काठमाडौंः नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ बर्दिया १ मा २ जनालाई टिकट पठाएको खुलेको छ। पूर्वमन्त्री सञ्जय गौतम र बर्दिया कांग्रेसका सभापति अरुणप्रकाश राठौरले यस क्षेत्र टिकट पाएका थिए। दुबै जनाको उम्मेदवारी परेपछि आफू नै कांग्रेसको आधिकारिक उम्मेदवार भन्दै राठोरले सोमबार गौतमविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए। कांग्रेसले टिकट दिएपछि दुवैले आइतबार मनोनयन दर्ता गराएका थिए । अघि दर्ता गराएकाले गौतमको…
कैलालीः नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाका उम्मेदवार लक्ष्मण थारुको उम्मेदवारी रद्ध भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले थारुको उम्मेदवारी रद्ध गरेको हो। उम्मेदवारीविरुद्ध सोमबार उजुरी परेको थियो। कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भए पनि फरार रहेको भन्दै धनगढी उपमहानगरपालिका १५ का रामबहादुर सिंहले उनीविरुद्ध उजुरी दिएका थिए। उजुरीका आधारमा मनोनयन खारेज भएको हो। निर्वाचन…
काठमाडौंः १ लिटर (बोतल) पानीको अधिकतम १६ रुपैयाँभन्दा बढी नलिन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ। विभागले तोकिएको मूल्यभन्दा बढी रकम असुलेको पाएपछि व्यावसायीलाई बोलाएर सम्झाएको हो। काठमाडौं उपत्यकाभित्र खानेपानी १ लिटर बोतलको १६ रुपैयाँ, २० लिटर जारको ४७ रुपैयाँ तोकिएको छ। व्यावसायीले भने मनलाग्दी बोतलको पानीको २० देखि ३० रुपैयाँसम्म असुल गर्दै आएका छन्। यस्तै जारको…
काठमाडौं : आउँदो मंसिर ४ मा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदैछ। उम्मेदवारी दर्तासँगै अहिले देशमा चुनावी माहोल छाएको छ। चुनाव नजिकिँदै गर्दा पार्टी र उम्मेदवारले पनि कलाकारहरूलाई भोट माग्न आग्रह गर्छन्। यसै विषयमा कलाकार हरिवंश आचार्यले आफूबाट चुनाव प्रचारको आशा नराख्न आग्रह गरेका छन्। उनले फेसबुकमा एक स्टाट्स लेख्दै मतपत्रमा कुन चिह्न रोज्ने मतदाताको स्वविवेकलाई सम्मान गर्न समेत उल्लेख गरेका…
काठमाडौं : सत्ता गठबन्धनले बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन चेतावनी दिएको छ। आज बसेको गठबन्धनको बैठकले सो चेतावनी दिएको हो। गठबन्धनले निर्वाचन आयोगले निर्धारण गरेको समयसीमा असोज २६ गते दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरुले निष्कासन गर्ने जनाएको छ। गठबन्धनले विज्ञप्तिमार्फत भनेको छ, ‘पार्टी निकायहरुले पनि यो निर्देशन कार्यान्वयन गराउन सम्पूर्ण प्रयास गर्नु हुनेछ। निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा…
काठमाडौं : विवेकशील साझा पार्टीका निवर्तमान प्रवक्ता हरिश प्रसाद भट्टले नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलका लागि मत मागेका छन्। उनले मंगलवार सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता पौडेलका लागि मत मागेका हुन्। कांग्रेस केन्द्रीय सदस्य पौडेल काठमाडौं-५ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। यही क्षेत्रबाट नेकपा (एमाले)ले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई उम्मेदवार खडा गरेको छ। विवेकशील साझाका निवर्तमान प्रवक्ता…
फुङ्लिङ : प्रहरीले कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न तीन लुटेराको साथबाट ६ लाख १३ हजार तीन सय ४० र एक सय ४३ तोला सुन बरामद गरेको छ। जिल्ला सदरमुकाम फुङ्लिङस्थित सो ट्रान्सफरमा कार्यरत कर्मचारीलाई नियन्त्रणमा लिएर चार लुटेराले असोज १७ गते नगद तथा सुन लुटेका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कैलाश राईले लुटपाटमा संलग्न चारजनामध्ये तीन जनालाई सोमवार राति पक्राउ गरिएको…
काठमाडौं: फिल्म ‘कौसीद’ को प्रदर्शन मिति घोषणा गरिएको छ। अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेको यो फिल्म पुस १५ गते प्रदर्शन हुने पक्का भएको हो। यसअघि यो फिल्मले जेठ २७ का लागि प्रदर्शन मिति तोकेको थियो। तर, प्राबिधिक कारण भन्दै रिलिज डेट पोस्टपोन्ड गरिएको थियो। कुमार भास्कर निर्देशित यस फिल्ममा ऋचाका साथै भोलाराज सापकोटा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई,…
काठमाडौं : मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’ को ट्रेलर सार्वजनिक भएको छ। कात्तिक ११ गतेदेखि प्रदर्शन हुने यस फिल्मको ट्रेलरमा दुई पुस्ताको बिचको भावनात्मक सम्बन्धलाई देखाइएको छ। पारिवारिक कथामाथि बनेको फिल्मको ट्रेलरमा श्रीमती गुमाएका एक पुरुषले आफ्ना सन्तानका लागि गरेको संघर्षलाई देख्न सकिन्छ। साथै ती एकल पुरुषले अर्को बिहे गर्न खोज्दा परिवारमा आउने उतावचडावको कथा…
इरानमा 'हिजाब क्रान्ति' हिंस्रक बन्दै गएको छ। देशका विभिन्न शहरहरुमा प्रदर्शनकारीहरुले सरकारको विरोध गरिरहेका छन् भने प्रहरीले विरोधमा उत्रेका महिलासहित पुरुषहरुलाई हातपात गर्ने र पक्राउ गरिरहेका छन्। त्यसक्रममा १६ वर्षीय निका सकरामीको पनि मृत्यु भएको छ। इरानमा भइरहेको आन्दोलनको समर्थनमा उनले सेप्टेम्बर २० मा आफ्नो हिजाब जलाएकी थिइन्। त्यसपछि उनी बेपत्ता भएकी थिइन्। उनले आफ्ना साथीहरुलाई प्रहरीले पछ्याइरहेको बताएकी थिइन्।…
काठमाडौ: नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक सुरुआत हुन अब तीन दिनमात्र बाँकी छ। गण्डकी प्रदेशका आठ जिल्लामा हुने प्रतियोगिताको उद्घाटनअगावै केही खेल भने पोखरामा सुरु भइसकेका छन् भने अधिकांश खेल यही असोज २८ देखि हुँदैछन्। प्रतियोगिताका लागि खेलस्थलको मर्मत र अन्य व्यवस्थापकीय काम अहिले तीव्रताका साथ भइरहेको छ। राष्ट्रिय खेलकुद यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुँदैछ। राष्ट्रिय…
काठमाडौं : सुनचाँदीको मूल्य फेरि घटेको छ। सोमवारको भन्दा सुन तोलामा १२ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवारका लागि बजार मूल्य प्रतितोला ९४ हजार रुपैयाँ निर्धारण भएको छ। सोमवार सुन तोलामा ८ सय रुपैयाँले घट्दै प्रतितोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। आइतवार सुन तोलामा ३ हजार रुपैयाँले बढेर ९६ हजार रुपैयाँ पुगेको थियो। चाँदीको…
काठमाडौं : दशैँको अष्टमीको दिन झापामा एक युवकको हत्या गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न एक जना फरार रहेको प्रहरीले जानकारी दिएको छ। असोज १७ गते ताप्लेजुङ सिदिम्बा गाउँपालिका घर भएका २५ वर्षीय नवीन्द्र गुरुङको हत्या भएको खुलेको छ। १८ गते बिहान करिब साढे ६ बजे झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ११ नयाँ बसपार्क छेउमा रहेको प्लटिङ…
फूलमान तामाङ- नवलपुर : सिन्धुपाल्चोक क्षेत्र २ मा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले यसपटक नयाँ प्रतिस्पर्धी पाएका छन्। तामाङ अघिल्लो निर्वाचनमा कांग्रेसको साथ पाएको पशुपति शम्शेरसँग भिडेका थिए। तामाङले यसपटक कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत प्रत्यासी पाएका छन्। सत्ता गठबन्धनको भागबण्डामा यो क्षेत्र कांग्रेसको भागमा परेपछि बस्नेत क्षेत्र १ छाडेर तामाङसँग प्रतिस्पर्धामा उत्रिएका हुन्। क्षेत्र १ का बस्नेतले किन…
भारतको सर्वोच्च अदालतले गाईलाई भारतको राष्ट्रिय जनावर घोषणा गर्नुपर्ने माग सहित परेको रिट खारेज गरिदिएको छ। सो रिटमा भारत सरकारलाई गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न आदेश दिनुपर्ने माग गरिएको थियो। अहिले भारतको राष्ट्रिय जनावर 'बंगाल टाइगर' हो। पछिल्लो समय नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीको सत्ता बलियो भन्दै गएपछि गाईलाई राष्ट्रिय जनावर बनाउनुपर्ने माग उठ्दै आएको थियो। रिट दर्ता गराउने वकिलले…
काठमाडौं : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली मंगलवार प्रकाशन गर्ने कार्यक्रम रहेको छ। यही असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने गरी कार्यक्रम तोकिएको छ। निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार यही असोज…
वीरगंज : पर्सामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोमवार बेलुका साढे ६ बजे वीरगंज वडा २६ मा घरमा प्लास्टर गर्ने क्रममा धोबिनी गाउँपालिका वडा नं. ३ हरिहरपुरका सैफुल्ला अंसारीको मृत्यु भएको हो। ३० वर्षीय अंसारीको रामकिशोर प्रसाद कुर्मीको घरको दोस्रो तल्लामा प्लास्टर गर्ने विद्युतको पोलको तारमा अचानक करेन्ट लागी मृत्यु भएको प्रहरीले जनायो।…
काठमाडौं : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तरगतको फेन्सिङ प्रतियोगितामा वाग्मती प्रदेशले पहिलो स्वर्ण हात पारेको छ। वाग्मती टिमलाई महिला व्यक्तिगत सेवर बिधामा पहिलो स्वर्ण जिताउने खेलाडी हुन् शिक्षा नापित। स्वर्ण जितेपछि नापित। फोटो : एनएसजेएफ गण्डकी उनले वाग्मतीको लागि नवौंमा पहिलो स्वर्ण दिलाएकी हुन्। उनले एपिएफकी उर्मीला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन्। तेस्रो स्थानमा सेनाका रविना थापा…
काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई नैतिकता विषय उठान गर्दै प्रश्न गरेका छन्। सत्ता गठबन्धनमा सामेल जसपा निर्वाचनमा एमालेसँग तालमेल गरी जाँदैछ। यता रावलले भने टिकट पाएनन्। त्यसैले रावलले सोमवार सामाजिक सञ्जाल ट्वीटरमार्फत यादवमाथि प्रश्न गरेका हुन्। रावलले राप्रपान नेपालका अध्यक्ष कमल थापामाथि पनि प्रश्न गरेका छन्। 'अनैतिकताको नमूनाः कमल थापा एमालेका सूर्यमा…
काठमाडौं : रुकुम पश्चिम जनार्दन शर्माविरुद्ध कांग्रेसका तारक केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। अर्थमन्त्रीसमेत रहेका शर्मा सत्ता गठबन्धनका उम्मेदवार हुन्। उक्त क्षेत्रमा असन्तुष्टि जनाउँदै केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। केसीले उम्मेदवारी दिइसकेपछि त्यहाँका स्थानीय जनसमुदायमाझ आफ्नो चुनावी प्रतिवद्धता जारी गरेका छन्। केसीको उम्मेदवारीले यस क्षेत्रका कांग्रेस युवाहरुमा उत्साह थपेको बताइएको छ।