सविन ढकाल/ प्रवीण रानाभाट काठमाडौंः काठमाडौंको गोठाटारमा सर्लाहीका लाल मोहम्मद दर्जीमाथि गोली प्रहार भएको खुलेको छ। आज साँझ पौने ७ बजेतिर कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटारमा दर्जीमाथि गोली प्रहार भएको थियो। जोरपाटीबाट सामान किनेर फर्किरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको खुलेको छ। चार राउण्ड गोली प्रहार भएको खुलेको छ। गोली लागि घाइते भएका मोहम्मदको जोरपाटीस्थित शंकरापुरमा अपचार नभएपछि टिचिङ…
काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सरकारले नै घरभित्र नजरबन्द जस्तै बनाएको आरोप लगाएका छन्। प्रतिनिधिसभाबाट आफूमाथि लागेको महाअभियोग निस्कृय भएको भन्दै उनले आफू सर्वोच्च अदालत जान खोज्दा घरभित्र नै नजरबन्द जस्तै लगाएको आरोप लगाए। 'सरकारले नै अदालत जाने वातावरण बनाइदिएन। म ११ बजे अदालत जान तयारीमा थिएँ तर मेरो गेट अगाडि नै पुलिस ल्याएर राखेको छ,' जबराले पहिलोपोस्टसँगको टेलिफोन कुराकानीमा भने।…
काठमाडौं : एउटा बलियो विकेट लिँदा अम्पाएरले नो बलको संकेत गरिदियो भने के हुन्छ ? लिइसकेको विकेट त यथास्थनामा हुन्छ नै अर्को बलिङले बाउन्ड्रीको जोखिम पनि निम्त्याउन सक्छ। खेल मैदानमा जस्तै सन्दीप लामिछाने आफ्नो करिअर र सिंगो जीवनमै यतिखेर 'नो बल'को अवस्थामा छन्। बलात्कारजस्तो संगिन अपराधको 'रिभ्यू'मा रहेका उनले एकाएक 'नेपाल फर्किने' घोषणा सोसल मिडियाबाट त गरे तर कता पुगे…
काठमाडौं आर्थिक अपराधसँग जोडिएका थप मुद्धामा प्रहरीले अनुसन्धान र मुद्धा दायरको अधिकार पाउने भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पठाइएको केही नेपाल ऐन संशोधन विधेयकले प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धानलाई थप अधिकार दिन लागेको हो। कर्मचारीबाट भएका अनुसन्धान प्रभावकारी नभएको भन्दै प्रश्न बनिरहेका बेला अधिकार हेरफेर हुन लागेको हो। तर यसअघि अनुसन्धान गरिरहेका निकायको अधिकार पूर्ण कटौती भने हुन…
काठमाडौं : पछिल्लो ६ महिनामा हाइप्रोफाइल जोडिएका तीन वटा यौन अपराध घटना बाहिरिए जसले नेपाली समाजलाई नै तरङ्गित बनायो। यौनकै विषयका तीन फरक प्रकृतिका यस्ता अपराधका घटनाले कानुनी बहससँगै यसको संवेदनशीलता कुन हदसम्म छ भन्ने पनि चिनायो। पहिलो घटना हो अभिनेता पल शाहसँग जोडिएको प्रकरण। पक्राउ परेको ६ महिनापछि जवर्जस्ती करणीको मुद्दा खेपिरहेका शाहले त्यसमा सफाइ पाए। तर त्यसैसँगै जोडिएको…
काठमाडौं : नाबालिग माथि जबरजस्ती गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने कहिले नेपाल फर्किएलान्? विदेशबाट फर्किँदा सधैं भब्य स्वागत पाउने सन्दीपको प्रतीक्षामा रहेको प्रहरीले उनलाई के गर्ला? प्रश्नहरु धेरै मानिसको चासोको विषय बनेको छ। नेपालको राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने भदौ ६ गते टी-२० को मैत्रीपूर्ण खेलका लागि केन्या उडेका थिए। त्यहाँ एक दिवशीय खेल नखेल्दै उनी क्यारेबियन प्रिमियर लिग खेल्न सेन्ट लुसिया पुगे।…
काठमाडौं : बुधबार राति पौने १२ बजेतिर दरबारमार्ग वृत्तबाट डिएसपी कोपिला चुडालको नेतृत्वमा टोली राउन्डमा थियो। त्यतिकैमा दरबारमार्गमा रहेको क्लब प्लाटिनममा झडप भएको खबर आयो। प्रहरी टोली क्लबमा पुग्दा अवस्था भयानक बनिसकेको थियो। एकले अर्कोलाई प्रहार गर्दै थिए। प्रहरी कसलाई नियन्त्रणमा लिने कसरी कन्ट्रोल गर्ने भन्ने अन्योलमा थियो। क्लबको आन्तरिक सुरक्षामा खटिएका बाउन्सरको पनि केही चल्ने अवस्था थिएन। केही घण्टापछि…
काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने भदौ ६ गते टी-२० को मैत्रीपूर्ण खेलका लागि केन्या पुग्ने कार्यक्रम तय थियो। जुन दिन सन्दीप उड्दै थिए त्यसै दिनको बिहान ७ बजेसम्म पिङ्गलस्थानको एक होटेलमा थिए एक किशोरीसँग। अहिले जबर्जस्ती करणीको प्रकरण बाहिरिएसँगै क्याम्पमा रहेका कप्तान मध्यरातसम्म मदिरापानसहित मनमौजी तरिकामा सक्रिय रहेको खुल्न आएको छ। सन्दीपको सार्वजनिक भएको हर्कत प्रमाणित भएमा कानुनका…
काठमाडौं : पाँच वर्षअघि वैशाखमा स्थानीय निर्वाचनको चहलपहल सुरु भइसकेको थियो। सरकारले निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था मिलाइरहेको थियो। त्यति बेला देशको गृह मन्त्रालयको बागडोर गृहमन्त्री जनार्दन शर्माले सम्मालेनका थिए। त्यतिखेर उनले प्रहरीका उच्च तहका अधिकृतलाई बोलाएर गुन्डागर्दीमा संलग्नहरूलाई तत्काल पक्राउ गर्न निर्देशन दिए। काठमाडौं प्रहरी प्रमुख भएका थिए एसएसपी छविलाल जोशी। उनी पहिलो 'टार्गेट'मा परेका थिए - चक्रे मिलन। स्थानीय…
काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीलाई जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परिसकेको छ। मंगलबार महानगरीय प्रहरी वृत गौशालामा पीडितका आफन्तहरु लामिछानेले करणी गरेको भन्दै उजुरी लिएर पुगेका थिए। १८ वर्षमुनिका नाबलिकालाई करणी गरेको अभियोगमा लामिछानेविरुद्ध उजुरी परेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी रवीन्द्र धानुकले पुष्टि गरे। भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगी करणी…
काठमाडौं : अभिनेता पल शाहलाई अदालतले बाल यौन दुर्व्यवहारमा साढे दुई वर्ष कैद सजाए सुनाएको छ। जबरजस्ती करणीमा सफाइ दिँदै नवलपुर जिल्ला अदालतले आज शाहलाई कैद सजाय सुनाएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए। त्यस्तै, अदालतले शाहलाई २५ हजार जरिबानाको सजाय सुनाएको छ। पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने अदालतको फैसलामा उल्लेख छ। शाहको पक्षमा ७ जना वकिल र सरकारी वकिलका…
काठमाडौंः क्रिप्टोकरेन्सीको कारोबार नियमन गर्न सरकारले नयाँ कानुन प्रस्ताव गरेको छ। केही नेपाल ऐन संशोधन विधेयकमार्फत मुलुकी अपराध संहिता संशोधनको प्रक्रिया सरकारले अघि बढाएको छ। विधेयक पारित भई कानुन बनेपछि क्रिप्टो कारोबार अवैध हुनेछ। जसलाई फौजदारी दायित्वमा राखिएको छ। प्रस्तावित विधेयक अनुसार कसैले पनि गैर मुद्रा उत्पादन वा जारी गर्न नपाइने उल्लेख छ। मुलुकी अपराध संहिता २०७४ को दफा १२५ संशोधन…
काठमाडौं : शुक्रवार बिहान उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भयो। बेलका नगरपालिका-७ बस्ने ३७ वर्षीय राजकुमार बस्नेत, उनकी ३३ वर्षीय श्रीमती सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन मारिए। बिहान ११ बजेतिर तीन जनाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले हत्या अभियोगमा ४३ वर्षीय नणबहादुर बस्नेतलाई भाग्दै गर्दा नियन्त्रणमा लिएको जनाएको छ। उनको साथबाट घटनामा प्रयोग भएको…
काठमाडौं : काठमाडौंको माइतीघरमा प्रदर्शनदेखि स्थानीय प्रशासनमा मिटर ब्याजबाट पीडितहरूको उजुरी थपिदैं गर्दा मिटरब्याज सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय कार्यदलको समय घर्किँदै गएको छ। सरकारले कार्यदललाई भदौ २७ गतेसम्म प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। सरकारले गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुसालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। सरकारले मिटरब्याज सम्बन्धी अपराध नियन्त्रण गर्न ६ सदस्य कार्यदल गठन गरेको थियो। कार्यदलको सदस्यमा…
काठमाडौं : काठमाडौंका केही नाइट क्लब, दोहोरी साँझलगायत ठाउँमा नक्कली रक्सी प्रयोग हुँदै आएको खुलेको छ। गत शुक्रवार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नक्कली रक्सी उत्पादन र बिक्री वितरण गर्ने गिरोहलाई सार्वजनिक गरेपछि घटनाको पर्दाफास भएको हो। उनीहरूले उत्पादन गरेको नक्कली रक्सी विभिन्न क्लब, दोहोरी साँझ, नाइट क्लब, रेस्टुराँ लगायतमा बिक्री गर्ने गरेको बयान दिएका छन्। काठमाडौंको कोटेश्वर र भक्तपुरको…
काठमाडौं : नेपाल पर्यटन बोर्डको कीर्ते पत्र सहित नर्वेको भिसा आवेदन प्रकरण अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले हेरिरहेको छ। पर्यटन बोर्डले आफ्नो कागजपत्र दुरुपयोग तथा कीर्ते भएको निवेदन व्यूरोमा दिएपछि प्रहरीले यसको अनुसन्धान अगाडि बढाएको हो। ‘तिम्रो नजर’ नामको फिल्म सुटिङ गर्नुपर्ने भन्दै भारतस्थित नर्वेजियन दूतावासमा फिल्मको टिमले निवेदन दिएको हो। निवेदन दिएको केही दिनपछि दूतावासले पर्यटन बोर्डबाट जानकारी लिएको…
काठमाडौंः तपाईँले विभिन्न प्रहरी चौकी वा प्रहरी कार्यालय अगाडि धेरै मोटरसाइकल तथा गाडी राखेको देख्नु भएको होला। यसरी राखिएका सवारीसाधनमध्ये धेरै काम नलाग्ने अवस्थामा छन्। केही फुटेटुटेका मोटरसाइकल मर्मतपछि प्रयोग गर्न सक्ने अवस्थाका पनि छन्। तर वर्षौँदेखि त्यसरी बेवारिसे अवस्थामा रहेका सवारीसाधनप्रति सवारी धनी र प्रहरीको समेत चासो नहुँदा त्यसै 'कवाडी' बन्दै गएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा यस्ता सवारीसाधन सयौँ देख्न…
काठमाडौंः रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ बाइपासबाट साउन १५ गते १५ लाख ५० हजार रुपैयाँसहित भारत घर भएका ४६ वर्षीय आशीष साहुलाई प्रहरीले नियन्त्रणमा लियो। दिउँसोको समयमा लु ६ प ७१२९ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक साहुको साथबाट नगद फेला पारेको थियो। उनले आफूसँग रहेको रकमको स्रोत खुलाउन सकेनन्। त्यसपछि प्रहरीले आवश्यक अनुसन्धानको लागि राजस्व…
काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजलाई बुधबार दिउँसो करिब १ बजेतिर एयर ट्राफिक कन्ट्रोलरले रोक्न संकेत गरे। उड्ने तरखरमा रहेको विमानलाई तत्काल रोक्न संकेत गर्नु सामान्य विषय थिएन। किनकि उड्ने पोजिसनमा रहेको विमान रोक्ने संकेत कमै घटना हुन्छन्। विमान रोक्न संकेत गर्नुको कारण आपराधिक गतिविधिमा संलग्न भएका मानिस भएको भन्ने थियो। नेपाल प्रहरीको विशेष ब्यूरो हुँदै विमानस्थल…
काठमाडौं : भारत उड्न लागेको विमान रोकेर समातिएका व्यक्ति माथि सुन चोरीको आरोप लागेको खुलेको छ। बुधवार काठमाडौंबाट दिउँसो १:१५ मा नेपाल इयरलाइन्सको जहाज उड्दै थियो। तर, उक्त जहाज एकाएक रोकियो। शङ्कास्पद व्यक्ति रहेको सूचना आएपछि जहाज प्रहरीले नियन्त्रणमा लियो र एक जना पक्राउ परे। पक्राउ पर्ने धनगढीका सन्तोष लामिछाने भएको खुलेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट सूचना आएपछि विशेष…