काठमाडौं : तान्जेनियाकी २६ वर्षीया किमारो दुई सातादेखि प्रहरी हिरासतमा समय बिताइरहेकी छिन्। लागूऔषध नियन्त्रण ब्युरोको टोलीले उनलाई गत भदौ ८ गते सिन्धुलीबाट भाग्दै गर्दा पक्रेको थियो। विद्यार्थी भिसामा नेपाल बसिरहेकी उनलाई प्रहरीले लागूऔषध कोकिनको कारोबारमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिएको हो। अहिले कोकिनको घटनामा लागूऔषध नियन्त्रण ब्युरोको टोलीले उनी केन्द्रीत भएर अनुसन्धान गरिरहेको छ। प्रहरीले केही दिनअघि काठमाडौंको कमलपोखरीबाट…
काठमाडौं : सोमवार संखुवासभाको मादी नगरपालिका १ उम्लिङ खोलगाउँमा हत्या प्रकरणको अनुसन्धानको कोण परिवर्तन भएको छ। प्रहरीले सुरुमा आर्थिक पाटोसँग जोडेर चोरी डकैतीका कारण घटना हुनसक्ने आशंकामा अनुसन्धान अगाडि बढाएको थियो। तर, मंगलवार शव र घटनास्थलको सर्च गर्दा लगाएका गहगहना, घरभित्र भएका नगदसमेत सुरक्षित भेटिएपछि अनुसन्धानलाई फरक हिसाबले अगाडि बढाउनुपर्ने देखिएको हो। 'सुरुमा हत्या आर्थिक कारणबाट हो कि भन्ने थियो।…
काठमाडौं : सोमवार बिहानै सबैको आङ सिरिङ्ग पार्ने घटना भयो संखुवासभामा। एउटै घरका ६ जना मृत अवस्थामा फेला परे। घरबारीदेखि कुलेसोसम्म मानिसको शव भेटियो। कसैमाथि धारिलो हतियार प्रहार भएको संकेत थियो त कसैमाथि ढुंगाले हानेको डोब। परिवार नै सिध्याउने गरी भएको एउटा त्रासदीपूर्ण हत्या। मारिनेमा ८० वर्षीया वृद्धादेखि ५ वर्षीय नाबालिकसम्म! घटना संखुवासभाको मादी नगरपालिका १ मा भएको थियो। प्रहरीको…
काठमाडौं : बिहान ७ बजेतिर भवदीप कार्की छिमेकी तेजबहादुर कार्कीको घरमा पुगे। उनी पुग्दा तेजबहादुरका ८९ वर्षीय बुबा बौद्धमान निदाइरहेका थिए। उनकी श्रीमती नजिकै लडिरहेकी थिइन्, उनको मृत्यु भइसकेको रहेछ। बौद्धमानलाई उठाएपछि घरका अरु सदस्यको सोधीखोजी भयो। तर, कोही भेटिएनन्। नजिकै घरबाट अर्का एक जना के भयो भन्दै कुद्दै आए। आउँदा तिनले बाटोको खोल्सामा दुई जनाको शव देखे। त्यसपछि हल्लाखल्ला…
काठमाडौं : संखुवासभाको मादी नगरपालिका १ मा ६ जना मानिस मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मादी १ उम्लिंग खोलगाउँमा तेजबहादुर कार्कीको घर अगाडि मानिसहरु मृत अवस्थामा भेटिएका हुन्। नगरपालिकाका मेयर विदुरकुमार लिङ्थेपले भने चार/पाँच जनाको मृत्यु भएको पुष्टि गरे। धारिलो हतियार प्रहार गरेर उनीहरुको हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको संखुवासभा जिल्ला प्रहरी कार्यालयका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए। 'कुनै खोल्सातिर…
काठमाडौं : झापाका २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङका २६ वर्षीय बुद्धिमान खाती शुक्रवार दिउँसो २ बजेतिर श्री एयरलाइन्सको विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानबाट नेपालगन्ज पुगे। नेपालगन्ज विमानस्थलबाट बाहिरिएपछि मात्रै उनीहरू प्रहरीको शंकाको घेरामा परे। प्रहरीले उनीहरूलाई तत्काल नै नियन्त्रणमा लियो र चेक गर्यो। शरीर पूरै खानतलासी गर्यो प्रहरीले। शरीरको अन्य भागमा केही भेटिएन तर उनीहरूले लगाएको…
काठमाडौं : २६ वर्षीय तान्जेनिया नागरिक किमारो दुई वर्ष देखि नेपालमा नै छिन्। पछिल्लो समय विश्वभाषा क्याम्पसमा नेपाली भाषा पढ्दै। उनलाई नेपाली भाषा विदेशी भए पनि धेरै नै आउँछ। त्यसैले पनि उनको संगत र सम्पर्कमा धेरै नेपालीहरू छन्। सन् २०१९ मा उनी पर्यटक भिसामा नेपाल आएकी थिइन्। त्यसपछि अप्रिलबाट भने स्टुडेन्ट भिसामा नेपालमा रहन थालिन्। किमारो क्षेत्रपाटीमा २० हजार रुपैयाँ…
काठमाडौं : मंगलवार मध्यान्ह भइसकेको थियो। नरेन्द्र धामी र राजन्ती धामी उकालो लाग्दै थिए। बिहानै घरबाट बैंकमा खाता खोल्न भनेर बाटो तताएका थिए। राजन्तीलाई स्वास्थ्यले पनि खासै साथ दिएको थिएन। मनमा भर्खरै श्रीमान् गुमाएको पीडा र ज्यानमा रोगको। त्यसैले उनको गति सुस्तसुस्त नै थियो। देवर नरेन्द्र भने केहीअघि बढेका थिए। राजन्ती अर्थात् जयसिंह धामीकी श्रीमती। नरेन्द्र उनका भाइ। जयसिंह धामी…
काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर ३४ को कित्ता नम्बर ३६२, ५१ र ४५ मा बनेको घर कम्पाउनसमेत धितोमा राखेर चार करोड बीस लाख रुपैयाँ ऋण दिएका थिए साथीलाई। कलेज पढ्दाका साथीले सञ्चालन गर्दै आएको हिमालयन डेकोर्स प्रालिलाई ऋण कर्जा चाहिएर उनीहरुले घर धितो राख्न दिएका थिए। तीन वर्षमा सबै कर्जा चुक्ता गर्ने बाचा पनि गरेका थिए। तर, तोकिएको मितिसम्म…
काठमाडौं : कसैले दिएको आदेशअनुसार २६ वर्षीय तान्जेनिया नागरिक किमारो दरबारमार्गस्थित अन्नपूर्ण होटलको नजिकै पुगिन्। उनलाई जस्तै दक्षिण अफ्रिकी ३० वर्षीय नागरिक शेर्ला गामालाई पनि अन्तै कतैबाट त्यही समयमा केएफसीको आउटलेट नजिकै पुग्न भनिएको थियो। निर्धारित समयमा नै दुबै जना दरबारमार्ग पुगेका थिए। तर, एकले अर्कलाई प्रत्यक्ष देख्न र भेट्न नपाउँदै उनीहरू छुट्टिए। उनीहरू दुवै जनाको यसअघि पहिले कहिल्यै भेट…
काठमाडौं : दक्षिण अफ्रिकाबाट नेपाल हुँदै भारतमा कोकिन सप्लाइ गर्ने समूहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। तीन मुलुकका तीन जना नागरिकलाई झन्डै ३ किलोग्राम कोकिन सहित नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो। पक्राउ पर्नेमा एक जना दक्षिण अफ्रिकी, एकजना तान्जेनियाका र एक जना भारतीय नागरिक रहेको ब्युरोका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीको दावी अनुसार उनीहरुबाट जफत…
काठमाडौं : बिहीवार राज्य व्यवस्था तथा सुशासन समितिमा दुईवटा विषयमा गृह मन्त्री बालकृष्ण खाँणले जवाफ दिनुपर्ने थियो। दुवै विषय पेचिला थिए। गृह मन्त्रालयको नेतृत्व गर्ने जो कोही मन्त्रीका लागि यी विषयमा जवाफ दिन सजिलो थिएन। खाँड अघि मन्त्रालयको नेतृत्व सम्हालेका रामबहादुर थापा बादलले पनि यसको जवाफ प्रस्टसँग नदिँदै बिदा भए। त्यस्तै, बहालवाला गृह मन्त्री खाँणका लागि पनि ठ्याक्कै यही भन्ने…
एक महिलाको हत्या गरेको अभियोग लागेका शिवजी खत्री १६ वर्षपछि प्रहरीको नियन्त्रणमा परे। उनले मट्टितेल छर्केर ती महिलाको हत्या गरेको प्रहरीको दावी छ। अपराधपछि पनि निर्धक्क रहेका उनी फरक फरक व्यवसायसँग जोडिएका थिए। उनको अपराध यात्राबारे उनका परिवार पूरै बेखबर थिए। कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका ७ स्थित महालक्ष्मी सुगर मिलको कम्पाउण्डभित्र रुपन्देहीका ४८ वर्षीय प्रकाशनारायण श्रेष्ठमाथि गोली प्रहार भयो। समूहमा…
अगस्ट १० तारिक, अर्थात् साउन २६ गते। निशान्त श्रीवास्ताव र रज्जिस उप्रेती काठमाडौंबाट भैरहवा उडे। त्यहाँबाट ९० किलोमिटरभन्दा लामो बाट तय भयो सडकबाटै। सुनौली हुँदै गोरखपुर पुगेपछि भने दिल्लीका लागि समाते भारतको आन्तरिक विमान। अनि दिल्लीबाट जर्मनीको फ्र्याङ्फट। त्यसलाई ट्रान्जिट बनाउँदै पुगे सुन्दर पर्यटकीय मुलुक पोर्चुगल। छोटो थियो उनीहरुको 'आइटनरी'। नझुक्किनुस्, यो 'आउटबन्ड टुरिज्म'को कुनै प्याकेजमा यात्रा गरिरहेका पर्यटकको कथा…
दश वर्षअघि काठमाडौंबाट लुक्लाको लागि उडेको सीता एयरको विमान काठमाडौं मनोहरा खोला नजिकै दुर्घटना भयो। चालक दलका तीन जनासहित १९ जनाको दुर्घटनामा परेर मृत्यु भयो। केही विदेशी यात्रु पनि दुर्घटनामा परे। दशैंको मुखैमा बाक्लो बस्ती नजिकै भएको दुर्घटना कहालीलाग्दो थियो। घटनास्थलको दृश्य जो कसैले सजिलै हेर्न सक्ने थिएन। तर, शम्भु पोखरेलका लागि त्यस्तो विभत्स दृश्यमा शव संकलन गर्नु बाध्यता नै…
डीएसपी गजुसिद्ध बज्राचार्यले फोनबाट अभियुक्तको हुनसक्ने सम्भावना बताएपछि योगेश बाराको कलैयातिर तर्फ 'मुभ' भए। हराएको केही दिनपछि त्यहाँ १५ वर्षीय किशोरको शव भेटिएको थियो। प्रहरीको अनुसन्धानले हत्या भएको निष्कर्ष निकालेको थियो। तर कसले गर्यो हत्या? किशोर हराएदेखि नै गाउँमा हल्लाखल्ला भइरहेको थियो। अन्तिम पटक उनलाई देख्ने को थिए? खोजी शुरु भयो। नभन्दै अन्तिम पटक उनलाई एक १४ वर्षीय बालकले देखेका…
काठमाडौं : घटना एक वर्षभन्दा अघिको हो। एक जना आफन्तले पोखराबाट फोन गरेर एउटा घटनाको जानकारी दिए। उनलाई यो विषय समाचार बन्न सक्छ भन्ने लागेपछि उनले मलाइ सम्झिएका रहेछन्। त्यतिखेर त्यसलाई प्रमाणित गर्ने केही थप भिडियो थिएन। त्यसैले समाचार चाहिँ बनेन। सन्दर्भ थियो - पूर्व युवराज पारस शाहकै। अहिले फेरि त्यस्तै विषय चर्चामा आएकाले स्मरणमा आयो। पात्र उनै हुन् पूर्व…
काठमाडौं : दुर्गादेवी पन्तको मनमा थोरै नै भए पनि आशा पलाएको छ। सरकारको नेतृत्वमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुगेका छन्। दुर्गादेवीले देउवासँग कुनै राजनीतिक नाता जोडिएर आशा गरेकी भने पक्कै होइनन्। तीन वर्षअघि मारिएकी आफ्नी १३ वर्षीय छोरी निर्मला पन्तको हत्यारा पत्ता लगाउलान् भन्ने उनको झिनो आशा हो। निर्मला पन्तको हत्या भएको दिन अर्थात् साउन १० गते पारेर प्रधानमन्त्री…
काठमाडौं : 'अनुसन्धानको घेरा साँघुरिएको छ। भेटिएका प्रमाणलाई भेरिफाइ र प्राविधिक पक्षबाट हेरिरहेका छौं।' केही दिनअघि निर्मला पन्त प्रकरणमा प्रहरीको अनुसन्धान के भइरहेको छ? भन्ने प्रश्नमा नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले दिएको जवाफ यही हो। तीन वर्षमा नेपाल प्रहरीका आधा दर्जन जति प्रवक्ता फेरिए, हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीदेखि एआइजी विश्वराज पोखरेलसम्म। त्यसो त निर्मला प्रकरणको अनुसन्धान गर्ने…
काठमाडौं : गएको चैत अन्तिम साता सुदूरपश्चिम प्रहरी प्रमुख डीआइजी उत्तम सुवेदी धनगढीबाट काठमाडौं ओर्लिए। उनी काठमाडौं आउनुको मुख्य कारण अन्य भए पनि सहायक कारण भने निर्मला घटना प्रकरण थियो। गएको माघ २१ गते बिहान ८ बजे विद्यालय गएकी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १२ कक्षामा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको दोस्रो दिन गाउँ नजिकैको लवलेक सामुदायिक वनमा…