : राष्ट्रिय ट्रमा सेन्टरमा कृत्रिम जोर्नी प्रत्यारोपणको उपचार हुने गरेको छ। जोर्नी बिग्रिएर हिँड्न नसक्ने अवस्थाबाट छुट्कारा पाउन गरिने यो उपचार सेवा ट्रमा सेन्टरले उपलब्ध गराएको हो। सेन्टरका अर्थोपेडिक तथा ट्रमा सर्जरी विभाग प्रमुख प्राडा श्रीकृष्ण गिरीले दुई महिनाअघि प्रत्यारोपण सेवा सुरु गरिएको जानकारी दिए। 'विभिन्न कारणबाट जोर्नीले काम गर्न नसक्ने अवस्था आएपछि प्रत्यारोपण गर्नुपर्ने हुन्छ,' उनले भने,…
काठमाडौं : अन्तर्राष्ट्रिय उडानका लागि ६ वटा र आन्तरिकका लागि करिब १२ वटा जहाज भित्र्याउने तयारी उड्डयन मन्त्रालयले गरेको छ। बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले आफ्नो कार्यकालभित्रै १८ वटा विमान किन्ने बताएका हुन्। ‘नेपालको पर्यटन क्षेत्रको विकासको लागि अहिले विमानको आवश्यकता छ। मेरै कार्यकालमा अन्तर्राष्ट्रिय उडानको लागि ५/६…
भीमदत्तनगर : कञ्चनपुरको भीमदत्तनगरपालिका–११ भुजेलाका रोहित विष्ट हत्याकाण्डका तीन जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन्। कञ्चनपुर जिल्ला अदालतले विष्ट हत्याकाण्डका आरोपी भुजेलाकै ज्ञानेन्द्रबहादुर चन्द, सुभाष चन्द र पदमसिंह धामीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। गत साउन ९ गते भुजेला खोलामा रोहित विष्टको हत्या गरी फालिएको अवस्थामा शव भेटिएको थियो। मृतक…
काठमाडौं : राष्ट्रिय विभूति तथा नेपाली साहित्यको माध्यमिककालमा शृङ्गारधाराका प्रवर्तक मोतीराम भट्टको १५० औं जन्मजयन्ती आज मनाइँदैछ। मुलुकभर तथा प्रवासमा रहेका नेपालीले पनि विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मोतीरामलाई सम्झिँदैछन्। १९२३ साल भाद्र कृष्ण कुशेऔंसीका दिन जन्मेर १९५३ भाद्र कृष्ण कुशेऔंसीकै दिन ३० वर्षको अल्पायुमै उनको निधन भएको थियो। नेपाली साहित्यको श्रीवृद्धिका लागि उनको योगदान महत्वपूर्ण मानिन्छ। नेपाली साहित्यको…
भक्तपुर : भक्तपुरमा पनि स्क्रब टाइफसको नयाँ बिरामी फेला परेका छन्। भक्तपुर जिल्ला अस्पतालमा बिरामी भएर उपचारका लागि आएका ६ वर्षका बालकलाई स्क्रब टाइफस भेटिएको अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा शम्भुदत्त जोशीले जानकारी दिए। मुसा वा छुचुन्द्रोमा हुने एक प्रकारको किरा ‘माइट'ले टोकेमा सर्ने यो रोग दोस्रो विश्वयुद्धपछि फेरि देखापरेको उनको भनाइ छ। मुसा मारेर आएको बिरालो…
बार्सिलिया : ब्राजिलको संसद सिनेटले अन्तरिम राष्ट्रपति पदमा कार्यरत माइकल टेमरलाई राष्ट्रपति पदमा निर्वाचित गरेको छ। पूर्वराष्ट्रपति डिल्मा रुसेफ भ्रष्टाचारजन्य महाभियोग लागी निलम्बित भएपछि टेमरले कार्यबाहक राष्ट्रपतिको रुपमा काम सम्हाल्दै आएका थिए। निलम्बित पूर्वराष्ट्रपति रुसेफको सट्टामा गत मे महिनादेखि राष्ट्रपति पद सम्हाल्दै आएका टेमरको पूर्ण कार्यकाल अब सन् २०१८ को अन्त्यसम्म रहनेछ। नयाँ राष्ट्रपतिको निर्वाचन सँगसँगै निवर्तमान राष्ट्रपति रुसेफको…
अनुराधा थापा मगर - कुनै पनि भाषा कुनै एक व्यक्ति वा समाजको मात्र होइन सिङ्गो मानव समुदायको सम्पति हो। नेपालमा दुई फरक भाषा वा समुदायबीच सुमधुर र बलियो सम्बन्ध राख्ने एउटा सशक्त माध्यम नेपाली भाषा हो जसलाई संविधानतः सरकारी कामकाजको भाषाका रुपमा स्वीकार गरिएको छ। तर यही नेपाली भाषा प्रयोगमा विभिन्न समयमा विवादपछि अहिले जटिल समस्या बन्दै गइरहेको छ। यसरी…
काठमाडौं : राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संविधान संशोधनका विषयमा भारतलाई गरिएको पत्राचारबारे प्रश्न तेर्स्याएका छन्। संसदको बैठकमा केसीले प्रधानमन्त्री प्रचण्डलाई सोधे, 'के हामीले हाम्रो संविधान आफैं संशोधन गर्न सक्दैनौं?' अध्यक्ष केसीले संविधान संशोधन गर्दैछौं भनेर राजदूत बनाएर पठाएर 'छिमेकी शासक'हरुलाई जानकारी गराउनुपर्ने र विन्ती बिसाउनुपर्ने कारणबारे समेत जिज्ञासा राखे। 'सम्माननीय प्रधानमन्त्रीज्युले के पठाउनुभएको…
तम्घास (गुल्मी) : मानव बेचबिखनको मुद्दामा गुल्मीका एक वृद्ध १० वर्षका लागि कारागार चलान भएका छन्। यसरी कारागार चलान हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका–१४ निवासी ७० वर्षीय धनबहादुर सुनार छन्। विकलाई मानव बेचबिखनको अभियोगमा जिल्ला अदालत अर्घाखाँचीले ६ महिनाअघि रु ५० हजार बिगो जरिवानासहित १० वर्षका लागि कैद सजाय सुनाएको थियो। अदालतको फैसलापछि फरार रहेका विकलाई विशेष सुराकीका आधारमा जिल्ला…
यसअघि नै जर्मनी राष्ट्रिय फुटबल टीमबाट सन्यास घोषणा गरिसकेका बास्टियन स्वाइन्स्टाइगरले बुधबार जर्मनीका लागि आफ्नो करियरको अन्तिम खेल खेले। यो उनको फरेवेल गेम अर्थात् बिदाइ खेल थियो। इंगलिस क्लब म्यानचेष्टर युनाइटेडका मिडफिल्डर स्वाइन्सटाइगरले फिनविरुद्ध बोरुसिया पार्कमा भएको खेलमा अन्तिम पटक जर्मनी राष्ट्रिय फुटबल टीमको आर्मब्याण्ड लगाएर खेले। खेल जर्मनीले २-० ले जित्यो, उक्त रात स्वाइन्स्टाइगरमय बन्यो। आफ्नै लागि…
काठमाडौँ : नेपाल प्रहरीले पुल्चोक क्षेत्रमा फोहोर फाल्ने २४ जनालाई पक्राउ गरेको छ। बिहान र राति जथाभावी फोहोर फालेर शहर कुरुप पार्नेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका ललितपुरका डिएसपी ईश्वर कार्कीले पहिलोपोस्टलाई जानकारी दिए। कार्कीले भने, ‘फोहोर फाल्नेलाई पक्राउ पर्ने हाम्रो काम कर्तव्य नभएपनि उपमहानगरपालिकाको अभियानमा हामीले साथ दिएका हौँ।‘ उपहानगरपालिकामा जनशक्तिको अभाव हुँदा यस्तो काम गरेको उनले जानकारी दिए।…
आठ महिनापछि दक्षिण अफ्रिकाका फास्ट बलर डेल स्टेन टेस्ट क्रिकेटको नम्बर वन बलर बनेका छन्। न्युजिल्यान्ड विरुद्धको दोस्रो टेस्टमा ८ विकेट लिएपछि स्टेन पुन: टेस्ट बलरको शीर्ष स्थानमा फर्केका छन्। उनले न्युजिल्याण्ड विरुद्ध पहिले पारीमा ३ तथा दोस्रो पारीमा ५ विकेट लिएका थिए। स्टेनकै शानदार बलिङको मद्दतमा उक्त खेल दक्षिण अफ्रिकाले २०४ रनको अन्तरले जितेको थियो। तेस्रो…
काठमाडौं : वीर अस्पतालको निरीक्षण गर्दै स्वास्थ्य मन्त्री गगनकुमार थापाले सय दिनको कार्ययोजना र समाधानका उपायसहित एक हप्तामा पेस गर्न निर्देशन दिएका छन्। निरीक्षण क्रममा उनले अस्पताल सबै वर्गका जनताको भएकाले सहज रुपमा गुणस्तरीय सेवा पाउने वातावरण बनाइराख्नुपर्नेमा जोड दिए। अस्पतालका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री थापाले भने, 'सम्पूर्ण नेपाली नागरिकको राम्रो उपचार पाइने भरोसाको केन्द्र भएकाले यहाँबाट दिइने सेवा पनि जनतामैत्री…
काठमाडौं : नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर ५० रुपैयाँ मूल्य घटाएको छ। निगम व्यवस्थापनले शुक्रबारदेखि लागू हुने गरी ग्यासमा ५० रुपैयाँ मूल्य घटाएको हो। निगमका वितरण विभाग प्रमुख सीताराम पोखरेलले एक सिलिण्डरमा ५० रुपैयाँ कम गरिएको जानकारी दिए। इन्डियन आयल कर्पोरेशनले बिहीबार पठाएको मूल्यपछि निगमले ग्यासको मूल्य घटाउनेबारे निर्णय गरेको हो। निगमले अरु पेट्रोलियम…
काठमाडौं : व्यावसायिक मोडलहरुले ‘डि समर काउचर सिजन’ फेसन शोमा क्याटवाक गर्ने भएका छन्। भोलि शुक्रबार त्रिपुरेश्वरस्थित मुड लाउञ्जमा हुने शोमा १२ जना मोडलको प्रस्तुति रहनेछ। अमिर कला केन्द्रको आयोजनामा हुने फेसन शोको कोरियोग्राफी प्रवेश गिरीले गरिरहेका छन्। यो 'डि समर काउचर' सिजनको तेस्रो संस्करण हो। सिनेम्याक्सको व्यवस्थापन तथा अवधारणमा हुने शोमा इकोनिक फेसन हाउस, हाउस बुटिक, लाफ डिजाइन…
काठमाडौं : भुटानको थिम्पुमा हुने ५० औं एसियाली शारीरिक सुगठन प्रतियोगतामा नेपालबाट एक महिलासहित ६ खेलाडी सहभागी हुने भएका छन्। पुरुषको ५५ केजीमा सुरेश गुरुङ, ६५ केजीमा रामबहादुर दाहाल तथा ७० केजीमा महेश महर्जनले भाग लिने छन्। स्पोर्ट्स फिजिकको पुरुषतर्फ विमललाल श्रेष्ठ, विजयत्तमरत्न वज्राचार्य तथा महिलामा निर्मला खड्काले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। भुटान जाने नेपाली टोली नेतामा नेपाल शारीरिक सुगठन…
तीज म्यूजिक अवार्डको तेस्रो संस्करण सम्पन्न भएको छ। छायाँछवि क्रियसनको आयोजनामा हुँदै आएको तीज म्यूजिक अवार्ड २०७३ को लागि सहभागी भएका तीज गीतहरुबाट विभिन्न १९ विधामा अवार्ड वितरण गरियो। तोकिएको बाहेक अन्य ५ विधामा गायिका र रचनाकारलाई पुरस्कृत गरियो। अवार्डमा तोकिएका बाहेक संदेशमुलक गीत शब्द, तीज गीत इन्करेजमेन्ट, तीज गीत जुरी, पब्लिका च्वाइस र पपुलर फेस अवार्ड दिइएको हो। …
काठमाडौं : अखिल नेपाल लनटेनिस संघको आयोजनामा नेपाली लनटेनिसकै इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ। एएनएलटीए/एसियाली जुनियर र्याङकिङ टुर यु–१४ सर्किट १/२ अन्तर्गत सर्किट– १ सेप्टेम्बर ५ देखि ९ तारिखसम्म हुनेछ भने सर्किट– २ सेप्टेम्बर १२ देखि १६ तारिखसम्म हुनेछ। प्रतियोगितामा नेपालसहित हङकङ, श्रीलंका र भारत गरी ४ राष्ट्रको सहभागिता रहने लनटेनिस संघका सदस्य समेत रहेका टुर्नामेन्ट डाइरेक्टर…
काठमाडौं : युवा क्रिकेटरद्वय राजु रिजाल र प्रेम तामाङलाई एनआइसी एसिया बैंकले दुई वर्षको लागि प्रायोजन गर्ने भएको छ। राजु र प्रेमलाई स्पोर्ट्स स्कलरसिप अन्तर्गत बैंकले २ वर्षसम्म मासिक २० हजार उपलब्ध गराउने गरी सम्झौता गरेको हो। बिहिबार आयोजित कार्यक्रममा क्रिकेटर राजु रिजाल र प्रेम तामाङ तथा बैंकका कार्यकारी अधिकृत लक्ष्मण रिसालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। नगद प्रायोजनसँगै बैंकले…