PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

  • गाँजासहित बाराबाट एक जना पक्राउ

    गाँजासहित बाराबाट एक जना पक्राउ

    वीरगंज : बारा प्रहरीले ५ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पचरौता नगरपालिका वडा नम्बर-७ बेनौलीका कृष्णमोहन साह कलवार रहेका छन्। प्रहरी चौकी पिपरपातीको टोलीले आज दिउँसो १ बजे उनकै घरमा बोरामा लुकाएको अवस्थामा उक्त गाँजा राखेको अवस्थामा फेला पारेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बारा प्रहरी प्रवक्ता रन्जीतसिंह राठौरले बताए।

    विस्तृतमा पढ्नुस्

  • नेशनल मेडिकल कलेजमा शिक्षा मन्त्रालय र विभागको छापा, अत्यधिक शुल्क असुलेकोमा छानविन सुरु

    नेशनल मेडिकल कलेजमा शिक्षा मन्त्रालय र विभागको छापा, अत्यधिक शुल्क असुलेकोमा छानविन सुरु

    वीरगंज : शिक्षा मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्रिय सर्तकता केन्द्रको संयुक्त टोलीले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आज छापा मारेको छ। टोलीले आज दिउँसो कलेजको कागजात नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको हो। तीन वटा निकायको ५ सदस्यीय प्रतिनिधि टोलीले अस्पतालको कागजातमा छानबिन शुरु गरेको बताइएको छ। अस्पतालका प्रबन्ध निर्देशक बसुरुद्दीन अंसारीको कार्यकक्षमा नै टोलीले सबै 'फाइल' अध्ययन…

    विस्तृतमा पढ्नुस्

  • साढे ७ लाख हुन्डी रकमसहित दुई जना भारतीय पक्राउ

    साढे ७ लाख हुन्डी रकमसहित दुई जना भारतीय पक्राउ

    वीरगंज : पर्सा प्रहरीले आज दुई जना भारतीय नागरिकलाई साढे ७ लाख नेपाली रुपैयाँसहित सीमा क्षेत्रबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा पुर्वी चम्पारण मोतीहारी जिल्ला मौजे टोल बस्ने २० वर्षीय सोनु कुमार र अंकित कुमार रहेका छन्। बिआर ०५ एबी ६३०२ नम्बरको भारतीय मोटरसाइकल लिएर रक्सौलबाट वीरगंज प्रवेश गर्ने क्रममा चेकजाँचका क्रममा उनीहरु पक्राउ परेका हुन्। उनीहरुको साथबाट ७ लाख…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसका पूर्व सांसद अनिल रुंगटाको 'होटल लर्डस् दियालो' मापदण्ड विपरीत, प्राविधिकहरुले बदमासी गरेको उनको स्वीकारोक्ति

    कांग्रेसका पूर्व सांसद अनिल रुंगटाको 'होटल लर्डस् दियालो' मापदण्ड विपरीत, प्राविधिकहरुले बदमासी गरेको उनको स्वीकारोक्ति

    वीरगंज : ६ महिनाअघि वीरगंजमा सञ्चालनमा आएको डेढ अर्ब लगानीको 'होटल लर्ड्स दियालो प्रालि'को निर्माण कार्य मापदण्ड विपरीत भएको पाइएको छ। महानगरको प्राविधिक महाशाखाले होटलको निर्माणमा पहिले स्वीकृत गरिएको नक्साको डिजाइनलाई मिचेर आफ्नो हिसाबले होटल निर्माण भएको महाशाखाका प्रमुख इन्जिनियर राजेशकुमार चौरसियाले बताए। महालेखा परीक्षणको बेरुजुमा होटल लर्ड्स दियालो प्रालि रहेकोमा सब इन्जिनियर मयानन्द देव र खेलानन्द झाले गरेको स्थलगत…

    विस्तृतमा पढ्नुस्

  • बाराका एक युवक १० महिनादेखि बेपत्ता

    बाराका एक युवक १० महिनादेखि बेपत्ता

    वीरगंज : बाराका एक युवक १० महिनादेखि बेपत्ता भएका छन्। जितपुरसिमरा उमहानगनरपालिका वडा नम्बर ८ लोहसन्डा टोलका अमर महतो कोइरीका जेठा छोरा २६ वर्षीय प्रदीप महतो कोइरी विगत १० महिनादेखि वेपत्ता भएका हुन्। दिमागी अवस्था ठीकठाक भएको छोरा अचानक वेपत्ता बन्दा कोइरीको परिवार चिन्तित बनेका छन्। गत २०७५ पुस १६ गते अपरान्ह साढे ३ वजेदेखि छोरा सम्पर्कविहिन बनेको प्रदीपका बुवा…

    विस्तृतमा पढ्नुस्

  • अन्तत: अमेरिका उडे प्रदेश २ का मुख्यमन्त्री राउत, यसअघि 'अनुपयुक्त' भन्दै रोकेको थियो सरकारले 

    अन्तत: अमेरिका उडे प्रदेश २ का मुख्यमन्त्री राउत, यसअघि 'अनुपयुक्त' भन्दै रोकेको थियो सरकारले 

    वीरगंज: प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत एक साताको लागि अमेरिका प्रस्थान गरेका छन्। राउत बुधवार अपरान्ह ४:३५ को कतार एयरलाइन्सको विमानबाट दोहा हुँदै अमेरिका उडेको गएको उनका स्वकीय सचिव दिपक यादवले जानकारी दिए। एसोसिएन अफ नेपाली तराइन इन अमेरिका नामक संगठनको सधारण सभाको प्रमुख अतिथिको रुपमा उनी अमेरिका प्रस्थान गरेका हुन्।  उनका साथमा प्रदेश २ का मुख्यन्याधीवक्ता दीपेन्द्र झा…

    विस्तृतमा पढ्नुस्

  • बारागढिको वडाध्यक्षमा सिके राउतको पार्टीसहित ९ जनाको मनोनयन दर्ता

    बारागढिको वडाध्यक्षमा सिके राउतको पार्टीसहित ९ जनाको मनोनयन दर्ता

    वीरगंज : बाराको बारागढि गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षका लागि ९ जनाले मनोनयन दर्ता गराएका छन्। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि सिके राउतको जनमत पार्टीसहित ९ जनाले मनोनयन दर्ता गराएका हुन्। रिक्त पदको लागि उम्मेद्वारी दर्ता गराउने पार्टीका नेता, कार्यकर्ताहरुले तामझामका साथ मनोनयन दर्ता गराएका हुन्। जिल्ला निर्वाचन कार्यालय बाराका निर्वाचन अधिकृत मनिष कुमार साहका अनुसार सत्तारूढ…

    विस्तृतमा पढ्नुस्

  • १० किलो गाँजासहित एक जना पक्राउ

    १० किलो गाँजासहित एक जना पक्राउ

    वीरगंज : पर्सा प्रहरीले १० किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। गएराति पर्साको रंगपुर बजार क्षेत्रबाट गाँजासहित पटेर्वा सुगौली-२ का २५ वर्षीय प्रेमजन्म साहलाई पक्राउ गरिएको पर्साका डिएसपी गौत्तम थापाले जानकारी दिए। ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र रंगपुर प्रहरी चौकीको संयुक्त गस्ती टोलीले पूर्व सूचनाका अधारमा उनको चेकजाँच गर्दा शरीरमा गाँजा लुकाई छिपाएको पाएपछि नियन्त्रणमा लिइएको थियो।

    विस्तृतमा पढ्नुस्

  • उपनिर्वाचन : वडाध्यक्ष पदका लागि पाँच जनाको उम्मेद्वारी, दिवंगत वडाध्यक्षका छोरा पनि उम्मेद्वार

    उपनिर्वाचन : वडाध्यक्ष पदका लागि पाँच जनाको उम्मेद्वारी, दिवंगत वडाध्यक्षका छोरा पनि उम्मेद्वार

    वीरगंज : पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ को उपनिर्वाचनमा वडाध्यक्ष पदको लागि पाँच जनाको उम्मेद्वारी परेको छ। वडाध्यक्ष वृजमोहन राय यादवको डेढ वर्ष अघि हृदयघातबाट मृत्यु भएसँगै रिक्त रहेको पदका लागि ५ जनाले मनोनयन दर्ता गराएका हुन्। वडाध्यक्ष पदका लागि राप्रपाबाट सदरी महरा, नेपाली कांग्रेसका तर्फबाट अशेशरप्रसाद यादव, समाजवादी पार्टीका तर्फबाट रुपलाल कुमार यादव, ने क पाबाट…

    विस्तृतमा पढ्नुस्

  • बैंकका कर्मचारीलाई लुट्न गोली फायर

    बैंकका कर्मचारीलाई लुट्न गोली फायर

    वीरगंज : बारामा बैंकका एक जना कर्मचारी लुटिएका छन्। बाराको प्रसौनीस्थित निर्धन उत्थान बैंकका कर्मचारी जीवन खड्का लुटिएका हुन्। खड्का फेटा गाउँपालिका–२ जगतपुर टोलमा रकम संकलन गर्न गएका बेला लुटिएको बारा प्रहरीले जनाएको छ। भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जनाले गोली फायर गर्दै खड्काको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले जनाएको छ। लुटेराहरुले एक राउण्ड गोली फायरिङ…

    विस्तृतमा पढ्नुस्

  • अस्ट्रेलिया र क्यानडाको केराउ नेपाल हुँदै भारत तस्करी, दोब्बरले बढ्यो आयात

    अस्ट्रेलिया र क्यानडाको केराउ नेपाल हुँदै भारत तस्करी, दोब्बरले बढ्यो आयात

    वीरगंज : तेस्रो मुलुकबाट ठूलो परिमाणमा केराउ आयात गरी भारततर्फ तस्करी हुने क्रम बढेको छ। सुक्खा सेतो र हरियो रंगको केराउ आयातमा नेपाल सरकारले राजस्व दरबन्दी न्यून राखेपछि यसको तस्करी गर्ने क्रम बढेको हो। कृषिजन्य तथा खद्यान्न सामग्री भन्दै सरकारले केराउमा १५ प्रतिशत मात्र भन्सार महसूल लिने गरेको छ। त्यसकारण यसको आयातमा ब्यापाक वृद्धि भएको देखिन्छ। गत आर्थिक वर्षको पहिलो…

    विस्तृतमा पढ्नुस्

  • नक्कली भ्याट बिल प्रयोग गरी लाखौँ कर छल्ने व्यापारी जेल चलान

    नक्कली भ्याट बिल प्रयोग गरी लाखौँ कर छल्ने व्यापारी जेल चलान

    वीरगंज : आन्तरिक राजस्व कार्यालय वीरगंजले नक्कली भ्याट बिलबाट कर छली गरेका एक व्यापारीलाई जेल चलान गर्ने निर्णय गरेको छ। ग्याँसको सिलिन्डिरको पार्टपूर्जा सम्बन्धी कारोबार गर्ने वीरगंज–२१ परवानीपुर घर भएका वीरगंज, माईस्थानस्थित श्रीजानकी ट्रेडर्सका सञ्चालक दिपेन्द्र पासवानलाई नक्कली भ्याट बिल प्रयोग गरी कर छलेको आरोपमा माग गरिएको कर बुझाउन नसक्दा जेल चलान गरिएको हो। आन्तरिक राजस्व कार्यालय वीरगंजको अनुसन्धानमा उक्त…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा जलाइयो नरेन्द्र मोदीको पोस्टर, महावाणिज्य दूतावास अगाडि प्रदर्शन

    वीरगंजमा जलाइयो नरेन्द्र मोदीको पोस्टर, महावाणिज्य दूतावास अगाडि प्रदर्शन

    वीरगंज : वीरगंजमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पोस्टर जलाइएको छ। ने क पा निकट अनेरास्ववियु वीरगंज र देश बनाऊ संघर्ष समिति वीरगंजले मोदीको पोस्टर जलाएको हो। दुई युवाहरुको संगठनले अपराह्न ४ बजे घण्टाघरबाट जुलुस निकाल्दै जिल्ला प्रहरी कार्यालय अगाडि रहेको भारतीय महावाणिज्य दूतावास पुगेको थियो। आइतवार दूतावास बन्द रहे तापनि दूतावास अगाडि केही बेर प्रदर्शन गर्दै उनीहरुले भारतीय प्रधानमन्त्री मोदीको पोस्टर…

    विस्तृतमा पढ्नुस्

  • १८ लाख नगदसहित तीन जना भारतीय नागरिक वीरगंज नाकाबाट पक्राउ

    १८ लाख नगदसहित तीन जना भारतीय नागरिक वीरगंज नाकाबाट पक्राउ

    वीरगंज : पर्सा प्रहरीले हुन्डी कारोबार गरेको अशंकामा श्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ। भारतको रक्सौलबाट तीन वटा भारतीय नम्बरको मोटरसाइकलमा ६/६ लाख रुपैयाँ लिइ वीरगंज प्रवेश गर्न लागेका तीनै जनालाई पर्सा प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो। पक्राउ पर्नेमा भारतको बिहारस्थित सुगौली बजारका २२ वर्षीय बिक्की कुमार, रक्सौल नागारोडका २६ वर्षीय सुधिर कुमार र…

    विस्तृतमा पढ्नुस्

  • चलचित्र स्वर्णिम महोत्सवमा गोविन्दाको गायनदेखि नृत्यसम्म

    चलचित्र स्वर्णिम महोत्सवमा गोविन्दाको गायनदेखि नृत्यसम्म

    वीरगंज : वीरगंजमा जारी नेपाली चलचित्र स्वर्णिम महोत्सवमा बिहीवार राति बलिउड स्टार गोविन्दाले बेजोड प्रस्तुति दिएका छन्। सवा ८ बजे मञ्चमा चढेका गोविन्दाले करिव २५ मिनेट आफ्नो गायन र नृत्यको जादुबाट दर्शकहरुलाई बाँधेर राखे। शुरुमा नेपाली सिनेमा र नेपाली दर्शकको माया प्रेम तथा आफनो पत्नी सुनिताको माइत नेपाल भएकोले आफु ससुराली आएको चर्चा गर्दै हसाएका गोविन्दाले आफनो चर्चित फिल्महरुको गीत…

    विस्तृतमा पढ्नुस्

  • समाजलाई सभ्य बनाउने फिल्म बन्नुपर्छ : राष्ट्रपति भण्डारी

    समाजलाई सभ्य बनाउने फिल्म बन्नुपर्छ : राष्ट्रपति भण्डारी

    वीरगंज : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सिनेमा यहाँको समाजलाई सभ्य बनाउन अभिप्रेरित गर्ने खालको बन्नु पर्ने भन्दै चलचित्रकर्मीहरुको ध्यानाकर्षण गराएकी छिन्। वीरगंजमा आजदेखि शुरु भएको नेपाली चलचित्र स्वर्णिम महोत्सवको उद्घाटन गर्दै उनले फिल्म समाजको ऐना भएकोले नेपाली बहुभाषीक, बहुसांस्कृतिक, बहुसाहित्यिक, बहुकलामत्क समाजलाई सोही अनुरुपमको शिक्षित र प्रेरणा दिने खालको फिल्म निर्माणमा फिल्मकर्मीहरुले जोड दिनु पर्ने बताइन्। राष्ट्रपति भण्डारी प्रदेश नम्बर…

    विस्तृतमा पढ्नुस्

  • चलचित्र स्वर्णिम महोत्सवमा कलाकारमय बन्यो वीरगंज

    चलचित्र स्वर्णिम महोत्सवमा कलाकारमय बन्यो वीरगंज

    वीरगंज : वीरगंजमा आज नेपालकै प्रथम नेपाली चलचित्र स्वर्णीम महोत्सव शुरु भएको छ। महोत्सवको पहिलो दिन आज विहान प्रभात फेरी गरिएको छ। घण्टाघरदेखि शुरु भएको झाँकीसहितको प्रभात फेरीमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत विभिन्न संघसंस्था तथा राष्ट्रिय कलाकारहरुको सहभागितामा रहेको थियो। महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले आज मध्यान्हमा गरेकी छिन्। कलाकारहरुलाई स्वर्णीम सम्मान समेत प्रदान गर्ने कार्यक्रम रहेको…

    विस्तृतमा पढ्नुस्

  • मध्यरातमा फिरौती बुझ्ने अपहरणकारीमाथि प्रहरीले चलायो गोली, अपहरित बालकको उद्धार

    मध्यरातमा फिरौती बुझ्ने अपहरणकारीमाथि प्रहरीले चलायो गोली, अपहरित बालकको उद्धार

    वीरगंजः बालक अपहरणमा संलग्न एक अपहरणकारीलाई पर्सा प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ। बुधबार बिहान १ बजे पोखरिया नगरपालिका ८ सेमरबारी टोलका २० वर्षीय राजकुमार दासलाई प्रहरीले नियन्त्रणमा लिएको हो। गोली लागेर दास घाइते भएका छन्। काभ्रेबाट अपहरणमा परेका १४ वर्षीय बालकको परिवारसँग फिरौती रकम लिइरहेको अवस्थामा प्रहरीले दासलाई वीरगंज २५ खालवा टोल श्रीसियामा गोली हानी नियन्त्रमा लिएको पर्साका प्रहरी उपरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • घरायसी विवाद, ससुराली जाँदा श्रीमतीको हत्या : पेट्रोल ल्याउने नाममा छुरा ल्याएर गरे प्रहार

    घरायसी विवाद, ससुराली जाँदा श्रीमतीको हत्या : पेट्रोल ल्याउने नाममा छुरा ल्याएर गरे प्रहार

    वीरगंज : गत कात्तिक १७ गते मध्यान्ह १२ बजेको समयमा आफनै श्रीमतीलाई झाडीमा लगेर हत्या गरेको अभियोगमा एक युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पर्सा, जिराभवानी – ३ परसवाकी १९ वर्षीया निपु देवीको हत्या अभियोगमा उनकाका २८ वर्षीय श्रीमान् केदार भनिने रामबाबु हजरा दुसादलाई पक्राउ गरेको हो। निपुको गत कात्तिक १७ गते साँझ शव भेटिएको थियो। प्रहरीले नियन्त्रणमा लिएपछि…

    विस्तृतमा पढ्नुस्

  • बलिउड सुपरस्टार गोविन्दा नेपालमा

    बलिउड सुपरस्टार गोविन्दा नेपालमा

    वीरगंज : बलिउड सुपरस्टार गोविन्दा नेपाल आएका छन्। वीरगंजमा आउँदो बिहीवारदेखि शनिवार सम्म चल्ने तीन दिने नेपाली चलचित्र स्वर्णीम महोत्सवमा सहभागी हुन उनी नेपाल आएका हुन्। गोविन्दा पत्नी सुनिता र नायिका निरुतासिंहसहित मुम्बईबाट अपरान्ह साढे ४ बजे काठमाडौं आईपुगेको महोत्सव संयोजक तथा नेपाल चलचित्र निर्माण संघका अध्यक्ष आकाश अधिकारीले जानकारी गराए। गोविन्दाको नेपालसँग पुरानो नाता रहेकोले उनलाई महोत्सवमा विशिष्ट अतिथि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell