काठमाडौं : मकवानपुरमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्। गठबन्धन तर्फबाट क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी डिना उपाध्यायले निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन पत्र दर्ता गराएकी हुन्। मकवानवुर १ को (क) मा माओवादी केन्द्रका प्रेम बहादुर पुलामि र १ को (ख) मा नेपाली कांग्रेस तर्फका आनन्दराम पराजुलीले पनि उम्मेदवारी दर्ता गराएका छन्। यस्तै, मकवानपुर क्षेत्र नम्बर २ बाट…
जनकपुरधाम : निर्माण व्यवसायी दीपेन्द्र ठाकुरले नेकपा (एमाले)बाट मधेश प्रदेश धनुषा ३(ख)बाट मनोनयन दर्ता गराएका छन्। जनकपुरधाम क्षेत्रमा समाजसेवीको छवि बनाएका ठाकुरलाई एमालेले प्रदेशसभाको टिकट दिएपछि आज उनले मनोनयन दर्ता गराएका हुन्।
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन्। आज दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन पत्र दर्ता गराएका हुन्। २०७४ सालको निर्वाचनमा गगन यही क्षेत्रबाट निर्वाचित भएका थिए। नेकपा एमालेले यो क्षेत्रबाट राजन भट्टराईलाई टिकट दिएको छ। २०७४ सालको निर्वाचनमा भट्टराई गगनसँग पराजित भएका थिए। यो पटक पनि फेरि राजन र…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन्। आज निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन पत्र दर्ता गराएका हुन्। पौडेलविरुद्ध नेकपा एमालले वरिष्ठ उपाध्य इश्वर पोखरेललाई उतारेको छ। सो क्षेत्रबाट २०७४ सालमा पोखरेलले जितेका थिए।
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्। सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बन्दै उनले आज निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका थिए। प्रचण्ड चितवन-३ छाडेर गोरखा-२ पुगेका हुन्। प्रचण्डसँगै नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराई पनि गोरखा पुगेका छन्। गोरखामा स्थानीय नेता कार्यकर्ताले फूलमाला र खादा लगाएर…
काठमाडौं : लेखक युग पाठक (दिपक कुमार पाठक)ले प्रतिनिधिसभा झापा-५ बाट उम्मेदवारी दर्ता गराएका छन्। आज निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। लेखेर र विश्लेषणमात्रै गरेर नपुगेको भन्दै उनले वैचारिक र राजनीतिक हस्तक्षेप गर्न निर्वाचनमा होमिएको बताएका छन्। झापा-५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि उम्मेदवारी दर्ता गराएका छन्। २०७४ सालको निर्वाचनमा ओली यही क्षेत्रबाट…
काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका सुमन सायमिले काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दर्ता गराएका छन्। ताहाचलस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आज मनोनयन पत्र दर्ता गराएका हुन्। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका प्रमुखमा लडेका उनी पराजित भएका थिए। उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष रहेका उनले १३ हजारभन्दा बढी मत ल्याएका…
काठमाडौं : नेकपा एमालेका नेता रामवीर मानन्धरले काठमाडौं क्षेत्र नम्बर ७ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनी २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। नेकपा एमालेले यसपटक सो क्षेत्रबाट आधिकारिक उम्मेदवार घोषणा गरेको छैन। राज्यमन्त्रीबाट हटेपछि पार्टी नेतृत्वको आलोचना गर्दै आएका रामवीरलाई यसपटक एमालेले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। यो क्षेत्रमा एमालेले अप्रत्यक्ष रुपमा जनता समाजवादी पार्टीका…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह आफ्नो उम्मेदवारी दर्ता गर्न दिउँसो सवा २ बजे नयाँ बानेश्वरस्थित संसद भवन पुगे। दयाँबायाँ कांग्रेसका प्रदेश उम्मेदवार र दलबलसहित संसद भवनको पश्चिमी गेट पुग्दा उनलाई कार्याकर्ताले ताली बजाएर स्वागत गरे। उनको बायाँतिर काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश क मा दीपेन्द्र श्रेष्ठ थिए भने बायाँ प्रदेश ख का उम्मेदवार सुरजचन्द्र लामिछाने। अघिल्लोपटक यही…
जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झाले मनोनयन दर्ता गराएका छन्। झाले धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको लागि मनोनयन दर्ता गराएका हुन्। त्यस्तै, धनुषा क्षेत्र नम्बर ३ (क) बाट नेपाली कांग्रेसका रामसरोज यादव र ३ (ख)बाट लोसपाका प्रमेश्वर साहले उम्मेदवारी दिएका छन्।
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा-५ बाट मनोनयनपत्र दर्ता गराएका छन्। उनी उम्मेदवारी दर्ता गर्न दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका हुन्। २०७४ सालको निर्वाचनमा ओली यही क्षेत्रबाट निर्वाचित भएका थिए। त्यसबेला नेकपा माओवादी केन्द्रसँग एमालले तालमेल गरेको थियो। यसपटक भने यो क्षेत्रमा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीबिच तालमेल भएको छ। ओलीकोविरुद्ध सत्ता गठबन्धनले सो क्षेत्रबाट डा. खगेन्द्र अधिकारीलाई…
झापा : नेपाली कांग्रेसका नेता पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान ११ बजे नै उनले नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता सुरज तिम्सिनामार्फत आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश चन्द्रमणि ज्ञवालीका अनुसार उनको प्रस्तावकमा मोहन महर्जन र समर्थकमा…
काठमाडौं : मानुषी यमि भट्टराईले प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ७ बाट उम्मेदवारी दर्ता गराएकी छिन्। नेपाल समाजवादी पार्टीकी नेतृ भट्टराई सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्दैछिन्। मानुषी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र हिसिला यमिकी छोरी हुन्। हिसिला यमि काठमाडौं क्षेत्र नम्बर ७ बाट दुईपटक सांसद बनेकी थिइन्। हिसिलाको पुर्ख्यौली घर यही क्षेत्रमा पर्छ। त्यस्तै, काठमाडौं ७…
काठमाडौं : राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षढ डा गोविन्दराज पोखरेलले यस वर्षको निर्वाचनमा उम्मेदवार नरहेको प्रष्टिकरण दिएका छन्। पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएको भन्दै केही मिडियाले सार्वजनिक गरेपछि उनले यस्तो प्रष्टिकरण दिएका हुन्। 'म २०७९ को संघ र प्रदेशको निर्वाचनमा उम्मेदवार भएको छैन,' पोखरेलले ट्विटमा लेखेका छन्। म २०७९ को संघ र प्रदेशको निर्वाचनमा उम्मेदवार भएको छैन। — Govind Raj Pokharel…
काठमाडौं : नेपाली कांग्रेसकी नेतृ हरिप्रभा खड्गी काठमाडौं क्षेत्र नम्बर ६ 'क'बाट उम्मेदवार बनेकी छिन्। काठमाडौं महानगरपालिकाकी पूर्व उपप्रमुख खड्गीले वाग्मती प्रदेश सभा सदस्यका लागि आज मनोनयन दर्ता गराएकी हुन्। खड्गीले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न प्रयास गरेकी थिइन्। तर, उनले प्रदेशसभामा टिकट पाएकी हुन्। काठमाडौं क्षेत्र ६ बाट प्रतिनिधिसभामा कांग्रेसका भिमसेनदास प्रधान उम्मेदवार छन्।
काठमाडौं : नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दर्ता गराएका छन्। आज तारकेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन पत्र दर्ता गराएका हुन्। सो क्षेत्रबाट नेकपा एमालेले नेपाल प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ। प्रधान २०७४ सालको निर्वाचनमा क्षेत्र नम्बर ६ बाटै निर्वाचित भएका थिए।
काठमाडौं : नेकपा (एमाले)का स्थायी कमिटी सदस्य डा राजन भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्। भट्टराई नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध काठमाडौं क्षेत्र नम्बर ४ मा चुनाव लड्दै छन्। उनले आइतवार बुढानिलकण्ठ नगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दिएका हुन्। भट्टराई यसअघिको चुनावमा पनि सोही क्षेत्रमा गगन थापासँग पराजित भएका थिए।
काठमाडौं : नेपाल सुशासन पार्टीका अध्यक्ष तथा पूर्व प्रहरी (डीआईजी) रमेश खरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। आज दिउँसो नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। दिउँसो करिब २ बजे उनी आफैंले गाडी चलाएर कार्यालयमा उम्मेदवारी दिन पुगेका थिए। उनी पुग्दा उनका पछाडि केही युवाहरु पनि देखिन्थे। उम्मेदवारी दर्ता गराउन जाँदा कुनै नेता नभएर…
काठमाडौं : काठमाडौं प्रतिनिधिसभा क्षेत्र-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्त श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। ताहाचलस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन पत्र दर्ता गराएका हुन्। श्रेष्ठ यसअघि विवेकशील साझाबाट वाग्मती प्रदेशसभा सदस्य थिए। विवेकशील साझाबाट राजीनामा दिएर उनी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका थिए। सो क्षेत्रबाट गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले उम्मेदवारी दिँदैछन्।
काठमाडौं : काठमाडौं प्रतिनिधिसभा क्षेत्र १ मा नेकपा एमालेका उम्मेदवार किरण पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर नेपाल युवा संघका अध्यक्षसमेत रहेका पौडेलले मनोनयन पत्र दर्ता गराएका हुन्। सो क्षेत्रबाट सत्ता गठबन्धनले प्रकाशमान सिंहलाई उम्मेदवार बनाएको छ। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रविन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम पनि सोही क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन्।…