PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

  • वीरगंजमा स्वर्णीम चलचित्र महोत्सव हुँदै, बलिउड स्टार गोविन्दा पनि आउने

    वीरगंजमा स्वर्णीम चलचित्र महोत्सव हुँदै, बलिउड स्टार गोविन्दा पनि आउने

    वीरगंज : वीरगंजमा हुन लागेको नेपालकै पहिलो नेपाली चलचित्र स्वर्णीम महोत्सवको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ। नेपाल चलचित्र निर्माता संघको आयोजनामा सो महोत्सव हुन लागेको हो। कात्तिक २१ देखि २३ गतेसम्म आयोजना हुने महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। महोत्सव तयारी समितिका संयोजक एवम् चलचित्र निर्माता संघका उपाध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा यसरी गरियो छठको पारण

    वीरगंजमा यसरी गरियो छठको पारण

    वीरगंजः उदाउँदो सूर्यलाई अर्घ दिई छठ समापन गरिएको छ। यसलाई पारण पनि भन्ने गरिन्छ। चार दिने छठको अन्तिम दिनमा पारण गरिन्छ। सूर्य भगवानलाई बिहानीको किरणसँगै दूध अर्पण गरी छठी माताको यो कठोर र निष्ठाको पर्व व्रतालुहरूले समापन गर्ने गरेका छन्। वीरगंज महानगरपालिका २१ मा पर्ने लिपनीबिर्ता र २२ मा पर्ने मनियारीको बीचबाट बग्ने श्रीर्सिया खोलाको किनारमा पटेलनगर र जगरनाथपुरको छठ…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा छठको रौनक, उल्लासका साथ मनाइँदै सझिया घाटे   

    वीरगंजमा छठको रौनक, उल्लासका साथ मनाइँदै सझिया घाटे   

    वीरगंज: तराई-मधेशको मुख्य पर्वको रुपमा चिनिने छठको अवसरमा वीरगंजमा धुमधामका साथ छठ पर्व मनाइँदै छ। प्रदेश २ कै मुख्य छठ घाटको रुपमा वीरगंजका विभिन्न छठघाट प्रसिद्ध छन्। यसपाली पनि वीरगंजमा उल्लासमय वातावरणमा साझा आस्थाको पर्व छठको अवसरमा घडिअर्वा पोखरी,स्विमिङ्पुल,  आदर्शनगर, मुर्ली, नगवा, लक्षुमानवा, सुसुखचैना, पटेलनगर, जगरनाथपुर, मनियारी, भवानीपुर, पिपरालगायत बारा, पर्साका विभिन्न छठघाटहरु दुलही झै सजाइएको छ। नहाये खाएके र खरनापछि…

    विस्तृतमा पढ्नुस्

  • फलोअप : चौरसियाको हत्या गर्न भारतीय ‘सार्प-सुटर’लाई ‘सुपारी’

    फलोअप : चौरसियाको हत्या गर्न भारतीय ‘सार्प-सुटर’लाई ‘सुपारी’

    वीरगंज : गत कात्तिक ८ गते मृत फेला परेका वीरगंज महानगरका अग्नि नियन्त्रक बुनिलाल चौरसियाको हत्यामा अग्रवाल दम्पत्तीको संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको छ। प्रहरी स्रोतका अनुसार वीरगंज माइस्थानका व्यवसायी दीपककिशोर अग्रवाल र उनकी श्रीमती निधी अग्रवालको योजनामा चौरसियाको हत्या भएको प्रारम्भीक अनुसन्धानले देखाएको छ। ‘अनुसन्धान चलिरहेको छ, हिजै ९ दिनका लागि दुवैको म्याद थप भएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘चौरसियाको हत्यामा…

    विस्तृतमा पढ्नुस्

  • महँगो बन्यो यसपालिको छठ, सामानको भाउ मनपरी बढाइएको उपभोक्ताको गुनासो

    महँगो बन्यो यसपालिको छठ, सामानको भाउ मनपरी बढाइएको उपभोक्ताको गुनासो

    वीरगंज : छठ वर्पको लागि सरसामान किनमेल गर्नेहरुको वीरगंजमा घुइचो लागेको छ। आर्थिक नगरी वीरगंजमा बिहीवारदेखि छठको समान किन्नेहरुको घण्टाघर, विपी पार्क, माइस्थान, टागा बजारलगायत क्षेत्रमा बढि चलहपहल देखिएको छ। छठ ब्रतालु तथा तिनका परिवारजनले छठमा लाग्ने आवश्यक सामग्री किनमेल गरिरहेका छन्। छठको किनमेल सझिया घाटे आर्थात आज शनिवार पनि जारी छ। छठमा प्रयोग गरिने बाँसको दउरा, सुपली, नाङ्लो, छैटा,…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट अबैध रुपमा नेपाल भित्र्याइएका धान र गहुँ प्रहरीको नियन्त्रणमा

    भारतबाट अबैध रुपमा नेपाल भित्र्याइएका धान र गहुँ प्रहरीको नियन्त्रणमा

    वीरगन्ज : पर्सा प्रहरीले आज बिहान अबैध धान र गहुँ सहित ४ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ। पर्साका छिपहरमाई गाउँपालिका वडा नम्बर २ टिहुकीको नाकाबाट नेपाल भित्रिरहेका ति ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पर्साका प्रहरी उपरीक्षक सामेन्द्रसिंह राठौरका अनुसार २ ट्रयाक्टर धान, १ ट्रयाक्टर गहुँ र १ ट्रयाक्टर धानको ढुटो रहेको छ। भारतको बिहारमा नयाँ र पुरानो धान तथा गहुँको…

    विस्तृतमा पढ्नुस्

  • दुलहीजस्तै सजियो वीरगन्जको घडिअर्वा पोखरी, छठमा सिसी क्यामेराबाट निगरानी

    दुलहीजस्तै सजियो वीरगन्जको घडिअर्वा पोखरी, छठमा सिसी क्यामेराबाट निगरानी

    वीरगन्ज : प्रदेश २ मा छठ मनाइने प्रमुख शहरमध्येको वीरगन्जको घडिअर्वा पोखरी छठ पर्वका लागि दुलहीजस्तै सजाइएको छ। घडिअर्वा छठ पूजा तथा व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी तयारीको सम्पूर्ण काम सकिएको जानकारी दिएको छ।  घडिअर्वा पोखरी परिसरमा आयोजित पत्रकार सम्मेलनमा समितिले यसवर्ष छठ पूजाका लागि करिब १९ लाख रुपैयाँको बजेट रहेको जानकारी दिएको छ। समितिका अनुसार त्यसमध्ये १५ लाख ७० हजार…

    विस्तृतमा पढ्नुस्

  • युवतीमाथि एसिड प्रहार गर्ने भारतीय नागरिक ६ वर्षपछि पक्राउ

    युवतीमाथि एसिड प्रहार गर्ने भारतीय नागरिक ६ वर्षपछि पक्राउ

    वीरगन्ज :  हेटौंडाकी विन्दवासिनी कंशाकारमाथि ६ वर्षअघि एसिड प्रहार गर्ने भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर र बाराबाट खटिएको प्रहरीको संयुक्त टोलीले गएराति करिब ९ बजे उनलाई जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुहीबाट पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेका दीपक केशरीलाई शुक्रवार दिउँसो  पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ।  २०७० वैशाख ९ गते आफ्नै पसलमा बसिरहेको अवस्थामा विन्दवासिनीलाई एसिड…

    विस्तृतमा पढ्नुस्

  • खोला प्रदूषण गरेको भन्दै चिनियाँ लगानीको हिमालयन लेदरका सञ्चालक र प्रबन्धक पक्राउ

    खोला प्रदूषण गरेको भन्दै चिनियाँ लगानीको हिमालयन लेदरका सञ्चालक र प्रबन्धक पक्राउ

    वीरगंजः पर्सा प्रहरीले उद्योगबाट निस्किने रसायनयुक्त पानी श्रीसिया खोलामा खसालेको आरोपमा वीरगंज–पथलैया औद्योगिक कोरिडोरमा सञ्चालित हिमालय लेदर प्रालिका सञ्चालक र प्रबन्धकलाई नियन्त्रणमा लिएको छ। जितपुर सिमरा उमहानगरपालिका २३ भलुहीमा सञ्चालित उद्योगका सञ्चालक चिनियाँ नागरिक लिउता छुवाङ र भारत घर भई हाल हेटौँडा बस्ने उद्योगका प्रबन्धक तेन्जिङ गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार उद्योगले वीरगंज महानगरपालिका…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषध मुद्दामा ४ वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ

    लागुऔषध मुद्दामा ४ वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ

    वीरगन्ज : पर्सा प्रहरीले लागुऔषध मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा कालिकामाई गाउँपालिका वडा नम्बर २ गदियानी टोलका ५५ वर्षीय जहावर मिया रहेका छन्। पर्सा जिल्ला अदालतको २०७२ असार २५ गतेको फैसला अनुसार दुई वर्ष कैद र डेढ लाख जरिवाना सजाय भए तापनि हाल सम्म उनी फरार रहँदै आएका थिए। गाउँमै लुकेर बस्दै आएका उनलाई…

    विस्तृतमा पढ्नुस्

  • बाराबाट ६ जना जुवाडे पक्राउ

    बाराबाट ६ जना जुवाडे पक्राउ

    वीरगन्ज : दीपावलीमा रातिको समयमा कौडा खेलिरहेको अवस्थामा बारा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ बेलहिया टोलमा ठग साहको गोठघर अगाडि कौडा खेलिरहेको पूर्व सूचनाको अधारमा बारा प्रहरीले छापा हान्दा ६ जना जुवाडेलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता रन्जीतसिंह राठौरले जानकारी दिए। पक्राउ पर्नेमा बेलहिया टोलका मोतिलाल ठाकुर, पन्नालाल साह, किरण पण्डित, अजय कुमार,…

    विस्तृतमा पढ्नुस्

  • कपडाको पोकोमा भेटियो शिशुको शव

    कपडाको पोकोमा भेटियो शिशुको शव

    वीरगन्ज : कपडामा पोको पारेर फालिएको अवस्थामा वीरगन्जमा बुधवार दिउँसो एक शिशुको शव फेला परेको छ। वीरगन्ज–१० रानीघाट क्षेत्रमा पर्ने वजरंग मन्दिर नजिक उक्त शव फेला परेको पर्सा प्रहरीले जनाएको छ। रातो कपडामा बेरेर पिपलको रुख मुनी फालिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले ५/६ महिनाको देखिने बालिकाको शव फेला परेको बताए।…

    विस्तृतमा पढ्नुस्

  • ठोरीका किसानको गुनासो, ‘बारीभरी ढकमक्क फूल फुल्यो, तर किन्न कोही आएनन्’

    ठोरीका किसानको गुनासो, ‘बारीभरी ढकमक्क फूल फुल्यो, तर किन्न कोही आएनन्’

    वीरगन्ज : ठोरी जंगली जनावरले किसानलाई दुख दिने पर्साको गाउँपालिकाको रुपमा चिनिन्छ। खेतबारीमा लगाएको अन्नबालीमा हात्ती, घोडगदहा, बँदेललगायत वन्यजन्तु आएर नोक्सानी गर्ने गर्दा किसानहरु आजित हुँदै वैकल्पिक खेती तर्फ आकर्षित हुन थालेका छन्। परम्परागत खेती छाडेर सयपत्रीको खेती थालेका ठोरी–३ बुद्धनगरका अरुण अधिकारीले आफ्नै फरक पहिचान बनाउन सफल भएका छन्। सञ्चार माध्यममा तिहार र चाडपर्वमा सयपत्री फूलको माग अत्यधिक रहेको…

    विस्तृतमा पढ्नुस्

  • चौरसियाको शरीरमा भेटियो ५ गोली, अग्रवाल दम्पति पक्राउ

    चौरसियाको शरीरमा भेटियो ५ गोली, अग्रवाल दम्पति पक्राउ

    वीरगन्ज : शुक्रवार मृत भेटिएका वीरगन्ज महानगरका अग्नि नियन्त्रक बुनिलाल चौरसियाको शरीरमा ५ वटा गोली भेटिएको छ। शवको पोस्टमार्टमका क्रममा उनको शरीरमा ५ वटा गोली भेटिएको प्रहरीले बताएको छ। वीरगन्ज-१६ नगवा निवासी ४० वर्षीय बुनिलालको शव शुक्रवार दिउँसो २ बजे नगवाको पोखरीको डिलमा तन्ना र प्लाष्टिकको बोरामा पोको पारिएको अवस्थामा फेला परेको थियो। प्रहरीले शव फेला पारी नारायणी अस्पतालमा गराएको पोस्टमार्टमबाट उनको हत्या…

    विस्तृतमा पढ्नुस्

  • डाक्टरीका विद्यार्थीलाई नेसनल मेडिकलमा यातना : जुलुस निकाल्यो भने ज्यान मार्ने धम्की

    डाक्टरीका विद्यार्थीलाई नेसनल मेडिकलमा यातना : जुलुस निकाल्यो भने ज्यान मार्ने धम्की

    वीरगंज : सरकारले तोकेभन्दा बढी शुल्क लिएको विरोधमा बिहीवार निकालेको जुलुसलाई लिएर नेसनल मेडिकल कलेज वीरगंजको व्यवस्थापनले होस्टलमा बस्ने विद्यार्थीहरुलाई ज्यान मार्ने धम्की दिएको छ। धम्कीका कारण विद्यार्थीहरु त्रसित अवस्थामा छन्। सरकारले एमबीबीएसका लागि साढे ४२ लाख शुल्क तोके पनि ६५ देखि ७० लाख रुपैयाँसम्म असुलिरहेको छ। त्यसैको विरोधमा उत्रेका १८ औं ब्याचका विद्यार्थीहरुलाई मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीकै…

    विस्तृतमा पढ्नुस्

  • बाराको नाकाबाट तस्करी बढयो, ४० लाख बराबरको अबैध समान बरामद

    बाराको नाकाबाट तस्करी बढयो, ४० लाख बराबरको अबैध समान बरामद

    वीरगन्ज : चाडपर्वको बेला बाराको नाका भएर भारतबाट विभिन्न समानको तस्करी हुने क्रम बढेको छ। विशेष गरी लत्ताकपडाको तस्करी ब्यापक भइरहेको देखिएको छ। बारा प्रहरीले बाराको पुर्वी दक्षिणी क्षेत्र सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ भगवान टोलबाट करिब ४० लाखको भन्सार छलीको समान स्थानीय संजय जयसवालको घरबाट बरामद गरेको छ। बाराका प्रहरी प्रवक्ता रञ्जीतसिंह राठौरका अनुसार पूर्व सूचनाको अधारमा उनको घरमा…

    विस्तृतमा पढ्नुस्

  • अन्सारीको हत्या भएको २० दिन बित्यो, पत्ता लागेन हत्यारा

    अन्सारीको हत्या भएको २० दिन बित्यो, पत्ता लागेन हत्यारा

    वीरगन्ज : १५ वर्षीय बालकको हत्या भएको २० दिन बितिसक्दा पनि हत्यामा संलग्नहरु पत्ता नलागेको भन्दै स्थानीय जनप्रतिनिधिहरुले हत्यारा पत्ता लगाउन माग गरेका छन्। पोखरिया नगरपालिकामा २० दिनअघि १५ वर्षीय बालक अब्दुलाह अन्सारीको हत्या भएको थियो। तर हालसम्म पनि हत्यामा संलग्नहरु पत्ता लाग्न सकेका छैनन्। पोखरीयाका मेयर दीपनारायण रौनियारको अगुवाईमा जनप्रतिनिधिहरुको टोलीले आज पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै…

    विस्तृतमा पढ्नुस्

  • प्लास्टिकमा भेटियो अग्नि नियन्त्रकको शव

    प्लास्टिकमा भेटियो अग्नि नियन्त्रकको शव

    वीरगन्ज : वीरगन्ज महानगरपालिकाका अग्नि नियन्त्रक बुनिलाल प्रसाद चौरसिया मृत फेला परेका छन्। चौरसियाको शव नगवा पोखरियाको डिलमा फेला परेको प्रहरीले जनाएको छ। उनको हत्या भएको पर्सा प्रहरीले पुष्टि गरेको छ। मृतक चौरसियाको टाउको र शरीरभरि गम्भीर चोट पटक देखिएको छ। बिहीवार चार बजे घरबाट निस्केका उनी त्यसपछि सम्पर्क विहिन बनेका थिए। उनको मोबाइलमा सम्पर्क हुन नसकेपछि परिवारले पर्सा प्रहरीलाई खबर…

    विस्तृतमा पढ्नुस्

  • नेपाल बैंकले बाराको हुरी पीडित गाउँमा विद्यालय भवन बनाइदिने

    नेपाल बैंकले बाराको हुरी पीडित गाउँमा विद्यालय भवन बनाइदिने

    वीरगन्ज : नेपाल बैंक लिमिटेडले बाराको हुरी पीडित गाउँ चैनपुरमा बनाउन लागेको विद्यालय भवनको बिहीवार शिलान्यास गरिएको छ। संस्थागत समाजिक उतरदायित्तत्व अन्तर्गत बैंकले ५० लाखको लागतमा विद्यालय भवन निर्माण गर्न लागेको हो। परवानीपुर गाउँपालिका वडा नम्बर ४ स्थित चैनपुर टोलमा ६ महिना भित्र निर्माण सक्ने गरी दुई तल्ले ६ कोठे विद्यालय भवनको निर्माण कार्य शुरु भएको छ। बैंकको केन्द्रीय शाखाको…

    विस्तृतमा पढ्नुस्

  • आगामी मंसिर १४ गतेदेखि वीरगन्ज प्रिमियर लिग क्रिकेट हुने

    आगामी मंसिर १४ गतेदेखि वीरगन्ज प्रिमियर लिग क्रिकेट हुने

    वीरगन्ज : वीरगन्जमा सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता वीरगन्ज प्रिमियर लिग (बिपिएल) आयोजना हुने भएको छ। प्रदेश नम्बर २ का आठ जिल्लाबाट क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न र राम्रा खेलाडीलाई अवसर प्रदान गर्न बिपिएलको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। यूनाइटेड क्रिकेट क्लब मुर्ली वीरगन्जले आगामी मंसिर १४ गतेदेखि २१ गते सम्म उक्त प्रतियोगिता गर्न लागेको हो। प्रतियोगिता नारायणी रंगशालाको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell