PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

  • 'फेक पोस्ट'ले प्रहरीलाई अल्मल्याउन सफल रोकायको रणनीति अन्तत फेल, भन्छन् : प्रहरीले मलाई विन लादेन शैलीमा समात्यो

    'फेक पोस्ट'ले प्रहरीलाई अल्मल्याउन सफल रोकायको रणनीति अन्तत फेल, भन्छन् : प्रहरीले मलाई विन लादेन शैलीमा समात्यो

    काठमाडौं : 'सुरक्षितसँग पुगियो पोखराबाट काठमाडौं। एयरपोर्ट रिसिभ प्रिय दाइ रमन बुढा।' असोज ११ गते दिउँसो ५ बजेर ४४ मिनेटमा पसल रोकायले आफ्नो फेसबुकमा स्टाटष्ट पोष्ट गरे। विमानस्थलबाट गाडीमा केही साथीसहित सडकमा दौडिएको भिडियो पनि त्यही पोस्टमा अपलोड गरे। ठीक त्यतिखेर प्रहरीले रोकायको फेसबुकदेखि फोन समेत ट्रेसिङ गरिरहेको थियो। जब उनको पोष्ट प्रहरीले देख्यो अनुसन्धानमा खटिएका प्रहरी नै अचम्ममा परे।…

    विस्तृतमा पढ्नुस्

  • श्रीमानको अस्पतालमा मृत्युको खबर आउँदा घरमा श्रीमती पनि मृत, दुवै कोभिड १९ संक्रमित

    श्रीमानको अस्पतालमा मृत्युको खबर आउँदा घरमा श्रीमती पनि मृत, दुवै कोभिड १९ संक्रमित

    काठमाडौं : मंगलवार दिउँसो प्रहरीलाई एक महिला कोठाभित्र मृत अवस्थामा भएको भन्ने खबर आयो। जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी टोली घटनास्थलतर्फ लाग्यो। दिउँसोको करिब साढे ३ बजेको थियो। घटनास्थल थियो- वीरेन्द्रनगर नगरपालिका ११। प्रहरीसँगै स्थानीय जनप्रतिनिधि तथा छरछिमेकी समेत जम्मा भइसकेका थिए। कोठामा पुग्दा भित्रबाट चुकुल लगाइएको थियो। झ्यालहरु बन्द थिए। प्रहरी ढोका फोडेर कोठाभित्र छिर्‍यो। भित्र पुगेर हेर्दा एक…

    विस्तृतमा पढ्नुस्

  • परिवारभित्र नै हत्याका घटना : कतै योजनावद्ध त कुनै आवेगमै

    परिवारभित्र नै हत्याका घटना : कतै योजनावद्ध त कुनै आवेगमै

    काठमाडौं : घटनास्थलको परिस्थितजन्य अवस्थाले मात्र होइन, केही प्राविधिक पक्षले पनि अहिले एउटै कुरा बोलिरहेको छ - घटना हत्या हो। सन्दर्भ भक्तपुरको घरमा भेटिएका तीन मृतक। प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि अहिले ३६ वर्षीय सुदीप अधिकारीलाई अभियुक्त बनाएको छ। तर, यो अभियोगमा सुदीपलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्न सकेन। किनकि उनी पनि यो संसारमा छैनन्। ढिलै किन नहोस्, उनले श्रीमती र…

    विस्तृतमा पढ्नुस्

  • अब सम्झनामा मात्रै ‘सम्झना’ : मन्दिरभित्र १२ वर्षीया बालिकाको शव

    अब सम्झनामा मात्रै ‘सम्झना’ : मन्दिरभित्र १२ वर्षीया बालिकाको शव

    'राजेन्द्रले मेरो कानको मुन्द्रा मागिरहेको छ।' केही समयदेखि १२ वर्षीया सम्झनाले आफ्ना हजुरबालाई बताइरहेकी थिइन्। तर, सम्झनाका हजुरबाले त्यतिखेर खासै चासो दिएनन्। ‘म कुरा गरौंला न’ भन्दै पन्छाइरहे। राजेन्द्र अर्थात् सम्झानाको घर नजिकैका १८ वर्षीय छिमेकी राजेन्द बोहोरा। नाताले छिमेकी दाजु। सम्झनाका बुबा र आमा दुवै भारतको कर्नाटकमा बस्दै आएका छन्, रोजगारीका खातिर। सम्झना भने बझाङको मष्टा गाउँपालिका २ स्थित…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको मोबाइलमा सेभ भएको त्यो मुहार जसले आइसक्रिम खुवाउने भन्दै बालबालिकाको कानबाटै मुन्द्रा गायव बनाउथ्यो

    प्रहरीको मोबाइलमा सेभ भएको त्यो मुहार जसले आइसक्रिम खुवाउने भन्दै बालबालिकाको कानबाटै मुन्द्रा गायव बनाउथ्यो

    काठमाडौं : मंगलवार दिउँसो गोकर्णेश्वर नगरपालिका वडा नम्वर ८ माकलवारीमा ड्युटीमा खटिएका एक प्रहरीले आफ्नो गोजीबाट मोबाइल झिके र म्यासेन्जरमा केही समयअघि आएको एउटा फोटो हेरे। सडकमा हिँडिरहेकी एक महिलाको अनुहार मिल्दो लाग्यो उनलाई।  उनी झसङ्ग भए। सडकमा देखिएकी महिला तिनै थिइन् जुन उनको मोबाइलमा पहिलेदेखि नै सुरक्षित थियो। प्रहरीले ती महिलालाई तत्कालै नियन्त्रणमा लिए। त्यसपछि पुर्‍याए बौद्धस्थित महानगरीय प्रहरी वृत्त।  महिला थिइन…

    विस्तृतमा पढ्नुस्

  • वीरमा कैदीको मृत्युबारे कारागारले सार्वजनिक गर्‍यो सिसिटिभी भिडियो फुटेज्, भएको के थियो?

    वीरमा कैदीको मृत्युबारे कारागारले सार्वजनिक गर्‍यो सिसिटिभी भिडियो फुटेज्, भएको के थियो?

    काठमाडौं : वीर अस्पतालमा उपचारका लागि लगेका ६३ वर्षीय कैदीको मृत्युबारे पत्रकार सम्मेलन गर्दै केन्द्रीय कारागारले सिसीटिभी फूटेज सार्वजनिक गरेको छ। केन्द्रीय कारागार र वीर अस्पतालले गृह मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गर्दै रामलखन जयसवालको मृत्यु शंकास्पद नभएको स्पष्ट पारेको छ। जयवालको मृत्यु शंकास्पद रूपमा भएको उनको परिवारले दाबी गरेका थिए। कारागारमै रहँदा गम्भीर बिरामी परेपछि उनलाई भद्र गृहभित्रैको अस्पतालमा उपचारका…

    विस्तृतमा पढ्नुस्

  • लुटमा दाजुभाइदेखि बाबुछोरासम्मै : लुटेरै काठमाडौंमा २ रोपनी जग्गा, फेसबुके 'लभ'ले लहरो तान्दा गर्जिएको पहरो

    लुटमा दाजुभाइदेखि बाबुछोरासम्मै : लुटेरै काठमाडौंमा २ रोपनी जग्गा, फेसबुके 'लभ'ले लहरो तान्दा गर्जिएको पहरो

    काठमाडौं : गोर्खाका दिनेश (परिवर्तित नाम)को मन मान्दै मानेन। सविना (परिवर्तित नाम)को फोटो देखेपछि लठ्ठै परेका थिए उनी। लगातार भेटुम् भन्दै सविनाको आग्रह गरेपछि के रोकिन्थे? सरकारले घोषणा गरेको लकडाउनले पनि मनको इच्छालाई दवाउन सकेन। सविनालाई भेट्नका लागि नै गोरखाबाट काठमाडौं हान्निए। काठमाडौंसम्म लकडकाउनमा आइपुग्न सहज थिएन। त्यस्तैले झुटमुटको सहारा लिए। प्रशासनबाट लकडाउनमा हिँड्न पाउने पास मिलाएर आए काठमामाडौं। साउन…

    विस्तृतमा पढ्नुस्

  • सकसमा सन्ध्याकालीन रेस्टुरेन्ट : 'नखाउँ दिनभरिको सिकार, खाउँ कान्छा बाउको अनुहार'

    सकसमा सन्ध्याकालीन रेस्टुरेन्ट : 'नखाउँ दिनभरिको सिकार, खाउँ कान्छा बाउको अनुहार'

    काठमाडौं : भदौ ३१ गते जिल्ला प्रशासनले गरेको निर्णय सुन्दा शोभनवीर मालाकार एकाएक खुशी हुने स्थिति बन्यो। लामो समयदेखि बन्द भएको उनको व्यवसाय खुल्न पाउने खबर उनका लागि आशाको किरण बन्यो। शोभनवीर मालाकार अर्थात् त्रिसारा रेष्टुरेष्टका संचालक। देशभित्र इनेगिनेका रेष्टुरेष्टमा पर्छ त्रिसारा। काठमाडौंका दरवारमार्ग र लाजिम्पाट गरी दुई ठाउँको रेष्टुरेष्ट युवादेखि भिआइपीसम्मको रोजाइमा पर्नेगर्छ। चैत ११ गतेदेखि नै बन्द थियो…

    विस्तृतमा पढ्नुस्

  • कोठाभाडा तिर्न नसक्दाको झगडा : घरभेटीको प्रहारले गयो शम्भुको ज्यान

    कोठाभाडा तिर्न नसक्दाको झगडा : घरभेटीको प्रहारले गयो शम्भुको ज्यान

    काठमाडौं : घरभेटीले कोठा छाडेर जान निर्देशन दिएदेखि ४२ वर्षीय शम्भु महतोसामु तनाव थपिएको थियो। करिब ६ महिनादेखि जारी लकडाउनका कारण दैनिकी चलाउनै अप्ठ्यारो भइसकेको थियो। त्यस्तोमा नयाँ ठाउँ खोज्दै कहाँ जानु?   एक त काठमाडौँमा कोठा पाउन कठिन। त्यसमाथि कोरोना सङ्क्रमणको त्रासले रित्तिएका कोठा भेटे पनि दिन्छन् भन्ने ठेगान नहुने। कसोकसो शम्भुले कीर्तिपुर नगरापालिका वडा नम्बर ७ मा डेरा चाहिँ भेट्टाए। गत…

    विस्तृतमा पढ्नुस्

  • तीन जनाको मृत्यु संदेहपूर्ण बनाउने गरी खेतमा विषादीको बट्टा, बाथरुममा बान्ता, कमिजमा रगतका छिटा, ढोका चाहिँ खुला

    तीन जनाको मृत्यु संदेहपूर्ण बनाउने गरी खेतमा विषादीको बट्टा, बाथरुममा बान्ता, कमिजमा रगतका छिटा, ढोका चाहिँ खुला

    काठमाडौं : शुक्रवार मध्यपुर थिमि नगरपालिका-९ स्थित निकोसेरामा एउटै घरभित्र तीन जनाको शव भेटिएको घटना रहस्यमय बन्दै गएको छ। घटना हत्या वा आत्महत्या के भन्ने खुल्न सकेको छैन। शुक्रवार करिब ५ बजेतिर एकै परिवारका तीन जनाको शव घरभित्र फेला परेको थियो। ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त मृत अवस्थामा फेला परेका थिए। घटनाको…

    विस्तृतमा पढ्नुस्

  • डरलाग्दो तस्बिर : पछिल्लो समय दैनिक १९ जनाको आत्महत्या!

    डरलाग्दो तस्बिर : पछिल्लो समय दैनिक १९ जनाको आत्महत्या!

    काठमाडौं : गत जेठ ११ गते बिहान स्वयम्भू बिटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) विष्णु कार्की अबेरसम्म उठेनन्। उनी किन उठेनन् भनेर उनी सुत्ने कोठामा चियाएर हेर्दा मृत अवस्थामा देखिए। उनको शरीरबाट रगत बगिरहेको थियो। कार्कीको टाउकोमा गोली लागेको थियो। गोली उनकै पेस्तोलबाट छुटेको प्रहरीको अनुसन्धानमा खुल्यो। कार्कीको मृत्युको अनुसन्धान अझै नटुङ्गिएको प्रहरीको भनाइ छ। यति हुँदाहुँदा पनि प्रहरी एउटा…

    विस्तृतमा पढ्नुस्

  • जब भाइले घरभित्र छिरेर हेर्दा सबै परिवार मृत देखे…

    जब भाइले घरभित्र छिरेर हेर्दा सबै परिवार मृत देखे…

    काठमाडौँ: मध्यपुर थिमि नगरपालिका ९ स्थित निकोसेरामा साढे तीन तलाको एकनाले घर छ। घरको भुइँ तलामा नै सानो किराना पसल। शुक्रबार दिउँसोदेखि भने निकोसेराको यही घर धेरैको लागि चासोको केन्द्र बन्यो। कारण थियो घरभित्र भेटिएका शंकास्पद शव। एकै परिवारका तीन जनाको शव घरभित्र फेला परेको थियो। ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय छोरा…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा घरभित्र एकै परिवारका तीन जनाको शव फेला, घरमा पालिएको कुकुर पनि मरेको अवस्थामा भेटियो

    भक्तपुरमा घरभित्र एकै परिवारका तीन जनाको शव फेला, घरमा पालिएको कुकुर पनि मरेको अवस्थामा भेटियो

    काठमाडौंः भक्तपुरमा एक घरभित्र तीन जनाको शव फेला परेको छ। मध्यपुर थिमि नगरपालिका ९ स्थित निकोसेरा भन्ने ठाउँमा घरभित्र एकै परिवारका तीन जनाको शव फेला परेको हो। ' हामी घटनास्थल पुगेर बुझ्दै छौं। आमा, छोरो र बुवाको शव भेटिएको छ।' महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले भनिन्। घरमा ३६ वर्षीय सुदिप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • के बिहीवारदेखि काठमाडौं उपत्यका होला खुला? निषेधाज्ञाको विकल्पमाथि छलफल जारी

    के बिहीवारदेखि काठमाडौं उपत्यका होला खुला? निषेधाज्ञाको विकल्पमाथि छलफल जारी

    काठमाडौं : भदौ ३ गतेदेखि काठमाडौं उपत्यकाभित्र जारी रहेको निषेधाज्ञाले मानिसको दैनिकी कष्टकर बन्दै गएको भन्दै विरोधका स्वर सुनिन थालेको छ। निषेधाज्ञाबाहेक अन्य विकल्प नखोज्दा सर्वसाधारण मर्कामा परेका छन्। त्यसैले पछिल्लो समय सरकारको आलोचना भइरहेको छ। व्यवसायिक क्षेत्रका प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा निषेधाज्ञा जारी रहे सबै क्षेत्र धरापमा पर्ने जानकारी गराइसकेका छन्। सामाजिक सञ्जालमा अभावबाट गुज्रिएका मानिसहरुको भिडियोसहितका…

    विस्तृतमा पढ्नुस्

  • लेलेको जंगलमा महिलाको शव : खलकभित्रकै युवकसँगको 'विशेष सम्बन्ध' बन्यो हत्याको कारण

    लेलेको जंगलमा महिलाको शव : खलकभित्रकै युवकसँगको 'विशेष सम्बन्ध' बन्यो हत्याको कारण

    काठमाडौं : गत शुक्रवार गोदावरी नगरपालिका-१० को मुलडोलस्थित लेलेको जंगलमा फेला परेको शव हत्या गरी फ्यालिएको निष्कर्षमा प्रहरी पुगेको छ। शुक्रवार महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी वृत्त चापागाउँको प्रहरी टोलीले लेलेको जंगलमा अस्पतालकी ३९ वर्षीया कर्मचारी गीता केसीको शव भेटेको थियो। तीन दिनदेखि हराइरहेको उजुरी परेपछि खोजीमा लागेको प्रहरी टोलीले शव लेलेको जंगलमा फेला परेको थियो। घटनाको अनुसन्धानमा…

    विस्तृतमा पढ्नुस्

  • कर्फ्यु लगाइएको ललितपुरको एक फन्को : गौँडागौँडामा प्रहरी, सुनसान सडक

    कर्फ्यु लगाइएको ललितपुरको एक फन्को : गौँडागौँडामा प्रहरी, सुनसान सडक

    काठमाडौं : थापाथली पुल हुँदै ललितपुर प्रवेश गर्न सजिलो छैन। पुल वारी र पारी दुवैतिर बाक्लै छन्, प्रहरी। त्यही नै रोकिन्छन्, गाडीहरु। काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा तेस्रो सातामा जारी छ। त्यसमाथि थपिएको हो, ललितपुरमा कर्फ्यु। थापाथली पुलमात्र होइन, शुक्रवार बिहानैदेखि ललितपुर छिर्ने सबै नाका र गौडागौडामा सुरक्षाकर्मीको बाक्लो परिचालन छ। स्वास्थ्य सेवा, सुरक्षाकर्मी र संचारकर्मीका सवारीबाहेक सडकमा सुनसान छ। जे जति…

    विस्तृतमा पढ्नुस्

  • भाइरल भइरहेको 'पुल्चोकमा कुटिएका प्रहरी'को अल्कामा उपचार, कस्तो छ उनको अवस्था?

    भाइरल भइरहेको 'पुल्चोकमा कुटिएका प्रहरी'को अल्कामा उपचार, कस्तो छ उनको अवस्था?

    काठमाडौं : बिहीवार बिहानैदेखि रातो मछिन्द्रनाथको रथ तान्न विषयमा पुल्चोकमा स्थानीय प्रदर्शनमा उत्रिएका थिए। बिहान ११ बजेसम्म अवस्था सामान्य नै थियो। तर, दिउँसो १ बजेपछि भने स्थिति निकै गरम बन्यो। प्रदर्शनकारी र प्रहरीबीच झडप नै भयो। जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले भिड नियन्त्रण गर्न वाटर क्याननको प्रयोग गरेपछि प्रर्दशनकारी प्रहरीमाथि जाइलागे। त्यसपछि प्रहरीको तर्फबाट अश्रु ग्यास र प्रदर्शनकारीको तर्फबाट ढुंगा…

    विस्तृतमा पढ्नुस्

  • केही दिनको योजनामा 'खुफिया' भेलापछि भएको थियो पुजारीको हत्या !

    केही दिनको योजनामा 'खुफिया' भेलापछि भएको थियो पुजारीको हत्या !

    काठमाडौं : घटना भएको झन्डै दुई साता पछि प्रहरीले ६५ वर्षीय श्रीराम साहको हत्यामा संलग्न दुई जनालाई बुधवार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट र २ नम्बर प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले हत्यामा संलग्न दुई जनालाई बौधीमाई नगरपालिका वडा नम्बर ७ वडकी बंकुल एरियाबाट पक्राउ गर्न सफल भएको हो। उनीहरूले घटनामा आफूहरू संलग्न भएको स्वीकार गरिसकेको प्रहरीले दाबी गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा निषेधाज्ञा खुकुलो पारिँदै, आज सीडीओहरुको भर्चुअल मिटिङ, गृहको निर्देशनसँगै फेरिनेछ मोडालिटी

    उपत्यकामा निषेधाज्ञा खुकुलो पारिँदै, आज सीडीओहरुको भर्चुअल मिटिङ, गृहको निर्देशनसँगै फेरिनेछ मोडालिटी

    काठमाडौं : करिब दुई सातादेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाउन सरकारले उपत्यकाका जिल्ला प्रशासन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएको छ। लामो समयदेखि निषेधाज्ञा जारी भएकाले मानिसको दैनिकी कष्टकर बन्दै गएपछि केही खुकुलो बनाएर अघि बढ्न सरकारले निर्देशन दिइएको हो। काठमाडौं उपत्यकाभित्रका तीनवटै प्रमुख जिल्ला अधिकारीको बैठकले थप गरेको निषधाज्ञाको पछिल्लो समय भोलि (भदौ १७) गते राति १२ बजेबाट सकिँदैछ।…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु

    काठमाडौंमा पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु

    काठमाडौं : कोभिड -१९ संक्रमणबाट काठमाडौंमा एक पूर्व न्यायाधीशको मृत्यु भएको छ। उनको लामो समयदेखि मुटुको समस्या थियो। पछिल्लो समय मुटुकै उपचारका लागि गंगालाल अस्पतालमा भर्ना गरिएका माधवप्रसाद चालिसेको मृत्यु भएको हो। 'मुटुको समस्या थियो। आज बिहान निधन भयो,' उनका भाइ कृष्णराज चालिसेले बताए।   काठमाडौं महानगरपालिका वडा नम्बर ३ का उनी २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट रिटायर्ड भएका थिए।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell