वीरगंज : वनमन्त्री एवं जसपा नेता पर्सा क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। एमाले–जसपा गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा उनले उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समिति पर्सामा दलबलसहित पुगेर उनले उम्मेदवारी दर्ता गराए। मधेश प्रदेशका मुख्यमन्त्री, वीरगंज महानगरका मेयर राजेशमान सिंहसहित सिमसिमे पानी परिरहेको बेला छाता ओढेर उम्मेदवारी दर्ता गर्न पुगेका…
काठमाडौं : नेपाली कांग्रेसका पूर्व महामन्त्री डा शशांक कोइरालाले आफू प्रधानमन्त्रीको उम्मेदवार भएको बताएका छन्। नवलपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएपछि कोइरालाले उक्त दाबी पेश गरेका हुन्। आफू नवलपुर क्षेत्रको विकासको सपना बोकेर पुन मैदानमा आएको उल्लेख गर्दै उनले भने, ''यो चुनावपछि अर्को एउटा सपना छ। यो अहिले भन्न त उपयुक्त हुन्न। तर प्रधानमन्त्रीको पोस्टको लागि पनि मैले सोचेको…
वीरगंज :नेकपा एमालेका नेता प्रभु साहहले रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। प्रतिनिधिसभा निर्वाचनका लागि साहले एमालेले दिएको टिकट त्याग्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। एमालेले जनता समाजवादी पार्टी (जसपा)सँग तालमेल गरेको भन्दै उनी चिडिएका हुन्। साह सुरुदेखि नै जसपालाई प्रति सकारात्मक छैनन्। त्यसैले जसपासँगको तालमेको विरोधमा उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। नेता कार्यकर्ताहरुले पनि स्वतन्त्र उम्मेदवारी दर्ता…
पोखरा : आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारहरुले आज मनोनयन दर्ता गराएका छन् । तीनवटा क्षेत्र रहेको कास्कीमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र गठबन्धन बिच प्रतिस्पर्धा हुँदै छ। प्रतिनिधिसभा तर्फ कास्की १ मा एमालेका मनबहादुर गुरुङले मनोनयन दर्ता गराएका छन् । उनी एमाले कास्कीका अध्यक्ष हुन्। उनको प्रतिस्पर्धामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका किशोरदत्त बराल छन्।…
काठमाडौं : नेकपा (एमाले)का सचिव योगेश भट्टराईले मनोनयन पत्र दर्ता गराएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भट्टराईले ताप्लेजुङबाट आज मनोनयन पत्र दर्ता गराएका हुन्। उनीसँगै ताप्लेजुङको प्रदेशसभा (क)मा एमालेबाट तिलकुमार मेन्याङबो र (ख)मा गोपाल थोप्राले मनोनयन पत्र पेश गरेका छन्। ताप्लेजुङमा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको छ।
वीरगंज : नेपाली कांग्रेस पर्साका पूर्व जिल्ला सभापति अजय कुमार द्विवेदीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्। पार्टी परित्याग गर्दै पर्सा १ बाट द्विवेदीले प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन्। कांग्रेसको पारिवारिक पृष्ठभूमि रहेका द्विवेदीले लोसपा नेता लक्षमणलाल कर्णलाई सत्तारुढ गठबन्धनले टिकट दिएपछि आफू स्वतन्त्रमा उठ्ने निर्णयमा पुगेका बताए। उनले भने, ‘म पनि विद्यार्थी राजनीतिक कालदेखि पार्टीलाई…
काठमाडौं : नेकपा एमालेका नेता नवराज सिलवालले प्रतिनिधिसभा ललितपुर-१ बाट उम्मेदवारी दर्ता गराएका छन्। आज निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले प्रदेशसभा सदस्य उम्मेदवारहरुसँगे मनोनयनपत्र दर्ता गराएका हुन्। पूर्व प्रहरी सिलवाल २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। सत्तारुढ गठबन्धनका तर्फबाट भने ललितपुर-१ बाट नेपाली कांग्रेसका नेता उदयशमेर राणा उम्मेदवार बनेका छन्। गएको प्रतिनिधिसभा निर्वाचनमा उदयलाई पराजित गर्दै राणा निर्वाचित भएका…
काठमाडौं : कमेडियन हिमेश पन्तले धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनले आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।
काठमाडौं : निर्वाचन आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा मनोनयनका लागि तोकेको समय सकिएको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि आयोगले आइतबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म समय तोकिएको थियो। आयोगले देशभर सामान्य रुपमा मनोनयन दर्ता भएको आयोगले जनाएको छ। तर, मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालमा पुगेकाहरुको भने मनोनयन अबेर सम्म पनि हुने भएको निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम…
काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरविरुद्ध तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) अध्यक्ष वृषेशचन्द्र लालले उम्मेदवारी दर्ता गराएका छन्। साविकमा तमलोपा स्थापनाकालदेखि साथ दिँदै आएका लालले पछिल्लो समय लोसपा त्यागेर आफ्नै नेतृत्वमा तमलोपा दर्ता गराएका थिए। लालले पनि महोत्तरी ३ मै उम्मेदवारी दर्ता गराएपछि ठाकुरलाई असहज हुने स्थिति देखिएको छ। लोसपामा लाल वरिष्ठ उपाध्यक्ष थिए। त्यस्तै, लोसपा…
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का नेता एवं संघीय मामिलामन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ७ बाट उम्मेदवारी दिएका हुन्। उनले नेपाल गुणस्तर तथा नापतौल विभाग बालाजुस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराए। यो क्षेत्रमा नेकपा (एमाले)ले अप्रत्यक्ष रुपमा श्रेष्ठलाई सघाउने सहमति भएको बताइन्छ। एमालेले यसपटक सो क्षेत्रबाट आधिकारिक उम्मेदवार घोषणा गरेको छैन।…
काठमाडौं : नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले काठमाडौं प्रतिनिधिसभा क्षेत्र ८ बाट चुनाव नलड्ने घोषणा गरेपछि शिव सुन्दर राजवैद्यले टिकट पाएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले शाक्यलाई टिकट दिएकी थिइन्। तर, उनले चुनाव नलड्ने भनेपछि त्यो ठाउँ खाली भएको थियो। अन्तिम समयमा शिव सुन्दर राजवैद्यलाई एमालेले टिकट दिएको हो। आज उनले ताहाचलस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका छन्।…
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मंसिर ४ गते हुन लागेको निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको बताएका छन्। तनहुँको दमौलीमा मनोनयन दर्ता गराउन अगाडि आयोजित सभालाई सम्बोधन गर्दै पौडेलले आगामी निर्वाचन प्रतिगामी अधिनायकवादलाई रोकेर देशलाई अग्रगमनलाई लैजाने अभियान भएको बताए। पौडेलले आफूहरु संविधान जोगाउने, जनतामा आशा जगाउने अभियानमा लगेको बताउदै भ्रष्टाचार विकृत विसंगतिलाई हटाएर आम नागरिकमा आशा सञ्चार…
काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन्। उनको तर्फबाट उनकी पत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराएका हुन्। वारिसनामामार्फत आरजुले देउवाको उम्मेदवारी दर्ता गराएको डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। उम्मेदवारी दर्ता गराउन आरजु देउवा हिजो नै…
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका छन्। खाणसँगै सत्ता गठबन्धनमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोष पाण्डेले ३(क) प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेसका रामचन्द्र ढकालले ३(ख)बाट उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उम्मेदवारी दर्ता गरेलगतै गृहमन्त्री खाणले लोकतान्त्रिक परिपाटी र लोकतान्त्रिकविधिको पालनाको लागि आफ्नो उम्मेदवारी रहेको बताए। आज…
जनकपुरधाम : महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्। सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको सो क्षेत्रमा लोसपा अध्यक्ष ठाकुर स्वयंले उम्मेदवारी दर्ता गराएका हुन्। यस अघि २०७४ सालको निर्वाचनमा समेत यसै क्षेत्रबाट ठाकुर जित निकालेर प्रतिनिधिसभा सदस्य बनेका थिए। उनीसँगै महोत्तरी ३ (क)बाट लोसपाका अभिराम शर्मा र ३(ख) बाट रानी…
विराटनगर : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसदीय चुनावका सन्दर्भमा आफू गठबन्धनको विरोधी नभएको स्पष्ट पारेका छन्। आइतवार विराटनगरमा मोरङको क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले संसदीय चुनावमा गठबन्धनको विरोधी नभएको जवाफ दिएका हुन्। नेता कोइरालाले आफू स्थानीय चुनावका सन्दर्भमा भने गठबन्धनको विरोधी भएको बताए। कोइरालाले भने, ‘स्थानीय चुनाव भनेको पार्टीको सङ्गठनको जग मजबुत पार्ने…
जनकपुरधाम : नेकपा (एमाले)की नेतृ एवं पूर्व मन्त्री जुलीकुमारी महतोले धनुषा ३ बाट उम्मेदवारी दर्ता गराएकी छन्। एमाले-जसपा गठबन्धनबाट महतोले धनुषा-३ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएकी हुन्। २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिसँग पराजित भएकी महतो २०७४ मा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन्। उनीसँगै धनुषा ३ (क)मा प्रदेससभाका लागि जसपाका जितेन्द्र यादव र धनुषा ३(ख)मा…
जनकपुरधाम : धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिल कुमार झाले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, प्रदेश सभातर्फ धनुषा ३ (क)मा नेपाली कांग्रेसका रामसरोज यादव र ३ (ख)मा लोसपाका धनुषा जिल्ला अध्यक्षसमेत रहेका परमेश्वर साहले उम्मेदवारी दर्ता गराएका छन्। प्रतिनिधिसभातर्फ झा यसअघिको निर्वाचनमा रौतहट १ बाट विजयी भएका थिए। तर, यसपटक…
काठमाडौं : पूर्व प्रहरी महानिरीक्षक तथा नेकपा (एमाले)का नेता सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराएका छन्। खनालले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दर्ता गराएका हुन्। आज तारकेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन्। खनाल केही समय मात्रै अघि एमालेमा प्रवेश गरेका थिए। सोही क्षेत्रबाट नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले…