काठमाडौं : ब्याचलरको पढाई क्लियर हुन नसकेपछि २५ वर्षीय डेबिट धामी कामधन्दामा लागे। कञ्चनपुरको बेतकोट नगरपालिका घर भएका डेबिट केही समयदेखि काठमाडौंको थापाथलीमा डेरा गरी बस्दै आएका थिए। विभिन्न माध्यमबाट उनी बानेश्वरमा रहेको एक अडिट फर्ममा काम गर्न पुगे। विभिन्न कम्पनीहरू कर सम्बन्धी काम लिएर फर्ममा पुग्थे। समय बित्दै जाँदा फर्महरूको कर चुक्ता कसरी गर्ने? करमा जान के-के गर्नुपर्छ? फर्म…
काठमाडौं: चुनावी परिणाम जस्तै अप्रत्यासित रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी हात पारेका छन्। टेलिभिजन कार्यक्रमबाट बटुलेको चर्चालाई राजनीतिमार्फत् 'क्यास' गरेका लामिछानेका लागि गृह मन्त्रालयको जिम्मेवारी आफैँमा एउटा 'कन्फ्लिक्ट अफ इन्ट्रेस्ट'को बलियो उदाहरण बन्दैछ। प्रहरीले रविको नागरिकता र राहदानी छानबिन गरिरहेका बेला सोही मन्त्रालयको कमान्ड उनले सम्हालेका हुन्। गृहको जिम्मेवारी उनी सामु उत्तिकै चुनौतीपूर्ण रुपमा रहनेछ। ओझेलमा…
काठमाडौंः शपथलगत्तै नेपाली कांग्रेसका सांसद टेक बहादुर गुरुङ र नेकपा (एमाले) का लक्ष्मी महतो निलम्बनको अवस्थामा पुगेका छन्। गुरुङको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन रहेको जानकारी शुक्रबार अख्तियारले संसदमा जानकारी गराएको छ। साथै महतो फरार सूचीमा रहेको जानकारी प्रहरीले पनि सचिवालयमा शुक्रबार नै पठाएको छ। अख्तियार र प्रहरीको पत्राचारमा दुबैलाई सांसदका रुपमा काम गर्न नमिल्ने उल्लेख रहेको संसद सचिवालयले जनाएको…
काठमाडौंः तीन दिनअघि भारतको बिहार राज्य सितामढी ग्राम पञ्चायत बस्ने २१ वर्षीय रमन कुमारलाई नेपाल प्रहरीले पक्राउ गर्यो। महोत्तरी जिल्ला प्रहरी कार्यालयको टोलीले रमनलाई नक्कली नोटको कारोबार गरेको अभियोगमा पक्राउ गरेको हो। जलेश्वर नगरपालिका ३ बस्ने एक व्यक्तिको घुम्ती पसलमा उनी नेपाली नक्कली नोट लिएर पुगेका थिए। उनले नेपाली नोटसँग भारतीय नोट साँट्न खोजे तर पसलेलाई उनले दिएको नेपाली नोटमा शङ्का…
काठमाडौं : विदेशी मुद्रा सञ्चित गर्न भन्दै सरकारले महँगो मूल्यका मोबाइल फोन विदेशबाट आयत गर्न रोक लगाएको थियो। तर, पनि चोरी चकारी बाटो हुँदै नेपालमा महँगो मूल्यका मोबाइल फोन सेट भित्रिरहे। स्थलमार्ग बाटमात्र होइन हवाई मार्गबाट समेत मोबाइल फोन भित्रिएको खुलासा भएको छ। १० दिनअघि मात्र त्रिभुवन विमानस्थल प्रयोग गरेर कोरियन नागरिकले मोबाइल फोन नेपाल ल्याएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल…
काठमाडौं : २०७४ साउनको अन्तिमतिर एमबीबीएस पढाइ पूरा भयो। पढाइ पछि के त? नयाँ सम्भावनाका बाटो खोज्दै थिए मुकुल ढकाल। अरुलाई झै उनलाई पनि विदेश गएर पढ्ने रहरले कुतकुत्याउन थाल्यो। मेडिकल डाटा साइन्स पढ्ने रहरको मुना पलायो। आइएलटीएससँगै पीएचडी प्रपोजलको तयारी जुट्न थाले। आफन्तहरु अमेरिकामा रहेकाले मुकुलको रोजाइ पनि त्यतैको थियो। अमेरिका पुग्नु मुकुलका लागि खासै अप्ठ्यारो खुड्किलो थिएन। विदेश…
काठमाडौं : त्रिवि क्रिकेट मैदानमा नेपाल र युएई बिचको खेल जारी रहँदा प्रहरीले सट्टेबाजी गरेको अभियोगमा केही मानिसलाई पक्राउ गरेको छ। बल र ओभरको आधारमा समेत सट्टेबाजी गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले केही मानिसलाई पक्राउ गरेको हो। '४०/ ५० जनालाई पक्राउ गरेका छौं। अनुसन्धान भइरहेको छ,' व्यूरोका प्रमुख एआइजी उत्तमराज सुवेदीले भने। नेपाल र यूएईबीच जारी एकदिवसीय सिरिजको तेस्रो…
काठमाडौं : ट्राफिक प्रहरी कार्यालयदेखि अन्य प्रहरी कार्यालयको हाताभित्र वर्षौँदेखि थन्किएका सवारीसाधन लिलामी हुने भएका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख डीआइजी मिरा चौधरीले पहल गरेपछि लिलामी प्रकृयामा लग्ने तयारी भएको हो। प्रहरी प्रधान कार्यालयले उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पत्रचार गर्दै लिलामी प्रकृया सुरु गर्न निर्देशन दिएको डीआइजी मिरा चौधरीले बताइन्। ‘प्रहरी प्रधान कार्यालयले लिलामी प्रकृया सुरु गर्नु भनेको छ। त्यसको…
काठमाडौं : नावालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने यतिखेर महानगरीय प्रहरी वृत्त गौशालामा छन्। उनी हिरासतमा बसेको ९ दिन बितिसकेको छ। त्यसो त जिल्ला अदालत काठमाडौंले बिहीवार थप पाँच दिन अर्थात् कार्तिक १ गतेसम्म उनलाई हिरासतमा राख्न अनुमति दिएको छ। यसअघि पहिलो पटक सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो। उनी अझै कति दिन हिरासतमा बस्छन्? यकिनका साथ…
काठमाडौं : पाँच वर्षअघि जे देखियो त्यो निक्कै रोचक थियो। खाइलाग्दा ज्यान भएका लक्का जवानहरु उनका अघिपछि हुन्थे। कोही नचिनेको देखिए, ती जवान सतर्क देखिन्थे। चनाखो चाल हुन्थ्यो उनीहरुको। अग्लो कदका उनी तिनै युवाहरुको बिचमा कालो चस्मामा हुन्थे। अरु २०-२५ जना सँगै हुन्थे। चुनावको माहोल चर्को थियो। उनी भोट मागिरहेका हुन्थे। उनले भोट माग्दै हात जोड्दा औंलामा दुईवटा सुनको औठी टल्किन्थ्यो।…
काठमाडौं : नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय नजिकै गाडी टक्क रोकियो। निधारमा रातो टीका अनि हँसिलो मुहार बनाएर ओर्लिए पूर्व डीआईजी रमेश खरेल। त्यसपछि उनका पछिपछि केही युवाहरु लागे। परबाट झट्ट हेर्दा कुनै मिसनका लागि जुटेको प्रहरी झै देखियो। 'सिंघम' छवि बनाएका पूर्व प्रहरी खरेलसहितको उपस्थिति 'फौजी' देखिन्थ्यो। यस्तो दृश्य आइतवार प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा देखिएको हो।…
काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कतार एअरवेजको विमानबाट कतार हुँदै उनी आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। आज विमानस्थलबाट उत्रिने बित्तिकै अध्यागमन कार्यालयले सन्दीपलाई विमानस्थल प्रहरीलाई जिम्मा लगाएको थियो। त्यसपछि विमानस्थल प्रहरीलेल महानगरीय प्रहरी वृत गौशालालाई सन्दीप बुझाएको हो। अब गौशाला वृत्तले सन्दीपमाथि लागेको आरोपको थप अनुसन्धान गर्नेछ। विमानस्थलबाटै हतकडी लगाएर सन्दीपलाई प्रहरीले बाहिर…
काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर खेलाडी सन्दीप लामिछाने आज बिहान नेपाल फर्किएका छन्। कतार हुँदै कतार एअरवेजको विमानबाट उनी आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। अवतरण लगत्तै सन्दीपलाई विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको हो। सन्दीपविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेको एक सातापछि लामिछानेले असोज २० गते काठमाडौं आउने बताएका थिए। सन्दीपले आफ्नो फेसबुक पेजमार्फत उक्त जानकारी…
काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेको एक सातापछि लामिछानेले प्रतिक्रिया दिएका छन्। लामिछाने दशैंको टीकाको भोलिपल्ट (असोज २०) गते काठमाडौं आउने बताएका छन्। सन्दीपले आफ्नो फेसबुक पेजमार्फत उक्त जानकारी दिएका हुन्। 'ठुलो आशा र हिम्मतका साथ, अक्टोबर ६ मा म नेपाल पुग्ने पक्का भएको जानकारी गराउँदछु। अनि म विरुद्ध लागेको…
काठमाडौं : सर्लाहीका ५८ वर्षीय लाल महम्मद (दर्जी)को हत्या अभियोगमा प्रहरीले शुक्रवार केही अभियुक्तलाई सार्वजनिक गर्यो। जिल्ला प्रहरी परिसर काठमाडौंले आयोजना गरेको पत्रकार सम्मेलनमा घटनाको छानविनका लागि गठित समितिका संयोजक जनक भट्टराईसमेत सामेल थिए। त्यस्तै परिसरका प्रमुख एसएसपी भरत बोहरा पनि थिए। प्रहरीले पर्सा वीरगंज घर भएका २१ वर्षीय महोरम मियाँ, रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका वडा नम्बर १…
काठमाडौं : असोज ६ गते साँझ ७ बजेतिर गायिका जेरुसा राई घरबाट निस्किइन्। केही समयमै फर्किनुपर्ने थियो तर फर्किनन्। रात बित्यो। बिहानसम्म पनि नफर्किएपछि परिवारका सदस्य प्रहरीकहाँ पुगे। असोज ७ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जेरुसा हराएको भन्दै परिवारले जानकारी गरायो। त्यसपछि परिसरको टोली गायिका समेत रहेकी राईको खोजीमा जुट्यो। असोज ६ गते साँझ साढे ७ बजेतिर ललितपुरको धोवीघाटतिर उनी हिँडिरहेको…
काठमाडौं : भदौ २१ गते जिल्ला अदालत नवलपुरले अभिनेता पल शाहलाई बाल यौन दुर्व्यवहारमा साढे दुई वर्ष कैद सजाए सुनायो। जबरजस्ती करणीमा भने पललाई सफाइ दिँदै अदालतले सजाय सुनाएको थियो। त्यस्तै, अदालतले शाहलाई २५ हजार जरिवानाको सजाय सुनाएको छ। पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने अदालतको फैसलामा उल्लेख छ। अदालतका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले शाहलाई थुनामा पठाउन आदेश गरेको थियो। २०७८ वैशाख…
काठमाडौं : सोमवार साँझ करिब पौने सात बजेतिर सर्लाही गोडैचा नगरपालिका-२ घर भएका ५८ वर्षीय लाल महम्मद (दर्जी) बा ६ च ५१५२ नम्बरको कारबाट ओर्लिँदै थिए। मोहम्मद कारबाट झर्नेबित्तिकै उनको पछाडिबाट रातो रंगको लुगा लगाएको मान्छेले गोली प्रहार गर्यो। गोली प्रहार भएपछि उनी आफू बच्नका लागि गाडी वरपर भागेर छल्ने प्रयास गरे। तर अज्ञात सुटरले फेरि अर्को फायर खोले। गोली…
काठमाडौंः सोमबार साँझ करिब पौने सात बजेतिर सर्लाही गोडैचा नगरपालिका-२ घर भएका ५८ वर्षीय लाल महम्मद (दर्जी) बा ६ च ५१५२ नम्बरको कारबाट ओर्लिन्छन्। कार उनका साथी रामप्रसाद गौतमले चलाएका हुन्छन्। उनीहरु जोरपाटी पुगेर सामान लिएर साँझ पौने ७ बजेतिर कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार फर्किएका हुन्छन्। पानी पनि परेकाले रात परिसकेको हुन्छ। तर व्यस्त चोक भएकाले मानिसको चहलपहल…
काठमाडौंः काठमाडौंको गोठाटारमा गोली लागि घाइते भएका सर्लाहीका लाल मोहम्मद दर्जीको मृत्यु भएको छ। उपचारको क्रममा उनको अस्पतलामा मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी रविन्द्र धानुकले बताए। ' उपचारको क्रममा मृत्यु भयो भन्ने जानकारी आएको छ। हाम्रो टोली अनुसन्धानमा नै छ,' एआइजी धानुकले भने। उनी माथि आज साँझ पौने ७ बजेतिर कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटारमा…