अन्तिम १६ मा दक्षिण कोरियाविरुद्धको जितपछि ब्राजिलका खेलाडीमा 'कन्फिडेन्ट' देखिए। कोरियाविरुद्ध ४-१ गोलको फराकिलो जित निकाल्दा नेइमार, लुकास पक्वेटा, भिनिसियस जुनियर र रिचार्लिसनले गोल गरेपिच्छे नृत्य गरे। उनीहरुले कतारमा हरेक गोलपछि फरकफरक नृत्य गरेर 'सेलिब्रेट' गरे। अझ रिचार्लिसनको गोल पछि त ब्राजिलका प्रशिक्षक टिटेले पनि उनको ट्रेडमार्क 'पिजन' सेलिब्रेसन गरे। उनको गोलपछि प्रशिक्षक र खेलाडीहरूले गोलो घेरा बनाए, आफ्नो कम्मरमा…
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निलम्बन फुकुवाविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। सुनुवाइका लागि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन भएको छ। इजलासमा कार्कीसहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा रहेको इजलासमा सुनुवाइ सुरु भएको हो। संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको भन्दै सर्वोच्च अदालतलाई पत्र…
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निलम्बन फुकुवाविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ। सुनुवाइका लागि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन भएको छ। इजलासमा कार्कीसहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा रहेका छन्। संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको भन्दै सर्वोच्च अदालतलाई पत्र पठाएको थियो। पत्र पाएपछि जबरा पनि सर्वोच्च…
भारतमा भएको गुजरात विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीले ऐतिहासिक जित निकालेको छ। गुजरातमा भाजपाले १८२ सिटमा १५६ सिट जितेको छ। यससँगै भाजपाले लगातार छैटौंपटक गुजरातमा सरकार बनाउने भएको छ। गुजरातमा भारतीय राष्ट्रिय कंग्रसले भने १७ सिटमात्र जित्न सक्यो। दिल्ली र पंजाबमा सरकार बनाएको आम आदमी पार्टीले भने पाँच सिटमा जित निकालेको छ। यसपटकको निर्वाचनमा कंग्रेसले धेरै सिट गुमाउनु परेको छ। पछिल्लो…
ट्वीटरले आफ्नो ब्लु सब्सक्रिप्सन प्रोडक्टको मूल्य आईफोन एपमार्फत भुक्तानी गर्नेहरुका लागि बढाउने भएको छ। आइफोन एपमार्फत भुक्तानी गर्नेहरुका लागि ब्लु टिकको मूल्य ७.९९ डलरबाट ११ डलरमा परिवर्तन गर्ने बताइएको छ। वेबसाइटबाट शुल्क भक्तानी गर्नेहरुलाई भने यो मूल्य ७ डलर मात्रै पर्ने छ। एन्ड्रोइड प्लाटफर्मको लागि पनि मूल्य परिवर्तन हुनेछ कि छैन भन्ने बारेमा भने कुनै जानकारी गराइएको छैन। ‘द इन्फर्मेसन’ले रिपोर्ट…
काठमाडौं : आजबाट 'अन्तर्राष्ट्रिय युवा मञ्च -२०२२' बृहत सम्मेलन सुरु भएको छ। युवाहरुको सर्वांगीण विकासको उद्देश्यसहित यो कार्यक्रम आयोजना गरिएको हो। क्लब २५ नेपाल र इन्टरनेशनल युथ कमिटीले आयोजना गरिरहेको अन्तर्राष्ट्रिय युवा मञ्चको २०औँ संस्करण मंसिर २६ गतेसम्म संचालन हुनेछ। कार्यक्रमको समापनपछि मंसिर २९ गतेसम्म वैकल्पिक पदयात्रा कार्यक्रम पनि हुने आयोजक संस्थाले जनाएको छ। वार्षिक रुपमा आयोजना हुने यो कार्यक्रममा…
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई संसद्को सबैभन्दा ठूलो दल बनाएकोमा मतदातालाई धन्यवाद दिएका छन्। उनले शुक्रवार सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिएका हुन्। कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी ८९ सिट पाउँदै सबैभन्दा ठूलो दल बनेको छ। त्यस्तै, दोस्रो बनेको नेकपा (एमाले)को समानुपातिकमा ३४ र प्रत्यक्षको ४४ गरी ७८ सिट प्रतिनिधिसभामा छ। माओवादी केन्द्रको प्रत्यक्षमा १८ र…
फिफा विश्वकप फुटबलअन्तर्गत क्वाटर फाइनलका खेलहरु आज बाट सुरु हुँदैछ। आज राति क्वाटर फाइनलका दुई खेल हुँदै छन्। २०१८ को उपविजेताविरुद्ध ‘टूर्नामेन्ट फेभरेट’ भिड्ने छ। त्यसपछिको अर्को ‘ग्लामरस म्याच-अप’मा १९७८ को फाइनल दोहोरिएको देख्न पाइनेछ। क्रोएसिया र ब्राजिलबिचको खेल शुक्रवार राति ८:४५ वजे छ भने नेदरल्यान्ड्स र अर्जेन्टिना १२:४५ मा मैदानमा उत्रिनेछन्। क्रोएसियाले रोक्न सक्ला ब्राजिलको ‘कार्निभल’? लामो समयदेखि फुटबल…
काठमाडौंः फिल्म निर्देशक प्रकाश झाले बलिउडमा पछिल्लो समय कथा बिनाका प्रोजेक्ट केन्द्रित फिल्म निर्माण हुन लागेको बताएका छन्। काठमाडौंमा अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) को २०औं संस्करण उद्घाटन गर्दै झाले कथा र आत्माबिनाका फिल्म हाबी भएको बताएका हुन्। उनी भन्छन्, ‘हामी दुई कारणले फिल्म बनाउँछौं। पहिलो कारण कथा भएपछि त्यसलाई सुनाउन हामी फिल्म बनाउँछौं। अर्को कारण पैसा कमाउनका लागि फिल्म बनाउँछौं।…
बुटवल : पाल्पामा घर प्लास्टर गर्ने क्रममा खसेर एक मजदुरको मृत्यु भएको छ। बिहीबार रामपुर नगरपालिका–५, बेझाड बजारस्थित दुर्गा केसीको चार तले पक्की घर प्लास्टर गर्ने क्रममा खसेर पर्साको छिपहरमाई–३, मंगलापुर घर भएका २५ वर्षीय गजेश कुसुहवाको मृत्यु भएको हो। प्लास्टर गर्ने क्रममा खसेर घाइते भएका कुसुहवालाई उपचारका लागि रामपुर अस्पताल पठाएको थियो। त्यहाँबाट थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज…
काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डको सिरिजको अन्तिम खेलमा पनि नेपाली टोली पराजित भएको छ। नामिबियाको विन्डहोएक स्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा आज सम्पन्न खेलमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेपाल ३५.३ ओभरमा सबै विकेट गुमाउँदै ११९ रनमा समेटिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको स्कटल्याण्डले १७ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा…
काठमाडौं : गण्डकीमा तीन दलले समानुपातिकमा ‘थ्रेस होल्ड’ कटाउँदा पनि सिट भने पाउन सकेन। हाम्रो नेपाली पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले यहाँ समानुपातिकमा थ्रेस होल्ड कटाएका छन्। तर, थ्रेस होल्ड कटाए पनि निर्वाचन आयोगले सिट संख्यामा भने उनीहरुलाई शुन्य राखेको छ। प्रदेशमा थ्रेस होल्ड कटाउन १.५ प्रतिशत मत भए पुग्छ। यी तीनै दलको मत १.५ प्रतिशत माथि नै छ।…
काठमाडौं: नेपाली क्रिकेट टोलीले स्कटल्याण्डलाई १ सय २० रनको लक्ष्य प्रस्तुत गरेको छ। क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, नामिबिया र स्कटल्याण्ड सिरिजको स्कटल्याण्डविरुद्धको खेलमा नेपाल ३५.३ ओभरमा सबै विकेट गुमाउँदै ११९ रनमा समेटिएको हो। नामिबियाको विन्डहोएक स्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले सुरुबाटै लय गुमाएको थियो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४७ रन बनाउँदा सोमपाल कामीले…
काठमाडौं: नेपाली क्रिकेट टोलीले स्कटल्याण्डविरुद्धको खेलमा सय पुर्याउनै नेपाललाई कठिन परेको छ। क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, नामिबिया र स्कटल्याण्ड सिरिजको स्कटल्याण्डविरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो। नामिबियाको विन्डहोएक स्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सुरुवाती ब्याटिङमा उत्रिएको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४७ रन र दीपेन्द्र सिंह ऐरीले १४ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रनसमेत बनाउन सकेनन्।…
बुटवल : तानसेन-तम्घास सडकखण्ड आजदेखि १५ दिनसम्म दैनिक १० घण्टा बन्द हुने भएको छ। सडक डिभिजन कार्यालय पाल्पाले जारी गरेको सूचना अनुसार तानसेन–रिडी–तम्घास सडकखण्डको सिरुखर्क–माल्मुल क्षेत्रमा सडक चौडा गर्नका लागि बाठो बन्द गरिएको हो। सिरुखर्क–माल्मुल क्षेत्रमा आजदेखि आगामी पुस ७ गतेसम्म बिहान ५ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३ बजेसम्म र बेलुका ६ देखि ९ बजेसम्म सडक बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाका…
काठमाडौं : नेकपा एमालेले शुक्रबार सचिवालय बैठक डाकेको छ। एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिए। उनका अनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिनेछ। निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ। एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट र समानुपातिकतर्फ ३४ सिट प्राप्त…
काठमाडौं : नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्ने बताएका छन्। ज्यापु संस्कृति विकास कोषले बिहीवार गरेको १९औं राष्ट्रिय ज्यापु दिवसका अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले विदेशीहरुलाई नेवारी संस्कृतिको माध्यमबाट नेपाल चिनाउनुपर्ने बताएका हुन्। उनले नेवारी संस्कृति नेपाललाई विश्वमाझ चिनाउने सशक्त माध्यम भएको उल्लेख गर्दै यसतर्फ सबैले…
तीन घन्टा सम्म एजुकेशन सिटी स्टेडियममा समर्थकको हुटिङ चल्यो। जसै मोरोक्कोका एचरफ हकिमीले पेनाल्टीमा गोल गरे स्टेडियममा सन्नाटा छायो। एकपटक विश्वकपको उपाधी उचालिसकेको स्पेनलाई हराएर क्वाटरफाइनलको यात्रा तय गरेको थियो मोरोक्कोले। त्यसैले रातो जर्सीमा स्टेडियममा हुटिङ गरिरहेका मोरक्कनहरुका लागि त्यो क्षणको महत्व सायद शब्दमा वर्णन गर्न नसकिने थियो। हकिमी। स्पेनको मड्रिडमा जन्मिएका उनको काँधमा अफ्रिका र अरबको जिम्मेवारी थियो। जब हकिमीले त्यो गोल गरे, मोरोक्कोमा…
काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ। बैठक शनिवार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ। बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ मंसिर २४ गते शनिबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी…
काठमाडौं : नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भन क्यापिलरबीच भेटवार्ता भएको छ। निधि निवास बानेश्वरमा बिहीवार बिहान भएको भेटमा भर्खरै सम्पन्न निर्वाचन, संविधान कार्यान्वयनको अवस्था लगायतका विषयमा कुराकानी भएको थियो। स्वीस राजदूत एलिजाबेथले नेपालको संघीय प्रणाली र संविधानको सफल कार्यान्वयनका लागि सहयोग गर्न स्वीस सरकार सधैं तयार रहेको निधिको सचिवालयले जनायो। कांग्रेस नेता निधिले…