PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

  • प्रहरी हेडक्वार्टरभित्र कोरोना, चार प्रहरीमा संक्रमण पुष्टि

    प्रहरी हेडक्वार्टरभित्र कोरोना, चार प्रहरीमा संक्रमण पुष्टि

    काठमाडौँः प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार प्रहरीमा कोरोना संक्रमण देखिएको छ। एक हवल्दार र तीन जवानमा कोरोना पुष्टि भएको हो। प्रहरी अस्पतालमा भएको परीक्षणमा संक्रमण देखिएपछि थप पुष्टिको लागि टेकु पठाइएको छ। 'चार जनालाई कोरोना देखिएको हो। तर थप पुष्टि गर्न टेकु पठाएका छौँ,' एक प्रहरी अधिकृतले भने। केही दिनअघि सञ्चार र सवारी शाखामा कार्यरत चार जनालाई ज्वरो आएपछि पीसीआर परीक्षण गरिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • निर्मला पन्त हत्याको दुई वर्ष : दुई प्रहरी प्रमुख फेरिए, छैन न्यायको नामोनिसान

    निर्मला पन्त हत्याको दुई वर्ष : दुई प्रहरी प्रमुख फेरिए, छैन न्यायको नामोनिसान

    काठमाडौं : गत माघ २८ गते सरकारले डीआइजी ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आइजीपी) बनाउने निर्णय गर्‍यो। उनी पाँच महिनाका लागि आइजीपी बन्दै थिए। धेरैले ज्ञवालीको पृष्ठभूमिका आधारमा केही महत्वपूर्ण सफलता हासिल हुने अपेक्षा पनि गरे। विगतका उनको कृयाकलापले पनि आशा राख्नु स्वभाविक नै थियो। सबैभन्दा धेरै आशा उनीमाथि एउटा 'अनसल्भ' केसमा थियो - निर्मला हत्या प्रकरण। ढेड वर्षदेखि गिजोलिएको निर्मला…

    विस्तृतमा पढ्नुस्

  • युवतीले 'इग्नोर' गरेको 'इगो' मनमा लिएका आलमले एक सातादेखि बुनेको योजना

    युवतीले 'इग्नोर' गरेको 'इगो' मनमा लिएका आलमले एक सातादेखि बुनेको योजना

    काठमाडौं  : बिहीवार राति काठमाडौंको बाफलमा २२ वर्षीय युवतीमाथि एसिड प्रहार गरेको अभियोगमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ। शुक्रवार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै अभियुक्तलाई सार्वजनिक गरेको हो। प्रहरीले रौटहट लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने ४७ वर्षीय मोहम्मद आलम र भारत घर भई डल्लु बस्दै आएका २२ वर्षीय मुन्ना भनिने फैयाज आलमलाई बिहीवार…

    विस्तृतमा पढ्नुस्

  • जसले खाजा खुवाउन लग्यो, उसैले बनाइरहेको थियो एसिड आक्रमणको 'प्लट'

    जसले खाजा खुवाउन लग्यो, उसैले बनाइरहेको थियो एसिड आक्रमणको 'प्लट'

    काठमाडौं : अन्दाजी ४५ वर्षीय मोहम्मद आलामले बिहीवार २२ वर्षीय युवतीलाई पटकपटक फोन सम्पर्क गरिरहेका थिए। खाजा खानका लागि उनले प्रस्ताव राखेका थिए। सुरुमा त युवतीले 'इग्नोर' गरिन्। तर, ओखलढुङ्गा घर भएकी उनले खाजाको प्रस्ताव अस्वीकार गर्न सकिनन्। साँझ छिप्पिँदै गएको थियो। युवतीले आलमसँग खाजा खाने निर्णय गरिन्। आलम मोटरसाइकल लिएर बाफलको सृजनशील टोल पुगे। युवती कोठाबाट दही किन्न भन्दै साँझ…

    विस्तृतमा पढ्नुस्

  • एक युवकले मोटरसाइलकमा लिफ्ट दिए, अर्काले हाने एसिड

    एक युवकले मोटरसाइलकमा लिफ्ट दिए, अर्काले हाने एसिड

    काठमाडौं : बिहीवार राति २२ वर्षीया युवतीलाई एसिड हान्ने पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले बिहीवार राती नै उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा रौतहटको लक्ष्मीपुर घर भइ काठमाडौं डल्लु बस्दै आएका मोहम्मद आलम र भारत घर भएका मुन्ना मोहम्मद रहेका छन्। सीसी क्यामरा फुटेज लगायतका सूचनाको आधारमा उनीहरुलाई राति नै डल्लु क्षेत्रबाट…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँको बाफलमा २२ वर्षीय युवतीमाथि एसिड प्रहार

    काठमाडौँको बाफलमा २२ वर्षीय युवतीमाथि एसिड प्रहार

    काठमाडौँः काठमाडौंमा एक युवतीमाथि एसिड प्रहार भएको छ। २२ वर्षीय युवतीमाथि बाफलमा एसिड प्रहार भएको हो। एसिड प्रहार गर्ने युवा भने फरार भएका छन्। फरार युवकको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्याम ज्ञवालीले बताए। 'एसिड प्रहार गर्ने युवकको खोजी भइरहेको छ। थप अनुसन्धान हुँदैछ', ज्ञवालीले भने। ओखलढुङ्गा घर भएकी युवतीमाथि एसिड हानिएको हो। घाइते युवतीलाई कीर्तिपुर अस्पताल पुर्‍याइएको प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनका ४ महिनामा मात्रै भारतसँगको सीमामा १६ 'लफडा'

    लकडाउनका ४ महिनामा मात्रै भारतसँगको सीमामा १६ 'लफडा'

    काठमाडौं : सरकारले चैत ११ गते देशभर लकडाउन घोषणा गर्‍यो। देशबाहिर जान तथा आउनसमेत पूर्णरुपमा रोक लगाइयो। भारतसँग जोडिएका सीमा नाका 'सिल' भए। नाकामा प्रहरी तैनाथ गरियो। सशस्त्र प्रहरीलाई पहिलेभन्दा थप जिम्मेवारी आइलाग्यो। सशस्त्र प्रहरीको सङ्ख्या समेत सीमामा थप गरियो, १४ हजारको सङ्ख्यालाई बढाएर २२ हजारमाथि पुर्‍याइयो। रोजगारीको सिलसिलामा भारत पुगेका नेपालीहरु कयौं दिनसम्म सीमामा नै रोकिए। उनीहरुको आँखाको तारो…

    विस्तृतमा पढ्नुस्

  • जग्गा बैनामा विवाद : २५ लाख उठाउन अपहरण!

    जग्गा बैनामा विवाद : २५ लाख उठाउन अपहरण!

    काठमाडौं : प्रहरीले अपहरणको अभियोगमा सात जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार दिउँसो करिब २ बजेतिर भक्तपुरको मध्यपुर थिमीबाट सात जनालाई नियन्त्रणमा लिएको हो। त्यस्तै, अपहरणमा परेका भनिएका भनिएका धनुषा घर भई टोखा बस्दै आएका रामबाबु साहलाई समेत उद्धार गरेको छ। 'कन्ट्रोल रुममा जानकारी आएपछि हामीले अपहरणकारीको खोजी गरेका थियौँ। अहिले एक जनाको उद्धार र सात जनालाई नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • १४ वर्षदेखि विलभले शरीरमा बोकेर हिँडेको चोट, धमिलो स्मृतिले जब पक्राउ परे आमा-बाबुका 'हत्यारा'

    १४ वर्षदेखि विलभले शरीरमा बोकेर हिँडेको चोट, धमिलो स्मृतिले जब पक्राउ परे आमा-बाबुका 'हत्यारा'

    काठमाडौँ: सीतापाइलामा सुवेदी परिवार आफ्नै धुनमा खाना खाएपछि सुत्ने तरखरमा थियो। करिब पौने ९ बजे कसैले ढोका ढकढक्यायो। लगातार आवाज आवाज आएपछि सानु सुवेदीले ढोका खोलिन्। लगत्तै दुई युवा घरभित्र छिरे। उनको मुख थुने र खुकुरीले हान्न थाले। ४४ वर्षीया सानु रक्ताम्मे भएर ढलिन्। त्यसपछि उनीहरु अर्को कोठातिर लागे। कोठाभित्र थिए ४५ वर्षीय नातिकाजी। सानुलाई जस्तै उनीमाथि पनि आइलागे। उनी…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा दम्पतीको हत्या, १४ वर्षपछि परे भारतसँगको सीमा क्षेत्रबाट पक्राउ

    काठमाडौंमा दम्पतीको हत्या, १४ वर्षपछि परे भारतसँगको सीमा क्षेत्रबाट पक्राउ

    काठमाडौं : राजधानीमा एक दम्पतीको हत्या गरी लामो समयदेखि भारतमा रहँदै आएका जय किशोर साहलाई प्रहरीले पक्राउ गरेको छ। हत्या भएको १४ वर्षपछि अभियुक्त नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ परेका हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३४ वर्षीय साहलाई असार २८ गते बाँकेबाट पक्राउ गरेको हो। सर्लाही पिपरियाका उनी र उनका एक अर्का साथी मिलेर काठमाडौंको सीतापाइलामा रहेको कान्तिपुर स-मिलका…

    विस्तृतमा पढ्नुस्

  • भान्जा अष्ट्रेलियामा, मिर्गौंला चितवनमा : हाइप्रोफाइल ‘र्‍याकेट’को यसरी भयो खुलासा

    भान्जा अष्ट्रेलियामा, मिर्गौंला चितवनमा : हाइप्रोफाइल ‘र्‍याकेट’को यसरी भयो खुलासा

    काठमाडौं : चितवनस्थित कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज) २०७६ जेठ २७ गते मिर्गौंलाको सफल प्रत्यारोपण भयो। ललितपुर महानगरपालिका वडा नम्बर ३ बस्ने ५५ वर्षीय पुरुषको शरीरमा नयाँ मिर्गौंला राखियो, त्यस दिन। अस्पतालको विवरण अनुसार आफ्नै भान्जाले उनलाई मिर्गौंला दिए र ज्यान जोगाए। नयाँ मिर्गौंलासँगै नयाँ जीवन पाएका उनको शरीरमा गरिएको शल्यक्रिया भने यतिखेर भने चर्चित प्रकरण बन्न पुगेको छ।…

    विस्तृतमा पढ्नुस्

  • अवैध रुपमा मिर्गौला प्रत्यारोपणमा प्रहरीकै संलग्नता

    अवैध रुपमा मिर्गौला प्रत्यारोपणमा प्रहरीकै संलग्नता

    काठमाडौं : प्रहरीले चितवनको भरतपुर मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेस) का तीन जना चिकित्सकसहित १२ जनालाई पक्राउ गरेको छ। अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा उनीहरुलाई शनिवार राति नियन्त्रणमा लिइएको हो। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा कानुन व्यवसायी र ललितपुर वडा ३ का वडाध्यक्ष गोपाल महर्जनसमेत रहेका छन्।  अवैध रुपमा प्रत्यारोपणमा पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • ३३ किलो सुन प्रकरणमा रेड नोटिस् जारी गरिएका खड्का विमानस्थलमा पक्राउ, अबुधाबीबाट चार्टर फ्लाइट्मा आएका थिए कामदारसँगै

    ३३ किलो सुन प्रकरणमा रेड नोटिस् जारी गरिएका खड्का विमानस्थलमा पक्राउ, अबुधाबीबाट चार्टर फ्लाइट्मा आएका थिए कामदारसँगै

    काठमाडौं : त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन तस्करीको मुख्य योजनाकारमध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिवार त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले हरिशरण खड्कालाई नियन्त्रणमा लिएको हो। युएईको अबुधाबीबाट नेपाल आएको जानकारी पाएपछि उनलाई अध्यागमनले नियन्त्रणमा लिएको हो। प्रहरीले खड्कालाई रेड कर्नर नोटिसमा राखेर खोजी गरिरहेको थियो। शनिवार चार्टर फ्लाइटबाट नेपाल आएका उनलाई विमानस्थलमा पक्राउ गरिएको हो। 'यही नाम गरेको मानिसलाई…

    विस्तृतमा पढ्नुस्

  • शैलेश थापा : पिताको ‘पुलिस ड्रेस’ले लोभ्याएर जागिर खाँदा संगठन कमाण्डको अवसर, यस्तो छ ट्रयाक रेकर्ड

    शैलेश थापा : पिताको ‘पुलिस ड्रेस’ले लोभ्याएर जागिर खाँदा संगठन कमाण्डको अवसर, यस्तो छ ट्रयाक रेकर्ड

    काठमाडौं : नेपाल प्रहरीका एआईजी शैलेश थापा क्षेत्री नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षक (आइजीपी) बन्न सफल भएका छन्। मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई आईजीपी नियुक्ति गर्ने निर्णय गरेको हो। थापा नेपाल प्रहरीमा शालिन, कम विवादास्पद र स्वच्छ छवी भएका प्रहरी अफिसरका रुपमा चिनिन्छन्। प्रशासकीय र योजनाका काममा थापाको नेतृत्व कुशल देखिँदै आएको छ। गत फागुनको दोस्रो साता थापा एआईजीमा…

    विस्तृतमा पढ्नुस्

  • नेकपाभित्रको रडाकोले छायाँमा आइजी छनौट : प्रहरी प्रमुखमा थापा कि पाल?

    नेकपाभित्रको रडाकोले छायाँमा आइजी छनौट : प्रहरी प्रमुखमा थापा कि पाल?

    काठमाडौं : गत बुधवार बिहान एउटा दृष्यले धेरैको ध्यान खिच्यो। दृष्य त्यस्तो असामान्य भने थिएन। तर विगतका घटनाले गर्दा केही असामान्य झैं बनिदियो। महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा एआइजीद्वय शैलेस थापा क्षेत्री र हरिबहादुर पाल एउटै गाडीबाट झरे। कार्यक्रममा स्टेजनमा समेत एउटै लहरमा बसे। उनीहरु परस्पर कुराकानी गरिरहेका थिए। धेरैले यही सामान्य गतिविधिलाई पनि नौलो माने। यी…

    विस्तृतमा पढ्नुस्

  • संक्रमितको ठेगाना लुकाएर 'काठमाडौं सुरक्षित' देखाउने सरकारी रणनीति !

    संक्रमितको ठेगाना लुकाएर 'काठमाडौं सुरक्षित' देखाउने सरकारी रणनीति !

    काठमाडौं : पछिल्ला केही दिनयता काठमाडौँमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या लगातार थपिइरहेको छ। बिहीवार मात्र काठमाडौँमा २८ जना कोरोना भाइरस सङ्क्रमित फेला परेका छन्। त्रिवि शिक्षण अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित शिशुको मृत्यु पनि भयो, बुधवार राति। उपत्यकाका दुई जिल्ला ललितपुर र भक्तपुरमा पनि दुई/दुई जना सङ्क्रमित थपिए हिजोमात्रै। काठमाडौँमा थपिएका सङ्क्रमितको अवस्था कस्तो हो? ट्राभल हिस्ट्री के छ? समुदायमा फैलिएको…

    विस्तृतमा पढ्नुस्

  • फेसबुकबाट लाइभ आत्महत्या : प्रहरी त पुग्यो तर गइसकेको थियो २३ वर्षीया एलिशाको ज्यान

    फेसबुकबाट लाइभ आत्महत्या : प्रहरी त पुग्यो तर गइसकेको थियो २३ वर्षीया एलिशाको ज्यान

    काठमाडौं : 'सम्झना बिर्सना यो सिउँदो जोगाउनु। मेरो लासको मलामी तिमी हुनु।' एलिशा गौतम ८ घण्टा अगाडि यही गित बजाउँदै फेसबुक लाइभमा आइन। रातो कुर्था लगाएकी उनी लाइभ आउँदा धेरै मानिस निन्द्रामा थिए। उनी भने बेग्लै मिसनमा व्यस्त। उनको अनुहार मलिन देखिन्थ्यो। घरिघरी उनी नमस्कार गर्दै रुन्थिन्। उनले फेसबुक लाइभमा नै आत्महत्या गर्न गएको जानकारी दिएकी रहिछिन्। उनले फेसबुक लाइभ…

    विस्तृतमा पढ्नुस्

  • राजधानी छिर्न एम्बुलेन्स सहारा, नागढुंगाबाटमात्रै छिरे ८ दिनमा ८८८ वटा

    राजधानी छिर्न एम्बुलेन्स सहारा, नागढुंगाबाटमात्रै छिरे ८ दिनमा ८८८ वटा

    काठमाडौं : मंगलवार कलंकीबाट नागढुङ्गातिर जाँदा फाट्टफुट्टा निजी सवारीहरु आइरहेका देखिन्थे। ती निजी सवारीसाधनका बीचबीचमा एम्बुलेन्सहरु पनि देखियो। १० मिनेटको अन्तरालमा ७ वटा एम्बुलेन्स नागढुंगाबाट कलंकीतिर झरिरहेको देखियो। काठमाडौं उपत्यकामा लकडाउन केही खुकुलो हुन थालेपछि सीमा नाकामा जसरी सवारीको चाप बढ्न थालेको छ, त्यस्तै चाप बढ्न थालेको छ - एम्बुलेन्समा पनि। काठमाडौं छिर्ने सवारीसाधन मध्ये एम्बुलेन्सको सङ्ख्या अधिक देखिन्छ। दैनिक…

    विस्तृतमा पढ्नुस्

  • नागढुंगा नाकाबाट यसरी भित्रिरहेका छन् जिल्ला जिल्लाबाट मानिसहरु : परीक्षणका नाममा ज्वरो हेर्ने बाहेक छैन केही

    नागढुंगा नाकाबाट यसरी भित्रिरहेका छन् जिल्ला जिल्लाबाट मानिसहरु : परीक्षणका नाममा ज्वरो हेर्ने बाहेक छैन केही

    काठमाडौं : सोमवार राति काठमाडौंबाट सुरेश केसी ट्याक्सी लिएर मकवानपुर पालुङतिर हुँइकिए। उनी निस्किँदा रातको ८ बजेको थियो। लकडाउनको कारण निजी सवारी साधनलाई मात्र जोर बिजोरको आधारमा चल्न दिइएको छ। झन् एउटा जिल्लाबाट अर्को जिल्लामा जान त धेरै कागजी प्रकृया पूरा गर्नुपर्छ। तर, केसीका कागजी प्रकृया कागजमा मात्र सीमित झैं भो। कुनै अवरोधविना नै उनले काठमाडौंको नागढुंगा चेकपोष्ट काटे। पालुङ्मा…

    विस्तृतमा पढ्नुस्

  • सरकारी जोडबलमा युवाहरुको आन्दोलन डिफ्युज गर्ने प्रयास, को थिए ती समातिएका विदेशी?

    सरकारी जोडबलमा युवाहरुको आन्दोलन डिफ्युज गर्ने प्रयास, को थिए ती समातिएका विदेशी?

    काठमाडौं : सामाजिक सञ्जालबाट जोडिएका सरकारसँग असन्तुष्ट युवाहरूले केही दिनदेखि देशभर प्रदर्शन तथा विरोधका कार्यक्रम गरिरहेका छन्। उनीहरूले अहिले कोरोना सङ्क्रमणका बेला सरकारले देखाएको उदासिनता, अपारदर्शिता र भारतले हडेपेको भूमिको विषयमा प्रदर्शन गरिरहेका छन्। जेठ २८ गते बालुवाटारमा भएको प्रदर्शनमा प्रहरीको हस्तक्षेप भएपछि सामाजिक सञ्जालको समूह झनै जुर्मुरायो। बालुवाटारपछि देशका मुख्यमुख्य शहरमा प्रदर्शन भएका छन्। सरकारको विरोधमा ठूलै जमात सृजना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell