PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

  • दरबारमार्गको क्लब प्लाटिनमका दुई बाउन्सरलाई हतियार प्रहार गर्ने दुई जना समातिए

    दरबारमार्गको क्लब प्लाटिनमका दुई बाउन्सरलाई हतियार प्रहार गर्ने दुई जना समातिए

    काठमाडौं : काठमाडौं दरबारमार्गस्थित क्लब प्लाटिनमा बाउन्सरलाई धारिलो हतियार प्रहार गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बाउन्‍सर निकेत राई र तेन्जुङ् शेर्पालाई काठमाडौं महानगरपालिका-२६ गल्कोपाखास्थित हनुमान चोक नजिक धारिलो हतियार प्रहार गरी फरार रहेका २ जना मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा दोलखा शैलुङ गाउँपालिका-२ घर भई काठमाडौं बौद्ध बस्ने २९ वर्षीय बिनोद तामाङ र सोही ठाउँ बस्ने…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाले प्रहार गर्‍यो दुईवटा लामो दुरीको 'क्रुज मिसाइल'

    उत्तर कोरियाले प्रहार गर्‍यो दुईवटा लामो दुरीको 'क्रुज मिसाइल'

    उत्तर कोरियाले दुईवटा लामो दुरीको रणनीतिक 'क्रुज मिसाइल' प्रहार गरेको छ। उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको निरीक्षणमा नै दुईवटा मिसाइल प्रक्षेपण गरिएको हो। बुधवार भएको प्रक्षेपणलाई उत्तर कोरियालाई आफ्नो सैन्य क्षमता बढाउने रणनीतिका रुपमा व्याख्या गरेको छ। पछिल्लो समय उत्तर कोरियाले मिसाइल प्रहार गर्ने क्रमलाई तिब्रता दिएको छ। जापान र दक्षिण कोरियाको भूमि हुँदै उत्तर कोरियाले मिसाइल प्रहार…

    विस्तृतमा पढ्नुस्

  • अदालतमा हतकडी नलगाइ लगियो सन्दीपलाई, पाँच दिन म्याद थप

    अदालतमा हतकडी नलगाइ लगियो सन्दीपलाई, पाँच दिन म्याद थप

    काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई  हिरासतमा राखेर अनुसन्धान गर्न थप समय पाएको छ। आज जिल्ला अदालत काठमाडौंले पाँच दिन म्याद थप गरेको हो। अनुसन्धान नसकिएकाले म्याद थप गर्न प्रहरीले आज सन्दीपलाई अदालतमा उपस्थित गराएको थियो। यस पटक अदालतमा उपस्थित गराउँदा सन्दीपको हात हतकडी देखिदैन थियो। यसअघि पक्राउ गर्दा हतकडी लगाएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध…

    विस्तृतमा पढ्नुस्

  • इलन मस्कको आग्रह : ट्वीटर किन्न मेरो पर्फ्युम किनिदिनुस्

    इलन मस्कको आग्रह : ट्वीटर किन्न मेरो पर्फ्युम किनिदिनुस्

    विश्वका सबैभन्दा धनी इलन मस्क पर्फ्युम व्यवसायमा लागेका छन्। उनको पर्फ्युम लन्च भएको केही घण्टामै अर्डरको ओइरो लागेको छ। बुकिङबाटै मस्कले १० लाख अमेरिकी डलर कमाएका छन्। ‘बर्न्ट हेयर’ नामक पर्फ्युमको १० हजार बोटल बुकिङ भएसँगै मस्कले केही घण्टामै १० लाख डलर कमाएका हुन्। मस्कले ट्वीट गर्दै आफ्नो पर्फ्युम किनेर ट्वीटर किन्न सहयोग गर्न आग्रहसमेत गरेका छन्। Please buy my…

    विस्तृतमा पढ्नुस्

  • सन्दीपलाई अझैं हिरासतमा राख्न अदालतको अनुमति, पाँच दिन म्याद थपियो

    सन्दीपलाई अझैं हिरासतमा राख्न अदालतको अनुमति, पाँच दिन म्याद थपियो

    काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई  हिरासतमा राखेर अनुसन्धान गर्न थप समय पाएको छ। आज जिल्ला अदालत काठमाडौंले पाँच दिन म्याद थप गरेको हो। यसअघि अदालतले सात दिन म्याद दिएको थियो। अनुसन्धान नसकिएकाले म्याद थप गर्न प्रहरीले आज सन्दीपलाई अदालतमा उपस्थित गराएको थियो। असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। कतार एयरवेजको विमानबाट कतार हुँदै…

    विस्तृतमा पढ्नुस्

  • युक्रेनका चार क्षेत्रलाई गाभ्ने रसियाको कदमको निन्दा गर्ने पक्षमा १४३ देशले गरे मतदान, चीन र भारत अनुपस्थित

    युक्रेनका चार क्षेत्रलाई गाभ्ने रसियाको कदमको निन्दा गर्ने पक्षमा १४३ देशले गरे मतदान, चीन र भारत अनुपस्थित

    संयुक्त राष्ट्र संघको महासभाले युक्रेनका चार क्षेत्रलाई गाभ्ने रसियाको प्रयासको निन्दा गर्ने पक्षमा मतदान गरेको छ। प्रस्तावलाई नेपालसहित १४३ देशहरूले समर्थन गरेका थिए भने चीन र भारतसहित ३५ राज्यहरू अनुपस्थित रहे। रसियासँगै बेलारुस, उत्तर कोरिया, सिरिया र निकारागुआ गरी चार देशले प्रस्तावको विपक्षमा मतदान गरेका थिए। प्रतीकात्मक भएपनि यो आक्रमणपछि रसियाको विरुद्धमा खसेको सबैभन्दा धेरै मत हो। गत हप्ता क्रेमलिनमा…

    विस्तृतमा पढ्नुस्

  • रसियाली आक्रमणपछि नेटो देशहरूले गरे युक्रेनको क्षेप्यास्त्र प्रतिरक्षा बढाउने घोषणा

    रसियाली आक्रमणपछि नेटो देशहरूले गरे युक्रेनको क्षेप्यास्त्र प्रतिरक्षा बढाउने घोषणा

    नेटो नेतृत्वको युक्रेनका साझेदार राष्ट्रहरूले कीभलाई अत्याधुनिक हवाई रक्षा प्रणाली पठाउने घोषणा गरेका छन्। रसियाली क्षेप्यास्त्र आक्रमणपछि यस्तो घोषणा आएको हो। बेलायत, क्यानडा, फ्रान्स र नेदरल्याण्ड्सले सहयोग गर्न प्रतिबद्धता जनाएका हतियारमा मिसाइल र रडारहरू पनि समावेश छन्। यसअघि अमेरिकाले पनि यस्तै वाचा गरेको थियो। जर्मनीको एक अत्याधुनिक प्रविधिसहितको प्रणाली पहिलेदेखि नै युक्रेनमा छ। ब्रसेल्समा रहेको नेटोको मुख्यालयमा युक्रेनका भएको ५०…

    विस्तृतमा पढ्नुस्

  • लिभरपुलको फराकिलो जितमा सलाहको कीर्तिमानी ह्याट्रिक, नापोली नकआउट चरणमा

    लिभरपुलको फराकिलो जितमा सलाहको कीर्तिमानी ह्याट्रिक, नापोली नकआउट चरणमा

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'ए' को खेलमा इङ्ग्लिस क्लब लिभरपुलले स्कटिस क्लब रेन्जर्स एफसीमाथि फराकिलो जित निकालेको छ। इब्रोक्स स्टेडियममा सम्पन्न खेलमा लिभरपुलले घरेलु टोलीमाथि ७-१ गोलको फराकिलो जित निकालेको हो। खेलको १७ औं मिनेटमा स्कट आरफिल्डको गोलमा अग्रता बनाएको रेन्जर्सलाई हराउँदा लिभरपुलका मोहम्मद सलाहले ह्याट्रिक, रोबर्टो फर्मिनोले २ गोल तथा डार्विन नुनेज र हार्वे इलियटले समान…

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकिएको बार्सिलोनालाई बाहिरिने भय, सानदार जित निकाल्दै बार्यन नकआउट चरणमा

    बराबरीमा रोकिएको बार्सिलोनालाई बाहिरिने भय, सानदार जित निकाल्दै बार्यन नकआउट चरणमा

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'सी' को खेलमा स्पेनिस क्लब बार्सिलोना इटालियन क्लब इन्टर मिलानसँग बराबरीमा रोकिएको छ। घरेलु मैदान क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोना इन्टरमिलानसँग ३-३ गोलको बराबरीमा रोकिएको हो। खेलको ४० औं मिनेटमा ओस्माने डेम्बेलेको गोलमा अग्रता बनाएको बार्सिलोना पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा इन्टरका निकोल बरेलाले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले ५०…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश र प्रतिनिधि सभाका करिब ४०० ले लिए उम्मेदवारी फिर्ता, अब पाँच हजार ६०० कायम

    प्रदेश र प्रतिनिधि सभाका करिब ४०० ले लिए उम्मेदवारी फिर्ता, अब पाँच हजार ६०० कायम

    काठमाडौंः आसन्न मंसिर ४ गते हुने प्रदेश र प्रतिनिध सभा सदस्य निर्वाचनमा मनोनयन दिएका करिब चार सय उम्मेदवारले आफ्‍नो मनोनयन फिर्ता लिएका छन्। निर्वाचन आयोगका अनुसार दुबैतर्फ गरेर ३७६ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्। आयोगका अनुसार प्रतिनिधि सभातर्फ ११९ र प्रदेश सभातर्फ २५७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्। अब प्रतिनिधि सभातर्फ दुई हजार ४१२ जनाको उम्मेदवारी कायम भएको छ। जसमा…

    विस्तृतमा पढ्नुस्

  • गुल्मी र अर्घाखाँचीमा चार-चार जनाले लिए उम्मेदवारी फिर्ता

    गुल्मी र अर्घाखाँचीमा चार-चार जनाले लिए उम्मेदवारी फिर्ता

    बुटवलः गुल्मी र अर्घाखाँचीमा चार-चार जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। गुल्मीमा स्वतन्त्रबाट उम्मेदवारी दिएका चार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्। प्रतिनिधि सभाका एक र प्रदेश सभाका तीन जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। गुल्मी १ मा प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका कमल भुसाल, गुल्मी १ कै प्रदेश सभा (क) मा उम्मेदवारी दिएका किरण…

    विस्तृतमा पढ्नुस्

  • बागी उम्मेदवारलाई कांग्रेसले गर्‍यो कारबाही, पाँच वर्षसम्म साधरण सदस्य पनि नरहने

    बागी उम्मेदवारलाई कांग्रेसले गर्‍यो कारबाही, पाँच वर्षसम्म साधरण सदस्य पनि नरहने

    काठमाडौंः नेपाली कांग्रेसले सत्तारुढ गठबन्धनबीच भएको सहमति विपरीत मनोनयन गरेको उम्मेदवार तथा प्रस्तावक समर्थकलाई कारबाही गरेको छ। आधिकारिक उम्मेदवारविरुद्ध बागी मनोनयन गरेकालाई कारबाही गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। पाँच वर्षका लागि कांग्रेसको सदस्य समेत नरहने गरी कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ। ‘सत्तारुढ गठबन्धन दलहरु र मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीबीच भएको सहमति अनुरुप नेपाली कांग्रेस पार्टीका आधिकारिक…

    विस्तृतमा पढ्नुस्

  • 'किताब' मागेका घनश्याम भुसाललाई आयोगले दियो ‘त्रिभुज’

    'किताब' मागेका घनश्याम भुसाललाई आयोगले दियो ‘त्रिभुज’

    बुटवल : नेकपा (एमाले) परित्याग गरी रुपन्देहीको क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले चुनाव चिह्न त्रिभुज पाएका छन्। निर्वाचन अधिकृतको कार्यालयले बुधबार स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिह्न दिएको छ। भुसालले चुनाव चिन्ह किताब लिन चाहेका थिए। एमाले स्थायी कमिटी सदस्यसमेत रहेका भुसाल रूपन्देही ३ बाट सिफारिस भएका थिए। तर, अन्तिममा पार्टीले कुनै पनि क्षेत्रबाट टिकट नदिएपछि उनले पार्टी…

    विस्तृतमा पढ्नुस्

  • धारिलो हतियार प्रयोग गरी श्रीमती र छोराछोरीको हत्या, बाटोमा लडिएको अवस्थामा फेला परे श्रीमान

    धारिलो हतियार प्रयोग गरी श्रीमती र छोराछोरीको हत्या, बाटोमा लडिएको अवस्थामा फेला परे श्रीमान

    वीरगंज : बारामा एक व्यक्तिले आफ्नो श्रीमती र दुई छोराछोरीको हत्या गरेका छन्। बारा, प्रसौनी गाउँपालिका वडा नम्बर ५ प्रस्टोका बस्ने २७ वर्षीय दिपेन्द्र चौधरीले २५ वर्षीय श्रीमती सुजिता चौधरी, ४ वर्षको छोरी र १६ महिनाको छोराको हत्या गरेको बारा प्रहरीले जनाएको छ। चौधरीले गत सोमवार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रहरीकाअनुसार शव घरभन्दा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानसेनापति शर्मा र राजदूत यान्छीबिच विदाइ भेट

    प्रधानसेनापति शर्मा र राजदूत यान्छीबिच विदाइ भेट

    काठमाडौं : प्रधानसेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि चीनका राजदूत हउ यान्छीबिच भेटवार्ता भएको छ। आफ्नो कार्यकालको अन्तिमसमयमा रहेकी यान्छीले जंगी अड्डा पुगेर शर्मासँग विदाइ भेट गरेकी हुन्। सो भेटका क्रममा शर्माले राजदूत यान्छीको कार्यकाल सफल भएमा बधाइ दिँदै आगामी दिनका लागि शुभकामना दिएका थिए। आफ्नो कार्यकालको समापनमा रहेकी यान्छीले पछिल्लो समय राजनीतिक भेटघाटलाई तिब्रता दिएकी छिन्।

    विस्तृतमा पढ्नुस्

  • विनोद चौधरीसँग एमालेबाट सिन्धु जलेसा भिड्दै

    विनोद चौधरीसँग एमालेबाट सिन्धु जलेसा भिड्दै

    काठमाडौं : नवलपरासी सुस्ता पश्चिम १ मा कांग्रेसका विनोद चौधरी र एमालेकी सिन्धु जलेसा (बुढाथोकी)बीच प्रतिस्पर्धा हुने भएको छ। हृदयेश त्रिपाठीले सूर्य चिन्हबाट चुनाव लड्न नमानेपछि एमालेले बुढाथोकीलाई उम्मेदवार बनाएको हो। २०७० सालमा समानुपातिकबाट संविधानसभा सदस्य भएकी सिन्धुले अब अर्बपति ब्यापारी चौधरीसँग प्रतिस्पर्धा गर्नेछिन्। गठबन्धन भएपनि बुढाथोकीले निर्वाचन आफ्नो पक्षमा आउने दाबी गरेकी छिन्, ‘म यहाँ जन्मी, हुर्की गरेकी मान्छे…

    विस्तृतमा पढ्नुस्

  • शनिवार बुंगमतीमा 'बुंग महोत्सव', बर्ता गन्धर्वदेखि स्थानीय दाफा खल:को प्रस्तुती

    शनिवार बुंगमतीमा 'बुंग महोत्सव', बर्ता गन्धर्वदेखि स्थानीय दाफा खल:को प्रस्तुती

    काठमाडौं : शनिवार ललितपुरको बुंगमतीमा 'बुंग महोत्सव' आयोजना हुने भएको छ। सांगितिक र साहित्यिक माहोलबिच बुंगमतीको इतिहास र संस्कृति चिनाउन सो महोत्सव आयोजना गरिएको हो। इकोज इन दी भ्यालीको आयोजनामा हुँदै गरेको यो महोत्सवमा बर्ता गन्धर्व, कल्पकुञ्ज, कन्त दबदब, कुटुम्ब, दी नाइट, पञ्चामृत र रैथानेले प्रस्तुती दिनेछन्। यस्तै, बुंगमतीकै स्थानीय सिन्ह स्वा: र खालतु दाफा नागंचा प्याखं समूहले पनि सांगीतिक…

    विस्तृतमा पढ्नुस्

  • टिकट नदिएकबारे भोलि बोल्दै भीम रावल

    टिकट नदिएकबारे भोलि बोल्दै भीम रावल

    काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले पार्टीले उम्मेदवार नबनाएकोबारे भोलि आफ्नो धारणा पेश गर्ने बताएका छन्। अछाम-१ बाट सर्वसम्मत सिफारिसमा परेका रावलको ठाउँमा एमाले अध्यक्ष केपी शर्मा ओलीले झपट बोहरालाई टिकट दिएका थिए। रावलले आफूलाई उम्मेदवार नबनाएको बारेमा उचित समयमा बोल्ने बताउँदै आएका थिए। उनले क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत एकल सिफारिस पर्दा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले…

    विस्तृतमा पढ्नुस्

  • चितवन ३ मा एमालेको समर्थन गठबन्धनका बागी दिनेश कोइरालालाई : कांग्रेसको पनि साथ रहन्छ

    चितवन ३ मा एमालेको समर्थन गठबन्धनका बागी दिनेश कोइरालालाई : कांग्रेसको पनि साथ रहन्छ

    काठमाडौं : चितवन ३ मा नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएर नेपाली कांग्रेसका बागी दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ। एमालेबाट सो क्षेत्रमा रामप्रसाद न्यौपानेको उम्मेदवारी परेको थियो। न्यौपानेले उम्मेदवारी फिर्ता लिएर आफूलाई सहयोग गर्ने सहमति भएको कोइरालाले बताए। ‘मोटामोटी मलाई सहमति गर्ने सहमति भएको छ,’ कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका कोइरालाले भने।  चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा न्यौपानेको उम्मेदवारी फिर्ता भइसकेको बताएको छ।‍…

    विस्तृतमा पढ्नुस्

  • कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने

    कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने

    काठमाडौं : कात्तिक २ र ३ गते बालबालिकालाई 'भिटामिन ए' र जुकाको औषधी खुवाइने भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कात्तिक २ र ३ गते ६ देखि ५९ महिनासम्मका बालबालिकालाई 'भिटामिन ए'को क्याप्सुल खुवाइनेछ। यस्तै, सोही मितिमा १ वर्ष देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी पनि खुवाइने मन्त्रालयले जनाएको छ। औषधी खुवाउन मन्त्रालयले निश्चित स्थान सामुदायिक स्वास्थ्य स्वंयमसेविका खटाएको छ। अभिभावकले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell