काठमाडौं : विगत दुई महिनादेखि अधिकांश टेलिभिजन तथा सञ्चार माध्यममा एउटै नाम धेरैपटक दोहरिएको छ। झन् दिउँसो ४ बजे त उनकै आवाजको प्रतीक्षामा धेरै बसेका हुन्छ। उनी अर्थात् डाक्टर विकास देवकोटा। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता। कोरोना सङ्क्रमणको सङ्ख्या थपिए नथपिएको आधिकारिक पुष्टि गर्ने उनी नै हुन्। उनले दिने तथ्याङ्क सबैभन्दा आधिकारिक हुने गर्छ। धादिङ घर भएकी मीनालाई पनि त्यस्तै…
काठमाडौं : नेपालमा कोरोना सङ्क्रमितको संख्या सुस्त गतिमा बढिरहँदा झापा जिल्ला अरुतिर भन्दा बढी सुरक्षित झै देखिएको थियो। सङ्क्रमण भएका व्यक्तिहरू झापाका थिएनन्, झापा जिल्ला भित्र पनि थिएनन्। आखिर किन त? परीक्षण कम भएर वा परीक्षण गर्नुपर्ने सम्भावित नभेटिएर? तर, एकाएक केही दिन यता झापामा दैनिक संक्रमितको संख्या यसरी बढिरहेको छ कि - केही साता अघिको अवस्था पूरै उलटफेर भए…
काठमाडौं : महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई जना प्रहरी कोरोना संक्रमण देखिएपछि प्रहरीले वृत्त नै सिल गरेको छ। उनीहरु लकडाउनको समयमा सडकमा नै समुहमा ड्युटीमा खटिएका थिए। त्यसैले पनि उनीहरुसँग सम्पर्कमा आएका प्रहरीलाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्नुपर्ने भएकाले सिल गरिएको हो। प्रहरी नायव निरीक्षक (सई) र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको एक प्रहरी अधिकृतले जानकारी दिए। संक्रमित व्यारेकमा बस्थे।…
काठमाडौं : काठमाडौंमा कार्यारत दुई प्रहरीमा कोरोन संक्रमण देखिएको छ। महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यारत दुई जना प्रहरी कोरोना संक्रमण भएको देखिएको हो। प्रहरी नायव निरीक्षक( सई) र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको एक प्रहरी अधिकृतले जानकारी दिए। उनीहरु दुवैजना लकडाउनको समयमा फिल्डमा नै खटिएका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले दुई प्रहरीमा संक्रमण देखिएको पुष्टी गरे। यसअघि काठमाडौं…
काठमाडौं : स्वास्थ्य मन्त्रालयले मंगलवार पछिल्लो पटक २७ जना कोरोन संक्रमित भएको पुष्टि गर्यो। १ जना लमजुङमा पनि संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जानकरी दियो। लमजुङमा पनि संक्रमण देखिएपछि लमजुङबासी त्रासित बने। किनकि लमजुङमा यसअघि कोरोना संक्रमणका विरामी देखिएका थिएनन्। यो उनीहरुका लागि नयाँ केस थियो। मन्त्रालयले संक्रमित हुनेको जिल्ला तय गरे पनि शंका गर्ने आधार भने प्रस्तत थियो। लमजुङबाट ६१…
काठमाडौं : शुक्रवार नागढुंगामा वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्की माथि दुर्व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं समेतको टोलीले उत्तम कार्की नाम गरेका युवकलाई नियन्त्रणमा लिएको परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। 'हामीले दुर्व्यवहार गर्ने युवकलाई नियन्त्रणमा लिएका छौं। आवश्यक कारबाही हुन्छ,' एसएसपी ज्ञवालीले भने। गत शुक्रवार अत्यावश्यक कामले काठमाडौं आएका कार्की माथि नागढुंगामा…
काठमाडौं : शुक्रवार दिउँसो खैरो रंगको स्कर्पियो नागढुंगातिर हुँकिएर आयो। सुरक्षाकर्मीले गाडीलाई रोक्नको लागि संकेत गरे। गाडी रोकियो। सरकारले कोरोना संक्रमितको सङ्ख्या थँपिदै गएपछि उपत्यकाभित्र भित्रिने सवारीलाई कडाइ गरेको छ। पासधारी सवारीलाई पनि आवश्यकता हेरेरमात्र छिर्न दिने निर्देशन गृह मन्त्रालयले दिएको छ। सोहीअनुसार प्रहरीले गाडीको पास हेर्न खोजेको थियो। तर, त्यहाँ प्रहरीको कामभने गाडी रोक्नेमै सीमित भयो। गाडीको चेक गर्न…
काठमाडौं : गृह मन्त्रालयमा बिहीवार बसेको बैठकले १५ दिनको लागि सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको छ। उपत्यकाभित्र पछिल्ला दिनमा कोरोना संक्रमितको सङ्ख्या थपिँदै गएकाले अत्यावश्यक बाहेक अन्य सम्पूर्ण कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो। उपत्यकाभित्रका तीनवटै जिल्ला प्रशासन कार्यालका प्रमुखले सरकारी कार्यालय बन्द गर्ने विषयमा सहमति जनाएका छन्। 'हामीले १५ दिनका लागि सरकारी र अन्य पसलहरु बन्द गर्ने निर्णय…
काठमाडौं : बिहीवार काठमाडौंमा एक बालकमा कोभिड- १९ पोजेटिभ देखियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सात वर्षीय बालकमा कोरोना पुष्टि भएसँगै उपत्यकामा फेरि संकटको बादल मडारिन थालेको छ। संक्रमित बालक चन्द्रगिरि नगरपालिका वडा १ को दहचोमा बस्दै आएका छन्। बालक उनकी आमासहित २५ दिनअघि बाराबाट काठमाडौं आएको खुलेको छ। चैतको पहिलो साता नै आमाले बालकलाई लिएर बारा गएकी थिइन्। त्यहाँ…
काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पछिल्लो समय भेटिएका ३२ वर्षीय पुरुष सुरक्षाकर्मी भएको खुलेको छ। बिहीवार बिहान ६:१५ बजे स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा काठमाडौंका चन्द्रागिरिका पुरुषमा कोरोना पोजेटिभ देखिएको खुलेको थियो। बिहान मन्त्रालयले दुई जनामा कोरोना संक्रमण भएको जनाएको थियो। दुईमध्ये एक सशस्त्र प्रहरी बल बलम्बुमा कार्यरत प्रहरी कर्मचारी भएको चन्द्रागिरि नगरपालिकाका मेयर धनश्याम गिरीले पुष्टि गरेका छन्। 'उहाँ…
काठमाडौं : मंगलवार काठमाडौंमा कोरोना संक्रमित भेटिएकी महिला कंचनपुरको महेन्द्रनगरबाट आएको खुलेको छ। ३३ वर्षीय महिला सोमवारमात्रै महेन्द्रनगरबाट काठमाडौं आएकी थिइन्। त्यसपछि उनी स्वास्थ्य परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र टेकु पुगेकी थिइन्। त्यसपछि उनी चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँमा रहेको आफ्नो घरमा पुगेकी थिइन्। महेन्द्रनगरबाट उनीसँगै उनका एक छोरा र छोरीसँगै काठमाडौं आएको धनगढीको दिनेशखबरले जनाएको छ। साथै, उनले भेटेका…
काठमाडौं : नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई सय १७ पुग्नेगरी पछिल्लो पटक २६ जना थपिँदा तीन जना काठमाडौं उपत्यकाभित्रका परे। उपत्यकाको लकडाउन खुकुलो हुन थालेको तेस्रो दिन यहाँ संक्रमित देखिएपछि त्रास फैलिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलवार रातिसम्म नेपालमा संक्रमितको संख्या २१७ पुगेको छ। तराईका भारतीय सीमा जोडिएका जिल्लामा मात्र होइन काठमाडौं उपत्यकाभित्रका काठमाडौं र भक्तपुर जिल्लामा पनि…
काठमाडौं : समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादव अपहरणको अनुसन्धानमा खटिएको महानगरीय प्रहरी परिसर काठमाडौंको टोली यतिखेर महोत्तरी पुगेको छ। प्रहरी निरीक्षकको कमाण्डमा महत्तरी पुगेको टोलीले सासंद यादवको घरमा पुगेर अनुसन्धान अगाडि बढाएको हो। परिसरको मुद्दा शाखामा कार्यरत प्रहरी निरीक्षक देवी पौडेलको नेतृत्वमा गएको टोलीले स्थानीय प्रहरीको सहयोगमा प्रारम्भीक घटनास्थल भनिएको यादवको घरको मुचुल्का उठाउने, आफन्तसँग बयान लिने लगायतको काम…
काठमाडौं : ४२ दिनदेखि जारी रहेको लकडाउन थप गर्न सरकारले तयारी अगाडि बढाएको छ। कोरोना संक्रमण तथा रोकथामको लागि सरकारले गठन गरेको उच्चस्तरीय समन्वय समितिको बैठक आज दिउँसो २ बजेको लागि बोलाइएको छ। बैठकले सरकारलाई लकडाउन थप गर्ने र नयाँ मोटालिटीको बारेमा सिफारिस गर्नेछ। त्यस्तै, आइतवार गृह मन्त्रालयमा बसेको गृहमन्त्री रामबहादुर थापा, गृहसचिव, परराष्ट्र सचिव, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, नेपाल प्रहरी,…
काठमाडौं : सरकारले घोषणा गरेको लकडाउनको कारण देशमात्र होइन अपराधिक गतिविधिमा संलग्नलाई थुनामा राख्ने थुनुवा कक्ष पनि खाली भएको छ। लकडाउनले मानिसहरुलाई घरमै 'कैद' गरेको छ भने कैदमा रहेकाहरु छुटेका छन्। त्यसैले थुनवा कक्ष सुनसान भएको छ। नेपाल प्रहरीको ६ दशक लामो इतिहासमा महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासत पहिलोचोटी खाली भएको हो। सर्वोच्च अदालतले अहिले गम्भीर प्रकृतिका र पक्राउ गरी…
काठमाडौं : लकडाउनको कडा कार्यान्वयन गर्न केन्द्र सरकारले जति निर्देशन दिए पनि स्थानीय सरकारले टेरपुच्छर लगाएका छैनन्। काठमाडौंको देखावटी लकडाउनको कडाईलाई गाउँगाउँका स्थानीय सरकारले निस्तेज बनाइरहेका छन्। विभिन्न जिल्लाबाट काठमाडौं भित्रिनेलाई कडाई गरे पनि काठमाडौंबाट बाहिर जानेलाई भने मनपरी पाराले ओसारपरास निषेध छैन। पछिल्लो उदाहरण बन्यो, सिन्धपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका। गाउँपालिकाका सबै वडाअध्यक्ष एकैसाथ बुधवार काठमाडौंमा रहेका आफ्ना नागरिकलाई खबर…
काठमाडौं : 'सर मेरो श्रीमान् गाडी लिएर आउँदै हुनुहुन्छ। म जान्छु है?' सोमवार बिहानै नागढुङ्गामा विराटनगरबाट आएकी एक महिलाले भन्दै थिइन्। उनले काखे बालक च्यापेकी थिइन्। शनिवार झन्डै १० घण्टा लामो यात्रा गरेर नागढुङ्गासम्म आइपुगेकी उनी चढेको बसलाई प्रहरीले रोक्यो। त्यसपछि उनीहरु बसबाट उत्रिए। उनी सहित १ सय ६० जनालाई प्रहरीले काठमाडौं प्रवेश गर्न नदिने बताएपछि उनी हारगुहार गरिरहेकी थिइन्।…
काठमाडौं : सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन घोषणा गरेको ३३ दिन पूरा भएको छ। पछिल्लो पटक सरकारले थप गरेको लकडाउनको समय भोलि (सोमवार) रातिबाट सकिँदैछ। त्यसैले अब सरकारले लकडाउन थप गर्ला वा नगर्ला भन्ने आम सर्वसाधरणको लागि चासोको विषय बनेको छ। भोलि राति १२ बजेबाट लकडाउनको समय सकिने भएकाले आज नै मन्त्रिपरिषद्को बैठक बसेर यस विषयमा निर्णय…
काठमाडौं : बिहीवारदेखि राज्यकै संयन्त्रले गरेको एउटा 'अपहरण' निकै चर्चामा छ। पूर्व राज्यमन्त्री तथा डाक्टर सुरेन्द्र यादवलाई महोत्तरीबाट उठाएर काठमाडौं ल्याइएको प्रकरणले देश तरङ्गित छ। समाजवादी पार्टीका नेताले यसलाई सामान्य प्रकरण नमानी अपहरण नै करार घोषणा गरेका छन्। तर, अपहरण भनिएको यस घटनामा जोडिएका मुख्य व्यक्ति पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, नेकपा सासंद महेश बस्नेत र अर्का सासंद किसन श्रेष्ठ…
काठमाडौं : पूर्व स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवको राजनीतिक 'अपहरण' हुँदा आफू सँगै रहेको नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले स्वीकारेका छन्। 'उहाँ मेरो राम्रो साथी हो। उहाँसँग कुरा गरेर र नै हामी जनकपुर पुगेका थियौं,' पूर्व प्रहरी प्रमुख खनालले पहिलोपोस्टसँग भने। समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले पार्टीका नेता डाक्टर यादव अपहरणमा परेको र प्रधानमन्त्री केपी शर्मा ओलीको…