PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

  • बुनिलाल हत्या प्रकरण : निधि अग्रवाल र प्रेमचन्द्र जेल चलान, दीपक किशोर धरौटीमा रिहा

    बुनिलाल हत्या प्रकरण : निधि अग्रवाल र प्रेमचन्द्र जेल चलान, दीपक किशोर धरौटीमा रिहा

    वीरगंज : बुनिलाल चौरसिया हत्या प्रकरणका पक्राउ परेका आरोपी मध्ये दुई जनालाई पुर्पक्षको लागि जेल चलान गरिएको छ। पर्सा जिल्ला अदालतले पक्राउ परेका हत्याका तीन जना आरोपीमध्ये मुख्य योजनाकार निधि अग्रवाल र जग्गा कारोबारी प्रेमचन्द्र साहलाई पुर्पक्षको लागि वीरगंज कारागार पठाएको हो। न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले निधिका पति दीपककिशोर अग्रवाललाई भने एक लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • बुनिलाल हत्याको राज : अश्लील भिडियो बाहिरिने डरमा हत्या गराएको निधिले प्रहरीलाई दिइन् बयान

    बुनिलाल हत्याको राज : अश्लील भिडियो बाहिरिने डरमा हत्या गराएको निधिले प्रहरीलाई दिइन् बयान

    वीरगंज : कात्तिक ७ गते वीरगंजमा हत्या गरिएका बुनिलाल चौरसिया चर्चित काण्डको राज खुलेको छ। उक्त हत्या आर्थिक लेनदेनबाट शुरु भइ अनैतिक सम्बन्धको भिडियो सार्वजनिक गरिने डरको कारण भएको प्रहरीमा बयान दिइएको छ। पर्सा प्रहरीको जाहेरीमा पुस १ गते पर्सा जिल्ला अदालतमा मुदा दर्ता भएपछि पक्राउ परेकाहरुको बयान शुरु भएको थियो। हाल प्रहरी समक्ष दिइएको बयानलाई पनि विश्लेषण गर्ने काम…

    विस्तृतमा पढ्नुस्

  • तरकारीमा विष राखेर परिवार सखाप पार्न खोज्ने आमाको मृत्यु, पाँच छोराछोरी बिरामी

    तरकारीमा विष राखेर परिवार सखाप पार्न खोज्ने आमाको मृत्यु, पाँच छोराछोरी बिरामी

    वीरगंज : घरायसी झगडाका कारण तरकारीमा विष मिसाई आफ्नै परिवार सखाप पार्ने एक महिलाको प्रयास असफल भएको छ। वीरगंज-२४ रामगढवा (बहुअरी)का जगदीश कुर्मीकी ३५ वर्षीया पत्नी राधिकादेवी कुर्मीले विष खुवाएर आफू र आफ्नो परिवारको हत्या गर्ने प्रयास गरेकी हुन्। यस्तो प्रयास गर्ने राधिकाको उपचारका क्रममा मृत्यु भएको छ भने परिवारका ५ छोराछोरी बाँच्न सफल भएका छन्। उनीहरुको उपचार हाल वीरगंजको…

    विस्तृतमा पढ्नुस्

  • ग्रामीण भेगका शिक्षकलाई शहर मोह : वीरगंजमा मात्रै थुप्रिए ४० प्रतिशत शिक्षक

    ग्रामीण भेगका शिक्षकलाई शहर मोह : वीरगंजमा मात्रै थुप्रिए ४० प्रतिशत शिक्षक

    वीरगंज : पर्साको ग्रामीण भेगका लागि नियुक्त भएका सरकारी शिक्षकहरु शहरतिर सर्ने क्रम बढेको छ। गाउँभन्दा शहरमा सुविधा पाउने लोभमा अधिकांश ग्रामीण भेगमा नियुक्ति पाएका शिक्षक पनि बिस्तारै शहरमा सरुवा गराइ आउने गरेको पाइएको छ। पर्साको ग्रामीण भेगका कैयौँ विद्यालयमा अहिले सरकारी शिक्षकको अभाव छ। विषयगत शिक्षककै अभावमा केही दिनअघि नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भिखमपुरका विद्यार्थीहरूले विरोध प्रदर्शन गरी धोबिनी गाउँपालिका तोडफोडसमेत गरेका थिए। भिखमपुर…

    विस्तृतमा पढ्नुस्

  • कछुवा गतिमा शहरी विकासको पौने दुई अर्बको सडक आयोजना, सात महिना बाँकी हुँदा ३५ प्रतिशत काम

    कछुवा गतिमा शहरी विकासको पौने दुई अर्बको सडक आयोजना, सात महिना बाँकी हुँदा ३५ प्रतिशत काम

    वीरगंज : शहरी विकास डिभिजन कार्यालयको एक अर्ब ७० करोडको बजेटमा वीरगंज महानगरपालिकाभित्र निर्माण भइरहेको सडक आयोजनाको काम कछुवाको गतिमा भइरहेको छ। महानगरका विभिन्न वडालाई जोड्ने सडक योजना डेढ वर्षअघि सुरु भएको थियो। सडक ५४ किलोमिटर लम्बाइको छ। २४ महिना समयावधि रहेको सडक सञ्जाल आयोजना आगामी असार मसान्तभित्र पूरा गर्नुपर्नेछ। ५४ किलोमिटरमध्ये २७ किलोमिटर वीरगंजको पप्पु कन्सट्रक्सनलाई परेको थियो। २७ किलोमिटर…

    विस्तृतमा पढ्नुस्

  • पर्सा निर्माण व्यवसायी संघमा विवाद : चौरसियालाई बाइपास गरी नेतृत्व सम्हाल्ने दाउमा पटेल

    पर्सा निर्माण व्यवसायी संघमा विवाद : चौरसियालाई बाइपास गरी नेतृत्व सम्हाल्ने दाउमा पटेल

    वीरगंज : पर्सा निर्माण व्यवसायी संघमा अधिवेशन र सधारण सभालाई लिएर विवाद उत्पन्न भएको छ। संघका प्रथम उपाध्यक्ष दिवाकर पटेलसँग कार्यसमिति र अन्य सदस्यहरुको बहुमत साथ रहेकोले यसापाली वर्तमान अध्यक्षलाई बाइपास गरी आफनै नेतृत्व लिने दाउमा रहेका छन्। प्रथम उपाध्यक्ष दिवाकर पटेल नेतृत्वले बिहीवार बैठक बस्दै आगमी मंसिर २९ र ३० गते पर्सामा जिल्लामा ११ अधिवेशन र १६ औं सधारण…

    विस्तृतमा पढ्नुस्

  • पर्साका सरकारी अस्पतालमा छैनन् औषधी, बिरामीलाई कर्मचारी नै पठाउँछन् निजीमा

    पर्साका सरकारी अस्पतालमा छैनन् औषधी, बिरामीलाई कर्मचारी नै पठाउँछन् निजीमा

    वीरगंज : पर्साका सरकारी स्वास्थ्य संस्थामा औषधी पाउन छाडेपछि स्थानीय बिरामी मर्कामा परेका छन्। औषधी अभाव  देखाउँदै सरकारी स्वास्थ्य संस्थाका कर्मचारीले निजी अस्पताल तथा मेडिकलबाट औषधी किन्न रिफर गरिदिने बिरामीहरुको गुनासो छ। नारायणी अस्पताल वीरगंज, पोखरीया अस्पताल, बगही, बागेश्वरी र भिखमपुर गरी तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र र करिब ७० भन्दा बढी स्वास्थ्य चौकी रहेका छन्। स्वास्थ्य चौकीमा ४५ प्रकारको,…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया शुरु, १ हजार बिरामीको शल्यक्रिया हुने

    वीरगंजमा मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया शुरु, १ हजार बिरामीको शल्यक्रिया हुने

    वीरगंज : वीरगंजमा आजदेखि पर्साका १ हजार मोतियाबिन्दु बिरामीहरुको निःशुल्क शल्यक्रिया शुरु भएको छ। वीरगंज पानीटंकीमा रहेको माट्रिका आई फाउन्डेसन र वीरगंजका मेयर विजयकुमार सरावगीको मेयर कल्याणकारी कोषबाट संयुक्त रुपमा आयोजना भएको वृहत मोतियाबिन्दु अप्रेशन शिविरमा सो शल्यक्रिया शुरु भएको हो। यो शिविर पुस १ गतेसम्म चल्ने फाउन्डेसनका मेडिकल संयोजक महेशसिंह धामीले बताए। यसअघि पर्साका विभिन्न स्थानीय तहमा मंसिर ३…

    विस्तृतमा पढ्नुस्

  • विस्फोट गराई फिरौती माग्ने प्रमोद गोढसहित ४ जना पक्राउ

    विस्फोट गराई फिरौती माग्ने प्रमोद गोढसहित ४ जना पक्राउ

    वीरगंज : बारा प्रहरीले बिष्फोट गरी फिरौती असुली गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा परवानिपुर गाँउपालिका वडा नं.४ का प्रमोद साह गोढ, सोही स्थानका देव शंकर राम, जितपुरसिमरा –२० का अच्छेलाल गोसाई, बारा फेटा गाँउपालिका वडा नं.३ का दिपेन्द्रकुमार धानुक रहेका छन्। परवनीपपुर गाँउपालिका वडा नं.४ स्थित एमएस इट्टा उद्योगका संचालक जिल्ला बारा कलैया उपमहानगरपालिका वडा…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी डाक्टरले गरे एसिड पीडित मुस्कानको प्लाष्टिक सर्जरी

    अमेरिकी डाक्टरले गरे एसिड पीडित मुस्कानको प्लाष्टिक सर्जरी

    वीरगंज : तेजाब प्रहारबाट घाइते भएकी मुस्कान खातुनको बुधवार प्लास्टिक सर्जरी गरिएको छ। अमेरिकी तथा नेपाली डाक्टरहरुको टोलीले मुस्कानको प्लास्टिक सर्जरी गरेको हो। वीरगंजको छपकैंया निवासी मुस्कानको तीन महिनादेखि कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ। यसैबीच वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले मुस्कानलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा पुगेर मेयर सरावगीले मुस्कान खातुनको परिवारलाई उपचारको लागि उक्त आर्थिक सहयोग प्रदान गरेका…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकलको सिटमुनि लुकाएको ११ किलो चरेस बरामद, तस्कर फरार

    मोटरसाइकलको सिटमुनि लुकाएको ११ किलो चरेस बरामद, तस्कर फरार

    वीरगंज : सशस्त्र प्रहरीले ११ किलो चरेस बरामद गरेको छ। मोटरसाइकलको सिटमुनि लुकाएर भारत तर्फ लग्दै गरेको अवस्थामा उक्त चरेस सशस्त्र प्रहरीले विहिवार बरामद गरेको हो। जगरनाथपुर गाउँपालिका-१ स्थित ओरिया खोला क्षेत्रमा गस्तीमा रहेको सशस्त्र प्रहरी बिओपी भिखमपुरको टोलीले चरेश बरामद गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय वीरगंजका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र कुवरले जानकारी दिए। प्रहरी उपरीक्षक कुवरका अनुसार सशस्त्र प्रहरी निरीक्षक निरन्जन…

    विस्तृतमा पढ्नुस्

  • पर्सा क्षेत्र नम्बर ३ को ६ करोड वजेट खर्च नहुने!

    पर्सा क्षेत्र नम्बर ३ को ६ करोड वजेट खर्च नहुने!

    वीरगंज : पर्सा क्षेत्र नम्बर ३ मा चालू आर्थिक वर्षमा संसदीय कोषको ६ करोड रुपैयाँ खर्च नहुने देखिएको छ। क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियार निलम्बनमा परेपछि उनको भागको ६ करोड खर्च नहुने सम्भावना देखिएको जिल्ला सम्वन्य समिति पर्साले जनाएको छ। पप्पु कन्स्ट्रक्सनका तत्कालिन सञ्चालक रौनियारमाथि अदालतमा मुद्दा दर्ता भएसँगै गतवर्ष उनी सांसद पदबाट निलम्बन भएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा सञ्चालनमा आयो योग विद्यालय

    वीरगंजमा सञ्चालनमा आयो योग विद्यालय

    वीरगंज : वीरगंजका मेयर विजय कुमार सरावगीले वीरगंजमा योग शिक्षा आर्जनको लागि योग विद्यालय सञ्चालनमा ल्याएका छन्। वीरगंज-४ बिर्तामा महानगरस्तरीय योग विद्यालयको मेयर सरावगीले उदघाटन गरेका हुन्। कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले वीरगंज महानगरपालिकाको सबै वडाहरुमा योग शिविर चलाउन आयोजकहरुलाई अनुरोध गरे। योग गुरु स्वामी रामदेव महराज र आयुर्वेदाचार्य बाबा बालकृष्णको कृपाले पुरा विश्व योग दिवस मनाइ रहेको बताउदै मेयर सरावगीले महानगरबासीलाई निरोगी बनाउन…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला समन्वय समितिकै असमन्वय, स्थानीय निर्वाचन यता पर्सामा बस्न सकेन जिल्ला सभा!

    जिल्ला समन्वय समितिकै असमन्वय, स्थानीय निर्वाचन यता पर्सामा बस्न सकेन जिल्ला सभा!

    वीरगंज : स्थानीय तहको चुनाव भएको लगभग तीन वर्ष पुग्न लागेको छ। यो अवधिमा करिब २ पटक जिल्ला सभा हुनु पर्ने कार्यविधि छ। तर जिल्ला समन्वय समिति पर्साको असमन्वय नीतिको कारण र जिल्ला सभापतिको उदासिनताको कारण दुई वर्षदेखि जिल्ला सभा हुन सकेको छैन। करिब अढाई वर्षको अवधिमा अहिलेसम्म ६ जना तत्कालिन एलडिओ अहिलेको जिल्ला समन्वय अधिकारीको आगमन र सरुवा भइसक्दा…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा बन्द कोठामा भेटियो आमाछोरीको शव : पति फरार, हत्या भएको आशंका

    वीरगंजमा बन्द कोठामा भेटियो आमाछोरीको शव : पति फरार, हत्या भएको आशंका

    वीरगंज : वीरगंज महानगरपालिका १२ मुर्ली नयाँ टोलमा सोमबार राति बन्द कोठाबाट आमा-छोरीको शव फेला परेको छ। बाराको कलैया उपमहानगरपालिका २६ सिसुवा महेशपुर घर भई मुर्ली, नयाँ टोल डेरामा बस्दै आएका पवन साहको २५ वर्षीय श्रीमती र दुई वर्षीय छोरीको शव फेला परेको प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले बताए। स्थानीय मोहन झाको घरमा शव फेला परेको हो। शव कुहिएर…

    विस्तृतमा पढ्नुस्

  • 'सानो पाईला'ले करोडौं राजस्व छलेको आरोप, पूर्व कार्यक्रम संयोजक भन्छन्, ‘त्यसको साक्षी म स्वयं हुँ’

    'सानो पाईला'ले करोडौं राजस्व छलेको आरोप, पूर्व कार्यक्रम संयोजक भन्छन्, ‘त्यसको साक्षी म स्वयं हुँ’

    वीरगंज : गैरसरकारी संस्था सानो पाईला वीरगंजले बर्षेनी करोडौ रुपैया मुनाफा गरी लाखौं रुपैया राजस्व छली गर्ने गरेको आरोप लागेको छ। संस्थाका पूर्व कार्यक्रम संयोजक अजितम पाण्डेले वीरगंजमा पत्रकार सम्मेलन गर्दै यस्तो गम्भीर आरोप लगाएका हुन्। नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा पाण्डेले मुनाफारहित संस्थाको रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेको सानो पाईलाले देशी–विदेशी दाताहरुबाट करोडौ…

    विस्तृतमा पढ्नुस्

  • चितवनको बस चढाइदिने भन्दै आफ्नै हेल्थपोस्ट पुर्‍याएर अहेवाको यस्तो हर्कत…

    चितवनको बस चढाइदिने भन्दै आफ्नै हेल्थपोस्ट पुर्‍याएर अहेवाको यस्तो हर्कत…

    वीरगंज : रौतहटमा एक स्वास्थ्यकर्मीले आफूले काम गर्ने हेल्थपोस्टमै एक महिलालाई जबरजस्ती करणी गरेको खुलेको छ। रौतहटको यमुनामाई गाउँपालिकाको सरुअठा हेल्थपोस्टका अहेवा तथा इन्चार्ज वर्ष ४५ का सुधीरकुमार सिंहले चितवनकी एक महिलाको बलात्कार गरेको रौतहटका प्रहरी उपरीक्षक भेपेन्द्र खत्रीले बताए। गत मंसिर १८ गते चितवनबाट रौतहटको सदरमुकाम घुमफिर गर्न आएकी ३० वर्षीया महिला घर फर्किन गौर बसपार्कमा बसको प्रतिक्षा गरिरहेकैं…

    विस्तृतमा पढ्नुस्

  • गढीमाई मेलामा लाखौँ भक्तजनको भीड : खेतमा गाडी पार्किङ, बगैँचामा किचेन

    गढीमाई मेलामा लाखौँ भक्तजनको भीड : खेतमा गाडी पार्किङ, बगैँचामा किचेन

    वीरगंज : बाराको बरियारपुरमा हरेक पाँच वर्षमा लाग्ने गढीमाई मेलामा यस वर्ष पनि श्रद्धालु भक्तजनको उल्लेख्य भीड देखिएको छ। मंगलवार र बुधवार मुख्य पूजाको दिन भएकाले सोमवार साँझसम्म मेलामा आउने भक्तजनको भीड उल्लेख्य बढेको छ। भक्तजन आउने क्रम अझै जारी छ। गढीमाईमा भारतबाट समेत उल्लेख्य संख्यामा भक्तजन मेला भर्न आउँछन्। सीमावर्ती सहर रक्सौल, आदापुर,घोडासहन तथा पर्साको सीमानाका भिस्वा, जानकी टोल, प्रसौनी…

    विस्तृतमा पढ्नुस्

  • उचित मुआब्जाको माग गर्दै श्रीर्सिया ड्राईपोर्ट सडकखण्डमा स्थानीयको धर्ना

    उचित मुआब्जाको माग गर्दै श्रीर्सिया ड्राईपोर्ट सडकखण्डमा स्थानीयको धर्ना

    वीरगंज : वीरगंज-२५ पद्यमरोडस्थित ड्रईपोर्टको मुलगेटमा उचित मुआब्जाको माग गर्दै आज स्थानीयले धर्ना दिएका छन्। श्रीर्सियास्थित ड्राईपोर्ट भन्सार र आइसिपीबीचको रोक्का गरिएको ६२ विघा जग्गाको मुआब्जाको विषयलाई लिएर स्थानीयहरुले आज दिउँसो राजमार्गमा धर्ना दिएको मुआब्जा संघर्ष समितिका अध्यक्ष विजय तिवारीले जानकारी दिए। यसअघि तीन दिनअघि ड्राईपोर्ट भन्सारका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै मुआब्जाको समस्या समाधान गर्न अपिल…

    विस्तृतमा पढ्नुस्

  • पर्साको सखुवापर्सौनी गाउँपालिकामा समाजवादीका रुपलाल यादव विजयी

    पर्साको सखुवापर्सौनी गाउँपालिकामा समाजवादीका रुपलाल यादव विजयी

    वीरगंज : पर्सा जिल्लाको सखुवापर्सौनी गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा समाजवादी पार्टीका रुपलाल यादव विजयी भएका छन्। अन्तिम नतिजा अनुसार यादवले १ हजार ३१ मत ल्याई विजयी भएका हुन्। नेपाली कांग्रेसका अशेश्वर यादवले ८ सय १९, ने क पाका उम्मेद्वार उदयशंकर रौनियारले २ सय ३२ मत, स्वतन्त्र उम्मेदवार गोपाल साह कानुले १६ मत तथा राप्रपाका सदरी महराले ८ मत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell