काठमाडौं : नेपालका महेश्वर महर्जनले भुटानमा जारी ५० औं एसियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्ट्मा प्रथम स्थान हासिल गरेका छन्। महर्जनले ७५ केजी तौल समूहमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन्। यस समूहमा भारतका खेलाडी दोस्रो, अफगानिस्तानका तेस्रो, मलेसियाको चौथो तथा थाइल्याण्डका पाँचौ भए। बिहीबारसम्म चल्ने प्रतियोगितामा महेश्वरसँगै नेपालबाट कुल ६ खेलाडीले भाग लिएका छन्। जस…
काठमाडौं : पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुन लागेको रक्सौल-मलेखगन्ज ‘पेट्रोलियम प्रोडक्ट पाइप लाइन’परियोजना चार महिनाभित्र सुरु हुने भएको छ। परियोजनाको विस्तृत परियोजना प्रतिवेदन आएलगत्तै सुरु गर्ने गरी सम्झौता भएको उक्त परियोजनाको अधिकांश क्षेत्रको अध्ययन लगभग सम्पन्न हुने क्रममा रहेकाले आगामी पुस १५ पछि निर्माण सुरु गरिने भएको हो। नेपाल आयल निगमका अनुसार…
काठमाडौं : साहित्यकार दान खालिङको निधन भएको छ। ८९ वर्षीय खालिङको सोमबार बेलुकी भारतको सिलिगुडीमा निधन भएको हो। दार्जिलिङमा १९८४ सालमा जन्मिएका उनी नसा, बाथ र प्रोस्टेट रोगबाट पीडित थिए। बिपी कोइरालासँग भेट भएपछि उनी राणाविरोधी सशस्त्र आन्दोलनका लागि नेपाल आएका थिए। दार्जिलिङमै पनि उनको संगत सूधपा (सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान) सँग बढेको थियो। महानन्द…
सन् २०१८ मा रसियामा हुने विश्वकप अन्तर्गत युरोपियन छनोटको पहिलो खेलमा स्पेन, इटली र वेल्स विजयी भएका छन्। समूह जी को खेलमा स्पेनले लिचेस्टाइनलाई ८-० ले पराजित गर्यो। स्पेनलाई शानदार जित दिलाउन डिएगो कोस्टा, डेविड शिल्भा र अल्भारो मोराटाले २/२ गोल गरे भने सर्जी रोवर्टो र भिटोलोले १/१ गोल गरे। समूह जी कै अर्को खेलमा १० खेलाडीमा रहेर खेलको अन्त्य…
खोटाङ : शेर्पा कन्स्ट्रक्सन प्रालिको गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन्। दिक्तेलबाट सामान लिएर नेर्पातर्फ जाँदै गरेको बा ९ च ७७१८ नम्बरको गाडी दिक्तेलमा दुर्घटना हुँदा चार जना घाइते भएका हुन्। दिक्तेल नगरपालिका–१ स्थित रत्नपार्कको उकालोमा ब्रेकफेल भएर दुर्घटना हुँदा चालक सूर्य तामाङ, कम्पनीका लेखापाल प्रदीप खड्का, भान्से भीमबहादुर भुजेल र क्रसर अपरेटर खड्गबहादुर आले घाइते…
वासुदेव पौडेल अर्घौ अर्चले (लेखनाथ नगरपालिका) : कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल अर्घौ अर्चले गाउँ कवितामय बन्दै गएको छ। साहित्यिक पर्यटकको उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्ने सोचअनुरुप कविशिरोमणि लेखनाथ जन्मस्थल विकास समितिले पृथ्वी राजमार्गको लेखनाथ चोकदेखि ठाउँठाउँमा मार्बलमा कुँदिएका कविता वाचन गर्दै कवि शिरोमणिकै जन्मस्थलसम्म पुग्न सकिने व्यवस्था मिलाएको छ। लेखनाथ चोकदेखि कविको जन्मस्थलसम्मका स्यानी चौर, ठूलीपोखरी, तरुणतपसी पार्क,…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्धको जन्मस्थल नेपालमा विश्वका एक अर्ब बौद्ध धर्मावलम्बी आउने वातावरण बन्यो भने विश्वभर शान्ति सन्देश प्रवाह गर्न सकिने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बुद्धिष्ट एशोसिएसन अफ चाइनाका अध्यक्ष माष्टर छन ह्वासहितको टोलीसँग भेट गर्दै उनले विश्व शान्ति सबैको चाहना रहेको बताए। बुद्धिष्टहरुलाई भित्र्याउन सके नेपालको आर्थिक र पर्यटन क्षेत्रमा ठूलो योगदान पुग्ने…
चितवन : प्रेस चौतारी नेपाल चितवन शाखाको भवन निर्माणका लागि स्थानीय व्यवसायी तेजबहादुर कार्की (केशव) ले भरतपुर उपमहानगरपालिका वडा नं ११ बसेनीमा १० धुर जग्गा उपलब्ध गराउने भएका छन्। करिब रु ३५ लाख बराबरको जग्गा प्रेस चौतारीलाई दिन लागिएको हो। प्रभु हाउजिङ प्रालिका अध्यक्ष कार्की र प्रेस चौतारी चितवनका अध्यक्ष तीर्थ नेपालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। कार्कीले छिट्टै प्रेस चौतारीको…
चितवन : मुग्लिन बजारमा आज बिहान ठूलो मात्रामा लागुऔषध चरेस बरामद भएको छ। मध्यक्षेत्र अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय चितवनले सुराकका आधारमा २ सय ८२ किलो चरेस नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको ना३ख ६२५२ नंको ट्रकमा १४ बोरामा २ सय ८२ पोका पारिएको अवस्थामा चरेस नियन्त्रणमा लिइएको…
हेमन्त केसी जाजरकोट : यहाँको दुर्गम गाउँमा उपचार अभावले एक हप्तामा तीन सुत्केरीको मृत्यु भएको छ। समयमै उपचार नपाउँदा जिल्लाका झार्पा, रग्दा र दह गाविसका सुत्केरीको मृत्यु भएको हो। मृत्यु हुनेहरु सडक सञ्जाल र स्वास्थ्य संस्थाको पहुँच नभएको बस्तीका हुन्। जिल्लाका अधिकांश बस्ती स्वास्थ्य संस्थाको पहुँचभन्दा निकै टाढा भएका कारण उपचारको अभावमा धेरै शिशु र आमाको मृत्यु हुने गरेको…
काठमाडौं : राष्ट्रिय विश्वविद्यालय खेलकुद संघ नेपालले खेलकुद क्षेत्रमा उठाएको रकम विद्यालय तथा कलेजले दुरुपयोग गरेको आरोप लगाएको छ। दुई साताअघि सम्पन्न भएको महाधिवेशनबाट चयन भएको समितिले आज पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएको हो। कलेज, विद्यालयले विद्यार्थीबाट खेलकुदको लागि भन्दै महँगो शुल्क लिए पनि खेलकुदमा प्रयोग नगरिएको संघका अध्यक्ष अनिलकुमार रिजालले बताए। विश्वविद्यालय मातहतका क्यामपस र विद्यालयले कम्तीमा…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको कार्यान्वयन र मुलुकको आर्थिक समृद्धिका लागि ऐतिहासिक संकल्पको खाँचो रहेको बताएका छन्। नेपाल आर्थिक संघको रजत महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधानको सफल कार्यान्वयन, पुनर्मिर्माण र मुलुकको आर्थिक समृद्धिका लागि ऐतिहासिक राष्ट्रिय संकल्पको आवश्यकता रहेको बताए। मुलुकको वर्तमान अन्योल अवस्थाको अबिलम्व निकास नखोजे संकट गहिरिँदै जाने उनको चिन्ता थियो। संविधानको कार्यान्वयन, पुनर्निर्माण,…
कैलाली : फूलबारीस्थित सुकुम्बासीलाई दिइएको ३ सय बिघा जग्गा कब्जा गर्ने षड्यन्त्र विफल भएको छ। कैलाली जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा सुकुम्बासीलाई दिइएको जग्गा हडप्न खोज्नेहरुको कार्य रोक्दै उनीहरुलाई जग्गा दिन र मुद्दालाई आगामी दिनमा उठान नगर्न सहमति भएको छ। विसं १९९३ मा राजा त्रिभुवनले दिएको लालमोहरको कागज पेस गर्दै फूलबारीका ४५० परिवारको उठिबास बनाउने चलखेल हुँदै आएको थियो। तत्कालीन…
काठमाडौं : नेपाली फिल्म क्षेत्रकी पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठले हिन्दी फिल्म निर्देशन गर्ने भएकी छिन्। उनको निर्देशनमा बन्न लागेको हिन्दी फिल्म 'चक्र'को घोषणा गरिएको हो। राजेश राजसँग संयुक्त निर्देशन गर्न लागिएको फिल्म भारतको बिहार र नेपालका विभिन्न ठाउँहरुमा छायांकन हुने भएको छ। पहिलो महिला निर्देशक भनिएकी सुचित्रा श्रेष्ठले प्रेम योद्धा नामक फिल्म निर्देशन गरेकी थिइन्। जसमा नायक…
काठमाडौं : नेपाल सितोरियो कराते संघ लैनचोर डोजोको आयोजनामा वर्ल्ड कराते फेडेरेसनका उपाध्यक्ष कल्पेस मकवानाको उपस्थितिमा तीनदिने प्रशिक्षण सकिएको छ। जापानबाट आएका भारतीय मुलका मकवानाले नेपालका खेलाडीलाई परम्परागत शैलीको प्रशिक्षण गराएका हुन्। यसमा कसरी आफ्नो रक्षा गर्ने र आक्रमण गर्ने भन्ने दोस्रो विश्वयुद्धमा प्रयोग भएको बन्दुक शैलीको प्रशिक्षण समावेश हुन्छ। राजधानीको ठमेलस्थित अप्सरा होटलमा भएको प्रशिक्षण कार्यक्रममा नेपालका…
कलैया : बारा जिल्ला अदालतले कञ्चनकुमारी ठाकुर हत्याका तीन अभियुक्तलाई आज कारागार सजायको फैसला गरेको छ। जिल्ला न्यायाधीश सूर्यबहादुर थापाको एकल इजलासले बारा जिल्ला विप्रविर्ता–६ स्थायी घर भई हाल कलैया–८ बस्ने गोलु भनिने २८ वर्षीय अरविन्दलाल दासलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष र बलात्कारमा १५ वर्ष तथा कलैया–८ बस्ने ४५ वर्षीय मदन मिश्रलाई कर्तव्य ज्यानमा दुई वर्ष र १६…
काठमाडौँ : सरकारले ‘पराधाविका’(अल्ट्रा रनर) मीरा राईको उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ। युवा तथा खेलकुद मन्त्रालयको सिफारिसबमोजिम अर्थ मन्त्रालयले राईलाई उक्त रकम दिने निर्णय गरेको अर्थमन्त्रीका प्रेस संयोजक त्रिभुवन पौडेलले जानकारी दिए। अब बस्ने मन्त्रिपरिषद्को बैठकले औपचारिक निर्णय गरेपछि मीराले उक्त सहयोग रकम पाउनेछिन्। हालै भएको दौड प्रतियोगिताका क्रममा घाइते भएकी राई अहिले इटालीको भेरोना अस्पतालमा…
काठमाडौं : नेपाली राष्ट्रिय टीमका युवा लेग स्पिनर सन्दीप लामिछानेलाई अष्ट्रेलियन पूर्व कप्तान माइकल कलार्कको एकेडेमीबाट खेल्न आधिकारिक निम्तो प्राप्त भएको छ। लामिछानेलाई माइकल क्लार्कको क्रिकेट एकेडेमीमा निमन्त्रणा गरिएको हो। जसमार्फत लामिछानेले सन् २०१६/१७ को सिजनमा माइकलको प्रिमियर ग्रेड क्रिकेट क्लब अन्तर्गत वेस्टन सुबर्बस क्लबबाट खेल्न पाउनेछन्। नेपाली युवा स्टारको क्रिकेट विकास गर्नको लागि क्लार्क उत्सुक रहेको उक्त…
झापा : झापाको भद्रपुर नगरपालिका-२ मा ट्याक्टरको चक्काले किचेर चालकको ज्यान गएको छ। मृत्यु हुनेमा झापा बालुवाडी-३ का ५० वर्षीय श्याम राजवंशी रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सडक छेउमा रोकेर राखेको मे १ त २००८ नम्बरको ट्याक्टरबाट ओर्लने क्रममा अचानक गाडी गुडेपछि उनलाई किचेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ। यस्तै, बारामा दुइवटा मोटरसाइकल…
म्याग्दी : म्याग्दीको बेगखोला-१ बाँसबोटमा जमिन चर्किएर पहिरो जान थालेपछि स्थानीयवासी त्रसित बनेका छन्। बस्तीमाथिबाट पहिरो खस्न थालेपछि बाँसबोट र लिस्नेका स्थानीयवासी विस्थापित हुने अवस्थामा पुगेका हुन्। बाँसबोट र लिस्नेमा गाउँ तल र माथिबाट पहिरो जान थालेको तथा बाढीले असर पुर्याएपछि २२ घरधुरी विस्थापित हुने अवस्थामा पुगेको स्थानीय टीका पुर्जा मगरले बताए। उनका अनुसार पहिरोको जोखिम बढेपछि १०…