काठमाडौं : नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनाल भक्तपुरमा थिए। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय युवा नेता, नेकपा सांसद पूर्व मन्त्री महेश बस्नेत पनि सँगै। साथै थिए नेकपाकै सांसद किसान श्रेष्ठ। प्रधानमन्त्रीको एकलौटी निर्णयमा मन्त्रिपरिषदबाट पास भएका दुई महत्वपूर्ण राजनीतिक अध्यादेश राष्ट्रपतिले हतारहतार पास गरिसकेको अवस्थामा यो भेट त्यत्तिकै जुरेको थिएन। राजनीतिमा भूकम्प ल्याउने गरी प्रधामन्त्रीले हानेका क्षेप्यास्त्रले सबैतिर तरङ्गित…
काठमाडौं : मंगलवार साँझ कोटेश्वर वरपरका मानिसहरु असमन्जस्यमा थिए। घरमा थुनिएका उनीहरु सडकको चाल देख्दा पत्याइरहेका थिएनन् - के भइरहेको छ? सरकारले कतै लकडाउन एकाएक खुला त गरेन? उनीहरुमा उब्जिएको प्रश्न जायज थियो। सडकमा मानिसहरुको भिड लागेको थियो। झरीमै रुझे तछाडमछाड गरिरहेका दृष्यले लकडडाउनमात्र होइन, कोरोनाको त्राससमेत भुलिसकेको प्रतीत हुन्थ्यो। तर, सरकारको भाषामा लडकडाउन यथावत थियो। मानिसलाई निस्किन निषेध पनि।…
काठमाडौं : मंगलवार उदयपुरमा कोरोना भाइरसबाट ११ जना थप संक्रमित भेटिएपछि त्यहाँको अवस्था के छ? कोरोनाको हटस्पट बनिसकेको उदयपुर जिल्लामा थप संक्रमण नहोस् भन्न के गरिँदैछ? यसअघि नै उदयपुरमा १३ जनामा कोरोना संक्रमण देखिसकेको थियो। त्रियुगा नगरपालिकास्थित भुल्केमा रहेका मानिसमा कोरोना संक्रमण देखिएको हो। उदयपुरमा मात्र २४ जना कोरोना संक्रमति भेटिएका छन्। देशभर ४२ जना संक्रमित भेटिँदा उदयपुर एउटै जिल्लामा २४ जना भेटिनुले…
काठमाडौं : लकडाउन थपिँदै गएपछि धादिङ ज्वालामुखी गाउँपालिकाका होमबहादुर रानामगर चितवनबाट हिँडेर नै भए पनि गाँउ फर्किन तयार भए। घर जानुको विकल्प नपाएपछि उनले रोजे पैदल यात्रा। चितवनबाट घन्टौं लगाएर प्रहरीका चेकिङ र नाका छल्दै धादिङ पुगे। लकडाउनका कारण अव्यवस्थित भएको जीवन सहज बन्ने आशामा उनका पाइलाहरु झन् छिटो लम्बिएको थियो। तर, घर नै नजिक आएपछि उनको अघि एउटा विशाल…
काठमाडौं : कोभिड-१९ भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग हो। त्यसैले संक्रमित व्यक्तिबाट टाढा बस्नु यसबाट बच्ने प्रमुख उपाय। तर, कुनै व्यक्ति संक्रमित भए नभएको पहिचान नहुँदै उसँग सम्पर्क भएको छ भने के गर्ने ? संक्रमित व्यक्तिले को कोसँग भेट्यो भनेर कसरी खोज्ने? नेपाल अहिलेसम्म १६ जना कोरोना संक्रमित विरामी भेटिएका छन्। उनीहरुसँग सम्पर्कमा आएका मानिसको कन्ट्र्याक ट्रेसिङ भइरहेको…
काठमाडौं : प्रहरीले अहिले धुइँधुइँती लगाएर विदेशबाट आएका मानिसहरु खोजी गरिरहेको छ। दुईसाता बितिसक्यो विदेशबाट आएका मानिसको नाम ठेगाना लिएर खोजी गर्न थालेको। तर, अझै पनि तीन वटा विमानबाट नेपाल आएका ४ सय ४० जना मध्ये २० जना फेला परेका छैनन्। कतार एयरलाइन्सका २ जना, एयर अरवियाका २ र भिस्तराका १६ जना यात्रुको पहिचान भइसकेको छैन। बाँकी पनि प्रहरीको सम्पर्कमा…
काठमाडौं : चैत १९ गते सरकारले ओम्नी ग्रुपसँग कोरोना रोकथाम तथा नियन्त्रणका लागि ल्याउने सामानको खरीद सम्झौता रद्द गरेको घोषणा गर्यो। समयमा नै सामाग्री नल्याएको भन्दै सम्झैता रद्ध गरेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले औपचारीक रुपमा नै जानकारी दिए। स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा जानकारी दिएसँगै समान खरीदको जिम्मेवारी नेपाली सेनाले पायो। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरनाभाइरस रोकथाम…
नाईँ मलाई था'छैन। के छ तिम्रो मन? के छ तिम्रो मन बरु सिधै भन… नाईँ मलाई था'छैन... छेउमा रहेको रेडियोमा रोमान्टिक गीत बजिरहेको छ। ७३ वर्षीय शुक्र तामाङको मन भने गीतसँगै रमाउन सकेकै छैन। उनका औंला नाचिरहेका छन्, बारीमा। विरुवासँगै। उनी स्ट्रबेरीका विरुवा स्याहारिरहेका छन्। नुवाकोटको ककनीमा आफैँले लगाएको स्ट्रबरी बारीमा उनी दिनहुँ यसरी नै रेडियो लिएर पुग्छन्। अनि रेडियो…
काठमाडौं : हरेक दिन १० हजार गाडी बाहिरिने नाका नागढुङ्गा यतिखेर सुनसान छ। फराकिलो सडकमा देखिन्छन् त प्रहरीमात्रै। फाट्टफुट्ट आइपुग्ने गाडीसँगै सक्रिय भइहाल्छन् - सुरक्षाकर्मी र ट्राफिक प्रहरी। गाडी रोकिन्छ अनि लिइन्छ जानकारी। लकडाउनको समयमा सरकारले अत्यावश्यक सवारीबाहेक अन्यलाई चल्न दिएको छैन। त्यसैले थानकोटबाट दैनिक साढे २ सय हाराहारीमा मात्र सवारीसाधन बाहिरिएका छन्। जति बाहिरिन्छन् सबैको रेकर्ड राख्न थालिएको छ।…
काठमाडौं : सरकारले लकडानउ घोषणा गरेको तेस्रो साता पूरा भएको छ। तेस्रो पटक थप गरेको लकडाउनको समय भोलिबाट सकिँदैछ। तर, लकडाउनको समय सकिँदै गर्दा नेपालमा कोरोना संक्रमणका विरामीहरु झनै देखिन थालेका छन्। सोमवारसम्म १४ जनामा कोरोना संक्रमण देखिएको छ। थप केही आशंकाको घेरामा छन्। कोरोनाको जोखिम बढ्दै गएपछि सरकारले लकडाउनको समय थप गर्ने तयारी गरेको छ। मंगलवार बस्न लागेको मन्त्रिपरिषद्को…
काठमाडौं : अबको केही घण्टामा २०७६ साल हामी साँझबाट बिदा हुँदैछ। अनि नयाँ वर्ष २०७७ को सुरुवात। कोरोनाको मध्य कहरमा वर्ष फेरिँदै छ। यतिखेर वर्षान्तर हुँदैछ जतिखेर प्रहरीको रेकर्डमा : अपराध करिब करिब शून्य छ - कोभिड १९ को संक्रमणकै त्रासले। लकडाउनमा दुई वर्ष जोडिँदैछन्। तर, २०७६ साल धरैका लागि दुखद् नै रह्यो, विशेषगरी हाइ प्रोफाइलमा रहेकाहरुका लागि। यस वर्ष…
काठमाडौँः चैत ९ गते सरकारले निर्णय सार्वजनिक गर्यो -सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पताललाई कोरोना भाइरस उपचारको 'डेडिकेटेड' अस्पताल बनाउने। मन्त्रिपरिषद्ले निर्णय गरेको दुई साता भइसकेको छ। तर अझै उपचार थालनी हुन सकेको छैन। उपचार त परै जाओस् आवश्यक उपकरण समेत अस्पतालले प्राप्त गरिसकेको छैन। अहिले परीक्षण र उपचारको मुख्य भार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र छ। बिरामीको चाप…
काठमाडौं : सरकारले चैत १ गतेपछि विदेशबाट नेपाल फर्किएका सबैलाई सम्पर्कमा आउन आग्रह गरेको छ। त्यतिमात्र होइन, सम्पर्कमा नआई लुकेर बस्नेलाई कारबाही गर्ने चेतावनी पनि दिएको छ। तर, सरकारको चेतावनीलाई समेत विदेशबाट आएका धेरैले टेरेका छैनन्। विदेशबाट आएका अरु यात्रुको त कुरा परै छौडौं कोरोना भाइरस संक्रमित बिरामी चढेर आएको विमानका सबै यात्रु सम्पर्कमा आएका छैनन्। प्रहरीले सबै जिल्लामा सूचना…
'सर तपाईँले आज 'आजतक' हेर्नु भयो? नेपाल प्रहरीले पनि त्यस्तै गर्नु पर्यो के।' मंगलवार इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीको मोबाइलमा कल गर्ने व्यक्तिले सुझाव दिइरहेका थिए। उनको नयाँ आइडिया के थियो? आजतक किन हेर्ने? डिएसपी भण्डारी केही समय अन्योलमा परे। सरकारले घोषणा गरेको लकडाउनका कारण प्रहरीलाई अन्य समयभन्दा भ्याइ नभ्याइ छ। कहिले 'चाउचाउ र पाउरोटीको भरमा ड्युटी गर्दै…
काठमाडौं : जनवरी २१ फेब्रुअरी ११ तारिकका दिन १३ जनाको इन्डोनेसियन धार्मिक समूह बैंककबाट नेपाल ओर्लियो। घण्टाघरसँगैको मस्जिदमा उनीहरुका लागि विशेष व्यवस्था गरिएको थियो। दुई दिन उनीहरु त्यहीँ बसेर धार्मिक कार्यमा सरिक रहे। सप्तरीमा इज्तमा सुरु हुन लागेको थियो। इज्तमा अर्थात् मुस्लिम समुदायको धार्मिक प्रवचन। उनीहरु फेब्रुअरी ८ मा काठमाडौंबाट सप्तरी पुगे। १४ देखि १६ तारिकसम्म त्यहाँ आयोजित कार्यक्रममा सहभागी भए।…
काठमाडौं : फ्रान्सबाट दोहा हुँदै चैत ४ गते कतार एयरलाइन्सबाट नेपाल आएकी किशोरीमा कोरोना संक्रमण देखिएपछि प्रहरीले विमानका यात्रुहरुको खोजी कार्य तीब्र पार्यो। खोजी तथा सम्पर्क गर्न थालेको दश दिनपछि प्रहरीले विमानमा आएका १ सय ५८ जना यात्रु मध्ये १ सय ४० जना सम्पर्कमा आएका छन्। चैत ४ गते स्वदेश फर्किएका उनीहरुमध्ये केही अहिलेसम्म १८ जना भने अझै पनि सम्पर्कमा…
काठमाडौं : लकडाउनका कारण खाना पकाउने ग्यासको अभाव हुँदा मानिसको आकर्षण इन्डक्सन चुल्होतिर बढेको छ। लकडाउन कति लम्बिने हो निश्चित छैन। त्यसैले विकल्पको खोजीमा मानिसहरु इन्क्सनतिर तानिएका हुन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अहिले पनि उपत्यकका विभिन्न पाँच स्थानबाट इन्डक्सन चुलो बिक्री गरिरहेको छ। लकडाउनको समय थपिएपछि खाद्यमा किन्नेको घुइँचो लागेको छ। लकडाउनपछि दैनिक ५ सयभन्दा धेरै इन्डक्सन चुल्हो बिकेको…
काठमाडौं : हिजो स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै एउटा गजबको तथ्याङ्क सार्वजनिक गर्यो र भन्यो - ४१ हजार १ सय ४० जना बाहिरबाट नेपाल आएकाहरुको ट्रेसिङ गरिएको छ। तर, रोचक अर्को तथ्य के छ भने - अहिलेसम्म कोरोना संक्रमण देखिएका पछिल्ला ४ केससँग जोडिएका तीन वटा विमानबाट नेपाल भित्रिएकालाई समेत ट्र्याक गर्न सकिएको छैन। नेपालमा सबैभन्दा पहिलो केस सार्वजनिक हुँदा…
काठमाडौं : चीनबाट हिजोमात्र ल्याइएको कोरोना रोकथाम र उपचारका लागि प्रयोग हुने सामाग्री लिएर प्रदेश १ र सुदूर पश्चिम प्रदेश गएको सेनाको स्काइ ट्रक (हेलिकप्टर) मध्ये एउटा फिर्ता भएको छ। हेलिकप्टरभित्र एक्कासी गन्ध फैलिएपछि काठमाडौं नै फिर्ता गरिएको हो। एक्कासी हेलिकप्टरभित्र फैलिएको गन्धका कारण चालक दलले काठमाडौं फर्किने निर्णय गरेको थियो। 'सेलिटाइजरको प्याकेट लिक भएछ। त्यसको गन्धले पाइलटलाई गाह्रो भएपछि फिर्ता…
काठमाडौं : सरकारले घोषणा गरेको पहिलो चरणको लकडाउनको समय भोलि सकिँदैछ। तर, देशमा कोरोना भाइसर संक्रमण बिरामीको सङख्या बढिरहेको छ। अहिलेसम्म पाँच जनामा संक्रमण देखिसकेको छ। संक्रमण देखिएका पाँचै जना विदेशबाट आएको खुलेको छ। भोलिबाट सरकारले लकडाउनको समय थप्ने तयारी गरिरहेको छ। उच्चस्तरीय समन्वय समितिमा केही दिनदेखि लकडाउनको समय थप गर्ने विषयमा छलफल भइरहेको छ। अब दोस्रो चरणमा सात दिन…