PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • गढीमाई मेलाको बलिस्थलमा मिडियालाई निषेध, खिच्न पाउने छैनन् फोटो

    गढीमाई मेलाको बलिस्थलमा मिडियालाई निषेध, खिच्न पाउने छैनन् फोटो

    वीरगंज : बारा, बरियारपुरमा ५ वर्षको अन्तरालमा एकपटक लाग्ने गढीमाई मेलामा यसपालि पनि श्रद्धालु भक्तजनहरूको भीड दिनानुदिन बढ्दैछ। पशुबलिको लागि राँगा मेलास्थलमा पुग्नेक्रमले पनि तीव्रता पाएको छ। नेपाल-भारतको गाउँगाउँबाट भाकल गरेका भक्तजनहरूले टायरगाडा, ट्र्याक्टर तथा पैदलमार्फत विभिन्न ग्रामीण नाकाबाट राँगा गढीमाई मन्दिरभन्दा ५ सय मिटर पूर्वमा रहेको बलिस्थलमा पुर्‍याएका छन्। बारा, प्रसौनीकी अनिता देवीले भाइ नहुँदा गढीमाईसँग भाकल गरेको बताइन्।…

    विस्तृतमा पढ्नुस्

  • विद्यार्थी संगठनको विरोधपछि ठाकुरराम क्याम्पसमा आंशिक प्रध्यापकको नियुक्ति प्रक्रिया स्थगित

    विद्यार्थी संगठनको विरोधपछि ठाकुरराम क्याम्पसमा आंशिक प्रध्यापकको नियुक्ति प्रक्रिया स्थगित

    वीरगंज : वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा हालै भएको ७ जना आशिंक उपप्रध्यापकको नियुक्ति प्रकृया स्थगित भएको छ। नियुक्ति प्रकृया पारदर्शी नभएको र अनियमिता भएको भन्दै विद्यार्थी युनियनले विरोध तथा हडताल शुरु गरेपछि स्थानीय प्रशासनले प्रक्रिया स्थगन गर्न निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा बिहीवार साँझ प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईको अध्यक्षतामा बसेको बैठकमा विद्यार्थी संगठन र क्याम्पस प्रशासनबीच तीन बुँदे…

    विस्तृतमा पढ्नुस्

  • ट्राफिक प्रहरीको निसानामा फलाम बोक्ने गाडी, भारतीयसँग सेटिङ, नेपालीसँग झमेला

    ट्राफिक प्रहरीको निसानामा फलाम बोक्ने गाडी, भारतीयसँग सेटिङ, नेपालीसँग झमेला

    वीरगंज : वीरगंज–पथलैया औद्योगिक कोरिडोरमा सञ्चालित डन्डी तथा स्टील उद्योगको कच्चा पदार्थ बोकेर ड्राईपोर्ट भन्सारबाट हिँडेका टेलर तथा ट्रकहरुले सधै ट्राफिक प्रहरीको झमेला खेप्नुपर्छ। कहिले कागजात ठीक भएन त कहिले क्षमता अनुसारको तौल बोकिएन भनेर ट्राफिक प्रहरीले चालकदेखि व्यवसायीहरुलाई दुःख दिने गरेका छन्। हिजो राति ड्राईपोर्ट भन्सारबाट हिँडेको करिब ५० भन्दा धेरै फलाम बोकेका गाडीहरुलाई प्रदेश नं २ ट्राफिक कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा चार महिनाभित्र ६० हजार सवारी साधन परे कारबाहीमा, साढे तीन करोड राजस्व संकलन

    प्रदेश २ मा चार महिनाभित्र ६० हजार सवारी साधन परे कारबाहीमा, साढे तीन करोड राजस्व संकलन

    वीरगंज : प्रदेश नम्बर २ मा चालू आर्थिक वर्षको चार महिनामा करिब ६० हजार सवारी साधन कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट ३ करोड ६८ लाख ६० हजार राजस्व संकलन भएको ट्राफिक कार्यालय पथलैयाले जनाएको छ। कार्यालय प्रमुख एसपी योगबहादुर पालका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने ५९ हजार ९ सय ५ वटा सवारीसाधनलाई पछिल्लो चार महिनामा कारबाही गरिएको थियो। चार महिनाको…

    विस्तृतमा पढ्नुस्

  • नहर नबनाएको भन्दै स्थानीयले लगाए वडा कार्यालयमा ताला

    नहर नबनाएको भन्दै स्थानीयले लगाए वडा कार्यालयमा ताला

    वीरगंज : पर्सा जिल्लाको बहुदरमाई नगरपालिका-२ का बासिन्दाले वडा समितिको कार्यालयमा आज दिउँसो तालाबन्दी गरेका छन्। नगरपालिकाको वडा नम्बर २ र ३ पर्ने पिपरा गाउँको उत्तरपट्टी बग्ने नहर (टर्सरी) केही वर्षदेखि पुरिएको र नहर खन्न नगरपालिकाले कुनै वास्ता नगरेपछि आक्रोशित स्थानीयले वडासमितिको कार्यालयमा तालाबन्दी गरेका हुन्। यस विषयमा ६ महिनाअघि नगरपालिका तथा वडा कार्यालयमा स्थानीयले निवेदन दिएका थिए। वडा कार्यालय तथा नगरपालिकाले कुनै सुनवाइ…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजका व्यापारी भन्छन्, 'दुई सातामा प्याजको भाउ ८० रुपैयाँमा झर्छ'

    वीरगंजका व्यापारी भन्छन्, 'दुई सातामा प्याजको भाउ ८० रुपैयाँमा झर्छ'

    वीरगंज : प्याजको भाउ दुई सातापछि प्रतिकिलो ८० रुपैयाँको हाराहारीमा आउने वीरगंजका तरकारी तथा फलफूल व्यवसायीहरुले बताएका छन्। तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष विदुर गुप्ताका अनुसार अहिले वीरगंजमा १६५ देखि १८० रुपैयाँ सम्म बिक्री भइरहेको प्याज १५ दिनपछि करिब आधा घट्ने बताएका हुन्। भारतको नासिक र मध्यप्रदेशलगायत अन्य राज्यमा यस वर्ष लगाइएको प्याज बजारमा आउन थालेपछि हरेक दिन कम्तिमा ५ रुपैयाँको दरले प्याजको…

    विस्तृतमा पढ्नुस्

  • बालविकासको लागि बाध्यकारी कानून बनाइनेछ : मुख्यमन्त्री राउत

    बालविकासको लागि बाध्यकारी कानून बनाइनेछ : मुख्यमन्त्री राउत

    वीरगंज : प्रदेश नम्बर-२ का मुख्यमन्त्री लालबाबु राउतले प्रारम्भिक बालविकासको प्रभावकारी कार्यान्वयनको लागि प्रदेश सरकारले बाध्यकारी कानून बनाउने बताएका छन्। प्रारम्भिक बालविकासको लागि प्रदेश सभा सदस्यहरुको समन्वय समूहले जनकपुरमा आयोजना गरेको प्रादेशिक संरचनामा संवैधानिक अधिकार तथा दायित्व विषयक परामर्श कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले मुलुकको भविष्यको कर्णाधार मानिएका बालबालिकाको विकासको क्रम आमाको गर्भबाटै शुरु हुने भएकाले उनीहरुको स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • निजगढमा बस पल्टिँदा ४६ जना घाइते

    निजगढमा बस पल्टिँदा ४६ जना घाइते

    वीरगंज : बाराको निजगढ नगरपालिका वडा नम्बर-८ उनासी पुल नजिक बस पल्टिँदा चालकसहित ४६ जना घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्गमा पर्ने उक्त स्थानमा विहान करिब पौने १० बजे जनकपुरबाट भैरहवा गइरहेको ना ४ ख ७९९० नम्बरको बस अनियन्त्रित भइ दुर्घटना भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जीतसिंह राठौरले बताए। यात्रुबाहक बस तीब्र गतिका कारण पुलबाट तल खसेको हो। करिब ५० जना…

    विस्तृतमा पढ्नुस्

  • सडक फराकिलो बनाउन गंजभवानीपुरका भौतिक संरचना भत्काइयो

    सडक फराकिलो बनाउन गंजभवानीपुरका भौतिक संरचना भत्काइयो

    वीरगंज : सडक विस्तार तथा सुधारका लागि गंजभवानीपुरमा सडक छेउका घटटहरा भत्काइएको छ। राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण (एसएनआरटिपी) आयोजना अन्तर्गत गंजभवानीपुर बजारका भौतिक संरचनाहरू भत्काइएको हो। गढीमाई मेलालाई लक्षित गरी सडकको कामलाई तीब्रता दिन र सडक फराकिलो बनाउन भौतिक संरचनाहरू भत्काइएको हो। महागढीमाई नगरपालिकाका वडाध्यक्षहरू चन्दनकुमार साह र उपेन्द्रप्रसाद साहको उपस्थितिमा करिब सयवटा जति घरटहरा स्थानीय प्रहरी प्रशासनको सहयोगमा भत्काइएको छ। एसएनआरटिपी आयोजना अन्तर्गत बारा…

    विस्तृतमा पढ्नुस्

  • गढीमाई मेला क्षेत्रका किसानलाई धान भित्र्याउने चटारो

    गढीमाई मेला क्षेत्रका किसानलाई धान भित्र्याउने चटारो

    वीरगंज : बाराको गढीमाई मेला लाग्ने क्षेत्रका किसानलाई यतिबेला धान भित्र्याउन चटारो छ। मढीमाईको मुख्यपूजा मंसिर १७ र १८ गते परेकोले त्यो भन्दा एक साता अघि र पछिसम्म मेलामा भक्तजनहरुको निकै घुँइचो लाग्ने गर्छ। त्यसकारण पनि मंसिर १५ सम्ममा खेतमा लगाइएका सवै धानबाली थन्क्याइसक्नु पर्ने हुन्छ। महागढीमाई नगरपालिका अन्तर्गत पर्ने बरियारपुर आसपासको बघवन, मझरिया, गंजभवानीपुर, मलहनी, सेमरा तेगछियालगायत आसपासको सयौं…

    विस्तृतमा पढ्नुस्

  • गढीमाई मेलाका बेला बारामा १० दिन विद्यालय बन्द

    गढीमाई मेलाका बेला बारामा १० दिन विद्यालय बन्द

    वीरगंज : बाराको बरियारपुरमा हरेक ५ वर्षमा लाग्ने गढिमाई मेलाको अवसरमा बाराको मेला स्थल मानिने महागढिमाई नगरपालिकाले १० दिन विद्यालय बन्द रहने जनाएको छ। महागढिमाई नगरपालिकाले सूचना जारी गर्दै मेलाको समयमा विशेष बिदा दिँदै मंसिर १० दखि २० गतेसम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्देशन दिएको महागढिमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले जानकारी दिए। त्यसैगरी बाराको अन्य पालिकाले आफनो निर्णय अनुसार ५…

    विस्तृतमा पढ्नुस्

  • टेण्डर नलाग्दा तस्करलाई बहार, निर्माण व्यवसायीलाई सास्ती

    टेण्डर नलाग्दा तस्करलाई बहार, निर्माण व्यवसायीलाई सास्ती

    वीरगंज : बालुवा, गिट्टि तथा ढुंगाको उत्खननका लागि पर्सा जिल्लाका आधा दर्जन खोलाको टेण्डर नलाग्दा यहाँ निर्माण सामग्रीको चरम अभाव भएको छ। पर्साको वीरगंज महानगरमा पर्ने भेडहा खोला, पर्सा गढिमा पर्ने कर्जनिया र सिङ्याही, पटेर्वा सुगौली भित्र पर्ने गादी खोला, पटेर्वा सुगौली र जिराभवानीपुर गाउँपालिका भित्र पर्ने भलुवाही र सखुवा प्रसौनी तथा पटेर्वा सुगौली भित्र पर्ने जमुनी खोलाको समयमा टेण्डर…

    विस्तृतमा पढ्नुस्

  • निजगढमा नेकपाको आमसभा, प्रचण्डले सम्बोधन गर्ने

    निजगढमा नेकपाको आमसभा, प्रचण्डले सम्बोधन गर्ने

    वीरगंज : प्रदेश नम्बर २ अन्तर्गतका राष्ट्रिय गौरवको आयोजना निर्माणलाई गति दिन नेकपाले बृहत् आमसभाको आयोजना गर्दैछ। आज बाराको निजगढमा हुन लागेको आमसभामार्फत राष्ट्रिय गौरवको आयोजनाहरुको प्रभावकारी कार्यान्वयन गराउन दबाब दिनका लागि नेकपा प्रदेश नम्बर २ ले ५० हजारभन्दा बढी प्रदेशवासीलाई एकै ठाउँमा जम्मा गर्न लागेको हो। नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को प्रमुख आतिथ्यमा हुन लागेको आमसभाको अध्यक्षता नेकपा…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज नेसनल मेडिकल कलेज आन्दोलन प्रकरण : विद्यार्थीहरुबीच नै भयो झडप 

    वीरगंज नेसनल मेडिकल कलेज आन्दोलन प्रकरण : विद्यार्थीहरुबीच नै भयो झडप 

    वीरगंज : नेसनल मेडिकल कलेज वीरगंजमा आन्दोलनरत  विद्यार्थी र सिनियर विद्यार्थीबीच साँझ केही बेर झडप भएको छ। शुक्रवार मध्यान्ह १२ बजेदेखि ५ बजेसम्म विद्यार्थीहरुले प्रदर्शन र धर्ना दिएपछि कलेजभित्र प्रवेश गर्न खोज्दा सिनियर समूहका विद्यार्थीहरुले अवरोध सिर्जना गरी आधा विद्यार्थीलाई गेट बन्द गरी राखेपछि सिनियर र जुनियर विद्यार्थीबीच झडप भएको हो।  झडपको क्रममा केही विद्यार्थीले ढुङ्गामुढा समेत गरेका थिए। झडप…

    विस्तृतमा पढ्नुस्

  • आन्दोलनमा उत्रेको आरोपमा विद्यार्थीलाई नेसनल मेडिकल कलेजमा चार घण्टा प्रवेश निषेध! 

    आन्दोलनमा उत्रेको आरोपमा विद्यार्थीलाई नेसनल मेडिकल कलेजमा चार घण्टा प्रवेश निषेध! 

    वीरगंज : नेसनल मेडिकल कलेज, वीरगंजमा अध्ययनरत १८ ब्याचका विद्यार्थीहरुले आन्दोलन गरेको भन्दै गए राति ४ घण्टा गेट बाहिर राखिएको छ। अतरिक्त शुल्क फिर्ता गराउन आन्दोलनरत विद्यार्थीलाई कलेजले साँझ ६ बजेदेखि १० बजेसम्म कलेज प्रवेश निषेध गरेको हो।   बिहीवार साँझ कलेज अगाडि विद्यार्थीहरुले 'अतिरिक्त शुल्क फिर्ता गर, मेडिकल माफिया मुर्दावाद, विद्यार्थीलाई मानसिक तनाव दिन पाइदैन, कलेज प्रशासन, विद्यार्थी, अभिभावकबीचको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसका प्रदेश सांसद् शर्मा र नगर सभापति कलवारबीच चिया पसलमा कुटाकुट

    कांग्रेसका प्रदेश सांसद् शर्मा र नगर सभापति कलवारबीच चिया पसलमा कुटाकुट

    वीरगंज : प्रदेश नम्बर २ का नेपाली कांग्रेसका सांसद् एवम् वीरगंजका उद्योगी ओमप्रकाश शर्मा र कांग्रेसकै वीरगंज नगर सभापति भोला कलवारबीच चिया पसलमा कुटाकुट भएको छ। बुधबार बिहान करिब साढे ७ बजे आदर्शनगरस्थित ‘बब्लु टि स्टल’ मा फिल्मी शैलीमा शर्मा र कलवारबीच कुटाकुट भएको प्रत्यक्षदर्शीहरुले बताए। पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले दुबैबीच कुटाकुट भएको सुनिए पनि घटनाबारे बुझ्ने काम भइरहेको बताए।…

    विस्तृतमा पढ्नुस्

  • पशुबली मेला गढीमाईमा बढ्न थाल्यो चहलपहल, सिसिटिभी र ड्रोन क्यमेराबाट हुँदैछ सुरक्षा निगरानी

    पशुबली मेला गढीमाईमा बढ्न थाल्यो चहलपहल, सिसिटिभी र ड्रोन क्यमेराबाट हुँदैछ सुरक्षा निगरानी

    वीरगंज: हरेक पाँच  वर्षमा एकपटक लाग्ने बारा बरियारको गढीमाई मेलाको चहलपहल सुरु भएको छ। मंसिर १ गतेदेखि एक महिनासम्म मेला लाग्ने भए पनि घटस्थापनाको दिन नै राष्ट्रपति विद्यादेवी भण्डारीले फोन सन्देशमार्फत पूजापाठ गरी शुभारम्भ गरेकी थिइन्। अहिले मन्दिर आसपासका क्षेत्रमा भीडभाड बढ्न लागेको छ। मेलामा स्टल तथा पसल राख्न सुरु भइसकेको मेला सञ्चार समितिका संयोजक मुकेश यादवले बताए। यादवका अनुसार अबको तीन दिनपछि मेलामा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र भारतबाट दोहोरो नागरिकता लिने एक जना प्रहरीको नियन्त्रणमा

    नेपाल र भारतबाट दोहोरो नागरिकता लिने एक जना प्रहरीको नियन्त्रणमा

    वीरगंज : नेपाल र भारतबाट दोहोरो नागरिकता लिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बाराको महागढिमाई नगरपालिका वडा नम्बर ३ का डा वीरेन्द्र प्रसाद कलवारलाई दोहोरो नागरिकता लिएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो। सोही ठाउँका मोहन प्रसाद जैसवालले दिएको उजुरीको आधारमा डा कलवारलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ। कलवार भारतीय नागरिक रहेको र गलत तरीकाले झुठो कागजात पेश गरि नेपाली…

    विस्तृतमा पढ्नुस्

  • बाराबाट दोहोरो नागरिकता लिने डाक्टर जैसवाल पक्राउ

    बाराबाट दोहोरो नागरिकता लिने डाक्टर जैसवाल पक्राउ

    वीरगंज : बाराको महागढीमाई नगरपालिका वडा नं. ३ का डाक्टर वीरेन्द्रप्रसाद कलवार भारत र नेपालको दोहोरो नागरिकता भएको अभियोगमा पक्राउ परेका छन्। सोही ठाउँका मोहनप्रसाद जैसवालले दिएको उजुरीको आधारमा डाक्टर कलवारलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ। डाक्टर कलवार भारतीय नागरिक रहेको र गलत तरीकाले झुटा कागजात पेश गरी नेपाली नागरिकता लिएको खुलेको छ। उनले गंजभवानीपुरमा करीब डेढ दशकदेखि औषधि…

    विस्तृतमा पढ्नुस्

  • ब्याज लिन गएका बुनिलाल हत्या प्रकरण : क्राइम सिन नेपालमा, हत्यारा भारततिर

    ब्याज लिन गएका बुनिलाल हत्या प्रकरण : क्राइम सिन नेपालमा, हत्यारा भारततिर

    वीरगंज : गत कात्तिक ७ गते वीरगंजमा हत्या भएको बुनिलाल चौरसियाको घटना सुल्झाउन पर्सा प्रहरीलाई तनाव भएको छ। क्राइम सिन नेपालमा भएपनि रातारात अपराधी भारत भागेपछि प्रहरीले हत्या काण्डका केही हत्यारालाई पक्राउ गर्न नसक्दा म्याद थपिँदै गएको छ। घटनाको २५ दिनपछि अनुसन्धान जारी नै राखेको प्रहरीले जनाएको छ। वीरगंज महानगरका अग्निनियन्त्रक समेत रहेका वीरगंज–१६ नगवा निवासी बुनिलाल चौरसियाको हत्या वीरगंज–६…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell