PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

  • शरीरमा मट्टितेल छर्केर आत्महत्या गर्न खोज्ने एक युवक गम्भीर घाइते

    शरीरमा मट्टितेल छर्केर आत्महत्या गर्न खोज्ने एक युवक गम्भीर घाइते

    वीरगन्ज : वीरगन्जमा एक जना युवक आफ्नै शरीरमा मट्टितेल छर्केर आगो लगाइ आत्महत्या गर्न खोज्दा गम्भीर रुपमा घाइते भएका छन्। वीरगन्ज–२ छपकैयाका २० वर्षीय सबिर मिया ठकुराईले आत्महत्याको प्रयास गर्दा गम्भीर घाइते भएका हुन्। ठकुराईको करिव ५० प्रतिशत शरीर जलेको पर्सा प्रहरीले जनाएको छ। बिहान साढे ९ बजे आफ्नै घर नजिकै शरीरमा मट्टि तेल छर्केर उनले आत्महत्या गर्ने प्रयास गरेको…

    विस्तृतमा पढ्नुस्

  • बारामा विद्युत चुहावट रोक्न संयुक्त गस्ती, विद्युत चोरी गर्ने ४३ जना पक्राउ

    बारामा विद्युत चुहावट रोक्न संयुक्त गस्ती, विद्युत चोरी गर्ने ४३ जना पक्राउ

    वीरगन्ज : बारामा विद्युत चुहावट रोक्न चाडपर्वको बेला पारेर संयुक्त गस्ती शुरु भएको छ। नेपाल विद्युत प्राधिकरण कलैया शाखाको अगुवाइमा जिल्ला प्रहरी कार्यालय बारा र सशस्त्र प्रहरी बल मिलेर संयुक्त गस्ती गरिरहेको बारा प्रहरीका प्रवक्ता डिएसपी रञ्जीतसिंह राठौरले जानकारी दिए। डिएसपी राठौरले आइतवार ४३ जना विद्युत चुहावट गर्नेहरुलाई हिरासतमा लिई आवश्यक कारबाही अगाडि बढाएको बताए। बाराको उत्तरी भेगमा पर्ने करैयामाई गाउँपालिकाका…

    विस्तृतमा पढ्नुस्

  • ठोरीमा चार जिल्लाका सुरक्षा अधिकारीहरुको बस्यो बैठक, अपराध नियन्त्रण र विकास निर्माण योजना मुख्य एजेन्डा

    ठोरीमा चार जिल्लाका सुरक्षा अधिकारीहरुको बस्यो बैठक, अपराध नियन्त्रण र विकास निर्माण योजना मुख्य एजेन्डा

    वीरगन्ज : पर्साको पर्यटकीय स्थल ठोरीमा ४ जिल्ला सुरक्षा अधिकारीहरुको बैठक बसेको छ। शनिबार बसेको बैठकमा पर्सा, बारा, मकवानपुर र चितवन जिल्लाका सुरक्षा अधिकारीहरुको सहभागिता थियो। बैठकमा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, नेपाली सेना, ट्राफिक प्रहरी प्रमुख तथा राष्ट्रिय अनुसन्धानका अधिकारीहरु बीच चार जिल्लामा शान्ति सुरक्षा कायम गर्नुको साथै आपराधिक गतिविधि न्यूनीकरण गर्ने विषयमा छलफल भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा सडक विस्तार गर्न दिने र नदिनेको जुहारी : एक पक्षले हस्ताक्षर अभियान चलाउँदै, अर्कोले दियो सर्वोच्चमा रिट

    वीरगंजमा सडक विस्तार गर्न दिने र नदिनेको जुहारी : एक पक्षले हस्ताक्षर अभियान चलाउँदै, अर्कोले दियो सर्वोच्चमा रिट

    वीरगंज : वीरगंजको मुख्य सडकलाई विस्तार गर्न र विस्तारलाई रोक्नको लागि अहिले दुई पक्षबीच जुहारी चलेको छ। एक पक्षले सडकलाई फराकिलो पार्न प्रदर्शन गर्दै आएका छन् भने अर्को पक्षले त्यसलाई रोक्न हरेक किसिमका हतकन्डा अपनाएका छन्। सडकलाई फराकिलो पार्न एक पक्षले प्रदर्शन गर्दै हस्ताक्षर अभियानसमेत सञ्चालन गरिसकेको छ भने अर्को पक्षले सर्वोच्च अदालतमा रिटसमेत हालेको छ। यसैबीच सडकपीडित संघर्ष समितिले…

    विस्तृतमा पढ्नुस्

  • वीरगन्ज भन्सारको सफ्टवेयरमा समस्या आउँदा भारतीय गाडीलाई 'इन्ट्री' र 'एक्जिट' गर्न समस्या

    वीरगन्ज भन्सारको सफ्टवेयरमा समस्या आउँदा भारतीय गाडीलाई 'इन्ट्री' र 'एक्जिट' गर्न समस्या

    वीरगन्ज : वीरगन्ज भन्सारको सफ्टवेयरमा आएको समस्याका कारण भारतबाट सामान लिएर नेपाल छिर्ने गाडीका चालक सास्ती भोग्न बाध्य भएका छन्। वीरगन्ज भन्सारले प्रयोग गरेको 'आसिकुडा' सफ्टवेयरका कारण कोलकाताबाट टेलरमा कार लिएर आउँदा सास्ती भोग्नुपरेको भारतीय चालकहरुले गुनासो गरेका छन्। वीरगन्ज भन्सारको आइसिपीमा कार लिएर भारत फर्केका गाडीहरुको भन्सारको आसिकुडा सफ्टवेयरमा 'एग्जिट' (बाहिरिएको) गरेको देखिँदैन। सोही नम्बरको गाडी दोस्रो पटक कार…

    विस्तृतमा पढ्नुस्

  • मुस्कानलाई तेजाब छ्याप्नेलाई प्रहरीले जोगाउन खोजेको आरोप, कडा काराबाहीको माग

    मुस्कानलाई तेजाब छ्याप्नेलाई प्रहरीले जोगाउन खोजेको आरोप, कडा काराबाहीको माग

    वीरगन्ज : पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले वीरगन्जकी मुस्कान खातुनमाथि भएको तेजाब प्रहारको घटनाका अभियुक्तलाई प्रहरीले जोगाउन खोजेको भन्दै अभियुक्तहरुलाई कडा कारबाहीको माग गरेका छन्।  उनले घटनमा प्रहरी अनुसन्धान र मुद्दाको प्रक्रियाबारे समेत जानकारी लिएका छन्। पर्साका सञ्चारकर्मीहरुको रोहबरमा आज बिहानै पर्साका एसपी सोमेन्द्रसिंह राठौरसँग भेटेर उनले मुस्कान घटनाको दोषीमाथि कानुन बमोजिम कडा कारबाही गर्न माग गरे। गत…

    विस्तृतमा पढ्नुस्

  • दशैँको मौका छोपी मध्यतराईका जिल्लामा तस्कर सक्रिय, ३६ लाखको सामानसहित ५ जना पक्राउ

    दशैँको मौका छोपी मध्यतराईका जिल्लामा तस्कर सक्रिय, ३६ लाखको सामानसहित ५ जना पक्राउ

    वीरगन्ज : जिल्ला प्रहरी कार्यालय बाराले भारतबाट तस्करी गरेर अवैध रुपमा भित्र्याइएको करिव ३४ लाख मूल्य बराबरको कपडा बरामद गरेको छ। प्रहरीले कपडा तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ३ जनालाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। बाराको सिम्रौनगढ नगरपालिका–६ सानो इटवाल टोलस्थित मोजाहिर मियाँको घरमा भण्डारण गरी राखिएको ३३ लाख ९० हजार रुपैयाँ बराबरको भारतीय कपडा प्रहरीले बरामद गरेको…

    विस्तृतमा पढ्नुस्

  • दशैँको किनमेल गर्न रक्सौलमा नेपाली उपभोक्ताको घुइँचो, साँघुरो सडकका कारण दैनिक घण्टौं जाम

    दशैँको किनमेल गर्न रक्सौलमा नेपाली उपभोक्ताको घुइँचो, साँघुरो सडकका कारण दैनिक घण्टौं जाम

    रक्सौल : वीरगन्जको भारतीय सीमावर्ती बजारको रुपमा चिनिने बिहारको बेतिया लोकसभा क्षेत्रस्थित रक्सौल बजारमा साँघुरो सडकका कारण दुवै देशका जनताले सास्ती खेप्नु परेको छ। रक्सौलमा सडक विस्तार नहुँदा र रेल्वे लाइनमा ओभरब्रिज नबन्दा आवतजावतमा कठिनाइ भएको स्थानीयले बताएका छन्। नेपाल भारतको मुख्य व्यापारिक नाका भएकाले रक्सौलमा उपभोक्ताहरुको चहलपहल निकै हुन्छ। नेपाली उपभोक्ताले रक्सौलमै किनमेल गर्ने भएकोले पनि चाडबाडको बेला यहाँ अझ…

    विस्तृतमा पढ्नुस्

  • वीरगन्जमा भित्र्याइयो फूलपाती, तराईका शक्ति पीठमा श्रद्धालुको भीड

    वीरगन्जमा भित्र्याइयो फूलपाती, तराईका शक्ति पीठमा श्रद्धालुको भीड

    वीरगन्ज : आज दशैँको सातौँ दिन अर्थात फूलपाती भित्र्याउने दिनमा वीरगन्जको माईस्थानस्थित गहवामाईमा फूलपाती भित्रयाइएको छ। वीरगन्जको विर्तास्थित मालपोत कार्यालयमा रहेको निशानी माई भागवती मन्दिरबाट बिहान शुभ साइतमा बाजागाजासहित डोलालाई महानगरको परिक्रमा गर्दै माईस्थानस्थित गहवामाईमा फूलपाती भित्रयाइएको हो। बिहान विधिपूर्वक पूजाआजा गरी गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको हो। फूलपाती भित्र्याएपछि चन्डीनाथ गणका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सलामी दिएका…

    विस्तृतमा पढ्नुस्

  • वीरगन्जमा वयोधा अस्पताल संचालनमा, प्रदेश नम्बर २ र बिहारका बिरामीलाई सेवा दिने लक्ष्य                                     

    वीरगन्जमा वयोधा अस्पताल संचालनमा, प्रदेश नम्बर २ र बिहारका बिरामीलाई सेवा दिने लक्ष्य                                     

    वीरगन्ज : वीरगन्जमा वयोधा समूह अन्तर्गतको नारायणी वयोधा अस्पताल सञ्चालनमा आएको छ। विशेषज्ञ सेवासहित गुणस्तरीय उपचार सेवाको साथ अस्पताल शुभारम्भ भएको पत्रकार सम्मेलनमार्फत अस्पताल व्यवस्थापन पक्षले जानकारी गराएको छ। अस्पतालको क्षमता १५० शैय्या भएपनि हाल ५० शैय्याका साथ सञ्चालनमा ल्याइएको बताइएको छ। करिव डेढ अर्बको लगानीमा निर्मित उक्त अस्पतालले भारत र प्रदेश नम्बर २ का बिरामीलाई लक्षित गरी सेवा शुभारम्भ…

    विस्तृतमा पढ्नुस्

  • दशैंका लागि विदेशी ह्विस्कीको आयात बढ्यो, ड्राईपोर्ट भएर भित्रियो साढे १२ करोडको ह्विस्की

    दशैंका लागि विदेशी ह्विस्कीको आयात बढ्यो, ड्राईपोर्ट भएर भित्रियो साढे १२ करोडको ह्विस्की

    वीरगंज: तेस्रो मुलुकबाट आयात हुने मदिराजन्य पदार्थमा विदेशी ह्विस्कीको आयात पोहोरभन्दा यसपाली बढेको छ भने वाइन र इनर्जी ड्रिंकको घटेको छ। श्रीसिया सुक्खा बन्दरगाहको तथ्याड्क अनुसार चालू आवको साउन–भदौमा रु १२ करोड ६१ लाख ७५ हजार मूल्य बराबरको ७२ हजार ३३९ लिटर जिन, भोड्का, रम ह्विस्की आएको भन्सारका सूचना अधिकारी विकाश कुमारले बताए भने सोबापत भन्सार कार्यालयले रु २५ करोड…

    विस्तृतमा पढ्नुस्

  • गान्धी जयन्तीमा भारतले भन्सार नखोल्दा नाकामा गाडीको लर्को

    गान्धी जयन्तीमा भारतले भन्सार नखोल्दा नाकामा गाडीको लर्को

    वीरगन्ज : अक्टोबर २ तारिखमा मनाइएको १५० औं गान्धी जयन्तीका कारण भारतीय गाडी बाहिरिन नपाएपछि वीरगन्ज भन्सारअन्तर्गत एकीकृत जाँच चौकी (आइसिपी)मा सवारी साधनको लाम लागेको छ। गाडी रोकिएपछि आइसिपीको मुल गेटदेखि हरपतगन्जसम्म दिनभर सवारी साधनको लाम लागेको हो। गान्धी जयन्तीको अवसरमा आइसिपीको भारतीय भन्सारमा सार्वजनिक विदा भएका कारण नेपालबाट फर्किने गाडी हिजो भारत फर्किन पाएका थिएनन्। विहारका टिपर चालक नीतेश सिंहले…

    विस्तृतमा पढ्नुस्

  • घरेलु मदिरा बनाउने ट्याङ्कीमा डुबेर बारामा पाँच जनाको मृत्यु

    घरेलु मदिरा बनाउने ट्याङ्कीमा डुबेर बारामा पाँच जनाको मृत्यु

    वीरगंजः बाराको फेटा गाउँपालिका ४ बतरामा अवैध घरेलु मदिरा बनाउने ट्याङ्कीमा डुबेर एकै परिवारका ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जोगा मुखिया बिनकी श्रीमती, छोरी र भाई रहेका छन्। एक आफन्तको पनि मृत्यु भएको छ।  बाराका प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरका अनुसार मृत्यु हुनेमा जोगा मुखिया बिन, उनकी श्रीमती लालमुनि देवी, छोरी १२ वर्षकी सुमनी देवी, जोगाका भाइ महेन्द्र मुखिया बिन र…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारी नहुँदा बन्द रहेको बंकुल छोटी भन्सार ५ महिनापछि सञ्चालनमा

    कर्मचारी नहुँदा बन्द रहेको बंकुल छोटी भन्सार ५ महिनापछि सञ्चालनमा

    वीरगन्ज : रौतहटको बंकुलस्थित छोटी भन्सार कार्यालय पाँच महिनापछि सञ्चालनमा आएको छ। जनयुद्धका बेला केही समय बन्द भई सञ्चालनमा आए पनि विगत ५ महिनादेखि कर्मचारी नबस्दा समस्या भएको थियो। त्यस क्षेत्रका व्यापारीले भारतबाट सामान आयात गरे पनि राजस्व काट्न नपाएर हैरान भएका थिए। अहिले स्थानीय प्रशासनको दबाबपछि गौर भन्सार कार्यालयबाट बंकुल छोटी भन्सार कार्यालयमा कर्मचारी खटाईएको छ। चोरी तस्करी बढेको…

    विस्तृतमा पढ्नुस्

  • नियम मिचेर पर्साका १३ जना शिक्षकको सरुवा, शिक्षक महासंघले घेर्‍यो एकाइ प्रमुखलाई

    नियम मिचेर पर्साका १३ जना शिक्षकको सरुवा, शिक्षक महासंघले घेर्‍यो एकाइ प्रमुखलाई

    वीरगन्ज: नेपाल शिक्षक महासंघ पर्साले शिक्षा विकास तथा समन्वय एकाइ पर्साका प्रमुख फतबहादुर श्रेष्ठलाई घेराउ गरेको छ। गत भदौ २४ गते र असोज ८ गते दुई पटकमा गैरकानुनी तवरबाट १३ जना शिक्षकलाई विभिन्न जिल्ला र स्कुलमा सरुवा गरेको भन्दै डेलिगेशन गएको शिक्षक महासंघको टोलीले श्रेष्ठलाई उनको कार्यालयमै मंगलवार घेराउ गरेको हो। शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवका अनुसार १३ जनालाई एकाइ…

    विस्तृतमा पढ्नुस्

  • वीरगन्ज-ठोरी हुलाकी सडकको काम कछुवाको गतिमा, २२ महिनामा जम्मा २३ प्रतिशत प्रगति

    वीरगन्ज-ठोरी हुलाकी सडकको काम कछुवाको गतिमा, २२ महिनामा जम्मा २३ प्रतिशत प्रगति

    वीरगन्ज : वीरगन्ज-ठोरी हुलाकी सडकको निर्माण सुस्त गतिमा भइरहेको छ । २२ महिना अगाडि सम्झौता भई निर्माण सुरु भएकोमा हालसम्म ६० प्रतिशत काम सकिनु पर्नेमा करिब २३ प्रतिशत मात्र निर्माण भएको हुलाकी सडक आयोजनाको वीरगन्ज कार्यालयले जनाएको छ। ६० किलोमिटरको वीरगन्ज-ठोरी सडकखण्ड २ अर्ब ११ करोड ८९ लाख रुपैयाँमा दुई भागमा अमर/पप्पु/कनटेक जेभीलाई ठेक्का दिईएको थियो। २०७४ मंसिर १ मा सम्झौता भएको आयोजना…

    विस्तृतमा पढ्नुस्

  • वीरगन्जमा १२ लाखसहित दुई हुन्डी कारोबारी पक्राउ

    वीरगन्जमा १२ लाखसहित दुई हुन्डी कारोबारी पक्राउ

    वीरगन्ज : पर्सा प्रहरीले स्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज १६ नगवाका ४५ वर्षीय अब्बास अली र सोही स्थानका २२ वर्षीय अस्ताक आलम रहेको पर्साका डिएसपी गौतम थापाले बताए। वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले वीरगन्ज महानगरपालिका–४ नारायणी अस्पताल नजिकबाट उनीहरुलाई रकमसहित पक्राउ गरेको थियो। सडकमा चेकजाँचका क्रममा ना ४९ प ६८२४ नम्बरको मोटरसाइकलमा आएका अब्बास…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा १२ जना प्रहरी कारवाहीमा, ६ जना निलम्बित

    पर्सामा १२ जना प्रहरी कारवाहीमा, ६ जना निलम्बित

    वीरगंज : चार महिनाको अवधिमा पर्सामा १२ जना प्रहरी कारवाहीमा परेका छन्। एक सई र तीन असईसहित १२ जना प्रहरी विभागीय कारवाहीमा परेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्। प्रहरी अचारण विपरित काम गरेको आरोपमा १२ जनालाई कारवाही गरेको र २ जना हवल्दारहरुमाथि पनि छानविन जारी रहेको एसपी राठौरले जानकारी दिए। उनी प्रहरी हेडक्वाटरबाट गत जेठ…

    विस्तृतमा पढ्नुस्

  • 'हचुवाको भरमा मनाइँदै छ भिजिट नेपाल २०२०' : प्रदेश नम्बर २ का पर्यटनमन्त्री रामनरेश राय

    'हचुवाको भरमा मनाइँदै छ भिजिट नेपाल २०२०' : प्रदेश नम्बर २ का पर्यटनमन्त्री रामनरेश राय

    वीरगंज : प्रदेश नम्बर २ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश रायले नेपाल भ्रमण वर्ष २०२० प्रदेश २ मा हचुवाको भरमा मनाउन लागिएको बताएका छन्। होटल व्यवसायी महासंघ प्रदेश नम्बर २ ले विश्व पर्यटन दिवसको अवसरमा वीरगंजको होटल भिस्वामा आयोजना गरेको डिजाइन टुर प्याकेज कार्यक्रममा उनले यस्तो टिपण्णी गरेका हुन्। नेपाल भ्रमण वर्ष २०२० को प्रदेश स्तरीय प्रवर्द्धन…

    विस्तृतमा पढ्नुस्

  • कर नतिर्ने ९८ जनाको घरजग्गा तथा बैंक खाता रोक्का

    कर नतिर्ने ९८ जनाको घरजग्गा तथा बैंक खाता रोक्का

    वीरगंज : आन्तरिक राजस्व कार्यालय वीरगंजले कर नतिर्नेहरुको घरजग्गा तथा बैंक खाता रोक्का गरेको छ। कार्यालयले गत आर्थिक वर्ष २०७५/०७६ मा कर नतिर्ने ९८ जनाको घरजग्गा तथा बैंक खाता रोक्का गरेको हो। कार्यालयको पटकपटकको सूचना र ताकेतालाई नटेरी कर नबुझाएको कारण कारवाही स्वरुप उनीहरुको बैंक खाता तथा घरजग्गा रोक्का गरिएको प्रमुख कर अधिकृत गोपीकृष्ण कोइरालाले जानकारी दिए। करदाताहरुको नाम कार्यालयले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell