PahiloPost

May 22, 2025 | ९ जेठ २०८२

  • उम्मेदवारी दर्तापछि कमल थापाले भने, ‘एमालेसँग सहकार्य गरेर चुनाव लड्न पाउनु खुसीको कुरा’

    उम्मेदवारी दर्तापछि कमल थापाले भने, ‘एमालेसँग सहकार्य गरेर चुनाव लड्न पाउनु खुसीको कुरा’

    हेटौँडा : राप्रपा नेपालका अध्यक्ष कमल थापाले उम्मेदवारी दर्ता गराएको छ। थापाले मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका हुन्। उनी नेकपा (एमाले)सँगको सहकार्यमा चुनाव लड्दै छन्। एमालेको चुनाव चिह्नमा नै उनले चुनाव लड्ने भएका हुन्। उम्मेदवारी दर्ता गराएपछि उनले एमालेसँग सहकार्य गरेर चुनाव लड्न पाउनु आफ्नो लागि खुसीको कुरा भएको बताए। उनले भने, ‘चुनावमा विजयलाई सुनिश्चित गर्नको निमित्त मैले…

    विस्तृतमा पढ्नुस्

  • रविन्द्र मिश्रले काठमाडौं क्षेत्र १ बाट दर्ता गराए उम्मेदवारी

    रविन्द्र मिश्रले काठमाडौं क्षेत्र १ बाट दर्ता गराए उम्मेदवारी

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले काठमाडौं प्रतिनिधिसभा क्षेत्र १ बाट मनोनयन दर्ता गराएका छन्। नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन पत्र दर्ता गराएका हुन्। मिश्र यसअघि विवेकशील साझा पार्टीका अध्यक्ष थिए। स्थानीय निर्वाचनमा पराजित भएपछि उनले अध्यक्षबाट राजीनामा दिएका थिए। केही समयअघि मात्रै उनी विवेकशील साझा त्यागेर राप्रपा प्रवेश गरेका हुन्। वैकल्पिक राजनीति गर्छु…

    विस्तृतमा पढ्नुस्

  • शीर्ष नेताले कहाँकहाँबाट गर्दैछन् उम्मेदवारी दर्ता? कोही आफैँ पुगे कोही वारिस मार्फत

    शीर्ष नेताले कहाँकहाँबाट गर्दैछन् उम्मेदवारी दर्ता? कोही आफैँ पुगे कोही वारिस मार्फत

    काठमाडौंः आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशभर उम्मेदवारको मनोनयनपत्र सुरु भएको छ। प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न लागिएको हो। निर्वाचन आयोगले आज बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडाको मेयरमा पराजित दिपकबहादुर सिंहले मकवानपुर-१ बाट गराए मनोनयन दर्ता

    हेटौंडाको मेयरमा पराजित दिपकबहादुर सिंहले मकवानपुर-१ बाट गराए मनोनयन दर्ता

    काठमाडौं : प्रतिनिधिसभाको मकवानपुर क्षेत्र न १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रिय सदस्य दिपकबहादुर सिंहले मनोनय दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आज मनोनयन दर्ता गराएका हुन्। गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा पराजित सिंहले यसपटक संघीय निर्वाचनमा उम्मेदवार बनेका हुन्। सो क्षेत्रबाट नेकपा एमालेको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, गठबन्धनबाट…

    विस्तृतमा पढ्नुस्

  • सकियो कानुनमन्त्री गोबिन्द बन्दीको ६ महिने कार्यकाल, एमालेसँग मिलेपछि जसपाका मन्त्रीको के हुन्छ?

    सकियो कानुनमन्त्री गोबिन्द बन्दीको ६ महिने कार्यकाल, एमालेसँग मिलेपछि जसपाका मन्त्रीको के हुन्छ?

    काठमाडौं : सत्ता गठबन्धनले कानुन मन्त्री बनाएका कानुन व्यवसायी गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला) को कार्यकाल सकिएको छ। गैर सांसदलाई ६ महिना मन्त्री बनाउन पाउने संविधानको धारा ७८ को उपधार १ अनुसार सत्ता गठबन्धनले उनलाई २०७८ चैत २४ गते कानुन मन्त्री बनाएको थियो। सत्ता गठबन्धनले सत्य निरुपण तथा मेलमिलापको विषयलाई टुंग्याउन बन्दीलाई कानुन मन्त्री बनाएको थियो। तर, सत्य निरुपण सम्बन्धि कानुन बनाउँदा…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेमा एमालेका गोकुल बास्कोटालाई मदन भण्डारीको मृत्युबारे फिल्म 'दासढुंगा' बनाएका मनोज पण्डितको चुनौती

    काभ्रेमा एमालेका गोकुल बास्कोटालाई मदन भण्डारीको मृत्युबारे फिल्म 'दासढुंगा' बनाएका मनोज पण्डितको चुनौती

    काठमाडौं : निर्देशक मनोज पण्डितले काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट मनोनयनपत्र दर्ता गराएका छन्। आज निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयनपत्र दर्ता गराएका हुन्। स्कुटर चढेर उनी मनोनयन दर्ता गराउन केही समर्थकसँगै निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। सो निर्वाचन क्षेत्रबाट नेकपा एमालेले गोकुल बास्कोटालाई टिकट दिएको छ। २०७४ सालको निर्वाचनमा सो क्षेत्रबाट बास्कोटा निर्वाचित भएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता

    एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता

    काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दर्दा गराएका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका हुन्। उनले टोखा नगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्दा गराएका हुन्। काठमाडौं क्षेत्र नम्बर ५ मा प्रदेशसभातर्फ भने दीपक निरौला र नारायण सिलवालले उम्मेदवारी दिएका छन्।

    विस्तृतमा पढ्नुस्

  • मेयरबाट सांसदको लागि रञ्जुको छलाङ, रातो फाइल बोकेर पुगिन् उम्मेदवारी दर्ता गर्न

    मेयरबाट सांसदको लागि रञ्जुको छलाङ, रातो फाइल बोकेर पुगिन् उम्मेदवारी दर्ता गर्न

    काठमाडौं : विवेकशील नेपाली पार्टीमा आवद्ध हुँदा चर्चामा आएकी युवा नेता रञ्जु दर्शनाले प्रतिनिधिसभा निवार्चनको लागि उम्मेद्वारी दर्ता गराएकी छिन्। आज काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउन उनी निर्वाचन कार्यालयमा पुगेकी हुन्। हातमा रातो फाइल र साडीमा सजिएर उनी उम्मेदवारी दर्ता दिन पुगेकी हुन्। उनी यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाबाट मेयर उम्मेद्वारी दिएकी थिइन्। उनले त्यतिखेर २३…

    विस्तृतमा पढ्नुस्

  • पोर्चुगलमा एक नेपाली युवाको मृत्यु

    पोर्चुगलमा एक नेपाली युवाको मृत्यु

    काठमाडौं : वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका एक नेपाली युवाको मृत्यु भएको छ। विगत ६ वर्षदेखि पोर्चुगलमा बस्दै आएका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका-१, शङ्करनगरका ३७ वर्षीय कपिल सिन्धौलीको हृदयाघातका कारण मृत्यु भएको हो। सिन्धौलीको बिहीबार पेगोईसस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा उनको मृत्यु भएको मृतकका भाइ सुरज सिन्धौलीले जानकारी दिए। एउटै कोठामा सुतेका साथीले बिहान काममा जाने बेलामा उठाउन जाँदा नउठेपछि…

    विस्तृतमा पढ्नुस्

  • जसपा नेतृ करिमा बेगमले दिइन् पर्सा २ ख बाट स्वतन्त्र उम्मेदवारी

    जसपा नेतृ करिमा बेगमले दिइन् पर्सा २ ख बाट स्वतन्त्र उम्मेदवारी

    वीरगंज : पर्साकी जनता समाजवादी पार्टी (जसपा)की नेतृ करिमा बेगमले पर्सा २ (ख)बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन्। संविधानसभा सदस्य एवं निवर्तमान प्रदेश सांसद समेत रहेकी बेगमलाई जसपाले टिकट नदिएपछि बागी उम्मेदवारको रुपमा उनले मनोनयन दर्ता गरेकी हुन्। उनले यसअघि पर्सा-२ बाट संघीय सांसदको टिकट पाउने चर्चा थियो। तर, पार्टीले लोकतान्त्रिक समाजवादी पार्टीबाट आएका अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीलाई टिकट दिएपछि…

    विस्तृतमा पढ्नुस्

  • गोरखा पुगे प्रचण्ड, मनोनयनपत्र दर्ता गराउनुअघि नेता कार्यकर्ताले गरे स्वागत

    गोरखा पुगे प्रचण्ड, मनोनयनपत्र दर्ता गराउनुअघि नेता कार्यकर्ताले गरे स्वागत

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुगेका छन्। गोरखाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट मनोनयनपत्र दर्ता गराउन उनी दलबलसहित गोरखा पुगेका हुन्। प्रचण्ड चितवन छाडेर गोरखाबाट निर्वाचन लड्दैछन्। प्रचण्डसँगै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि गोरखा पुगेका छन्। गोरखामा स्थानीय नेता कार्यकर्ताले फूलमाला र खादा लगाएर प्रचण्डको स्वागत गरेका छन्। गोरखा २ बाट नेकपा एमालेले…

    विस्तृतमा पढ्नुस्

  • स्रोत नखुलेको साढे २८ लाख भारतीय रुपैयाँसहित तीन जना समातिए

    स्रोत नखुलेको साढे २८ लाख भारतीय रुपैयाँसहित तीन जना समातिए

    काठमाडौं : वीरगंजमा स्रोत नखुलेको रकमसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको भारतीय रूपैयाँ २८ लाख ५६ हजारसहित नुवाकोट शिखरवेसी-७ बस्ने ४५ वर्षीया अनिता तामाङलगायत ३ जनालाई शनिवार राति प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नगदसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा…

    विस्तृतमा पढ्नुस्

  • टिकट नपाएपछि जसपाका प्रदेश उपाध्यक्ष शेषनारायण यादव कांग्रेसमा प्रवेश

    टिकट नपाएपछि जसपाका प्रदेश उपाध्यक्ष शेषनारायण यादव कांग्रेसमा प्रवेश

    जनकपुरधाम : आगामी निर्वाचनको लागि टिकट नपाएपछि जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेश उपाध्यक्ष रहेका शेषनारायण यादवले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसले धनुषाको ४ (क)बाट यादवलाई टिकट दिने भएपछि उनी कांग्रेसमा प्रवेश गरेका हुन्। जसपाले सो क्षेत्रबाट मधेश प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई टिकट दिएको छ। २०७४ सालको निर्वाचनमा ज्ञानेन्द्र नै…

    विस्तृतमा पढ्नुस्

  • टीका र जमरा लगाएर अर्थमन्त्री शर्माले रुकुम पश्चिमबाट गरे मनोनयनपत्र दर्ता

    टीका र जमरा लगाएर अर्थमन्त्री शर्माले रुकुम पश्चिमबाट गरे मनोनयनपत्र दर्ता

    काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा 'प्रभाकर'ले रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारको मनोनयनपत्र दर्ता गराएका छन्। मुसिकोट नगरपालिकास्थित निर्वाचन अधिकृत कार्यालय पुगेर उनले प्रतिनिधिसभा सदस्य पदका लागि मनोनय पत्र दर्ता गराएका हुन्। दशैंको टीका र जमरा लगाएर उनी उम्मेदवारी दर्ता गराउन पुगेका थिए।

    विस्तृतमा पढ्नुस्

  • पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष उमेश साहले स्वतन्त्रबाट गराए उम्मेदवारी दर्ता

    पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष उमेश साहले स्वतन्त्रबाट गराए उम्मेदवारी दर्ता

    जनकपुरधाम : धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि नेपाल पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष उमेश साहले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन्। नेपाल समाजवादी पार्टीका नेता समेत रहेका उनले प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। पार्टीभित्र नातावाद, कृपावाद तथा परिवारवादको अन्त्यका लागि आफ्नो उम्मेदवारी रहेको साहले बताएका छन्। उम्मेदवारी दर्ता गराउँदै…

    विस्तृतमा पढ्नुस्

  • टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिदै लोसपा नेतृ सुरिता साह

    टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिदै लोसपा नेतृ सुरिता साह

    जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकी नेतृ सुरिता कुमारी साहले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिने भएकी छिन्। लोसपाले सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गरेपछि सुरिताको टिकट खोसिएको हो। उनले महोत्तरी २(ख)बाट प्रदेशसभामा फेरि चुनाव लड्ने तयारी गरेकी थिइन्। तर, सो क्षेत्र नेपाली कांग्रेसको कोटामा परेको छ। २०७४ सालको निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र नम्बर २(ख)बाट सुरिता १५ हजार ४४० मत ल्याएर…

    विस्तृतमा पढ्नुस्

  • रेखा थापाले मोरङमा उम्मेदवारी दर्ता गराइन्, निर्वाचन अधिकृतको कार्यालय पुग्दा प्रहरीको सेल्फी

    रेखा थापाले मोरङमा उम्मेदवारी दर्ता गराइन्, निर्वाचन अधिकृतको कार्यालय पुग्दा प्रहरीको सेल्फी

    काठमाडौं : राष्ट्रिय प्रजातान्त्रिक पार्टी ( राप्रपा) बाट अभिनेत्री रेखा थापाले उम्मेदवारी दर्ता गराएकी छिन्। आइतवार मोरङको क्षेत्र नम्बर ३ बाट उनले उम्मेदवारी दर्ता गराएकी हुन्। उम्मेदवारी दर्ता गर्न उनीसँगै उनका श्रीमान् पनि देखिएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गर्न जाँदा सुरक्षामा खटिएका प्रहरीले थापासँग सेल्फी लिइरहेका थिए। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि आज बिहान…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं-७ मा रविन्द्र श्रेष्ठको स्वतन्त्र उम्मेदवारी

    काठमाडौं-७ मा रविन्द्र श्रेष्ठको स्वतन्त्र उम्मेदवारी

    काठमाडौं : काठमाडौं क्षेत्र नं ७ बाट प्रतिनिधिसभा सदस्यमा रविन्द्रकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। आज माछापोखरीस्थित निर्वाचन अधिकृतको कार्यालयमा उनले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका हुन्। सो क्षेत्रबाट सत्ता गठबन्धनबाट मानुषी यमी भट्टराई र जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठले निर्वाचन लड्दैछन्। नेकपा एमालले यहाँ आफ्नो उम्मेदवार घोषणा गरिसकेको छैन। एमालेले श्रेष्ठलाई समर्थन गर्न सक्ने बताइए पनि यसबारेमा आधिकारिक…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं १ को प्रदेशसभातर्फ कांग्रेसको उम्मेदवार : क मा दीपेन्द्र, ख मा सुरजचन्द्र

    काठमाडौं १ को प्रदेशसभातर्फ कांग्रेसको उम्मेदवार : क मा दीपेन्द्र, ख मा सुरजचन्द्र

    काठमाडौं : नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश क मा दीपेन्द्र श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ। श्रेष्ठ अघिल्लो निर्वाचनमा यही प्रदेशबाट निर्वाचित नेता हुन्। श्रेष्ठ हाल वाग्मती प्रदेशमा पर्यटनमन्त्री छन्। त्यसैगरी प्रदेश ख मा सुरजचन्द्र लामिछानेले टिकट पाएका छन्। लामिछाने भने झिनो मतान्तरले गत निर्वाचनमा नेकपा एमालेका गणेश दुलालसँग पराजित भएका थिए। यस क्षेत्रबाट प्रतिनिधिसभातर्फ कांग्रेसले प्रकाशमान सिंहलाई…

    विस्तृतमा पढ्नुस्

  • संसद् भवन पुगेर पुकार बमले गराए राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनोनयन दर्ता

    संसद् भवन पुगेर पुकार बमले गराए राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनोनयन दर्ता

    काठमाडौं : पुकार बमले राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनोनयन दर्ता गराएका छन्। बमले काठमाडौं क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराएका हुन्। उनले नयाँ बानेश्वरस्थित संसद् भवन पुगेर मनोनयन दर्ता गराए। मनोनयन दर्तापछि बमले आफूहरुलाई सबैतिरबाट समर्थन आइरहेकोले ढुक्क रहेको बताए। ‘हामीलाई जुन खालको साथ र समर्थन आइरहेको छ सबैतिबाट, देशभित्रबाट देशबाहिरबाट मैले नेतृत्व गरेको अभियानबाट, त्यसकारण नतिजा हाम्रो पक्षमा आउँछ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell