टोक्यो : जापानी प्रधानमन्त्री सिन्जो आबेले जापानमा बिहीबार नयाँ विदेशमन्त्री र रक्षामन्त्री नियुक्त गरेका छन्। जापानको सरकारमाथि पछिल्लो समयमा विभिन्न विषयमा आलोचना गरिएको छ। आलोचनाहरुको खण्डन गरिरहेका प्रधानमन्त्री आबेले बिहीबार नयाँ विदेश र रक्षामन्त्री नियुक्त गरेका हुन्। जापानको नयाँ विदेशमन्त्रीमा तारो कोनोलाई नियुक्त गरिएको छ। उनी जापानका पूर्व विदेशमन्त्रीका छोरा हुन्। त्यसैगरी जापानको नयाँ रक्षामन्त्रीमा इत्सुनोरी ओनोदेरालाई नियुक्त गरिएको छ। उनी जापानको…
प्रकाश सिलवाल काठमाडौँ : राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा स्वर्णिम वाग्लेले सङ्घीयताअनुकूल आयोगको पुनःसंरचना र आर्थिक सुधार आफ्नो प्रमुख प्राथमिकता हुने बताएका छन्। मन्त्रिपरिषद्को बैठकबाट उपाध्यक्षमा नियुक्त भएपछि वाग्लेले आयोगलाई आवधिक योजना गाँसगुस गर्ने निकायको रुपमा मात्र नभई यसको पुनःसंरचनाको बहसलाई तार्किक निष्कर्षमा पुर्याउने आफ्नो प्राथमिकता हुने बताए। संघीय संसद् र प्रदेशसभाको निर्वाचनपछि आयोगको स्वरुप परिवर्तन गर्नुपर्ने भएकाले त्यसमा जोड…
जनकपुरधामः नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेपाली कांग्रेस र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टीलाई एमालेविरुद्ध उपयोग गरिरहेको आरोप लगाएका छन्। जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा सचिव भट्टराईले संविधान संशोधनका बारेमा बसेर कुरा गर्न एमाले तयार भएपनि राजपा टाढा बस्नु चिन्ताको विषय भएको बताए। उनले राजपाको जनमत चुनावबाट नै जोगिन सक्ने बताए। भारतले कतिपय सवालमा हेप्ने प्रवृत्ति राखेको…
चितवन : नेपाली आध्यात्मिक क्षेत्रका धरोहर आचार्य खेमराज केशवशरणको ८१ वर्षको उमेरमा गएराति निधन भएको छ। विभिन्न रोगसँगै निमोनियाबाट थला परेका उनलाई एक महिनाअघि मस्तिष्काघातसमेत भएको थियो। चितवनको देवघाटमा बस्दै आएका उनको सोही रोगका कारण गएराति काठमाडौंको सिफलस्थित आफ्नै निवासमा निधन भएको छोरा गिरिधर उपाध्यायले जानकारी दिए। उनका दुई छोरा र दुई छोरी छन्। अमेरिकामा बस्ने जेठो छोरा नआइपुगेकाले शुक्रबार पशुपति…
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा स्वदेशी तथा विदेशी लगानी बढाउनु सरकारको प्राथमिकतामा रहेको बताएका छन्। ‘राष्ट्रिय व्यवसायी पहल’द्वारा बिहीबार आयोजित दोस्रो जिम्मेवार व्यावसायिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्रीले राजनीतिसँगै मुलुकको अर्थतन्त्र पनि उत्साहजनक हुँदै गएको बताए। उनले कुल गार्हस्थ्य उत्पादन बढाउने, थप रोजगारी सिर्जना गर्ने, लगानी बढाउने सरकारको प्राथमिकतामा रहेको बताए। लगानी बढाउने सम्बन्धमा कतिपय कानून संशोधन भइसकेको र केही…
काठमाडौँ : रत्नपार्क वितरण केन्द्रअन्तर्गतको प्रसारण प्रणालीमा समस्या देखिएपछि ठमेललगायतका क्षेत्रमा विद्युत् कटौती भएको छ। प्राधिकरणको भारप्रेषण केन्द्रका अनुसार बुधबार साँझदेखि अवरुद्ध भएको विद्युत् प्रसारण आज साँझ ६ बजेपछि मात्रै सञ्चालनमा आउनेछ। प्राधिकरणले समस्या आएको स्थानको खोजी गर्दै मर्मतसम्भार गरिरहेको जनाएको छ। भक्तपुरका विभिन्न स्थानमासमेत प्रसारण लाइन मर्मत गर्नुपर्ने भएकाले आज दिनभर विद्युत् प्रसारण कटौती गरिएको जनाइएको छ। प्राधिकरणका अनुसार निकोसेरा,…
गौशाला : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले प्रदेश नं २ नेपाली कांग्रेसको भोट बैंक भएको बताएका छन्। महोत्तरीको बर्दिवासस्थित नेपाली कांग्रेस पार्टी कार्यालयले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले कांग्रेसले सधैँ प्रदेश नं २ मा बढी सिट ल्याएर चुनाव जित्दै आएकाले यो प्रदेश भोट बैंकको रुपमा रहेको बताए। महामन्त्री कोइरालाले २ नं प्रदेशबाहेक अन्य प्रदेशमा भएको स्थानीय तहको…
बेरुत : गएको पाँच बर्षभन्दा लामो समयदेखि गृहयुद्ध जारी रहेको सिरिया र लेबनानको सीमा क्षेत्रमा सिरियाली सैनिक र लेबनानको लडाकू समूह हेज्बोल्लाहले संयुक्त सैनिक कारबाही सुरु गरेको छ। उक्त क्षेत्रमा आतङ्ककारी क्रियाकलापमा बृद्धि भइरहेको र सिरियामा आतङ्कारीहरुको घुसपैठ रहेको भन्दै कारबाहीलाई केही दिन सशक्त बनाइने संयुक्त सैन्य कमाण्डरले जनाएका छन्। उक्त क्षेत्रमा सुरु भएको कारबाहीबाट दुई देशको सीमामा सयौँ आतङ्ककारीले जारी…
रमेश लम्साल काठमाडौँ : माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रमुख अवरोधका रुपमा रहेको वन क्षेत्रको जग्गा प्रयोग गर्न सरकारले प्रवद्र्धकलाई मार्ग प्रशस्त गरिदिएको छ । निजी क्षेत्रको जग्गाको मुआब्जा वितरण कार्य सम्पन्न गरिसकेको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवद्र्धक एसजेभिएनले वन क्षेत्रको जग्गा नपाउँदा निर्माण सुरु गर्न समस्या पर्दै आएको थियो। लगानी बोर्डको बुधबारको बैठकले आयोजना विकास सम्झौताको प्रावधानअनुसार विकासकर्तालाई…
चितवन : नारायणगढ–मुग्लिन सडकका १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडकको बीचबीचमा १२५ भन्दा बढी सवारीसाधन अलपत्र परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अलपत्र परेका सवारीसाधनलाई गन्तव्यतर्फ लैजान एकतर्फी सडक खुलाउने प्रयास भइरहेको छ। बुधबार साँझदेखि सडक अवरुद्ध बनेको हो। साँझ ७ः३५ बजे कालीखोला नजिकै तीनकिलो भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो। सो…
काठमाडौँ : नेपाल र मोरक्को अधिराज्यबीच सचिवस्तरीय द्विपक्षीय परामर्श संयन्त्र गठनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा परराष्ट्र मन्त्रालयमा आज आयोजित एक समारोहमा परराष्ट्रसचिव शंकरदास बैरागी र नेपालका लागि मोरक्कोका राजदूत मोहमेद मल्लिकीले समझदारीपत्रमा हस्ताक्षर गरे। त्यस अवसरमा सचिव बैरागीले संयन्त्रले पारस्परिक हित र सहयोगका सबै क्षेत्रमा दुवै मुलुकका परराष्ट्र मन्त्रालयका अधिकारीबीच छलफल गर्ने उल्लेख गर्दै…
काठमाडौँ : सांसदहरुले प्रस्तावित प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक, २०७४ मा प्रत्यक्ष निर्वाचनतर्फ महिला–महिलाबीचमा मात्र प्रतिस्पर्धा हुने व्यवस्था गर्न सुझाव दिएका छन्। महिला–महिलाबीचको प्रतिस्पर्धाले मात्र प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित हुने चर्चा गर्दै उनीहरुले कूल १६५ निर्वाचन क्षेत्रमध्ये ५१ प्रतिशत् क्षेत्र महिलाका लागि छुट्याउन सुझाव दिए। व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिद्वारा प्रस्तावित प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमाथिको छलफलमा आ–आफ्ना संशोधन तथा राय सुझाव…
काठमाडौँ : वाणिज्यमन्त्री मीन विश्वकर्माले व्यवसायीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्। नेपाल चेम्बर अफ कमर्शको टोलीसँगको भेटमा मन्त्री विश्वकर्माले मुलुकको आर्थिक विकासको मेरुदण्ड व्यवसाय भएकाले यसलाई बढावा दिनुपर्ने बताए। उनले भने,‘व्यवसायीको रक्षा भएमात्र व्यवसायको रक्षा हुन्छ, व्यवसाय राम्रो भए मुलुकको विकास हुन्छ।’ व्यवसायीका समस्या समाधानका लागि मन्त्रालयले काम गर्ने तर कालोबजारी र कर छली गर्ने व्यवसायीलाई कारबाही गर्ने उनको…
काठमाडौँ : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल एक चीन नीतिको पक्षमै दृढ रहेको बताएका छन्। साइनो नेपाल मिडिया सोसाइटीले नेपाल–चीन दौत्य सम्बन्ध कायम भएको ६२औँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले नेपाल र चीनबीच सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध अझ सुदृढ हुँदै गएको बताए। नेपालमा चीन विरोधी गतिविधि गर्न नदिन सरकार सदैव सचेत र सतर्क रहेको भन्दै मन्त्री बस्नेतले…
अफगानिस्तानः अफगानिस्तानको कान्दाहारस्थित एक विमानस्थलमा तालिबानले गरेको आक्रमणमा नेटो आवद्ध दुई जना अमेरिकी सैनिकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। अफगानिस्तानमा कार्यरत नेटो सैन्य बलले तालिबानको आक्रमणमा दुई अमेरिकी सैनिक मारिएका जानकारी दिएको हो। आक्रमणमा परी अन्य चार नेटो आवद्ध सैनिक घाइते भएका छन्। घाइते हुने सैनिक पनि अमेरिकी सैनिक नै रहेको अफगानिस्तानको राजधानी काबुलबाट प्राप्त समाचारमा…
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोट खड्का गाउँस्थित ठाडो खोलाको भेलले बगाउँदा आज एक महिलाको मृत्यु भएको छ। दिउसो खोला तर्ने क्रममा बगाएर सोही ठाउँकी ५६ वर्षीया सत्यवती खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए। खोलाले बगाएको करिब एक घण्टा पछि उनको शव सूर्यविनायक नगरपालिका–७ पार्टीचौरमा फेला परेको थियो।रासस
कपिलवस्तु : खोलाले बगाएर कपिलवस्तुमा तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार वाणगंगा नगरपालिका–११ का १७ वर्षीय सागर चौधरीको बुधबार मृत्यु भएको हो। यसैगरी, विजयनगर गाउँपालिका–१ नौडिहवाका ४५ वर्षीय पुस्ते सुनार तथा रोल्पा घर भई विजयनगर गाउँपालिकामा आफन्तका घरमा आएका ५० वर्षीय मित्रे सुनारको विसहवा खोलाले बगाएर मृत्यु भएको प्रहरी उपरीक्षक भोजजंग शाहले जानकारी दिए। रासस
काठमाडौँ : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव तोकेको छ। राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी यो व्यवस्था लागू गरिएको हो। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभवसम्बन्धी…
जनकपुरधाम : प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसी जनताको भावनानुरूप काँग्रेसले संसद्मा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्ताव पारित गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन्। तेस्रो चरणको स्थानीय तहको निर्वाचन सन्दर्भमा काँग्रेस केन्द्रीय समिति र जिल्ला कार्यसमिति धनुषाद्वारा बिहीबार जनकपुरमा आयोजित २ नं का प्रादेशिक कार्यकर्ता भेलालाई सम्बोधन गर्दे प्रधानमन्त्रीले मधेसले नै काँग्रेसलाई बचाएको र मधेसले नै काँगेसलाई जिताएको इतिहासलाई जीवन्त राख्न तेस्रो चरणको…
चितवन : नारायणगढ–मुग्लिन सडकका १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडकको बीचबीचमा १२५ भन्दा बढी सवारीसाधन अलपत्र परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अलपत्र परेका सवारीसाधनलाई गन्तव्यतर्फ लैजान एकतर्फी सडक खुलाउने प्रयास भइरहेको छ। बुधबार साँझदेखि सडक अवरुद्ध बनेको हो। साँझ ७ः३५ बजे कालीखोला नजिकै तीनकिलो भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो। सो…