काठमाडौं : भाद्र शुक्ल चतुर्थीका दिन आज देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी बिघ्नहर्ता गणेशको जन्मोत्सव मनाइँदैछ। शिव-पार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा पनि अग्रपूजा गर्ने गरिन्छ। हरितालिका (तीजको व्रत) पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए। भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको…
उत्तर कोरियाले आफ्नो पूर्वीय तटको समुन्द्रमुनि तीनवटा मिसाइल प्रक्षेपण गरेको उत्तर कोरियाले प्रेस वक्तव्यबाट जानकारी गराएको छ। उत्तर कोरियाको राजधानी प्योङयाङको दक्षिणतिरबाट मिसाइल प्रहार भएको बताइएको छ। यसबारे थप विवरण उल्लेख छैन। समाचार संस्था रोयटर्सका अनुसार चीनको हङजाउमा विश्वका नेताहरुको भेलाबीच चिनियाँ र दक्षिण कोरियाली नेताबीच लाइडलाइन वार्ता भएको केही घन्टामा नै यस्तो प्रक्षेपण भएको हो।
काठमाडौं : स्वास्थ्योपचारका लागि थाइल्याण्ड गएका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदैछन्। उनी भदौ ९ गते श्रीमती र आफन्तसहित थाइल्याण्डको बैंकक गएका थिए। प्रधानमन्त्री बन्नुअघि पनि उनले थाइल्याण्डमा उपचार गराइसकेका छन्। राज्यकोषबाट खर्च गरी उपचारका लागि गएको भन्ने चर्चा रहे पनि अध्यक्षका हैसियतले जाने हुँदा पार्टीले व्यवस्था मिलाएको र राज्यबाट कुनै आर्थिक सहयोग…
काठमाडौं : थाइल्याण्डमा आगामी अक्टोबरमा हुने एसियन कोअपरेटिभ समिटमा सहभागिताका लागि थाइल्याण्ड सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्तो गरेको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर थाइल्याण्डका राजदूत भुट्टी भुट्टिसान्टले बैंककमा हुने दोस्रो समिटमा सहभागिताका लागि थाई सरकारका तर्फबाट पठाइएको निमन्त्रणापत्र हस्तान्तरण गरे। समिट अक्टोबर ८ देखि १० सम्म हुनेछ।
सन् २०१८ मा रसियामा हुने विश्वकप अन्तर्गत युरोपियन छनोट खेलमा जर्मनी, इंगल्याण्ड, स्कटल्याण्ड र डेनमार्कले विजयी सुरुवात गरेका छन्। जर्मनीले नर्वेलाई सहजै पराजित गर्दा इंगल्याण्डले १० खेलाडीमा रहेको स्लोभाकिलाई हराउन अन्तिमसम्म संघर्ष गर्नुपर्यो। समूह सी को खेलमा जर्मनीले नर्वेलाई ३-० ले हरायो। जर्मनीको जितमा थोमस मुलरले २ तथा जोसुअ किमिचले १ गोल गरे। समूह सी कै अन्य खेलमा…
फेसबुकबाट सेयर भएको फेक समाचारले सेलिब्रिटीलाई हैरान पार्छ। यसपटक यस्तै फेक समाचारको सिकार भए सिल्वस्टर स्टेलोन। हलिउडका सुपरस्टार स्टेलोनको मृत्यु भएको समाचार यसरी फैलियो कि उनले सामाजिक सञ्जालमा उपस्थित रहेर आफू बाँचेको पुष्टि गर्नुपर्यो। आफ्नो मृत्यु नभएको बुझाउन उनले ठट्यौली पाराको फोटो इन्स्टाग्राममा अपलोड गरे। व्यवसायिक बक्सर सेरगी कोभालेभसँग फोटो खिचेर उनले सामाजिक सञ्जालमा हालेपछि भ्रमपूर्ण समाचार गतल सावित भयो।…
बलिउड सुपरस्टार सलमान खान हिमाञ्चल प्रदेशको मनाली पुगेका छन्। फिल्म ट्युवलाइटको सुटिङका लागि उनी त्यहाँ पुगेका हुन्। कविर खान निर्देशित फिल्मको सुटिङका लागि यो पूरै युनिट चार साता रहनेछ। आगामी अक्टोबरमा सुरु हुने बिग बोसको नयाँ संस्करणअघि नै सलमान यो फिल्मको सुटिङ सिध्याउन चाहन्छन्। सामाजिक सञ्जालहरुमा सलमानका फ्यानलहरुले उनीसँग खिचेका फोटोहरु सार्वजनिक गरेका छन्। फोटोमा सलमान स्थानीय पहिरनमा देखिएका…
उर्लाबारी (मोरङ) : मोरङको विराटनगर-८ स्थित कोसी राजमार्गमा भारतीय नम्बरको ट्याङ्करको ठक्करबाट आज एक वृद्धको मृत्यु भएको छ। बिहान साढे १० बजेतिर इटहरीबाट रानीतर्फ जाँदै गरेको को१३प ५३३४ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको डब्लु बी ११ ए ८२८६ नम्बरको ट्याङ्करले ठक्कर दिँदा दुर्घटना भएको थियो। सो दुर्घटनामा परी स्कुटरमा सवार विराटनगर-४ बस्ने ६६ वर्षीय भोजराज कोइरालाको मृत्यु भएको हो।…
काठमाडौँ : गत वर्ष वैशाख १२ को महाभूकम्पपछिका केही समय लगातार परकम्प गइरहे पनि आज ४४ दिनपछि पहिलो पटक ४ म्याग्निच्युडमाथिको कम्पन रेकर्ड भएको छ। आज एकै दिन दुई वटा परकम्प रेकर्ड भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। आजको पहिलो कम्पन बिहान ६ बजेर २२ मिनेटमा दोलखा केन्द्र बनाई गएको थियो। यो ४.१ म्याग्निच्युडको थियो। त्यसको दुई घण्टा पनि…
लामाचौर (पोखरा) : काठमाडौंको न्यु डायमन्ड एकेडेमीले लगातार चौथो पटक लामाचौरमा भएको राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा डायमन्डले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३०-२८, २५-१५ र २५-२० ले हरायो। डायमन्डको जितमा प्रतिभा मालीले सर्वाधिक २५ स्कोर गरिन्। कप्तान ललिता नाथले ८ तथा पनामिका राईले ७ स्कोर गरिन्। यी तीन खेलाडीसँगै डायमन्डकी…
बनेपा : काभ्रेपलाञ्चोकको राष्ट्रिय तथा सामुदायिक वनमा ३ सय ५० प्रजातिका जडीबुटी भेटिएको छन्। तीमध्ये १० प्रजातिका जडीबुटी मात्रै काभ्रेपलाञ्चोक जिल्ला वन कार्यालयले निकासीका लागि इजाजत दिइएको छ। महाभारत क्षेत्रको चौडापाते वनमा चिराइतो, तीतेपाती, मजिठो, पाखाबेद, बोझो, टिमुर, झ्याउ, लौठसल्ला लगायतका दुर्लभ मानिने ग्राउण्ड अर्किट नामको जडीबुटीसमेत पाइने भएकाले यसबाट मनग्य लाभ लिन सकिने वन अधिकृत प्रेम खनालले बताए।…
काठमाडौं : 'भान्छादेखि उद्यमसम्म महिला' भन्ने नारासहित प्रोजेक्ट लन्च बक्सको सुरुवात भएको छ। तीजको दर खाने कार्यक्रमको अवसर पारेर अमेरिकी राजदूतावास युवा परिषद् २०१५ को प्रोजेक्ट अन्तर्गत उक्त लन्च बक्स स्थापना गरिएको हो। ललितपुरको बाडेगाउँस्थित बुद्ध उच्च माविमा अमेरिकी राजदूतावसका प्रतिनिधि एनेका स्टोनहमको उपस्थितिमा यसको औपचारिक सुरुवात भयो। युथ परिषदमा सबै सात जना महिला नै रहेका छन्।…
काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म २ लाख ७५ हजार ९६२ भूकम्पपीडितले पहिलो किस्ताबापतको रकम पाइसकेको जनाएको छ। व्यवस्थापिका–संसद् विकास समितिको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रगति विवरण पेस गर्दै यस्तो जानकारी गराएका हुन्। यो तथ्यांक भदौ १९ गतेसम्मको हो। विकास समितिमा ज्ञवालीले पेस गरेको संक्षिप्त विवरण अनुदान वितरण सम्बन्धमा अनुदान वितरण कार्य द्रुत गतिमा भइरहेको संघीय…
तुफान न्यौपाने सर्वोच्च अदालतको वेबसाइट www.supremecourt.gov.np को ‘नेभिगेसन बार'मा रहेका ‘क्याटेगोरी'मध्ये ‘न्यायाधीश'मा क्लिक गरेपछि खुल्ने पेजमा प्रधानन्यायाधीश सहित २० न्यायाधीशको तस्वीर र नाम देखिन्छ। तीमध्ये वरियताक्रममा तेस्रो नम्बरमा रहेका न्यायाधीश गोपाल पराजुलीको तस्वीरमाथि क्लिक गरेमा उनको सीभी (वैयक्तिक विवरण) सहितको नयाँ पेज supremecourt.gov.np/pages/cv_justices/cv_GopalParajuli.html खुल्छ। जसको पहिलो लाइनमै न्यायाधीश पराजुलीले आफ्नो जन्ममिति लेखेका छन्- २८ अप्रिल १९५३ (हे. सीभीको स्क्रिनसट…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निकायको नभई स्थानीय तहकै निर्वाचन गर्ने प्रष्ट पारेका छन्। संसदको विकास समितिमा पुरानो संरचना अनुसार नै स्थानीय निकायको निर्वाचन गर्न लागिएकोबारे जिज्ञासा राखिएको थियो। प्रचण्डले जवाफमा भने - 'निर्वाचन स्थानीय तहकै गर्ने हो।' उनले स्थानीय तह पुर्नसंरचना आयोग समेत ५ सय ६५ को स्थानीय तहको संख्या बढाउन तयार रहेको बताए। 'संख्याका लागि केही…
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइना टेप्लिजसँग आज भएको भेटमा संविधानको सर्वस्वीकार्यताका लागि आफूले पहल गरिरहेको जानकारी गराएका छन्। आफ्नो निवास बूढानीलकण्ठमा भएको भेटमा उनले संविधानले निर्दिष्ट गरेको समयसीमाभित्रै सङ्घ, प्रदेश र स्थानीय निकायको निर्वाचन गराउने कुरामा आफू प्रतिबद्ध रहेको बताए। संविधान जारी भइसकेपछि मुलुकलाई समृद्ध र आर्थिक रुपले समुन्नत बनाउन…
काठमाडौं : दरबारमार्गस्थित राइजिङ मलमा रहेको मल्टिप्लेक्स सिनेमा हल 'क्युज सिनेमाले' स्थापनाकालको दुई वर्ष पूरा गरेकोमा टिकट दरमा छुट गरेको छ। क्युज सिनेमाले यही भदौ २० गतेदेखि २३ गते सम्मलाई हलमा प्रदर्शन हुने हरेक शोमा क्युज १ का लागि २ सय रुपैया र क्युज २ का लागि ३ सय ५० रुपैयाँ मात्र तय गरेको हो। सिनेमाले तीन दिनभित्र लक्की ड्र…
खोटाङ : शल्यक्रिया मार्फत गर्भपतन गराउने क्रममा चिकित्सकको लापरबाहीका कारण ज्यान गुमाएकी धितुङ–७ की ३९ वर्षीया टलकुमारी राईको शव आज आफन्तले बुझेका छन्। मृतक परिवारलाई राहतस्वरुप रु पाँच लाख दिन स्वास्थ्य मन्त्रालय समक्ष सिफारिस गर्ने, मृतकको दाहसंस्कार र किरिया खर्चबापत अस्पतालले तत्काल रु ४० हजार र १५ दिनभित्र रु ६० हजार उपलब्ध गराउने, मृतक परिवारलाई रोजगारीका लागि सरकारी तथा…
काठमाडौँ : भारत समस्ती घर भई हाल कलंकी डेरा गरी बस्ने २० बर्षीय टुलिया कोदारलाई प्रहरीले ताला फोड्ने औजार र चोरीका सामान सहित पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत्त कालिमाटीबाट गस्तीमा खटिएको प्रहरी टोलीले आइतबार विहान उनलाई काठमाडौँ महानगरपालिका–१४ कलंकी लाम्पाटीमा ताल्चा फोड्ने औजारसहित फेला पारी सोधुपुछ गर्दा चोरी गरेको केही सामानहरु कोठामा छ भनी बताएका थिए। त्यसपछि कोठामा खानतलासी गर्दा…
काठमाडौं : नेपाली क्रिकेटमा देखिएको विवाद समाधानतर्फ अगाडी बढेको संकेत देखिएको छ। अन्तर्राष्ट्रिय क्रिकेटको सर्वोच्च संस्था आइसीसीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डेविड रिचर्डसनले नेपाल भ्रमण गरी प्रधानमन्त्रीसहित खेलकुद मन्त्री, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव लगायत नेपाली क्रिकेटसँग सम्बन्धीत सरोकारवालाहरुसँग भेट गरेपछि यस्तो संकेत मिलेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राखेप सदस्य सचिव केशव कुमार विष्ट, खेलकुद मन्त्री दलजित श्रीपाली, निर्वाचित क्यान…