काठमाडौं : 'भीआइपीका छोराको संलग्नता छ। त्यसैले यो घटनाको अपराधी पत्ता नलागेको हो।' अपराध कर्ममा जो संलग्न भए पनि आम बुझाइ भने यही हो जसलाई चिर्न पूरै असफल भए रामबहादुर थापा (बादल)। राजनीति गर्नेहरूले पनि बुझेर होस् वा राजनीतिक फाइदाकै लागि, भीआइपीका छोरा भन्दै आरोप लगाइरहे। एउटा सार्वजनिक कार्यक्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले नै भनेका थिए,…
जनकपुर !! जानकी मेडिकल कलेज एण्ड हस्पिटलमा २ जना बिरामीलाई अक्सिजन चाहियो !! एउटा अप्रत्यासित ट्विट। ट्विट प्रत्यासित लागे पनि गर्ने व्यक्ति चाहिँ पक्कै अप्रत्यासित नै। कोरोना भाइरसका संक्रमित बढेसँगै अस्पतालमा अक्सिजन अभाव छ। कतिपय अस्पतालले त अक्सिजन नभएको भन्दै बिरामी भर्ना गर्न नसक्ने सूचना नै जारी गरे। बिरामीका आफन्त आफैँ भौतारिरहेका छन् - सास खोज्न। यस्तो हाहाकारको अवस्थामा अक्सिजन…
काठमाडौं : ५९ वर्षीय भइन् - काइँली। धेरैले यही नामले चिन्छन् उनलाई। उनको ठेट् नाम खोज्ने हो भने धेरै भेटिन्छ। माया, फूलमाया, देवीमाया आदिआदि। नागरिकताको नाम नै हेर्ने भने पनि फरक फरक। यसैमध्येको एउटा नाम हो, गोपीमाया तामाङ। घर कहाँ त? पहिलो नागरिकतालाई मान्ने हो भने घर धादिङ रुवी भ्याली। दोस्रो नागरिकताले देखाउँछ नुवाकोट। तर उनी धादिङकै हुन्। विभिन्न नामले…
काठमाडौं : धादिङ घर भएका ४९ वर्षीय दावा लामा तामाङ मार्च २९ मा काठमाडौँबाट दुबई हानिए। दुबईमा कसलाई भेट्ने र त्यसपछि कहाँ जाने उनलाई पत्तो थिएन। तर, त्यहाँ बस्ने र खाने व्यवस्था भने मिलाइएको थियो। तीन दिन बितिसकेको थियो। उनको भिसा पनि सकिन लागेको थियो। उनी के गर्ने भन्ने द्विविधामा थिए। त्यसपछि उनको सम्पर्क भयो, होनीमाया तामाङसँग। त्यहाँबाट पाकिस्तान जाने पेपर भिसा…
काठमाडौं : प्रहरीको विशेष सूचनाका आधारमा पक्राउ परेका एक युवकको सिटी स्क्यान गर्दा ठूलो परिमाणमा क्याप्सुल आकारमा हेरोइन फेला परेको छ। गएको चैत २६ गते त्रिभुवन विमानस्थलमा पक्राउ परेका उनी यसअघि पनि लागू औषध कारोबारका क्रममा पक्राउ परिसकेको प्रहरीले जनाएको छ। ५ वर्ष कैद सजाय भुक्तान गरिसकेका धादिङका दावा लामा फेरि उस्तै प्रकरणमा पक्राउ परेका हुन्। ४९ वर्षीय लामालाई पक्राउ गरेपछि सिटी…
काठमाडौँ : काठमाडौं उपत्यकाभित्र भएका कुनै पनि ठूला आपराधिक घटनाले सिङ्गो देशलाई नै त्रसित पार्ने गर्छ। त्यतिमात्र होइन, सिंगो देशको सुरक्षामा समेत काठमाडौंले विशेष प्रभाव राख्छ। त्यसैले पनि काठमाडौं उपत्यकाभित्रको सुरक्षामा सबै सुरक्षा निकायको ध्यान सबैभन्दा धेरै खिचिएको हुन्छ। प्रहरी प्रधान कार्यालय, महानगरीय अपराध महाशाखादेखि परिसरसम्मले घेरिएको काठमाडौं उपत्यका अपराधबाट अछुतो भने छैन। मुलुकको सबैभन्दा ठूलो जनसंख्या अटाउने शहर भएकाले…
काठमाडौं : गत मङ्गलवार राति १० बजेतिर धनुषाका प्रकाश महरा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए। वैदेशिक रोजगारीको लागि दुबई पुगेका उनी लामो समयपछि घर फर्किँदै थिए। विमानस्थलबाट बाहिरिएलगत्तै घर पुग्ने हतारो थियो उनमा। तर, विमानस्थलको सुरक्षा जाँचमा निकै समय लाग्यो। एक्स-रे मेसिनले उनको झोलामा शङ्कास्पद बस्तु भएको सङ्केत गरिरहेको थियो। विमानस्थलमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले उनको झोला खोलेर एक एक…
'नाम लिँदा मात्र धेरै अपराधीहरू काप्ने गर्छन्।' कुनै समयमा सर्वेन्द्र खनालबारे प्रहरी संगठनभित्र यस्तै चर्चा हुन्थ्यो। उनी थिए पनि त्यस्तै। खनाल आफैं अनुसन्धानमा खटिएर धेरै अपराधीलाई कानुनको कठघरामा उभ्याएका थिए। एसपी भएर जिल्ला कमाण्ड सम्हाल्दादेखि नै उनले गरेका कामले खनालले 'सेलिब्रिटी छवि' बनाइसकेका थिए। एसएसपीमा बढुवा भएर महानगरीय अपराध महाशाखाको नेतृत्व सम्हालेपछि फुटबलमा भएको 'म्याच फिक्सिङ' तथा विद्युत प्राधिकरणमा कर्मचारीबाट…
काठमाडौ : २०७६ चैत ११ गते देशभर लकडाउन भयो। मानिस घरभित्र नै थुनिए। कारण एउटै थियो- विश्वभर फैलिएको कोभिड १९ को संक्रमण। नेपालमा पनि एक वर्षअघि सरकारले लकडाउन घोषणा गर्दा सीमित सङ्ख्यामा मात्र कोरोना संक्रमित भेटिएका थिए। लकडाउन भएको आज एक वर्ष पूरा भइसकेको सकेको छ। आधा वर्षभन्दा बढी समय नेपालीले लकडाउन खेपरे नै बिताए। अहिलेसम्म २ लाख ७६ हजार २…
पछिल्लो समय काठमाडौं उपत्यकाभित्र सवारी दुर्घटनाको जोखिम बढेको छ। दुर्घटनामा परि मृत्यु हुनेको संख्यासमेत बढेको छ। त्यतिमात्र होइन, काठमाडौं उपत्यकाभित्र सडक जाम पनि उत्तिकै छ। दैनिक रूपमा १ हजारको सङ्ख्यामा ट्राफिक प्रहरी परिचालन भए पनि जाम घटेको महसुस आम मानिसले गर्न सकेका छैनन्। आखिर काठमाडौं उपत्यकाभित्र जाम किन बढी रहेको छ? अनि सडक दुर्घटनाको प्रमुख जिम्मेवारी को हो? यस विषयमा…
काठमाडौं : सन्तोषी श्रेष्ठ र सन्तोष सापकोटाबिच करिब १० वर्षअघि हो प्रेमविवाह भएको। सन्तोषीका परिवारले यो विवाहलाई स्वीकारेनन्। उनीहरुको बिचमा थियो जात। त्योभन्दा ठूलो समस्या त सन्तोषको आर्थिक अवस्थालाई नै लिएका थिए। बल्खुको सुकुम्वासी बस्तीमा बस्दै आएका सन्तोष र राम्रै परिवारमा हुर्किएकी सन्तोषी बिच विवाह भएको थियो। उनीहरुको एक सन्तान पनि छन्। तर, बिहेको दशकपछिको सम्बन्ध हत्यामा गएर पूर्ण…
अभिको होस केही समय पछिमात्र खुल्यो। आँखा खुल्दा अस्पतालको शैय्यामा थिए उनी - अर्धहोसमा। डोल्पा पुगेका उनी एकाएक क्षेत्रीय अस्पताल सुर्खेतमा भएको थाहा पाउँदा छक्क परे। झसङ्ग त तब भए जब डाक्टर बोलेको सुने - 'अस्पताल ल्याउन केही समयमात्र ढिलो भएको भए ज्यान जान सक्थ्यो।' अभिलाई लाग्यो - 'दोस्रो जन्म भयो। अब सायद हत्तपत्त मर्दिनँ।' उनका मानसपटलमा भने केही दिनअघिका…
काठमाडौँ: प्रहरीले शुक्रबार साढे २ किलो युरेनियमा बरामद गरेको भन्दै पत्रकार सम्मेलन गर्यो। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पत्रकार सम्मेलनमा उच्च सम्वेदनशील मानिने युरेनियम समेत देखायो। प्रहरीले युरेनियमा-२३८ भएको दाबी गर्यो। अनि बजार मूल्य ५ अर्बभन्दा बढी। प्रहरीले पनि ठ्याक्कै यसको मुल्य बताउन सकेन। 'युरोनियम -२३५ भएको भए १ किलोको १८ अर्बसम्म पर्थ्यो। यो २३८ भएकाले ठ्याक्कै यति भन्न सकिएन। तर…
काठमाडौं : नेपाल प्रहरीकै इतिहासमा सबैभन्दा ठूलो परिणाममा युरेनियम बरामद भएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले एक साता लामो अनुसन्धानपछि ठूलो परिणाममा युरेनियमसहित चार जना मानिस पक्राउ गर्न सफल भएको दावी गरिरहेको छ। महानगरीय प्रहरी कार्यालयको टोलीले सोमवार बौद्धबाट २ किलो ५ सय ग्राम युरेनियम बरामद गरेको हो। प्रहरीले बरामद गरेको युरेनियम- २३८ क्याटोगोरीमा पर्छ। प्रहरीका अनुसार २ सय…
काठमाडौं : पहिलो पटक साढे दुई किलोग्राम युरोनियम सहित नेपालमा मानिस पक्राउ परेका छन्। ठूलो परिणाममा युरेनियम नै जफत भएको यो पहिलो घटना हो। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी हरिबहादुर पालका अनुसार युरेनियम - २३८ जफत भएको छ भने ४ जना पक्राउ परेका हुन्। पालका अनुसार जफत भएको युरेनियमको मूल्य ५ अर्ब रुपैयाँभन्दा बढी हुन आउँछ। राजधानीको बौद्धमा रहेको एउटा घरबाट…
काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सरकारबिच करिब दुई वर्ष द्वन्द्व कायमै रह्यो। जसले भेट्यो उसले ठोक्यो भन्ने नीति दुवैले लिए। त्यसैले त प्रहरी र विप्लव समूहबिच 'इन्काउन्टर' हुँदा गोली चलिहाल्थ्यो। त्यसैको नतिजा थियो सर्लाही जिल्लाका इन्चार्ज कुमार पौडेलेको हत्या। विप्लव समूहका सबै नेता भुमिगत भए। प्रहरीले उनीहरुलाई खोजी रह्यो। दुई वर्षमा दुई हजारभन्दा धेरै नेता तथा कार्यकर्ता समातिए।…
काठमाडौँः दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेत्रविक्रम चन्द विप्लव समूहमाथि लगाएको प्रतिबन्ध बिहीबार फुकुवा गरेको छ। सरकारले ०७५ फागुन २८ गते 'विप्लव' समूहलाई प्रतिबन्ध लगाएको थियो। त्यसपछि चन्द नेतृत्वको पार्टी एउटा हिंसात्मक समूहको हैसियतमा खुम्चियो, सरकारी दृष्टिकोणमा। तर प्रधानमन्त्री ओली पार्टीभित्रबाट नै घेराबन्दीमा परेपछि विप्लव समूहको सहारा लिन पुगे। त्यसैको परिणाम आज सरकारले विप्लव समूहलाई प्रतिबन्ध फुकुवा गरेको…
काठमाडौं : पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरे लगत्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा फुट देखियो। अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले विघटनविरुद्धमा सडक आन्दोलन सुरु गरे। प्रचण्ड र माधव समूहले पार्टीमा आफ्नो बहुमत भएको दावी गरिरहँदा अर्का अध्यक्ष ओली पनि त्यस्तै दावी गरिरहेका छन्। दुवै पक्षले नेता तथा कार्यकर्तालाई आफूतिर…
काठमाडौँ : ‘तिम्रो छोरालाई हामीले अपहरण गरेका छौँ। छोरा चाहिए एक करोड रुपैयाँ लिएर आऊ।' गत अघिल्लो शनिवार धनुषाको नगराइन नगरपालिका–६ बस्ने रमेश दासको परिवारमा कुनै अपरिचित व्यक्तिले फोनबाट यसै भने। शनिवार दिउँसो देखि नै रमेशको सात वर्षीय छोरा घरबाट बेपत्ता थिए। त्यसैले पनि उनीहरू नआत्तिने कुरै भएन। दास परिवारका एक करोड रुपैयाँ जुटाइहाल्ने अवस्था थिएन। त्यसपछि उनीहरूको एउटै भरोसा…
काठमाडौँ : 'अत्यन्तै तीब्ररूपमा प्रहार भएको छ। शारीरिक हमला नै भयो र ज्यान नै तलमाथि भयो भने अनौठो नमान्नु होला।' मुलुकको कुनै सामान्य नागरिकको त्रासमय अभिव्यक्ति होइन यो। यो अभिव्यक्ति त त्यस्ता व्यक्तिको हो जो सबैभन्दा सुरक्षाघेराभित्र सुरक्षित रहँदै आएका छन्। हो, अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीबाटै आएको हो। सोमवार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीले आयोजना गरेको गण्डकी…