काठमाडौं : पुस ५ गते। बिहान ११ बजे। उर्लाबारी वानडाँडा बस्ने दुर्गा तामाङले प्रेमप्रसाद बास्तोलालाई फोन गरे। उनीहरू एकअर्काका छिमेकी। त्यस दिनको फोनको कुराकानी भने प्रेमका सामान्य भने थिएन। तामाङले प्रेमका छोरा बेहोस भएको बताउँदै हेर्न जान सुझाव पनि दिएका थिए। दुर्गा बिहानै घरबाट निस्किएका थिए, बजारबाट सिमेन्ट ल्याउनका लागि। त्यही क्रममा छिमेकी रमेश गिरीको घर अगाडि एम्बुलेन्स र प्रहरी भ्यान रोकिराखेको देखे।…
काठमाडौं : १८ वर्षअघि भोला यादवले दोस्रो श्रीमती भित्र्याए। उनले विवाह गरेर ल्याएकी श्रीमती डिभोर्सी थिइन्। उनको पाँच वर्षीया छोरी पनि थिइन्। भोलाले सहजै छोरीसहित मीना (नाम परिवर्तन) लाई स्वीकार गरे। धनुषाका भोला मजदुरी गरेर जीवन चलाउँदै आएका थिए। मीनाले उनलाई हातेमालो गर्दै थिइन्। समय बित्दै गयो। पाँच वर्षकी छोरी हुर्किँदै गइन्। भोला बौद्धको जम्बुडाँडामा बस्दै आएका थिए। गलैँचा उद्योगमा…
सडकबाट करिब ७० मिटर तल शव भेटियो। साँझ परिसकेको थियो। मौसम प्रतिकूल बन्दै गयो। प्रहरीले तत्कालै धनगढीबाट तालिम प्राप्त कुकुर मगायो। धनगढीबाट सडक मार्ग हुँदै बैतडीको दोगडाकेदार गाउँपालिका पुग्न केही घण्टा खर्चिनुपर्ने थियो - दुई सय किलोमिटर पार गर्नुपर्थ्यो। राति नै कुकुर लगियो। कुकुर पुग्दा पानी परिरहेको थियो। त्यसैले गर्दा प्रहरीको कुकुरले खासै सङ्केत गर्न सकेन। घटना बैतडीकी १७ वर्षीया…
काठमाडौं : घटना भएको तीन दिनदेखि निगरानीमा रहेका युवक नै अन्तत: प्रहरीको निसानामा परेका छन्। बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न अभियुक्तलाई १३ दिनमा प्रहरीले पक्राउ गरे पनि त्यसको १० दिन अघिदेखि नै सर्भिलेन्समा राखेको थियो। प्रहरीले सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ मा अध्ययन गर्ने दिनेश भट्ट पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिसकेको छ। प्रहरीको…
काठमाडौं : प्रहरीले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त सार्वजनिक गर्ने तयारी गरेको छ। प्रहरीले भट्ट अध्ययनरत विद्यालयकै एक किशोरलाई घटनाको अभियोगमा नियन्त्रणमा लिएको हो। घटना भएको केही दिनमा प्रहरीको शंकाको घेरामा परेका किशोरलाई अन्य प्रमाण जुटाएपछि नियन्त्रणमा लिएको हो। 'पहिले देखि नै उनी हाम्रो क्लोज सर्भिलेन्समा थिए। थप प्रमाण जुटाउन लागिरहेका थियौं। केही प्रमाण हात परेछि समातेका हौं,'…
काठमाडौं : घटनास्थल नजिकै प्रहरीले एउटा मोबाइल फेला पार्यो, कभर निस्किएको थियो। केही पर त्यसको ब्याट्री। मोबाइल अरू कसैको थिएन, थियो त बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको। माघ २२ गते नजिकैको लवलेक सामुदायिक वनमा उनको शव फेला परेको थियो। पोस्टमार्टम रिपोर्टलाई आधार मान्दै प्रहरीले भागरथीको बलात्कार अनि हत्या भएको भन्दै अनुसन्धान त्यसतर्फ गर्दैछ। तर,…
काठमाडौँः देशकै सबैभन्दा धेरै मुद्दा भएको जिल्ला अदालत। दैनिक सयौँ पेसी चढ्छन्, आधाभन्दा बढी त स्थगित नै हुन्छन्। सोमबार पनि इजलास मुद्दाका पक्ष बिपक्षले भरिएको थियो। तर अदालतको १४ नम्बर इजलास प्रारम्भ हुनसाथ अतिरञ्जित भयो। जतिबेला सुनुवाइ नै प्रारम्भ भएको थिएन। घटना काठमाडौँ जिल्ला अदालतको हो। न्यायाधीश प्रकाशचन्द्र अधिकारी मुद्दाको मिसिल अध्ययन गर्दै थिए। एकाएक कुटपिट सुरु भयो। झगडाले अन्य इजलास…
काठमाडौं : करिब तीन वर्षअघि गोरखा अजिरकोटका ३८ वर्षीय चिजकुमार गुरुङ विदेश जाने सपना लिएर काठमाडौं ओर्लिए। कुन देश जाने? कसरी जाने दोधार थियो नै। त्यही क्रममा बसपार्कमा रेणु सारु मगर भन्ने महिलासँग उनको भेट भयो। रेणुले चिजबहादुरलाई विदेश पठाइदिने मानिससँग भेटाइदिने विश्वास दिइन्। चिजबहादुर ढुक्क भए। केही दिनमा नै रेणुले एक पुरुषसँग चिनजान गराइदिइन्। ती पुरुष थिए- शेख सम्शेर…
काठमाडौं : प्रहरीले लहरै अभियुक्तहरूको नाम लेखिएको प्लेट राखेको थियो। सँगै बरामद भएको लागू औषध र रकमसमेत। त्यही अभियुक्तहरूको नाममा एउटा नाम थियो- टेकबहादुर राउत। तर एक छिनमै हट्यो त्यो नेमप्लेट। धेरैले हटाएको पत्तोसमेत पाएनन्। आइतवार लागूऔषध नियन्त्रण ब्युरोले लागू औषध कारोबारमा संलग्नलाई सार्वजनिक गर्न पत्रकार सम्मेलन गरिएको थियो। पत्रकार सम्मेलन सकियो। ९ जना अभियुक्तलाई सार्वजनिक पनि गरियो। तर टेकबहादुरको विषयमा प्रहरीले शब्दसमेत उच्चारण…
काठमाडौं: गोरखमा पुगेर करिव दुई साता अघि दिएको एक अभिव्यक्तिको कारण प्रहरीले आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई बिहिवार नियन्त्रणमा लिएको छ। उनलाई राज्य विरुद्धको कसुर अन्तर्गतको दफा ५८ को कसुरको अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीको पक्राउ पुर्जीमा उल्लेख गरिएको छ। दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने उल्लेख गरिएको छ। मुलुकी अपराध संहिता २०७४ को ५८ दफा…
काठमाडौः आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछको लागि बोलाएको छ। महानगरीय अपराध महाशाखाको टोलीले नेतृ झाँक्रीलाई बोलाएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीलाई चरित्र हत्या गर्ने र एकल महिलालाई कटाक्ष गरी अभिव्यक्ति दिएको विषयमा नेतृ झाँक्रीलाई बोलाएको महाशाखाका एसएसपी दीपक थापाले बताए। ' उहाँले दिनु भएको अभियब्यक्तिको अनुसन्धानको क्रममा सोधपुछको लागि बोलाइएको हो,' एसएसपी थापाले भने। उनले…
काठमाडौं : धेरैजसो बलात्कारको घटनामा प्रहरीको अनुसन्धानमा एउटै जसो निष्कर्ष भेटिन्छ - 'वान इच टू वान' कमै सम्भव देखिन्छ। अर्थात् एक जना पुरुषले आफ्नै उमेरकी स्वस्थ्य अर्को महिलालाई सजिलै बलात्कार गर्न कठिन हुन्छ। बैतडीमा १७ वर्षीया किशोरीको बलात्कार र हत्यासँगै सुल्झिनसकेको प्रश्न हो - हत्या अगाडि कि बलात्कार? सामुहिक बलात्कार त होइन? उस्तै उमेर समूहको हो भने एकजना पुरुषको प्रयासलाई…
काठमाडौं : बिहीवार साँझ बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ को जङ्गलमा मृत अवस्थामा फेला परेकी १७ वर्षीय भागरथी भट्टको अनुसन्धान प्रहरीको लागि चुनौतपूर्ण बन्दै गएको छ। घटनाको सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको प्रहरीलाई चौतर्फी दवावका परिरहेको छ। घटनाको अध्ययनका लागि सुदूर पश्चिम प्रहरी कार्यालयले एसएसपी जनकराज पाण्डेको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरिसकेको छ। त्यस्तै, जिल्ला प्रहरी कार्यालय बैतडीबाट पनि डीएसपीको…
काठमाडौं : बिहीवार बिहान ४ बजेतिर ४१ वर्षीय कुम्भनारायण श्रेष्ठ ट्याक्सी लिएर ग्राहकको खोजीमा निस्किए। बबरमहलमा कोठा भाडा लिएर परिवारसहित बस्दै आएका श्रेष्ठको दैनिकी नै थियो बिहनै उठेर ट्याक्सीमा यात्रु ओसार्नु। १५ वर्षदेखि लगातार उनी यही पेशामा। तर, सधैं झै बिहीवार भने उनका लागि सामान्य दिन बन्न सकेन। बबरमहलबाट निस्किएपछि नै उनले ग्राहक फेला पारे। बबरमहलदेखि सोह्रखुट्टेसम्म जाने यात्रु भेटिएपछि…
काठमाडौं : 'कुकुर ल्याएको थिएन ? कुकुरले पनि पत्ता लगाएनछ त? ' पछिल्लो समय देशभित्र भएका हत्याका घटनामा सर्वसाधारणले गर्ने साझा प्रश्न हो यो। उनीहरुले यसरी प्राथमिकतामा नै राखेर प्रहरीको कुकुरलाई अनुसन्धानमा देख्न चाहानुको एउटै कारण हो - प्रहरीको तालिम प्राप्त कुकुरको सफल अनुसन्धान। देशभित्र भएका केही चर्चामा आएका हत्या प्रकरणमा कुकुरले गरेको संकेतकै आधारमा प्रहरीको अनुसन्धानलाई डोहोर्याएको छ। धेरैलाई…
काठमाडौं : बुधवार लागू औषध नियन्त्रण व्यूरोको टोलीले लागूऔषध कारोबारमा ९ जनालाई समातेको भन्दै पत्रकार सम्मेलन आयोजना गर्यो। काठमाडौं र विभिन्न जिल्लाबाट उनीहरुलाई पक्राउ गरिएको थियो। काठमाडौंमा ल्याइएका मध्ये ६ जनालाई प्रहरीले सार्वजनिक गरिरहँदा एक जना थिए टासी सन्डुप गुरुङ। उमेर ४६ वर्ष। घर चाहिँ मनाङ डिस्याङ्ग गाउँपालिका ३ नावल। उनी व्यूरोको हिरासतमा नै थिए। उनलाई पत्रकार सम्मेलनमा सार्वजनिक भने…
काठमाडौं : 'शीर्ष नेताहरू कुरा मिल्दा सँगै बसेर रक्सी खान्छन्। हाम्रा अगाडि चाहिँ झगडा गरेको जस्तो गर्छन्।' २०७४ सालको प्रदेशसभा निर्वाचनको अभियानमा मनाङमा खटिँदा उनले दिएको अभिव्यक्ति हो यो। चुनावी अभियानमा जुट्दा उनलाई निर्वाचनमा होमिएको गुन्डा भन्दिन्थे मान्छेहरु। उनी आफैँ पनि पटक पटक सुन्थे - गुन्डा नाइके पनि निर्वाचनमा भन्ने। यस्तो अभिव्यक्ति आएपछि प्रतिकार गर्थे - कुनै देशमा गुन्डाले चुनाव…
काठमाडौं : फेसबुक स्क्रोल गर्दै जाँदा राजीव साह (परिवर्तित नाम) को आँखा 'स्काइ मोबाइल' नाम गरेको फेसबुक आइडीमा टक्क अडियो। बजारभाउ भन्दा सस्तोमा आइफोन ११ सस्तो मूल्य - ७४ हजार रुपैयाँमात्र। ३० प्रतिशत छुटको अफर थियो। बजारमा यही यही फोन किन्ने हो भने १ लाखभन्दा धेरै पर्थ्यो। फेसबुकमा राखिएको विज्ञापन हेरेर उनले आइफोन र अर्को एउटा १८ हजार रुपैयाँ पर्ने इलेकट्रोनिक डिभाइस पनि मगाए। फेसबुक पेजमा नै सम्पर्कका लागि…
काठमाडौं : ललितपुरको एकान्तकुनाबाट एक युवकलाई बन्धक बनाएको जानकारी आएपछि बुधवार महानगरीय प्रहरी परिसर ललितपुरको टोली उद्धार गर्न पुग्यो। परिसरको टोलीले ३० वर्षीय युवक शंकर पुडासैनीलाई बचायो पनि। पुडासैनीले प्रहरीमा आफूलाई परिवारका सदस्यले नै बन्धक बनाएको बयान दिएपछि घटनामा अनौठो ट्विस्ट आयो। लामो समयको कसरतपछि प्रहरीले युवकको उद्धार गरेको थियो। तर, परिवारले भने युवकलाई बन्धक नबनाएर दुर्व्यसानीको कारण रिह्याव सेन्टरमा राखेको…
काठमाडौं : राजधानीको उत्तरमा रहेको गाउँ टोखामा मृत अवस्थामा फेला परेका दम्पतीमध्ये एक जनाको हत्या र अर्कोको आत्महत्या पुष्टि भएको छ। चिकित्सको प्रारम्भीक रिपोर्टअनुसार श्रीमानको मृत्यु टाउकोमा चोटका कारण रगत जमेर भएको देखिएको छ भने श्रीमतीको मृत्युको कारण चाहिँ 'ह्याङ्गिङ' देखिएको छ। शुक्रवार बिहान पौने ९ बजे टोखास्थित ग्राण्डी भिलामा उमेश केसी र उनकी श्रीमती सुदीक्षा गिरी मृत अवस्थामा भेटिएका…