वीरगंजः पर्सामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १६७ जनाको उम्मेदवारी दर्ता भएको छ। त्यसमध्ये ८८ जना स्वतन्त्र उम्मेदवार छन्। पर्सा १ मा प्रतिनिधि सभामा २३ जनाले उम्मेदवारी दिएका छन् जसमा स्वतन्त्र उम्मेदवार १२ छन्। यसैगरी, प्रदेश सभामा १ (क) बाट १८ जनाको उम्मेदवारी परेको छ। जसमा १२ जना स्वतन्त्र उम्मेदवार छन्। १ को (ख) बाट २१ जनाको उम्मेदवारी…
काठमाडौंः आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ६ हजारको उम्मेदवारी दर्ता भएको छ। प्रतिनिधि सभाको १६५ सिटका लागि दुई हजार ५२६ र प्रदेश सभाको ३३० सिटका लागि तीन हजार ४७६ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट प्रारम्भिक मनोनयनको जानकारी प्राप्त भइसकेको बताए।…
काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उमेर मतदाता परिचयपत्र र नागरिकतामा फरक फरक रहेको पाइएको छ। देउवाको उमेर फरक नागरिकता र मतदाता परिचयपत्ररमा फरक हेको भन्दै उम्मेदवारी खारेजाका लागि निर्वाचन अधिकृत कार्यालयमा उजुरी परेको छ। वीपी कांग्रेसका उपाध्यक्षसमेत रहेका सोही क्षेत्रका उम्मेदवार कर्ण मल्लले देउवाको उम्मेदवारी खारेजका लागि उजुरी दिएका हुन्। मतदाता परिचयपत्रमा देउवाको जन्म मिति वि.स.२००२ जेठ ३१ गते…
काठमाडौं : हाँडीगाउँको जात्रा अवलोकनको लागि नेपाली कांग्रेसका नेता प्रदीप पौडेल हाँडीगाउँ पुगेका छन्। पौडेलले जात्रा अवलोकनका साथै स्थानीयहरुसँग भेट पनि गरेका थिए। पौडेल आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार हुन्छ। जात्रा अवलोकनका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पनि पुगेका थिए। सो क्रममा पौडेल र बालेनबिच भेट भएको थियो। लिच्छवि कालदेखि चलिआएको…
पोखरा : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी पोखरा आइपुगेको छ। आइतवार पोखरा आइपुगेको ट्रफीलाई आज सोमवार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अनावरण गरेका छन्। पोखराको मानवअधिकार चोकमा आज बिहान एक कार्यक्रम आयोजना गर्दै मुख्यमन्त्री पोखरेलले ट्रफीको अनावरण गरेका हुन्। कार्यक्रममा बोल्दै गण्डकीका मुख्यमन्त्रीले गण्डकीका खेलाडीले ट्रफी गण्डकीमा नै राख्ने गरी प्रर्दशन गर्न आग्रह गरेका छन्। ‘नवौँमा सहभागी सबै खेलाडी…
काठमाडौं : रुपन्देही क्षेत्र नम्बर २ मा संसदीय निर्वाचनमा ह्याट्रिक गरिसकेका नेता हुन् विष्णु पौडेल। नेकपा (एमाले)का उपाध्यक्षसमेत रहेका पौडेल यस क्षेत्रबाट पाँचौ पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। उनलाई यसपटक चुनौती थप्दै छन् उनकै पुराना चुनावी कमाण्डर राजु गुरुङ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा दुई-दुई पटक विघटन गर्दा त्यसको खरो विरोधमा उत्रिएका युवा नेता हुन् गुरुङ। तत्कालीन एमाले विभाजनका क्रममा माधव नेपाललाई…
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले भावी प्रधानमन्त्रीका बारेमा केही नबोल्ने बताएका छन्। कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महतले प्रधानमन्त्री बन्नका लागि गठबन्धनको साथ चाहिने बताए। प्रधानमन्त्रीबारे बोल्ने अहिले समय नै नभएको महतको तर्क छ। कांग्रेसमा प्रधानमन्त्रीको आकांक्षीको लर्को लागेको विषयमा महतले भने, 'कांग्रेसमा अत्यधिक स्वतन्त्रता छ बोल्न। पहिले त जित्नुपर्यो नि। धेरै सिट ल्याउनुपर्यो। अनि गठबन्धनको साथ चाहियो। समय आएकै छैन। समय…
रसिया र युक्रनेबिच युद्ध सुरु भएको आज २२९औँ दिन भएको छ। यसबिच रसियाले युक्रेनका चारवटा क्षेत्रलाई आफूमा गाभेको छ। जनमत संग्रहबाट गरिएको सो निर्णयलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता भने दिएको छैन। केहीदिन अघि रसिया र क्रिमिया जोड्ने पुल ध्वस्त हुने गरी आक्रमण गरिएपछि रसिया आक्रमक हुने अनुमान गरिएको थियो। सो आक्रमण युक्रेनले गरेको रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। युक्रेनले त्यस…
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को २०औँ राष्ट्रिय महाधिवेशनको तयारीमा चीन छ। अक्टोबर १६ देखि बेइजिङमा हुने महाधिवेशन अगाडि सीपीसीको १९औँ केन्द्रीय कमिटीको सातौँ प्लेनरी सेसन बेइजिङमा आइतवारदेखि शुरु भएको छ। यो प्लेनरी सेसनले सीपीसीको आगामी पाँच वर्षको रोडम्याप तयार गर्ने ग्लोबल टाइम्सले जनाएको छ। प्लेनरी सेसनमा पार्टीका महासचिव सी चिनफिङले पार्टी पोलिटब्युरोको तर्फबाट कार्यप्रतिवेदन पेश गरेका छन्। यो रिपोर्टमाथि छलफलपछि संशोधनसहित २०औँ…
मलेसियाका प्रधानमन्त्री इस्माइ साबरी याकोबले सोमवार त्यहाँको संसद विघटनको घोषणा गरेका छन्। संघीय संविधानको धारा ४० (२०) (बी) र धारा ५५ (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राजा याङ दी पेर्टुआनले संसद विघटन गरेका हुन्। प्रधानमन्त्री याकोबले आफ्नो अनुरोधमा सोमवार अक्टोवर १० देखि संसद विघटन भएको टेलिभिजन सम्बोधनमा भनेका छन्। ६२ वर्षिय याकोब २०१८ यताका तेस्रा प्रधानमन्त्री हुन्। 'चोर बाटोबाट बनेको सरकार'को…
काठमाडौं : गायिका बर्तिका एम राई र गायक युगल गरुङले 'इन्गेजमेन्ट' गरेका छन्। पारिवारिक जमघटबिच उनीहरुले 'इन्गेजमेन्ट' गरेका हुन्। यी दुईले एकै स्टेजमा शोहरु पनि गरेका छन्। बर्तिका र युगल अहिलेका चर्चित गायक गायिका हुन्।
काठमाडौं : युक्रेनको राजधानी किभमा धेरैपटक विस्फोट भएको छ। श्रृंखलाबद्ध विस्फोटमा परि धेरै मानिसको मृत्यु भएको बीबीसीले जनाएको छ। किभसँगै युक्रेनका अन्य क्षेत्रमा पनि विस्फोट भएको जनाइएको छ। क्रिमियालाई रसियासँग जोड्ने एकमात्र पुल आक्रमणमा धवस्त भएपछि किभमा विस्फोटका घटनाहरु भएका हुन्। रसियाका राष्ट्रपति भ्लादमीर पुटिनले पुलमा भएको आक्रमणमा युक्रेनको संलग्नता रहेको बताएका छन्। सो आक्रमणमा पुल र सडक धवस्त हुँदा ३…
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले कर्णाली प्रदेशका मुगु, कालिकोट र हुम्लामा बाढी र पहिरोबाट घाइते भएकाको उद्धार निर्देशन दिएका छन्। गृहमन्त्री बालकृष्ण खाणले तत्कालका लागि जिल्लामा रहेको स्रोत साधनको उपयोग गरेर घाइतेको उद्धार, उपचार र पुनःस्थापना गर्नु पर्ने भए पुनःस्थापना गर्न र थप स्रोत साधनको आवश्यकता पर्ने भए मन्त्रालयमा लेखी पठाउन निर्देशन दिएका हुन्। गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा…
काठमाडौं : सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले यसपटक प्रतिनिधि सभाको निर्वाचनका लागि ९० स्थानमा आफ्नो उम्मेदवार उभ्याएको छ। सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी बाहिरिएपछि कांग्रेसको केही सिट बढेको हो। सबै उम्मेदवारले आइतवार नै मनोनयन दर्ता गरिसकेका छन्। पदाधिकारी कहाँबाट भिड्दैछन्? प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट उम्मेदवार बनेका छन्। यो देउवाको सातौपटकको उम्मेदवारी हो। देउवाले पत्नी आरजु देउवा…
काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। आज बिहान करिब साढे १० बजेतिर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको हो। प्रहरीले १० दिन हिरासतमा राख्न अनुमति मागेकोमा सात दिन राख्न अदालतले अनुमति दिएको हो। सन्दीपले म्याद थप गर्न अदालतमा उपस्थित गराउँदा आफू निर्दोष भएको दाबी गरेका थिए। त्यस्तै, आफ्नो गोपनियता…
भारतको समाजवादी पार्टीका संस्थापक एवम् उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको निधन भएको छ। गुरुग्रामको मेदान्त अस्पतालमा उपचाररत् उनको ८२ वर्षको उमेरमा निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अक्टोबर २ मा अस्पताल लगिएको थियो। सन् १९८७ मा उत्तर प्रदेशको जसवन्तनगर विधानसभाबाट पहिलोपटक निर्वाचन लडेका उनी सन् १९८९ मा उत्तर प्रदेशको मुख्यमन्त्री बनेका थिए। सन् १९९३ मा उनी दोस्रोपटक…
काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले म्याद थप गर्नको लागि अदालतमा उपस्थित गराएको छ। आज बिहान करिब साढे १० बजेतिर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको हो। असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। कतार एयरवेजको विमानबाट कतार हुँदै उनी त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए। विमानस्थलबाट उत्रिने वित्तिकै अध्यागमन कार्यालयले सन्दीपलाई विमानस्थल प्रहरीको…
पोखरा : गण्डकी प्रथम मुख्यमन्त्री तथा एमालेका महासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन्। उनी लमजुङ २ बाट प्रतिस्पर्धामा उत्रिदै छन्। पृथ्वीसुब्बाको प्रतिस्पर्थी रहेका छन् सत्ता गठबन्धनबाट माओवादी महासचिव देव गुरुङ। यस्तै गोरखा क्षेत्र नं २ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निर्वाचनमा होमिदै छन्। बाबुराम भट्टराईको क्षेत्र रहेकामा उनले चुनाव नलड्ने भएपछि अध्यक्ष प्रचण्डले गोरखा रोजेका हुन्।…
काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा परेको उम्मेदवारीको विरोधमा आज उजुरी दिन सकिने जनाएको छ। यसका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय रहेको आयोगले जनायो। 'प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यक्रम रहेको छ,'…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुललाई हराउँदै आर्सनल शीर्षस्थानमा उक्लिएको छ। घरेलु मैदान इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा लिभरपुललाई ३-२ गोलअन्तरले हराउँदै आर्सनल शीर्षस्थानमा उक्लिएको हो। खेलको पहिलो मिनेटमै गाब्रियल मार्टिनेल्लीको गोलमा आर्सनलले अग्रता बनाएको थियो। अर्कोतर्फ ३४ औं मिनेटमा लिभरपुलका डार्विन नुनेजले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। तर, पहिलो हाफको इन्ज्युरी समयमा बुकायो साकाले गोल गर्दै फेरि आर्सनललाई अग्रता…