थाइल्यान्डको नौसेनाले आफ्नो एक युद्धपोत समुन्द्रमा डुबेको जनाएको छ। गल्फ अफ थाइल्यान्डमा तैनाथ सो युद्धपोत आँधी आएपछि डुबेको हो। करिब १०० जना सवार युद्धपोतमा रहेका ३१ जना नौ सैनिकहरु बेपत्ता रहेको अधिकारीहरुले जनाएका छन्। 'एचटीएमएएस सुखोताई' नाम गरेको सो युद्धपोतको पावर कन्ट्रोलमा पानी भरिएपछि डुबेको बताइएको छ। सो घटना पश्चात खटेको उद्दार टोलीले ७५ जनाको उद्दार गरेको छ। '१२ घण्टाभन्दा बढी…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा आफूले दाबी नगरेको बताएका छन्। सोमवार चितवनमा प्रेस सेन्टरले आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। सात दिनभित्र प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेसँग सञ्चारकर्मीले यसबारे प्रचण्डलाई प्रश्न गरेका थिए। जवाफमा प्रचण्डले भने, ‘मैले औपचारिक रुपमा दाबी गरेको छैन। मैले प्रधानमन्त्रीका लागि सबै चिज दाउमा लाउने काम…
काठमाडौं : ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा भएको छ। नातिकाजी स्मृति समाजले आइतवार शम्भूजित बास्कोटाको अध्यक्षतामा बसेको बैठकले सम्मान तथा पुरस्कार दिनेको सूची सार्वजनिक गरेको हो। यो वर्षको ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान २०७८’ गीतकार मन बहादुर मुखिया, रेकर्डिष्ट दीप तुलाधर, गायक प्रदीपराज पाण्डे, संगीत संयोजक फणीन्द्र राई, गायक बिके राना, कन्हैया सिंह परियार, गीतकार शुभ मुकारुङ, अमर बान्तुलाई…
काठमाडौं : नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य अघिल्लो दिनका तुलनामास्थिर रही प्रतितोला एक लाख पाँच सय रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्यसमेत अघिल्लो दिनका तुलनामा यथावत् रही प्रतितोला एक लाख रुपैयाँ तोकिएको छ। त्यस्तै चाँदी अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ८०…
काठमाडौं : काठमाडौं महानगरपालिकामा फोहरलाई कुहिने र नकुहिने गरि छुट्याउने कार्य चुनौतीपूर्ण भइरहेको बेला चन्द्रागिरि नगरपालिकाले फोहरलाई ६ प्रकारका झोलामा छुट्टाछुट्टै संकलन गर्ने तयारी सुरु गरेको छ। नगरपालिकाले पहिला पनि झोला अनुसार फोहर वर्गीकरण गर्न सूचना जारी गरेको थियो। अहिले भने त्यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न लागिएको हो। नगरवासीलाई घरबाट निस्किने फोहरको अधिकांश भाग आफैँ व्यवस्थापन गर्न लगाउने उद्देश्यले एउटा…
इलन मस्कले ट्वीटर प्रयोगकर्ताहरुलाई आफू कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) बनिरहन हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका छन्। ट्वीरमा ट्वीटर प्रमुखबाट हट्नुपर्छ कि पर्दैन भनेर 'पोल' गरेका उनले सर्वेक्षणबाट आउने नतिजालाई मान्ने बताएका छन्। यसअघि पनि ट्वीटर 'पोल' गर्दै उनले विभिन्न निर्णयहरु लिइसकेका छन्। Should I step down as head of Twitter? I will abide by the results of this…
काठमाडौं : फिल्म ‘हात्तीछाप’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। मुख्य भूमिकाको लागि आइतबार सौगात र निर्माण टिमबिच लिखित सम्झौता भएको हो। यसअघि अभिनेता दयाहाङ राई पनि मुख्य भूमिकाकै लागि अनुबन्धित भइसकेका छन्। केही महिनाअघि रिलिज भएको दयाहाङ र सौगात अभिनित फिल्म ‘दुई नम्बरी’ हिट भएको थियो। जसकारण निर्माता किरण नेपालीले यस फिल्ममा पनि दुबैलाई रोजेका छन्। सिमोस सुनवार निर्देशित फिल्मका लागि…
काठमाडौं : संघीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ। नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ। ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई पत्रचार गरिसकेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १० गतेभित्र प्रधानमन्त्रीका लागि दाबी पेश गर्न सात दिनको समय दिएर आह्वान गरिसकेकी छिन्।…
काठमाडौं : बलम्बु - कलंकी फ्लाइओभर निर्माणमा अर्थ मन्त्रालयले वेवास्ता गरेको छ। केही महिना अगाडि बलम्बुदेखि कलंकीसम्म फ्लाइओभर निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन गर्न जापानलाई प्रस्ताव गरिने निर्णय भएको थियो। हाल पनि बलम्बु- कलंकी क्षेत्रमा ट्राफिक जाम बढ्दो छ। नागढुंगा-नौबिसे सुरुङमार्ग संचालनमा आएपछि सवारी जामको समस्या बलम्बु-कलंकीमा धेरै हुने भएकाले फ्लाइओभर निर्माण गर्न नागढुंगा सुरुङमार्ग आयोजना र भौतिक, पूर्वाधार तथा यातायात…
लियोनल मेस्सीले जित्न बाँकी थियो त केबल विश्वकप। क्लब प्रतियोगिता र व्यक्तिगत उपाधिको चाङ उचालेका मेस्सीले विश्वकप ट्रफीमात्रै उचाल्न बाँकी थियो। उनको त्यो अधुरो सपना आइतबार राति सम्पन्न विश्वकप फाइनलमा पूरा भयो। विश्वकप इतिहासमा नै सर्वाधिक २६ खेल खेलेर रेकर्ड बनाएका मेस्सीको नेतृत्वको अर्जेन्टिनाले फ्रान्सलाई पराजित गर्दै उपाधि चुम्यो। यससँगै मेस्सीले संन्यास लिन सक्ने आंकलन गरिएको थियो। विश्वकप फाइनलमा प्रवेश…
रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले अर्जेन्टिनाका राष्ट्रपति अलबर्टो फर्नान्डिजलाई विश्वकप उपाधी जितेकोमा बधाई दिएका छन्। फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले विश्वकप ट्रफी उचालेपछि पुटिनले अलबर्टोलाई फोन गरि बधाई दिएका हुन्। टेलिफोन संवादका क्रममा पुटिनले तेस्रोपटक विश्व विजेता बनेकोमा अर्जेन्टिनालाई बधाई दिँदै आगामी यात्राका लागि शुभकामना दिएका थिए। अलबर्टोले अर्जेन्टिनाको जितले समाजमा एकता र शान्तिको सन्देश दिएको पुटिनलाई बताएका थिए। 'राष्ट्रपति पुटिनलाई धन्यवाद। आजको…
काठमाडौं : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान आगामी तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ। निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरि संचालन गर्ने तयारी गरेको छ। गैँडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जानका लागि केबलकारको निर्माण अन्तिम चरणमा रहेको कम्पनीका व्यवस्थापक गोकुल सावदले बताए। यसका लागि स्थानीय धार्मिक र…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले समान विचार भएका राजनीतिक दलसँग एकताबद्ध भएर बलियो सशक्त कम्युनिष्ट पार्टी निर्माण गर्ने निर्णय गरेको छ। पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको सचिवालय बैठकले स–साना छरिएका कम्युनिष्ट पार्टी, वामपन्थी शक्तिका साथै समान राजनीतिक दृष्टिकोण भएका समूहलाई एकजुट गर्ने निर्णय गरेको हो। आइतवार भएको बैठकमा सत्ता गठबन्धनलाई एकताबद्ध गरि साझा उम्मेदवारको नेतृत्वमा सरकार निर्माण…
विश्वविजेता फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिनाले तेस्रोपटक फिफा विश्वकप उपाधी जितेको छ। यो जितसँगै अर्जेन्टिनाको जर्सीमा ३ वटा तारा अंकित भएको छ। कतारस्थित लुसइल स्टेडियममा सम्पन्न खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना 'च्याम्पियन' बनेको हो। अर्जेन्टिना च्याम्पियन बन्दा खेलाडी र अर्जेन्टिनाका नागरिक जति खुसी थिए त्यति नै खुसी सर्वकालीन महान् खेलाडी लियोनल मेस्सीका फ्यानहरु विश्वभर भए। हिजो रातिकै खेलले मेस्सीलाई जि ओ…
फिफा विश्वकप २०२२ को सर्वाधिक गोलकर्ता फ्रान्सका किलियन एम्बाप्पे बनेका छन्। जारी विश्वकपमा ८ गोल गरेका एम्बाप्पे सर्वाधिक गोलकर्ता बन्दै गोल्डनबुट जितेका हुन्। उनले अस्ट्रेलियाविरुद्ध १, डेनमार्कविरुद्ध २, पोल्याण्ड विरुद्ध २ र अर्जेन्टिनाविरुद्ध ३ गोल गरेका थिए। फाइनल खेलमा एम्बाप्पेले ह्याट्रिक गरेका थिए। आजसम्पन्न फाइनल खेलमा एम्बाप्पेको ह्याट्रिकको बावजुत फ्रान्सलाई हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको थियो। त्यस्तै अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन…
अर्जेन्टिना कतार विश्वकप २०२२ को च्याम्पियन बनेको छ। कतारस्थित लुसइल स्टेडियममा सम्पन्न खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो। निर्धारित समय र अतिरिक्त समयमा ३-३ गोलको बराबरीमा खेल रोकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जसमा अर्जेन्टिनाले ४-२ गोलअन्तरले जित निकालेको हो। फ्रान्सका किलियन एम्बाप्पे र रान्डल कोलो मुअनीले गोल गर्दा किंग्सले कोमन र औरेलियन चोउमेनी पेनाल्टीमा चुकेका थिए।…
पोखराः विश्वकप फुटबलको फाइनल खेल चलिरहेको छ। पोखरा महानगरले निजी विज्ञापन कम्पनीसँग मिलेर प्रत्यक्ष प्रसारण गर्दै पोखराको चोक-चोकमा फुटबल लाइभ देखाइरहेको छ। जारी फाइनलको पहिलो हाफमा अर्जेन्टिना २-० ले अघि छ। परिचय एडभर्टाइजिङ र एपीआइ मिडियाले महानगरको सहकार्यमा पोखराको पृथ्वीचोक, लेकसाइड र अमरसिंह चोकमा फुटबल लाइभ देखाइरहेका छन्। जसको पहल पोखरा महानगरपालिकाले आफैं गरेको हो। महानगरले नै फुटबल फाइनल देखाउने…
फिफा विश्वकप अन्तर्गत आज जारी फाइनल खेलको पहिलो हाफमा अर्जेन्टिनाले अग्रता बनाएको छ। कतारको दोहास्थित लुसइल स्टेडियममा जारी खेलमा पहिलो हाफ सकिँदा अर्जेन्टिनाले २-० गोलको अग्रता बनाएको हो। अर्जेन्टिनालाई कप्तान लियोनल मेस्सीले अग्रता दिलाएका थिए। अर्जेन्टिनाका एन्जल डि मारियालाई फ्रेन्च खेलाडी ओस्माने डेम्बेलेले खराब ट्याकल गरेपछि पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै मेस्सीले २३ औं मिनेटमा गोल गरेका थिए। उनले फ्रेन्च गोलकिपर ह्युगो…
पोखराः भारतीय अभिनेता विवेक ओबराय परिवारसहित नेपाल भ्रमणमा छन्। बुधबार काठमाडौं आइपुगेका विवेक शुक्रबारदेखि पोखरामा रमाइरहेका छन्। बन्जी, स्विङ, जिपलाइन, हट एयर बलुन र अन्य पर्यटकीय गतिविधिमा रमाइरहेका विवेक आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गर्न आए। पोखरा पर्यटन परिषद्को पहलमा विमानस्थल पुगेका विवेकलाई विमानस्थलको टर्मिनल भवन हुँदै रनवेसम्म हिडाउँदा सुरुमै ठट्टा गर्दै भने, 'एक्ससाइज गराउन लाग्नुभयो!' भवनबाट रनवेसम्म पुगेर सञ्चारकर्मीसँग…
काठमाडौं: नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवको १०औँ संस्करण सुरु भएको छ। नेपाल पर्यटन बोर्डमा सुरु भएको फेस्टिभलको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले उद्घाटन गरे। उद्घाटन समारोहमा शान्ति नेपाली निर्देशित वृतचित्र ‘क्लाइम्बिङ टेम्प्रेचर्स अन टप अफ द वर्ल्ड’ प्रदर्शन गरिएको थियो। यस डकुमेन्ट्रीले जलवायु परिवर्तनले सगरमाथा क्षेत्रमा पारेको प्रभाव र त्यहाँ वरिपरि बसोबास गर्ने स्थानीयको जीवनमा पारेको असरको कथा…