PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

  • य:मरि बारे दुई तथ्य, जुन तपाईलाई थाहा नहुन सक्छ

    य:मरि बारे दुई तथ्य, जुन तपाईलाई थाहा नहुन सक्छ

    य:मरि चामलको पिठोबाट बनाइन्छ। तर, भक्तपुरमा दशैंको महाअष्टमीका दिन कालरात्रीमा तलेजु मन्दिरमा विशेष प्रकारको य:मरि तयार हुन्छ। १०८ वटा गहुँको पिठोले बनाइएको य:मरि त्यस दिन तलेजु भवानीलाई चढाइन्छ। चामलको पिठोबाट बन्ने य:मरि तिल, चाकु, खुवाको प्रयोग गरी बफाउने गरिन्छ। तर तलेजुमा सो दिन गहुँको पिठोबाट बन्ने य:मरिभित्र घ्यु राखिन्छ। स्वरुपमा य:मरि जस्तै भए पनि त्यसलाई बफाउने गरिदैन। घ्यु राखेर तयार…

    विस्तृतमा पढ्नुस्

  • डिना बोलउर्ट बनिन् पेरुकी पहिलो महिला राष्ट्रपति, महाअभियोग लागेर हटेका कासटिल्लो पक्राउ

    डिना बोलउर्ट बनिन् पेरुकी पहिलो महिला राष्ट्रपति, महाअभियोग लागेर हटेका कासटिल्लो पक्राउ

    डिना बोलउर्ट पेरुकी पहिलो महिला राष्ट्रपति बनेकी छिन्। राष्ट्रपति पेड्रो कासटिल्लोलाई महाअभियोग लगाएर हटाएपछि पूर्व उप राष्ट्रपति बोलउर्ट राष्ट्रपति बनेकी हुन्। पेरुको कंग्रेसमा भएको मतदानमा १३० जनामध्ये १०१ जनाले बोलउर्टको पक्षमा मतदान गरेका थिए। यससँगै उनी पेरुको ५ वर्षमा राष्ट्रपति बन्ने छैटौं व्यक्ति बनेकी छिन्। कासटिल्लोले कंग्रेस विघटन गर्ने योजना सार्वजनिक गरेपछि सांसदहरुले उनीविरुद्ध महाअभियोग लगाइएको हो। महाअभियोग पारित भएर…

    विस्तृतमा पढ्नुस्

  • महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति

    महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति

    काठमाडौं : दार्चुलामा भारतले एकतर्फी तटबन्ध निर्माण गर्न थालेपछि दुवै देशका नागरिकबीच आइतबार दोहोरो झडप सिर्जना भएको थियो। महाकाली नदीको धार परिवर्तन गर्ने प्रयास गरेपछि सरकारले पनि भारतलाई कुटनीतिक नोट पठाएको थियो। बुधबार भारतको धार्चुलामा बसेको दुवै देशका प्रमुख सुरक्षा निकायको छलफलले भारतले एकतर्फी निर्माण गर्न लागेको ग्याबिन तटबन्ध तत्काल रोक्ने सहमति भएको छ। नेपालतर्फ मोडिएको नदीलाई पुनः आफ्नै धारमा…

    विस्तृतमा पढ्नुस्

  • टरिगाउँ विमानस्थल डिपोको ल्याब रिपोर्ट आएको चार महिना भयो, तर अझै भएन रिफिल

    टरिगाउँ विमानस्थल डिपोको ल्याब रिपोर्ट आएको चार महिना भयो, तर अझै भएन रिफिल

    तुलसीपुर : दाङको टरिगाउँ विमानस्थलस्थित डिपोमा इन्धन भरेको छ महिना भइसकेको छ तर पनि जहाजमा इन्धन ‘रिफिल’ भने हुन सकेको छैन। नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका निमित्त प्रमुख नेत्रबहादुर भण्डारीका अनुसार डिपो निर्माण भएपछि ल्याब परीक्षणका लागि भारत पठाइएको थियो। भारतबाट पनि ल्याब रिपोर्ट आएको चार महिना भइसकेको छ। त्यस्तै, मंगलवार मात्रै निगमको केन्द्रीय प्रयोगशालाले पनि परीक्षण गर्दा इन्धन…

    विस्तृतमा पढ्नुस्

  • बढ्दो जनसङ्ख्यालाई पर्याप्त स्वच्छ पानी, ऊर्जा र खाद्यान्न पुर्‍याउनु चुनौतीपूर्ण

    बढ्दो जनसङ्ख्यालाई पर्याप्त स्वच्छ पानी, ऊर्जा र खाद्यान्न पुर्‍याउनु चुनौतीपूर्ण

    काठमाडौं : विश्वभर बढिरहेको जनसङ्ख्यालाई पर्याप्त स्वच्छ पानी, ऊर्जा र खाद्यान्न पुर्‍याउने काम चुनौतीपूर्ण बन्दै गएकोप्रति विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। राजधानीमा आयोजित दुईदिने पानी, ऊर्जा र खाद्यान्न अन्तरसम्बन्ध विषयक कार्यशालाका वक्ता तथा प्रस्तोताले पानीको पर्याप्त व्यवस्थाका लागि सोच्नुपर्ने बेला भएको आवश्यकता औँल्याइएका हुन्। खानेपानी सचिव मणिराम गेलालले बढ्दो शहरीकरण र जनसङ्ख्याको वृद्धिले संसारभर खानेपानी, ऊर्जा र खाद्यान्नको माग बढिरहेको…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टस जितेर ब्याटिङमा: कुशल बेन्चमा, हरिशंकर टिममा

    नेपाल टस जितेर ब्याटिङमा: कुशल बेन्चमा, हरिशंकर टिममा

    काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, नामिबिया र स्कटल्याण्ड सिरिजको स्कटल्याण्डविरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ। नामिबियाको विन्डहोएक स्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन्। सिरिजका यसअघिका तीन खेलमा नेपालले जित निकाल्न सकेको छैन। यसअघि नेपाल स्कटल्याण्डसँग र नामिबियासँग १/१ खेलमा पराजित हुँदा नामिबियासँगको एक खेल नतिजाविहीन बनेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिक परिणामः संघमा ७ र प्रदेशमा १३ दललाई सिट, कुन प्रदेशमा कसका सांसद कति?

    समानुपातिक परिणामः संघमा ७ र प्रदेशमा १३ दललाई सिट, कुन प्रदेशमा कसका सांसद कति?

    काठमाडौंः निर्वाचन आयोगले समानुपातिक निर्वाचन तर्फको सिट बाँडफाँट गरेको छ। प्रतिनिधि सभाको ११० र प्रदेश सभाका २२० सदस्यको सिट बाँडफाँट गरेको हो। प्रतिनिधि सभामा सात राजनीतिक दलले समानुपातिक सिट पाएका छन्। तोकिएको ३ प्रतिशत मतको सीमा पारका गरेका दलहरुले सिट पाएका हुन्। जसमा सबैभन्दा बढी नेकपा (एमाले) ले ३४ सिट पाएको छ।  यस्तै प्रदेश सभाको पनि सिट वाँडफाँट भएको छ। प्राप्त…

    विस्तृतमा पढ्नुस्

  • साउदीको राजकीय भ्रमणमा चिनियाँ राष्ट्रपति सी, अरब राष्ट्रका नेता सम्मिलित दुई सम्मेलनमा सहभागी हुने

    साउदीको राजकीय भ्रमणमा चिनियाँ राष्ट्रपति सी, अरब राष्ट्रका नेता सम्मिलित दुई सम्मेलनमा सहभागी हुने

    चिनियाँ राष्ट्रपति सी चिनफिङ बुधबार साउदी अरब पुगेका छन्। पहिलो चाइना-अरब स्टेट समिट र चाइना-गल्फ कोअपरेसन काउन्सिल समिटमा सहभागी हुन उनी साउदी अरब पुगेका हुन्।  उनले सोही क्रममा उनले साउदी अरबको राजकीय भ्रमण समेत गर्नेछन्। उनी साउदी पुग्ने क्रममा उनी सवार विमानलाई त्यहाको वायु सेनाको विमानले स्कर्टिङ गरेको थियो।  साउदी अरबका राजा सलमान विन अब्ल्लाहजिज अल साउदको निमन्त्रणमा उनी तीन दिने भ्रमणमा…

    विस्तृतमा पढ्नुस्

  • फेरि जमेन नेपालको ब्याटिङ, नामिबियासँग ८६ रनको हार

    फेरि जमेन नेपालको ब्याटिङ, नामिबियासँग ८६ रनको हार

    काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, नामिबिया र स्कटल्याण्ड सिरिजको आज सम्पन्न खेलमा नेपाल नामिबियासँग पराजित भएको छ। नामिबियाको विन्डहोएक स्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सम्पन्न खेलमा नेपाली टोली ८६ रनले पराजित भएको हो। टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १८९…

    विस्तृतमा पढ्नुस्

  • बार एसोसिएसनको कार्यकारी परिषद् स्थगित

    बार एसोसिएसनको कार्यकारी परिषद् स्थगित

    काठमाडौंः नेपाल बार एशोसिएसनको कार्यकारी परिषदको बैठक स्थगित भएको छ। प्रधानन्यायाधीश प्रकरणका कारण पोखरामा हुने भनिएको बैठक स्थगित भएको केन्द्रीय सदस्य सन्तोष तिवारीले बताए। यस्तै, मानव अधिकारसम्बन्धी सम्मेलनको स्थान पनि परिवर्तन भएको छ। पोखरामा मंसिर २४ र २५ गतेका लागि तय भएको सम्मेलन काठमाडौंमा नै गर्ने निर्णय बारले गरेको छ।

    विस्तृतमा पढ्नुस्

  • लिनगेनको शतकको सहायतामा नेपाललाई नामिबियाको २ सय ७६ रनको लक्ष्य, राजवंशीले लिए ४ विकेट

    लिनगेनको शतकको सहायतामा नेपाललाई नामिबियाको २ सय ७६ रनको लक्ष्य, राजवंशीले लिए ४ विकेट

    काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, नामिबिया र स्कटल्याण्ड सिरिजको आज जारी खेलमा नामिबियाले नेपाललाई २७६ रनको लक्ष्य प्रस्तुत गरेको छ। नामिबियाको विन्डहोएक स्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको हो। घरेलु टोलीलाई औशत स्कोरसम्म लैजान मिचेल भान लिनगेनले शतकीय पारि खेले। उनले १११ बलमा १५ चौका…

    विस्तृतमा पढ्नुस्

  • संसद महासचिवलाई सर्वोच्चको प्रश्नैप्रश्न, 'कुन कानुनी व्यवस्थाको आधारमा महाअभियोग निष्प्रभावी भयो भनेर उल्लेख गर्नुभयो?'

    संसद महासचिवलाई सर्वोच्चको प्रश्नैप्रश्न, 'कुन कानुनी व्यवस्थाको आधारमा महाअभियोग निष्प्रभावी भयो भनेर उल्लेख गर्नुभयो?'

    काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मंसिर २० गते नियमित कार्यसम्पादन गर्न पाउँ भनी संघीय संसद सचिवालयमा निवदेन दिएका थिए। यही मंसिर २७ गते अनिवार्य अवकास पाउन लागेका जबराले निवेदन दिएपछि मंसिर २१ गते (आजै) संघीय संसद सचिवालयले जबरामाथि लागेको महाअभियोग निष्प्रभावी भएको निर्णय गर्‍यो। सचिवालयका महासचिव भरतराज गौतमले जबरामाथि लागेको महाअभियोग निष्प्रभावी हुने भन्दै सर्वोच्च अदालतमा पत्र पठाए। संघीय…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चको फूलकोर्टले माग्यो संसदको महासचिवसँग स्पष्टीकरण, महाअभियोग निष्प्रभावी बनाउने निर्णय कार्यान्वयन नगर्ने संकेत

    सर्वोच्चको फूलकोर्टले माग्यो संसदको महासचिवसँग स्पष्टीकरण, महाअभियोग निष्प्रभावी बनाउने निर्णय कार्यान्वयन नगर्ने संकेत

    काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आज सर्वोच्च अदालत फर्किने तयारीमा थिए। संसद सचिवालयले जबरामाथि लागेको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र पठाएपछि उनी आजै सर्वोच्चमा नियमित काममा फर्किने तयारीमा थिए। तर, नेपाल बार एसोसिएसन र सर्वोच्च बारले जबरालाई रोक्ने निर्णय गर्‍यो। र, सरकारले पनि जबरामाथि लागेको महाअभियोग जीवित भएको बतायो। त्यसपछि बालुवाटारमा रहेका जबराको रामशाह पथ आउने बाटो तत्कालका लागि…

    विस्तृतमा पढ्नुस्

  • ‘द भ्वाइस’बाट बाहिरिइन् परिजिता बास्तोला

    ‘द भ्वाइस’बाट बाहिरिइन् परिजिता बास्तोला

    काठमाडौं : नेपाली मुलकी परिजिता बास्तोला गायन रियालिटी शो ‘द भ्वाइस’को अमेरिकी संस्करणबाट बाहिरिएकी छिन्। आज बिहान टप ८ को प्रतिस्पर्धाबाट परिजितासहित तीन जना प्रतियोगीहरु आउट भएका हुन्। परिजिताले सेमिफाइनलसम्म उत्कृष्ट प्रस्तुति दिएता पनि कम भोटका कारण उनी फिनालेसम्म पुग्न सकिनन्। कम भोट ल्याउने चारजना प्रतियोगीलाई जजले ‘इन्स्ट्यान्ट सेभ’को लागि गीत गाउन आग्रह गरेका थिए। कोच जोन लिजेन्डको समूहबाट प्रतिस्पर्धामा रहेकी…

    विस्तृतमा पढ्नुस्

  • एक कर्मचारीबाट सार्वभौम संसद्को क्षेत्राधिकारमाथि हस्तक्षेप भयो : बार

    एक कर्मचारीबाट सार्वभौम संसद्को क्षेत्राधिकारमाथि हस्तक्षेप भयो : बार

    काठमाडौं : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको निलम्बन निष्प्रभावी गरिएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एसोसिएसनले आज एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो। संसद् सचिवालयले महाअभियोग निष्प्रभावी भएको व्यहोराको पत्र पठाएपछि जबरा सर्वोच्च फर्किने बताएका थिए। उक्त कार्यबाट नेपालको संविधान, ऐन, कानुन तथा संसदीय मूल्य-मान्यताको उल्लंघन भएको भन्दै एसोसिएसनले सो कार्यप्रति आपत्ति प्रकट गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • सरकारले भन्यो : महाअभियोग प्रस्ताव जीवितै छ, नयाँ संसदले निर्णय गर्छ

    सरकारले भन्यो : महाअभियोग प्रस्ताव जीवितै छ, नयाँ संसदले निर्णय गर्छ

    काठमाडौं : सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाअभियोगको प्रस्ताव जीवितै रहेको जनाएको छ। संचार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महाअभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति भएकाले आगामी प्रतिनिधिसभामा छलफल भएर यो विषय निर्णयमा पुग्ने स्पष्ट पारेका हुन्। संचार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा कार्कीले भने, 'महाभियोगसम्बन्धी प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल भई तयार भएको प्रतिवेदन अब गठन…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चको गेटमा अधिवक्ताहरुको धर्ना, जबरा भन्छन् : विधि र प्रक्रियाअनुसार भएको विषय हो, आजै अदालत जान्छु

    सर्वोच्चको गेटमा अधिवक्ताहरुको धर्ना, जबरा भन्छन् : विधि र प्रक्रियाअनुसार भएको विषय हो, आजै अदालत जान्छु

    काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथिको महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको भन्दै नियमित काममा फर्कने तयारी गरेका छन्। संसद सचिवालयबाट महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र प्राप्त भएसँगै उनीले आजै नियमित कार्यका लागि सर्वोच्च अदालत जाने तयारीमा छन्। 'यो विधि र प्रक्रियाअनुसार भएको विषय हो, म आजै अदालत जान्छु,' राणाले भने। प्रधानन्यायाधीश जबरामाथिको महाअभियोगको प्रक्रिया निष्कर्षमा नपुगेको अवस्थामा नयाँ प्रतिनिधिसभाको निर्वाचनसँगै निष्प्रभावी…

    विस्तृतमा पढ्नुस्

  • निर्देशनमा डेब्यु गर्दै शाहरुखका छोरा आर्यन

    निर्देशनमा डेब्यु गर्दै शाहरुखका छोरा आर्यन

    बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान बलिउडमा डेब्यु गर्ने तयारीमा छन्। आर्यनले इन्स्टाग्रामार्फत आफू फिल्म क्षेत्रमा आउन लागेको जानकारी दिएका हुन्। इन्स्टामा रेड चिलिज प्रोडक्सनको क्ल्यापबोर्डको फोटो सेयर गर्दै आर्यनले लेखेका छन् ‘लेखनको कार्य सकिएको छ। एक्सन भन्न निकै हतार भइरहेको छ।’ यसबाट आर्यन कुनै फिल्मी प्रोजेक्टलाई निर्देशन गर्न लागेको थाहा हुन्छ। तर, उनले फिल्ममा काम गर्ने वा वेब सिरिज…

    विस्तृतमा पढ्नुस्

  • महाकाली घटना : भारतीय दूतावास अघि अखिल क्रान्तिकारीको प्रदर्शन

    महाकाली घटना : भारतीय दूतावास अघि अखिल क्रान्तिकारीको प्रदर्शन

    काठमाडौं : भारतले महाकाली नदीको धार परिवर्तन गर्दै अनधिकृत संरचना निर्माण गरिरहेको विरोधमा अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ। आज लैनचौरस्थित भारतीय दूतावास जाने बाटोमा उनीहरुले प्रदर्शन गरेका हुन्। सानो संख्यामा उपस्थित प्रदर्शनकारीहरुले भारतीय विस्तारवादको विरोध गर्दै तत्काल अनधिकृत निर्माण कार्य रोक्न माग गरेका थिए। भारतीय पक्षले नदीको धार परिवर्तन र अनधिकृत संरचना निर्माण गरेपछि दार्चुलावासीले प्रतिकार गरेका थिए। त्यसक्रममा भारतीय…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीश जबरा सर्वोच्च फर्किन लागेपछि अदालत परिसरमा अधिवक्ताहरुको धर्ना

    प्रधानन्यायाधीश जबरा सर्वोच्च फर्किन लागेपछि अदालत परिसरमा अधिवक्ताहरुको धर्ना

    काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्किन लागेका छन्। संसद् सचिवालयले महाअभियोग निष्प्रभावी भएको व्यहोराको पत्र सर्वोच्च र न्याय परिषद्लाई पठाएपछि जबरा सर्वोच्च फर्किन लागेका हुन्। उनी आज दिउँसो ३ बजे सर्वोच्च जाने बताइएको छ। जबरालाई रोक्न अहिले अधिवक्ताहरुले सर्वोच्च परिसरमा धर्ना दिएका छन्। नेपाल बार एशोसिएसनकोका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ सहित बारका सदस्य र अधिवक्ताहरु धर्नामा सहभागी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell