हलिउड फिल्म ‘अवतार: द वे अफ वाटर’नेपालमा शुक्रवारदेखि प्रदर्शन हुँदैछ। नेपालका मल्टिप्लेक्सहरुमा उच्च शो पाएको यस फिल्मले विदेशमा भने समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको छ। फिल्म ‘अवतार: द वे अफ वाटर’ सन् २००९ मा रिलिज भएको ‘अवतार’ को सिक्वेल हो। सो फिल्म अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने चलचित्र हो। जसकारण पनि संसारभरिका दर्शकका लागि ‘अवतार’ को यो संस्करण बहुप्रतिक्षित छ। यस फिल्मलाई विश्वभरिका समीक्षकहरुले १…
काठमाडौं : निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ। चुनाव भएको २४ दिनपछि आयोगले समानुपातिक र प्रत्यक्षतर्फको निर्वाचनको परिणाम सार्वजनिक गरेको हो। मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन भएको थियो। आयोगले प्रतिनिधि सभाको मत परिणामको प्रतिवदन मंसिर २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए। 'मंसिर २९ गते सम्माननीय राष्ट्रपतिज्यूसमक्ष प्रतिनिधि…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ। बुधवार युवराज पौडेलले लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। ‘सांसद पद खारेज हुनुपर्छ भनेर मुद्दा दर्ता गरेको हुँ,’ पौडेलले भने। लामिछानेविरुद्धको मुद्दा सर्वोच्चमा दर्ता भइसकेको अदालतले जनाएको छ। यसअघि युवराजकै नेतृत्वमा लामिछानेको नागरिकता खारेज गर्न माग गर्दै…
न्युजिल्याण्ड सरकारले युवाहरुलाई लक्षित गर्दै सुर्तीजन्य सामाग्री प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ। सरकारले सुर्तीजन्य धूमपानलाई नियन्त्रण गर्न नयाँ कानुन ल्याएको हो। जसअनुसार सन् २००९ जनवरी १ वा त्यसपछि जन्मेका कसैलाई पनि सुर्ती वा चुरोट बेच्न पाइने छैन। न्युजिल्याण्डका अधिकारीहरुले यो कानुन लागू भएसँगै आउने देशबाट विस्तारै धुमपानको अम्मल हराउने विश्वास व्यक्त गरेका छन्। सन् २०२५ सम्ममा न्युजिल्याण्डलाई धुमपानमुक्त देश बनाउने लक्ष्य सरकारले…
काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फबाट निर्वाचितहरुलाई पुस ३ गते प्रमाणपत्र दिने भएको छ। समानुपातिक तर्फबाट निर्वाचित ११० जनालाई पुस ३ गते प्रमाणपत्र दिने जानकारी आज बहादुर भवनमा आयोजित पत्रकार सम्मेलनमा दिइएको हो। प्रतिनिधि सभातर्फ सात वटै दलको समानुपातिक सूची समावेशी भए पनि प्रदेशमा भने केही गडबडी देखिएपछि मतपरिणाम सार्वजनिकमा केही ढिलाई भएको हो।…
काठमाडौं : फिफा विश्वकपमा वान एक्सबेटबाट सट्टेबाजी गर्ने एक जना पक्राउ परेका छन्। महोत्तरीको महोत्तरी गाउँपालिका वडा १ आदर्श ठाकुरलाई प्रहरीले ललितपुरको सानेपाबाट पक्राउ गरेको हो। फिफा विश्वकप २०२२ लगायत विश्वमा सञ्चालन हुने खेल तथा गतिविधिहरुमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एप्लिकेसन वान एक्सबेटमार्फत सट्टेबाजी लगाउने रकम संकलन गर्ने गराउने कार्यमा सक्रिय रहेको सूचनाको आधारमा मंगलवार उनलाई पक्राउ गरिएको ललितपुर…
बहुप्रतिक्षित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ नेपालमा आउँदो शुक्रवारदेखि प्रदर्शन हुँदैछ। यस फिल्मले नेपालका मल्टिप्लेक्सहरुमा उच्च शो पाउनुका साथै आक्रामक ओपनिङ गर्ने संकेत देखाएको छ। केही दिनअघि नेपालका हलहरुले अग्रिम टिकट बिक्री खुला गरेको थियो। देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले अवतारलाई देशभर नै थ्रीडीतर्फ ६७ र टु-डीतर्फ १५ शो दिएको छ। जसमध्ये आधा टिकट 'सोल्डआउट' समेत भइसकेका छन्। त्यसैगरि, वान सिनेमाज्…
काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन भोलि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ। बहादुर भवनस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै आयोगले प्रतिवेदन बुझाउने तयारीबारे जानकारी दिएको हो। प्रतिनिधि सभातर्फ सात वटै दलको समानुपातिक सूची समावेशी भए पनि प्रदेशमा भने केही गडबडी देखिएपछि मतपरिणाम सार्वजनिकमा केही ढिलाई भएको हो। प्रदेशतर्फ समावेशी सिद्धान्तअनुसार सूची नमिलेपछि…
अर्जेन्टिनी फुटबल टोलीका कप्तान लियोनल मेस्सीले आइतवारको विश्वकप फाइनल खेल आफ्नो विश्वकप करियरको अन्तिम खेल हुने बताएका छन्। कतारमा जारी विश्वकपको सेमिफाइनलमा क्रोएसियामाथि ३-० गोलको जित निकाले पछि मेस्सीले विश्वकपको अर्को संस्करणमा आफू नखेल्ने बताएका छन्। 'विश्वकपको आफ्नो अन्तिम खेलमा फाइनल खेल्दै विश्वकपको आफ्नो यात्रा पुरा गर्न पाउँदा म पक्कै पनि धेरै खुसी छु। त्यो साँच्चै धेरै सन्तोषजनक छ,' मेस्सीले भनेका छन्, 'योदेखि…
काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीबिच भेटवार्ता भएको छ। टोखास्थित भट्टराईको निवासमा दुई नेताबिच करिब साढे एक घण्टा छलफल भएको हो। भेटका क्रममा मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम, नयाँ सरकार गठन, संसदीय अकंगणितबारे कुराकानी भएको थियो। उनीहरुबिच भष्ट्राचारविरुद्ध एक भइ लड्ने विषयमासमेत प्रतिबद्धता व्यक्त भएको थियो। केसी र भट्टराईबिच…
फिफा विश्वकप अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा आज विश्वकपको साविक विजेता फ्रान्स र मोरोक्को भिड्दैछन्। कतारको दोहास्थित अल बायेत स्टेडियममा राति पौने १ बजे खेल सुरु हुनेछ। मोरोक्को अफ्रिका महादेशबाटै फिफा विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो मुलुक हो। प्रतियोगितामा एकपछि अर्को 'सरप्राइज' जित निकालेको मोरोक्कोले सेमिफाइनल प्रवेश गर्न स्पेन, पोर्चुगलजस्ता फुटबल 'जायन्ट' लाई हराएको थियो। समूह 'एफ'बाट क्रोएसिया, क्यानडा र बेल्जियमलाई पछि…
काठमाडौं : निर्वाचन आयोगले बुधवार समानुपातिकतर्फको अन्तिम मतपरिणाम घोषणा गर्दैछ। आयोगले परिणाम घोषणाका लागि दिउँसो १:३० बजे पत्रकार सम्मेलन गर्न लागेको हो। प्रतिनिधि सभातर्फ सात वटै दलको समानुपातिक सूची समावेशी भए पनि प्रदेशमा भने केही गडबडी देखिएपछि मतपरिणाम सार्वजनिकमा केही ढिलाई भएको हो। प्रदेशतर्फ समावेशी सिद्धान्तअनुसार सूची नमिलेपछि आयोगले सोमवार एमालेलाई सच्याउन आग्रह गरेको थियो। एमालेले मंगलवार नाम सच्चाएर पेश…
शाहरुख खानको फिल्म ‘पठान’ एकपटक फेरि सामाजिक सञ्जाल प्रयोगकर्ताको आक्रमणमा परेको छ। फिल्मको गीत इन्टरनेटमा भाइरल भएसँगै सामाजिक सञ्जालमा फिल्म बहिष्कारको माग उठ्न थालेको हो। दुईदिनअघि ‘पठान’ को पहिलो गीत ‘बेशर्म रंग’ रिलिज भएको थियो। गीतमा दीपिका पादुकोण र शाहरुखको रोमान्टिक केमेस्ट्री देखाइएको छ। भिडियोमा दीपिकाले 'भगवा' रंगको बिकिनी लगाएकी छिन्। सामाजिक प्रयोगकर्ताले गीतको भिडियोले अश्लीलता फैलाएको बताउँदै 'भगवा' रंगको…
टीकापुर : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कैलालीको टीकापुर घटना राजनीतिक प्रकृतिको रहेकाले यसका आरोपीहरुलाई मुक्त गर्ने आश्वासन यसअघिका सरकारहरुले पनि पटक पटक दिएका तर न्याय भने नपाइएको गुनासो गरेकी छिन्। हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट विजयी भएकी उनले भनिन्, '‘हाम्रो पार्टीका संस्थापक रेशम चौधरीलगायत टीकापुर घट्नाका आरोपीहरु निर्दोष रहेकाले तिनको रिहाइका लागि यसअघिका…
कंगोमा अत्याधिक वर्षासँगै गएको बाढी पहिरोका कारण १२० जनाको मृत्यु भएको छ। राजधानी किन्ससा र त्यससँगै जोडिएका अन्य शहरहरु बाढी पहिरोका कारण प्रभावित भएका छन्। बाढीका कारण सडक र घरहरु जलमग्न भएका छन्। पहिरोका कारण राजधानीलाई देशकै मुख्य 'सि पोर्ट मताडीसँग जोड्ने राजमार्ग बन्द भएको छ। कंगोको प्रधानमन्त्री कार्यालयले सडकहरु अझै चार दिन बन्द रहन सक्ने जनाएको छ। बाढीपहिरोका कारण…
इरानको राजधानी र वरपरका अदालतहरूले हालैको विरोध प्रदर्शनसँग सम्बन्धित ४०० जनालाई जेल सजाय तोकेका छन्। त्यसमध्ये केहीलाई १० वर्षसम्मको जेल सजाय तोकिएको बताइएको छ। न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले उद्धृत गरेको टिप्पणीअनुसार न्यायपालिका प्रमुख अली अल्घासी-मेहरले भनेका छन्: ‘एक सय ६० जनालाई पाँचदेखि १० वर्षसम्म जेल, ८० जनालाई दुईदेखि पाँच वर्ष र १६० जनालाई दुई वर्षसम्मको सजाय सुनाइएको छ।’ तेहरान देशका…
काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ चलाल गणेस्थानमा मंगलवार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १८ मध्ये १३ जनाको सनाखत भएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा बनेपा नगरपालिका-११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६…
अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ। बुधवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० गोलअन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। कतारस्थित लुसइल स्टेडियममा सम्पन्न खेलमा अर्जेन्टिनाले खेलको ३४ औं मिनेटमा अग्रता बनाएको थियो। अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए। त्यसको पाँच मिनेट भित्रै जुलियन अल्भारेजले गोल गर्दै अग्रता दोब्बर बनाए।…
काठमाडौं : काभ्रेको बेथानचोक गाउँपालिका वडा ४ सल्लाफेदमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। बेथानचोक–५ च्याल्टीमा पुगेर फर्केको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मङ्गलबार साँझ दुर्घटना हुँदा १५ जनाको घटनास्थलमै मृत्यु भएको बेथानचोक वडा ४ का वडाध्यक्ष कृष्णकुमार लामाले बताए। 'छेवारमा मावली बनेर फर्केकाहरु रहेछन्। १५ जनाको घटनास्थलमै ज्यान गयो,' घटनास्थलबाट वडाध्यक्ष लामाले भने, 'एक जनाको…
काठमाडौं : निर्वाचन आयोगले बुधवार आसन्न निर्वाचनको अन्तिम मतपरिणाम घोषणा गर्ने भएको छ। आयोगले परिणाम घोषणाका लागि बुधवार पत्रकार सम्मेलन गर्दैछ। 'भोलि मिति २०७९ मंसिर २८ गते बुधबार मध्याह्न १:३० बजे प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को अन्तिम नतिजा घोषणा गर्ने सम्बन्धमा आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरिएको हुँदा सञ्चारकर्मी मित्रहरूको उपस्थितिको लागि अनुरोध…