काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन्। पर्यटन विभागसहित मन्त्रालय मातहतका निकाय र सुरक्षा निकायका अधिकारीलाई मन्त्रालयमा बोलाएर श्रेष्ठले विपद्मा परेका विदेशी नागरिक तथा पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिएका हुन्। निरन्तर वर्षा, हिमपात र प्रतिकूल मौसमका कारण पर्यटक बिचबाटोमै अलपत्र परेका तथा सम्पर्कमा आएका…
काठमाडौं : झरना थापाको निर्देशनमा बन्ने फिल्म ‘भगवत् गीता’ निर्माण नहुँदै विवादमा परेको छ। फिल्मको नाम र कथालाई लिएर हिन्दु जागरण नेपालले सेन्सर बोर्ड र चलचित्र विकास बोर्डमा उजुरी हालेको हो। हिन्दु जागरण नेपालले मंगलवार बोर्डमा उजुरी दिएको हो। फिल्मको कथावस्तुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अन्तरजातीय प्रेमकथामा श्रीमद् भगवत् गीता जस्तो पवित्र नाममाथि फिल्म निर्माण हुनु अनुचित भएको उजुरी पत्रमा उल्लेख…
काठमाडौं : चर्चित टेलिश्रृंखला हिजोआजका कुरा अब ठूलो पर्दामा प्रदर्शन हुँदैछ। असोज २८ गते प्रदर्शनमा आउने यो फिल्मको टोली अहिले प्रचारप्रसारमा व्यस्त छ। फिल्मको निर्देशन कलाकार सन्तोष पन्तका छोरा साकार पन्तले गरेका हुन्। सानै उमेरमा बुवासँग हिजोआजका कुराको सेटमा पुगेका साकारले नै अहिले आफ्नै बुवालाई निर्देशन गरेका छन्। साकार सानोछँदा देखि नै आफ्नो पारिवारिक माहोल फिल्मी भएको भन्दै अहिले आएर…
काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनतर्फबाट उम्मेदवार रहेका कांग्रेस नेता प्रदीप पौडेलले पूर्व सांसद नरहरि आचार्यसँग भेट गरेका छन्। बुधवार बिहान भएको भेटका क्रममा आचार्यले पौडेललाई जितको शुभकामना दिएका छन्। सो भेटका क्रममा यही क्षेत्रबाट सांसद बनेका आचार्यले यसपटक मतदाताले पौडेललाई मत दिने विश्वास आफूमा रहेको बताएका थिए। यस क्षेत्रका नागरिक विवेकशील रहेको उल्लेख गर्दै आचार्यले पौडेलको…
काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘२ नम्बरी’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। देशैभरका मल्टिप्लेक्समा उच्च शोका साथै फिल्म हेर्न दर्शकको संख्या पनि उत्साहजनक छ। फिल्मले राम्रो कमाइ गरेसँगै फिल्म निर्माणमा पर्दा पछाडि रहेर दुःख गरेका प्राविधिकहरुलाई बोनस दिने निर्माता किरण नेपालीले जानकारी दिए। ‘फिल्म निर्माणको समयमा कम पारिश्रमिकमा पनि निक्कै दुःख गरेर काम गर्नुभएका प्राविधिकहरुलाई हामी बोनस दिन्छौं।…
काठमाडौंः काठमाडौंको क्षेत्रपाटीमा एक पुरुष मृत फेला परेका छन्। महानगरपालिका-२५ क्षेत्रपाटी न्हयोखामा मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ। अन्दाजी ३० वर्षीयका पुरुष मृत भेटिए पनि सनाखत हुन सकेको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
वीरगंज : बारामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि १८६ जनाको उम्मेदवारी परेको छ। जसमा ८४ जना स्वतन्त्र उम्मेदवार छन्। बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा आठ जनाको उम्मेदवारी परेको छ भने त्यसमध्ये छ जना स्वतन्त्र छन्। यो क्षेत्रबाट प्रदेशसभा (क)मा १३ जना र (ख)मा १५ जना गरी २८ जनाको उम्मेदवारी परेको छ। दुवैमा गरी प्रदेशसभामा १४ जना स्वतन्त्र उम्मेदवार छन्।…
धनी राष्ट्रहरूको जी-सेभेन समूहका नेताहरूले युक्रेनलाई ‘आवश्यक परेको समयसम्म’ समर्थन गर्ने बताएका छन्। सोमवारको प्रमुख रसियाली क्षेप्यास्त्र हमलापछि जी-सेभेन समूहको यस्तो घोषणा आएको हो। आपतकालीन भर्चुअल वार्ताका लागि भेला भएको समूहले सैन्य र मानवीय सहायता जारी राख्ने बताएको छ। नेटोले पनि आवश्यक भएसम्म युक्रेनको साथमा रहने बताएको छ। रसियाली क्षेप्यास्त्र आक्रमणबाट मध्य कीभलगायत युक्रेनका शहरहरूमा कम्तीमा १९ जनाको मृत्यु हुनुका…
मलेसियाका ९७ वर्षीय पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले आउँदो महिना हुने आम निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। महाथिरले आफ्नो राजनीतिक गठबन्धनले जिते आफू तेस्रो पटक प्रधानमन्त्री बन्छन् या बन्दैनन् भन्नेबारे भने खुलाएका छैनन्। महाथिरले मंगलवार पत्रकार सम्मेलनमा भनेका छन्, ‘हामीले प्रधानमन्त्री को हुने भन्ने निर्णय गरेका छैनौँ, किनभने हामीले जित्यौँ भने मात्र प्रधानमन्त्रीको उम्मेदवार सान्दर्भिक हुन्छ।’ सम्भावना कम भएपनि उनी…
बुटवल : आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देहीको क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी खारेज भएको छ। त्यस्तै, हाम्रो नेपाली पार्टीका उम्मेदवार डा कमल भुसाल (निकोलस) र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको उम्मेदवारी पनि खारेज भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले जारी…
काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् र राष्ट्रिय वाणिज्य बैङ्कबीच ३० लाख बराबरको प्रायोजन सम्वन्धि सम्झौता भएको छ। नवौं राष्ट्रिय प्रतियोगितालाई मध्यनजार राख्दै वाणिज्य बैङ्कले प्रायोजन सम्झौता गरेको हो। सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंकका महाप्रवन्धक किरण कुमार श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले हस्ताक्षर गरे। वाणिज्य बैंकले नवौं राष्ट्रिय प्रतियोगितामा प्रायोजन गरेवापत आफ्नो संस्थाको लोगो सहित विभिन्न विज्ञापन गर्न…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'जी' को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी डेनिस क्लब कोपनहेगनसँग बराबरीमा रोकिएको छ। पार्केन स्टेडियममा सम्पन्न खेलमा सिटी घरेलु टोलीसँग गोलरहित बराबरीमा रोकिएको हो। जारी सिजन लयमा रहेर एकपछि अर्को कीर्तिमान बनाइरहेका अर्लिङ हल्याण्ड बेन्चमै रहँदा सिटीले गोल गर्न सकेन। खेलको २५ औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा सिटीका रियाद महरेज चुके भने ३०…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'ई' को खेलमा इङ्ग्लिस क्लब चेल्सीले इटालियन क्लब एसी मिलानलाई हराएको छ। सन सिरो स्टेडियममा सम्पन्न खेलमा चेल्सीले घरेलु टोलीमाथि २-० गोलको जित निकालेको हो। खेलको १८ औं मिनेटमै एसी मिलानका डिफेन्डर फिकायो टोमरीले म्यासन माउन्टमाथि फउल गर्दै रेडकार्ड ब्यहोरेपछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो। लगत्तै पाएको पाएको पेनाल्टीको अवसर सदुपयोग…
काठमाडौंः बर्दिया क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा मनोनयन दर्ता गरेका नागरिक उन्मुक्ति पार्टीका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ। संगठित रुपमा व्यक्ति हत्या मुद्दामा दुई तहको अदालतले दोषी ठहर गरिसकेका चौधरी हाल डिल्लीबजार कारागारमा छन्। वारेसमार्फत उनको मनोनयन परेको थियो। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनको दफा १३ अनुसार चौधरीको मनोनयन रद्ध गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत…
वीरगंजः पर्सा क्षेत्र नम्बर ३ (ख) मा सत्ता गठबन्धनबीच आधिकारिक उम्मेदवारको विषयमा विवाद भएको छ। प्रदेश सभाको उक्त क्षेत्रमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) का तर्फबाट उम्मेदवारी परेपछि विवाद भएको हो। दुबै दलले आ-आफ्ना उम्मेदवारलाई आधिकारिक भएको दाबी गरेका छन्। उक्त क्षेत्रमा कांग्रेसबाट जिल्ला सभापति जनार्दनसिंह क्षेत्रीले मनोनयन दर्ता गराए। यस्तै गठबन्धनकै अर्को दल एकीकृत समाजवादीका प्रह्लाद गिरीले पनि…
काठमाडौं: नवौं राष्ट्रिय खेलकुद अन्र्तगत महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेश र एपीएफले पहिलो जित निकालेका छन्। पोखरामा भएको खेलमा एपिएफले वाग्मतीमाथि चार विकेटको जित निकाल्दा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई छ विकेटले पराजित गरेको हो। पोखराको क्रिकेट रंगशालामा भएको दिनको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८९ रन बनाएको थियो। वाग्मतीका लागि कप्तान अश्मिना…
काठमाडौं: नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज सम्पन्न फेन्सिङको सेवर विधामा एपीएफका राजेन्द्र गजुरेलले स्वर्ण जितेका छन्। उनले थोरै अंकको अन्तरमा सेनाका उपेन्द्र शाहीलाई १५–१२ अंकले पराजित गर्दै स्वर्णमा आफ्नो नाम लेखाएका हुन्। एपीएफका खेम खत्री र सेनाका रघु वीर चन्द संयुक्त तेश्रो हुँदै कास्य पदक प्राप्त गरे। इपी विधामा ओमकार सिंहले बागमती प्रदेशका लागि दोश्रो स्वर्ण जोडे। ओमकारले सेनाका राम…
काठमाडौंः नेपाली कांग्रेस कञ्चनपुरले सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा माहोल सिर्जना गर्न विपक्षीको पक्षपोषण हुने खालका सामग्रीमा सामाजिक सञ्जालमा लाइक कमेन्ट नगर्न निर्देशन दिएको छ। कांग्रेस कञ्चनपुरका सचिव भीमराज भट्टले विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएका हुन्। 'पार्टी र लोकतान्त्रिक वाम गठबन्धनका आधिकारिक उम्मेदवारहरु बाहेकका उम्मेदवारहरुको पक्षपोषण हुनेगरी कुनै किसिमका अभिव्यक्ति नदिन, सामाजिक सञ्जालमा पोष्ट, कमेन्ट र लाइक तथा कुनै पनि प्रचारप्रसार…
वीरगंजः सशस्त्र प्रहरी पर्साले बिल बिजकभन्दा बढी सामान ल्याएको आरोपमा तीन वटा ट्रकलाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीले वीरगंज महानगरपालिका २४ रामगढवामा चेकजाँचका क्रममा बिजकभन्दा बढी मालसामान पाएपछि नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ। २३ लाख ४८ हजार ८५८ रुपैयाँ बराबरको कस्मेटिक, लेडिज जुत्ता, स्टेसनरीका सामान तथा इलेक्ट्रोनिक सामानसहित तीन वटा ट्रकलाई सोमबार राति नियन्त्रणमा लिइएको सशत्र प्रहरी…
वीरगंजः पर्साकी एक महिलाले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन्। वीरगंज, विर्तास्थित नारायणी सेन्ट्रल अस्पतालमा पर्सा, कालिकामाई गाउँपालिका ९ हरियरपुरकी कविता देवीले तिम्ल्याहा बच्चा जन्माएकी हुन्। कविताले २ छोरा र १ छोरीलाई जन्म दिएकी छिन्। सोमबार शल्यक्रियामार्फत बच्चा निकालिएको हो। अस्पतालका निर्देशक प्रा.डा. प्रमोदकुमार सर्राफका अनुसार बच्चाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ। आमा र बच्चालाई चिकित्सकको निगरानीमा राखिएको छ।