PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

  • चूडामणि शर्माको मुद्दाको सुनुवाइ किन सधैं हेर्दाहेर्दैमा ?

    चूडामणि शर्माको मुद्दाको सुनुवाइ किन सधैं हेर्दाहेर्दैमा ?

    काठमाडौँ : सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनीरुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदन माथिको सुनुवाइ हेर्दाहेर्दैमा आइतबारका लागि तोकेको छ।  न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासमा बुधबार सुनुवाइ हुँदाहँुदै नभ्याएपछि आइतबारका लागि राखिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए।  बुधबार सरकारकातर्फबाट महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ र…

    विस्तृतमा पढ्नुस्

  • कोठामा मृत अवस्थामा फेला

    पोखरा: पोखरा लेखनाथ महानगरपालिका–१७ आँखा अस्पतालचोक नजिकै एकजना कोठामा मृत अवस्थामा फेला परेका छन्। स्थानीय कृष्णबहादुर गुरुङको घरमा डेरा गरी बस्दै आएका पर्वत जिल्ला घर भन्ने बुझिएका लगभग ५८ वर्षका लिलाबहादुर कुँवर मंगलबार मृत अवस्थामा भेटिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ। सोमबार साँझ खाना खाएर सुतेका कुँवर बिहान अबेरसम्म नउठेपछि घरधनी गुरुङले प्रहरीलाई जानकारी गराएका थिए। शव परीक्षणका लागि पश्चिमाञ्चल…

    विस्तृतमा पढ्नुस्

  • बागलुङमा पहिरोले ट्याक्सी पुरियो, लोकमार्ग अवरुद्ध

    बागलुङमा पहिरोले ट्याक्सी पुरियो, लोकमार्ग अवरुद्ध

    बागलुङ : बागलुङको गलकोट नगरपालिका–११ रिघा, काउचेमा मध्यपहाडी पुष्पलाल लोकमार्ग माथिबाट पहिरो खस्दा ट्याक्सी चालक घाइते भएका छन्।  मंगलबार साँझ गलकोटबाट मनेवा गइरहेको ध १ ज ६५७ नम्बरको ट्याक्सी पहिरोमा पर्दा चालक थम्मन परियार घाइते भएका हुन्।  घाइते अवस्थामा ट्याक्सीको सिसा फोरेर परियार भाग्न सफल भएको खरबाङ्ग प्रहरी चौकीका हवल्दार कमल भट्टराईले जानकारी दिए।  ट्याक्सीको पछाडिको भाग पहिरोमा पुरिएको प्रहरीले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • केलीद्वारा ह्वाइट हाउसको ‘चिफ अफ स्टाफ’का रूपमा सपथ ग्रहण

    केलीद्वारा ह्वाइट हाउसको ‘चिफ अफ स्टाफ’का रूपमा सपथ ग्रहण

    वासिङ्टन : जोन केलीले  अमेरिकी राष्ट्रपति कार्यालयको ‘चिफ अफ स्टाफ’को सपथ खाएका छन्। राष्ट्रपति ट्रम्पले जनरल केलीलाई हालै सपथ खुवाइएको जानकारी दिदै ट्वीटमा लेखेका छन्,‘केलीले चिफ अफ स्टाफका रूपमा असाधारण जिम्मेवारी बहन गर्नेमा म विश्वस्त छु।’  ट्रम्पले भने,‘उहाँले मातृभूमिको सुरक्षाका लागि गरेको इमान्दारी प्रदर्शन यदि तपाईले सीमानामा हेर्नुभए पुग्छ। जति जिम्मेवारी उहाँबाट मातृभूमिको सुरक्षाका लागि जति गर्नुभएको प्रशंसनीय छ।’  गत हप्तामात्र…

    विस्तृतमा पढ्नुस्

  • बेलायती राजकूमार फिलीपले सार्वजनिक पदबाट अवकाश लिने

    बेलायती राजकूमार फिलीपले सार्वजनिक पदबाट अवकाश लिने

    लण्डनः बेलायतका राजकूमार फिलीपले यसै हप्ताभित्र सार्वजनिक पदबाट अवकाश लिने बेलायतको राजदरबारबाट जानकारी गराइएको छ।  महारानी एलिजावेथ द्वितीयका जीवनसँगी ९६–वर्षीय फिलीपले अन्तिम समयमा कुनै पनि सहयोगी विना नै २२ हजार २०० सार्वजनिक समारोहमा सरिक हुँदै सक्रिय जीवनबाट अवकाश लिन लागेका हुन्। द्वितीय विश्व युद्धमा नौसेनाको जिम्मेवारी सम्हालेका ‘डुक अफ एडिनवर्ग’ले बकिङ्घम राजदरबारमा बुधबार हुने राजकीय नौसैनिक प्रदर्शनमा सरिक हुनेछन्। उनी…

    विस्तृतमा पढ्नुस्

  • वैद्य–प्रकाश मानवअधिकार पुरस्कार डोमलाई

    राजविराज : मानवअधिकार तथा दलित आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका सप्तरीको छिन्नमस्ता गाउँपालिका-२ का ५३ वर्षीय युक्तिलाल मरिक डोमलाई वैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०७४ बाट सम्मान गरिएको छ।  सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्रद्वारा ‘२१ औँ प्रकाश मानवअधिकार पुरस्कार’ कार्यक्रममा मरिकलाई डोम जातिको मुक्तिको आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएबापत पुरस्कारस्वरुप तीन हजार १०५ प्रदान गरियो। दुई दशकदेखि गरिब, असहाय, दलित, महिला, अल्पसंख्यक र भूमिहीनको उत्पीडनविरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • कतारले गर्‍यो गल्फ राष्ट्रकाबिरुद्ध ‘डब्ल्युटिओ’ मा उजुरी

    कतारले गर्‍यो गल्फ राष्ट्रकाबिरुद्ध ‘डब्ल्युटिओ’ मा उजुरी

    दोहा : आफ्नो व्यापारमाथि हस्तक्षेप गरेको र आफ्ना उत्पादनलाई बाहिरी बजारसँग पहूँच नदिई कब्जा गरेको भन्दै कतारले गल्फ राष्ट्रहरुकाबिरुद्ध विश्व व्यापार सङ्गठन, (डब्ल्युटिओ) मा उजुरी गरेको छ।  कतारले छिमेकी गल्फ देशहरुले आफ्नो उत्पादनलाई अवैध रुपमा कब्जा गरेको र अन्तर्राष्ट्रिय व्यापारमा पनि बाधा उत्पन्न गरेको भन्दै कतारले विश्व व्यापार सङ्गठनमा उजुरी गरेको हो।  कतारका छिमेकी अरब देशहरुले नै उसमाथि नाकाबन्दी लगाएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • यसकारण सर्पको डसाइबाट धेरै मानिसको मृत्यु हुन्छ

    यसकारण सर्पको डसाइबाट धेरै मानिसको मृत्यु हुन्छ

    रुपन्देही : विषालु सर्पको डसाइपछि समयमै उपचार गर्न अस्पताल नआउँदा मृत्यु हुनेको संख्या बढेको छ। सर्पको डसाइपछि तत्काल अस्पतालमा नआई धामीझाँक्रीसँग अल्झने कारणले उपचारमा समस्या हुने गरेको हो।  बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा पछिल्लो सात वर्षमा ६७ जनाको मृत्यु भएको अस्पतालको तथ्याँक छ। यो आर्थिक वर्षमा १९ जनाको मृत्यु भएको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. राजेन्द्र सञ्जेल क्षेत्रीले अस्पतालमा उपचार गर्न…

    विस्तृतमा पढ्नुस्

  • सञ्चय कोषबाट तीन अर्ब ऋण प्रवाह

    सञ्चय कोषबाट तीन अर्ब ऋण प्रवाह

    विराटनगर : कर्मचारी सञ्चय कोष विराटनगरले आर्थिक वर्ष २०७३/७४ मा तीन अर्ब १८ करोड कर्जा प्रवाह गरेको छ। कार्यालयले आर्थिक वर्ष  २०७२/७३ मा दुई अर्ब ६५ करोड ऋण प्रवाह गरेको थियो।  शाखाले आर्थिक वर्ष २०७३/७४ मा २२ हजार ४९३ सञ्चयकर्तालाई दुई अर्ब ५० करोड विशेष सापटी गरेको छ। चार सय ५४ सञ्चयकर्तालाई ६४ करोड घरसापटीबापत र २६ सञ्चयकर्तालाई तीन करोड…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ राष्ट्रपति सिले भने–हाम्रो सार्वभौमिकताको संरक्षण गर्न हामी सक्षम छौँ

    चिनियाँ राष्ट्रपति सिले भने–हाम्रो सार्वभौमिकताको संरक्षण गर्न हामी सक्षम छौँ

    बेइजिङ : चिनियाँ राष्ट्रपति सि चिनफिङले चीन आफ्नो सार्वभौमसत्ताको रक्षाका लागि आफै सक्षम रहेको बताएका छन्।  चिनियाँ सेनाको ९० औँ वार्षिकोत्सवका अवसरमा दिएको सन्देशमा राष्ट्रपति सिले कसैलाई पनि देशकाविरुद्ध प्रयोग हुन नदिन चीन सक्षम रहेको बताएका हुन्। उनले भनेका छन्,‘हामीले कुनै पनि हालतमा र कुनै जनता, कुनै पनि संगठन वा अरु कसैलाई पनि देशका विरुद्धमा प्रयोग हुन वा चीनको भूभागमा पृथकतावादी…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले भने– पहाडी र स्वतन्त्र मधेस विखण्डनवादी राष्ट्रवादलाई परास्त गरौं

    प्रचण्डले भने– पहाडी र स्वतन्त्र मधेस विखण्डनवादी राष्ट्रवादलाई परास्त गरौं

    जनकपुरधाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्कीर्ण पहाडी राष्ट्रवाद र स्वतन्त्र मधेस विखण्डनवादी राष्ट्रवादलाई पहाड़, हिमाल र मधेसवासीले परास्त गर्नुपर्ने बताएका छन्। प्रेस सेन्टर नेपाल धनुषाद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले राष्ट्रवादका नाममा देशलाई विखण्डन, अपमान र विभेदको बीउ रोप्नेलाई परास्त गरी राष्ट्रको एकता, स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने दायित्वको बोध सबैले गर्नुपर्ने बताए। उनले मधेसको मागलाई…

    विस्तृतमा पढ्नुस्

  • श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि सञ्चारमन्त्रीले निजी सञ्चारगृहसँग छलफल गर्ने

    श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि सञ्चारमन्त्रीले निजी सञ्चारगृहसँग छलफल गर्ने

    काठमाडौँ : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका सम्बन्धमा निजी क्षेत्रका सञ्चारगृहसँग आफूले छलफल गर्ने बताएका छन्।  नेपाल पत्रकार महासंघले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा मन्त्री बस्नेतले श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीको भौतिक र पेशागत सुरक्षाका लागि सरकार प्रतिबद्ध भएकाले कानुनमा तोकिएबमोजिम पत्रकारको सुविधा उपलब्ध हुनुपर्ने उल्लेख गरे।  पत्रकारको न्यूनतम पारिश्रमिक (मासिक १९ हजार पाँच सय) सबै…

    विस्तृतमा पढ्नुस्

  • भारत प्रशासित काश्मीरमा एक अतिवादी कमाण्डर मारिएको प्रहरीको दाबी

    भारत प्रशासित काश्मीरमा एक अतिवादी कमाण्डर मारिएको प्रहरीको दाबी

    श्रीनगरः भारत प्रशासित काश्मीरमा मङ्गलबार लासकार इ तोइबाका एकजना वरिष्ठ कमाण्डर अबु दुजाना मारिएका छन्।  सरकारी सुरक्षा बल र आतङ्ककारीबीच भएका दोहोरो भिडन्तमा ती कमाण्डर मारिएका प्रहरी स्रोतले जानकारी दिएको छ।  पुल्वामा जिल्लाको हार्किपोरा गाउँको बाहिरी इलाकामा आतङ्ककारी र सुरक्षाबलबीच भएको दोहोरो गोली हानाहानमा ती कमाण्डर मारिएका बताइएको छ।  भारत प्रशासित काश्मीरमा रहेको श्रीनगर सहरबाट २७ किलोमिटर दक्षिणमा पर्ने इलाकामा…

    विस्तृतमा पढ्नुस्

  • मिनीबसको ठक्करबाट तनहुँमा एक महिलाको मृत्यु

    मिनीबसको ठक्करबाट तनहुँमा एक महिलाको मृत्यु

    दमौली। पृथ्वीराजमार्गको दमौली डुम्रे सडकखण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा आज मिनीबसले ठक्कर दिँदा पैदल हिँडिरहेकी एक महिलाको मृत्यु भएको छ।  मृत्युहुनेमा सोही नगरपालिका–१ गल्वुबेशीका ४३ वर्षीय निर्मला बसौला रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।  मुग्लिनबाट पोखरा गइरहेको ना५ख ५६७१ नम्बरको मिनीबसले ती महिलालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनको रत्नहरि अस्पताल दमौलीमा उपचारका क्रममा मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • कमल थापाको आग्रहः राजपालाई निर्वाचनमा आउने वातावरण बनाऔं

    कमल थापाको आग्रहः राजपालाई निर्वाचनमा आउने वातावरण बनाऔं

    लहान : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई पनि सहभागी हुने वातावरण बनाउनुपर्ने बताएका छन्।  राप्रपा सिरहाले मंगलबार लहानमा आयोजना गरेको पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष थापाले राजपालाई निर्वाचनमा ल्याउने विश्वासिलो वातावरण बनाउनुपर्ने बताए। उनले भने,“तेस्रो चरणअन्तर्गत हुने सथानीय तह निर्वाचनको समय डेढ महिना मात्र बाँकी रहँदा पनि राजपा चुनावमा…

    विस्तृतमा पढ्नुस्

  • यातायात मन्त्रीको निर्देशनः चालक अनुमतिपत्र वितरण प्रक्रिया प्रभावकारी बनाउ

    यातायात मन्त्रीको निर्देशनः चालक अनुमतिपत्र वितरण प्रक्रिया प्रभावकारी बनाउ

    काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले आफ्नो मातहतका कार्यालय प्रमुखलाई सेवाग्राहीप्रति जिम्मेवार भएर परिणाममुखी काम गर्न निर्देशन दिएका छन्।  मंगलबार मन्त्रालयमा यातायात व्यवस्था विभाग र सवारी चालक अनुमति कार्यालयका प्रमुखलाई बोलाएर मन्त्री बलायरले सवारी साधनको चालक अनुमतिपत्र लिन जटिल रहेको सेवाग्राहीबाट गुनासो आइरहेकाले तत्काल यसलाई सरल र सहज बनाउन निर्देशन दिँदै त्यसको वितरण प्रक्रियालाई प्रभावकारी बनाउन नसक्ने कर्मचारीलाई…

    विस्तृतमा पढ्नुस्

  • लागूऔषधसहित भक्तपुरबाट तीनजना पक्राउ

    लागूऔषधसहित भक्तपुरबाट तीनजना पक्राउ

    भक्तपुर : महानगरीय प्रहरी वृत्त थिमिबाट खटिएका प्रहरी टोलीले लागूऔषधका रुपमा प्रयोग हुने अवैध औषधिसहित मंगलबार तीन जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१ बस्ने १८ वर्षीय श्रीकृष्ण प्रजापति, सूर्यविनायक नगरपालिका–७ जगाती बस्ने १९ वर्षीय रबिन टचामो र सूर्यविनायक–६ सिपाडोल बस्ने १९ वर्षीय शोभित कार्की रहेका छन्।  प्रहरीले भक्तपुर नगरपालिका च्यामासिंहमा लागूऔषधका रुपमा प्रयोग हुने प्रतिबन्धित औषधि निट्राभेट–१० बिक्री वितरण…

    विस्तृतमा पढ्नुस्

  • अब्बासी पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित

    अब्बासी पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित

    पाकिस्तान : पाकिस्तानको संसदले पूर्व प्रधानमन्त्री नवाज शरीफको सत्ताधारी दल पाकिस्तान मुश्लिम लिग– नवाज (पिएमएल–एन) को तर्फबाट नेता शहीद खकान अब्बासी प्रधानमन्त्री निर्वाचित भएका छन्।  पाकिस्तानी सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारमा संलग्नताको आशङ्का गर्दै पद त्याग्न आदेश गरेपछि उनले गत शुक्रबार राजीनामा दिएपछि रिक्त रहेको उक्त पदका लागि संसदमा मंगलबार निर्वाचन भएको थियो।  अब्बासीलाई संसदको ३४२ सदस्य सङ्ख्यामा…

    विस्तृतमा पढ्नुस्

  • भेनेजुयलामा संविधानसभा सदस्यका एक उम्मेदवारको हत्या

    भेनेजुयलामा संविधानसभा सदस्यका एक उम्मेदवारको हत्या

    भेनेजुयला : भेनेजुयलामा प्रतिपक्षीको विरोधकाबीच भएको निर्वाचन सुरुहुन केही घण्टामात्र बाँकी रहँदा एक जना संविधानसभा सदस्यका उम्मेदवारको हत्या भएको छ। ३९–वर्षीय उम्मेदवार जोस फेलिक्स पिनिडाको क्युदाद बोलिभर सहरस्थित घरमा हत्या भएको हो।  भेनेजुयालाको प्रतिपक्षी गठबन्धन समूह डेमोक्रेटिक यूनिटी राउन्ड टेवल (एमयूडी)ले वर्तमान राष्ट्रपति निकोलास माडुरोले भेनेजुयलामा राजनैतिक सङ्कट चरम बन्दासमेत समाधान गर्न नसकेको आरोप लगाउदै आएको छ।  राजनीतिक अन्यौलका कारण आर्थिक…

    विस्तृतमा पढ्नुस्

  • जर्मनीको एक रात्रि क्लवमा गोली चल्दा एक जनाको मृत्यु, चार घाइते

    जर्मनीको एक रात्रि क्लवमा गोली चल्दा एक जनाको मृत्यु, चार घाइते

    जर्मनी :  स्वीट्जरल्याण्डसँग सीमा जोडिएको जर्मनीको कन्सटन्स सहरस्थित एउटा ‘नाइट क्लब’मा गोली प्रहार भएको छ।  घटनामा एकजनाको ज्यान गएको र चारजना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। आक्रमण व्यक्तिगत प्रतिशोध लिन गरिएको पनि प्रहरीको प्रारम्भिक अनुमान छ।  झडपभएको ठाउँमा प्रहरीले नियन्त्रण लिने क्रममा भएको गोली हानाहानमा ३४–वर्षीय बन्दुकधारी पनि घाइते भएका र उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell