PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

  • साँघुरो कोठामा ८१ वर्षीय मदनको शव, दुई दिन भयो, न लिइयो स्वाब, न बढ्यो अन्त्येष्टिको काम

    साँघुरो कोठामा ८१ वर्षीय मदनको शव, दुई दिन भयो, न लिइयो स्वाब, न बढ्यो अन्त्येष्टिको काम

    काठमाडौं : सामान्य दिनमा ८१ वर्षीय मदन (नाम परिवर्तन) सबेरै उठ्थे। तर, शनिवार बिहान त्यसो भएन। घाम झन्डै धुरीमाथि आइसक्दा पनि उनी उठेनन्। नजिकै बसेको परिवारले मदनको परिस्थिति नियालिरहेको थियो। त्यही परिवारका एक बालक कोठा नजिकै पुगे। र, मदनलाई बोलाए। तर, उनी बोलेनन्। नजिकका सबैको मनामा शंका पलायो। प्रहरीलाई खबर गरियो। महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरीको टोली घटनास्थलमा पुग्यो। त्यहाँ पुगेका प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरणमा सरकार र प्रहरी नेतृत्व चोखिन ८ प्रहरीमाथि निर्मम व्यवहार : कानुनी माखेसाङ्लोमा उल्झिएको एउटा मुद्दा

    निर्मला प्रकरणमा सरकार र प्रहरी नेतृत्व चोखिन ८ प्रहरीमाथि निर्मम व्यवहार : कानुनी माखेसाङ्लोमा उल्झिएको एउटा मुद्दा

    काठमाडौँ : कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा मुद्दा खेपिरहेका प्रहरीले सफाइ पाइसकेका छन्। साउन १५ गते कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले उनीहरुलाई सफाइ दिने फैसला सुनाएको थियो। उनीहरु विरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेकोमा उजुरी दिएकी थिइन् भने प्रहरीले अभियुक्त भनी सार्वजनिक गरेका दिलीपसिंह विष्टका तर्फबाट दाजु खड्कसिंह विष्टले यातना दिएको आरोपमा प्रहरीमा…

    विस्तृतमा पढ्नुस्

  • हनुमानको मन्दिर अगाडि पूजारीको हत्या : 'क्लु'समेत फेला पारेन प्रहरीले, त्रसित छन् स्थानीय

    हनुमानको मन्दिर अगाडि पूजारीको हत्या : 'क्लु'समेत फेला पारेन प्रहरीले, त्रसित छन् स्थानीय

    काठमाडौं : गर्मीको मौसम। तराईका जिल्ला खपिनसक्ने अवस्था। बुधवार राति करिब पौने ९ बजेतिर ६५ वर्षीय श्रीराम साह भोक मेट्ने तर्खरमा थिए। मन्दिरको भेटीबाट चल्दै आएको उनको दैनिकीमा बुधवार पनि एक लोटा पानी, केही रोटी तरकारी र नुनको ढिका जुरेको थियो। मन्दिर नजिकैको छाप्रो बाहिर रोटी खाइरहेका थिए। तर, एक्कासी एउटा घटना घट्यो। जसले गर्दा भागको रोटी पेटसम्म पनि पुग्न…

    विस्तृतमा पढ्नुस्

  • बुधबार रातिदेखि काठमाडौँमा निषेधाज्ञा, सवारीसाधन चलाउन नपाइने

    बुधबार रातिदेखि काठमाडौँमा निषेधाज्ञा, सवारीसाधन चलाउन नपाइने

    काठमाडौँः काठमाडौँ उपत्यकामा भदौ १० गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ। बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी हुनेछ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञाको निर्णय गरेको हो। कोरोना जोखिम बढेसँगै मन्त्रिपरिषदको सोमबारको बैठकले निषेधाज्ञा लगायतका आवश्यक कामकाजको अधिकार स्थानीय प्रशासनलाई दिएको थियो।  अत्यावश्यक सेवाका बाहेक सार्वजनिक सवारीसाधन समेत चलाउने नदिने…

    विस्तृतमा पढ्नुस्

  • गोंगबु प्रकरणले सम्झाएको ख्याती हत्या : भेटियो तन्त्रविद्याको नोटबुक, हिप्नोटाइजमा कल्पनाको चासो

    गोंगबु प्रकरणले सम्झाएको ख्याती हत्या : भेटियो तन्त्रविद्याको नोटबुक, हिप्नोटाइजमा कल्पनाको चासो

    काठमाडौं : गएको ६ दिनदेखि कल्पना मुडभरी (पौडेल) प्रहरी हिरासतमा छिन्। महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा कैद छिन् उनी। उनले गरेका अपराधको सजाय प्रहरी नियन्त्रणमा रहेकी १५ वर्षीया छोरीलेमात्र होइन प्रहरीको घेराबाट बाहिर रहेका १२ वर्षीय अबोध छोराले पनि खेपिरहेका छन्। १२ वर्षीय छोरा आमासँग छुट्टिँदा न्यास्रिएका छन्। केही समय मानव सेवा आश्रमले आश्रय दिएका बालकलाई अहिले उनका आफन्तले लगेका छन्। यता…

    विस्तृतमा पढ्नुस्

  • तीन वर्षअघि बेलारुसबाट ल्याइएको कुकुर जसले सुटकेसभित्र भेटिएको शवको 'केस' लगायो पार

    तीन वर्षअघि बेलारुसबाट ल्याइएको कुकुर जसले सुटकेसभित्र भेटिएको शवको 'केस' लगायो पार

    काठमाडौं : आइतवार बिहान गोंगबुमा सुटकेसभित्र भेटिएको शव प्रहरीको लागि टाउको दुखाईको विषय बन्यो जब २४ घण्टासम्म ती व्यक्तिको पहिचानसमेत भएन। बल्ल २४ घण्टापछि शवको सनाखत भयो। रोल्पाका ४५ वर्षीय कृष्णबहादुर बोहोराको शव रहेछ सुटकेसभित्र। त्यसपछि भने हत्यारा पत्ता लगाउन धेरै समय लागेन। हत्या अभियोगमा चितवनकी ३७ वर्षीय कल्पना पौडेल पक्राउ परिन्। महानगरीय प्रहरी परिसर र महानगरीय अपराध महाशाखाका एसएसपी…

    विस्तृतमा पढ्नुस्

  • एउटा भयपूर्ण हत्याको यसरी तयार भयो 'स्क्रिप्ट' : टीभी सिरियलकी 'पहिचानविहीन' पात्रको अपराध यात्रा

    एउटा भयपूर्ण हत्याको यसरी तयार भयो 'स्क्रिप्ट' : टीभी सिरियलकी 'पहिचानविहीन' पात्रको अपराध यात्रा

    'म चितवन माइती जानु छ।' केही अघि नै कल्पनाले घरबेटी तथा छिमेकीलाई सुनाइरहेकी थिइन्। माइतीघर जाने साइत भने आइतवार बिहानसम्म जुरेन। आइतवार बिहान उनी हिँडिन्। सरकारले एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक सवारी आवतजावत निषेध गरेको छ। त्यसैले उनको चितवनसम्मको यात्रा पक्कै सहज थिएन। त्यसका लागि उनले एउटा जुक्ति लगाइन्, एम्बुलेसन्समा जाने। पहिलेदेखि नै चिनेका एक जना व्यक्तिको एम्बुलेन्स थियो। फोन…

    विस्तृतमा पढ्नुस्

  • 'अपरेसन जोजो' : गोंगबु हत्या प्रकरणमा छोरीसहित आमा पक्राउ, 'फेक आइडी बनाएर सताउन थाले'

    'अपरेसन जोजो' : गोंगबु हत्या प्रकरणमा छोरीसहित आमा पक्राउ, 'फेक आइडी बनाएर सताउन थाले'

    काठमाडौं : दाङका कृष्णबहादुर बोहराको हत्या अभियोगमा पक्राउ परेकी एक महिला र उनकी १५ वर्षीया छोरीलाई प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौं महानगरीय प्रहरी परिसरमा हत्या आरोप लागेका चितवनकी कल्पना मुडभरी(पौडेल) र उनकी छोरीलाई प्रहरीले सार्वजनिक गरेको हो। प्रहरीले कल्पना र उनकी छोरीलाई चितवनबाट पक्राउ गरेर ल्याएको हो। कल्पनाकी छोरीले शव व्यवस्थापन सहयोग गरेको खुलेको छ। प्रहरीको टोलीले चितवन टाँडीस्थित माधवपुरबाट कल्पनासहित उनका दुई नाबलक…

    विस्तृतमा पढ्नुस्

  • हत्या र टाउको छेदन, आइतवार एम्बुलेन्स चढेर फरार, सोमवार पक्राउपछि अपराध स्वीकार

    हत्या र टाउको छेदन, आइतवार एम्बुलेन्स चढेर फरार, सोमवार पक्राउपछि अपराध स्वीकार

    काठमाडौं : दाङका कृष्णबहादुर बोहराको हत्या अभियोगमा प्रहरीले चितवनबाट पक्राउ गरेको महिलालाई काठमाडौं ल्याएको छ। प्रहरीको टोलीले चितवन टाँडीस्थित माधवपुरबाट कल्पना मुडभरी शाहीसहित उनका दुई नाबालक छोराछोरीलाई काठमाडौं ल्याएको हो। प्रहरी स्रोतका अनुसार शाहीले हत्या गरेको स्वीकार गरिसकेकी छिन्। कसरी भयो हत्या? गएको शनिवार कृष्णबहादुर अभियुक्त शाहीको गोंगबुमा रहेको डेरामा पुगेका थिए। कोठामा पुगेको केही समयमा उनीहरु बीच विवाद भएपछि…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले ‘क्लु’ भेट्न नसकेको गोंगबु वीभत्स हत्या : नाम्लोले डोहोर्‍याएको ‘जोजो’को अनुसन्धान

    प्रहरीले ‘क्लु’ भेट्न नसकेको गोंगबु वीभत्स हत्या : नाम्लोले डोहोर्‍याएको ‘जोजो’को अनुसन्धान

    काठमाडौं : सुटकेस नजिकै एउटा फ्याँकिएको नाम्लो। छेउमा कालो रंगको बडेमानको सुटकेस। सँगै पार्क गरेर राखिएका गाडी। प्रहरीको अनुमान थियो नाम्लो पक्कै यही सुटकेस बोक्न प्रयोग गरिएको होला। तर, त्यही नाम्लो प्रहरी अनुसन्धानको गतिलो कडी बन्यो।  आइतवार बिहानै काठमाडौंको गोंगबु गणेस्थान क्षेत्र त्रसित बन्यो। नबनोस् पनि किन- एकाबिहानै विभत्स रूपमा हत्या गरी सुटकेसमा प्याक गरेर फ्याँकिएको शव भेटिएको थियो। अहिलेसम्म शव…

    विस्तृतमा पढ्नुस्

  • गोंगबुमा विभत्स हत्याको 'डग अप्रेसन' : ३ सय मिटर पर झोलामा काटिएको टाउको र खुट्टा

    गोंगबुमा विभत्स हत्याको 'डग अप्रेसन' : ३ सय मिटर पर झोलामा काटिएको टाउको र खुट्टा

    काठमाडौं : काठमाडौंको गोंगबु गणेशस्थान नजिकै टाउको काटिएको शव फेला परेको छ। हालसम्म शवको सनाखत हुन सकेको छैन। घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टोली परिचालन गरिएको छ। टाउको काटेर शव राखिएको अवस्थामा कालो रंगको सुटकेस फेला परेको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए। 'हामीलाई शंकास्पद झोला भेटियो भन्ने जानकारी आएको थियो। पुगेर हेर्दा…

    विस्तृतमा पढ्नुस्

  • 'ड्रगिस्ट'को अर्को डरलाग्दो धन्दा, प्रोजेक्ट वर्क भन्दै स्टेसनरीमा नोट छाप्दै

    'ड्रगिस्ट'को अर्को डरलाग्दो धन्दा, प्रोजेक्ट वर्क भन्दै स्टेसनरीमा नोट छाप्दै

    काठमाडौं :  लागू औषधको प्रयोग तथा कारोबार भइरहेको सूचना प्रहरीले पायो। महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको टोली अप्रेसनमा खटियो। शंकाको घेरामा रहेका युवक सन्देश लामा समातिए। उनको साथबाट केही लागू औषध भेटायो। साथमा एक हजार दरको नोट पनि। प्रहरीले लामाको गोजीमा भेटिएको नोटले झन् शंका पैदा गर्‍यो। नोट नक्कलीजस्तो देखिन्थ्यो। नोट चेक गर्दा प्रहरीको शंका सही साबित भयो। आखिर लामाले बोकेको…

    विस्तृतमा पढ्नुस्

  • सादा पोसाकका  प्रहरी जवानले आफैं सूचना दिएर 'फनफनी' घुमाएको १५ किलो सुन प्रकरण!

    सादा पोसाकका  प्रहरी जवानले आफैं सूचना दिएर 'फनफनी' घुमाएको १५ किलो सुन प्रकरण!

    काठमाडौं: मंगलवार बिहान प्रहरीले बरामद गरेको नक्कलीसहितको १५ किलो सुन प्रकरणमा प्रहरीको भूमिका शंकास्पद बन्दै गएको छ। घटनाको एकपछि अर्को पाटो खुल्दै जाँदा प्रहरीकै संलग्नता देखिएको छ। प्रहरीकै'सुन अप्रेसन'माशंका भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पहिले महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाको नेतृत्वमा छानविन समिति गठन गरेको थियो। त्यसपछि समिति परिवर्तन गरेर नेतृत्वको जिम्मेवारी एसएसपी सुशीलकुमार यादवलाई दिएको छ। यादव नेतृत्वको…

    विस्तृतमा पढ्नुस्

  • सुन प्रकरणको रहस्य गहिरिँदै : प्रहरीले नै लुकाउन लगाएको एक किलो सुन बागबजारमा भेटियो

    सुन प्रकरणको रहस्य गहिरिँदै : प्रहरीले नै लुकाउन लगाएको एक किलो सुन बागबजारमा भेटियो

    काठमाडौं : कमलादी सुन प्रकरण झनै रहस्यमय बन्दै गएको छ। एकाएक प्रहरीले थप एक किलो सुन बरामद गरेपछि यो प्रकरण थप रहस्यमयी बन्दै गएको हो। प्रहरीले बरामद गरेको सुन सक्कली वा नक्कली भएको भन्ने खुलिसकेको छैन। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले लुकाइ राखेको अवस्थामा एक केजी सुन फेला पारेको छ। घटनामा संलग्न भएको अभियोगमा प्रहरीले महानगरीय प्रहरी वृत्त दरबामार्गमा कार्यरत…

    विस्तृतमा पढ्नुस्

  • हामीलाई त न्याय मिल्यो, अब निर्मलाले पनि न्याय पाउनुपर्छ : डीएसपी जीसी

    हामीलाई त न्याय मिल्यो, अब निर्मलाले पनि न्याय पाउनुपर्छ : डीएसपी जीसी

    काठमाडौं : कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा मुद्दा खेपिरहेका प्रहरीले सफाइ पाएका छन्। बिहीवार कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले उनीहरुलाई सफाइ दिने फैसला सुनाएको हो। करिब दुई वर्ष लामो अदालती प्रकृयापछि ८ जना प्रहरीहरुले सफाइ पाएका छन्। २०७५ साउन १० गते कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा खटिएका ८ जना…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरणको अनुसन्धान गर्दा 'फसेका' प्रहरीलाई अदालतले दियो सफाइ

    निर्मला प्रकरणको अनुसन्धान गर्दा 'फसेका' प्रहरीलाई अदालतले दियो सफाइ

    काठमाडौं : कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा मुद्दा खेपिरहेका प्रहरीले सफाइ पाएका छन्। बिहीवार कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले उनीहरुलाई सफाइ दिने फैसला सुनाएको हो। घटना अनुसन्धान गरेका तत्कालीन कञ्चनपुरका एसपी दिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)बाट गएका डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकीन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई…

    विस्तृतमा पढ्नुस्

  • सुन र पेस्तोल प्रकरणमा नयाँ ट्विस्ट : बरामद भयो कहाँ, कमलादी कि सुन्धारा?

    सुन र पेस्तोल प्रकरणमा नयाँ ट्विस्ट : बरामद भयो कहाँ, कमलादी कि सुन्धारा?

    काठमाडौं : कमलादीमा नक्कली सुन र पेस्तोल बरामद भएको भनिएको घटना शंकैशंकामा रुमलिएको छ। सुरुदेखि नै प्रहरीको 'अप्रेसन'माथि आशंका उत्पन्न भएको थियो जसलाई पुष्टि गर्ने थप आधारहरु फेला परेको छ। त्यसैले, प्रहरीले बरामद गरेको नक्कली सुन र पेस्तोलको घटना अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा छानविन समिति गठन भएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले अपराध महाशाखाका एसएसपी दीपक थापाको नेतृत्वमा छानविन समिति…

    विस्तृतमा पढ्नुस्

  • समातिएको सुन रहेछ 'नक्कली', गाडी लिएर तस्कर चाहिँ सहजै फरार!

    समातिएको सुन रहेछ 'नक्कली', गाडी लिएर तस्कर चाहिँ सहजै फरार!

    काठमाडौं : बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कर्पियो गाडी कृष्ण पाउरोटीबाट हुत्तिएर आयो। बिहानको करिब ९ बजेको थियो। प्रहरी सडकमा नै चेकिङमा खटिएको थियो। संयोग वा कुनै पूर्व जानकारी, महानगरीय प्रहरी वृत्त दरबामारगबाट डीएसपी रञ्जन दाहालको नेतृत्वमा नै टोली खटिएको थियो। नियमित झैं प्रहरीले कमलादीतिरबाट आइरहेको गाडीलाई चेकिङका लागि रोक्न खोज्यो। गाडी रोकिएन। प्रहरीले पिछा गर्न खोज्यो। गाडीमा…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले बरामद गरेको सुन नक्कली, एक टुक्रा चाहिँ रहेछ सक्कली!

    प्रहरीले बरामद गरेको सुन नक्कली, एक टुक्रा चाहिँ रहेछ सक्कली!

    काठमाडौँ : अबैध रुपमा भित्र्याएको भन्दै प्रहरीले बरामद गरेको १५ केजीमध्ये अधिकासं सुन नक्कली रहेको पुष्टि भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कमलादीबाट १५ केजी सुन बरामद गरेको जनाएको थियो। जफत भएका मध्ये एक टुक्रा अर्थात ५ सय ग्राम सुनमात्र सक्कली बाँकी सबै नक्कली रहेको पुष्टि भएको छ। बाँकी चाँदीमा भएको पुष्टी भएको हो। 'सुन भनेर बरामद गरेका हौं। सुन हो…

    विस्तृतमा पढ्नुस्

  • कोही कसैलाई किन हान्छ एसिड? आशक्तिबाट जन्मेको अपराध

    कोही कसैलाई किन हान्छ एसिड? आशक्तिबाट जन्मेको अपराध

    तँलाई त्यस्तै रीस थियो त मार्न सक्थिस्? अरू पनि थिए रीस पोख्ने तरिका। किन यस्तो गरिस्? उनीमाथि विभिन्न प्रश्नहरू ओइरिरहेका थिए। तर, उनी चुपचाप। मुखबाट ह्वास् रक्सीको गन्ध आइरहेका उनलाई प्रहरीले प्रश्न गरिरहेको थियो। उनी सहजै जवाफ फर्काँउने मुडमा थिएनन्। +++ रातको करिब साढे १० बजेको थियो। केही दिनदेखि देशभर भइरहेको वर्षाले काठमाडौँ पनि अछुतो रहेन। मुसलधारे पानी परिरहेको थियो।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell