PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

  • नारायणी अस्पतालमा क्यान्सर र क्षयरोगको परीक्षण गर्ने प्रयोगशाला स्थापना

    नारायणी अस्पतालमा क्यान्सर र क्षयरोगको परीक्षण गर्ने प्रयोगशाला स्थापना

    वीरगंज : पर्साको वीरगंजस्थित नारायणी अस्पतालमा फाइन निडर आस्पिरेसन सिटोलोजी (एफएनएसी)प्रविधिबाट क्यान्सर र क्षयरोग पत्ता लगाउने ल्याब स्थापना भएको छ। पुस ४ गतेदेखि सुइको माध्यमबाट कोषमा भएको रोगलाई परीक्षण गर्ने विधिबाट क्यान्सर र क्षयरोग पत्ता लगाउने परीक्षण शुरु गरिएको प्याथोलोजिस्ट डा नीरा पाठकले बताइन्। यसअघि वीरगंजको मेडिकल कलेज, प्रभु अस्पतालमा यसको जाँच हुन्थ्यो। अहिले दैनिक दुई वटा नमूना परीक्षण भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • संसद विघटनविरुद्ध वीरगंजमा प्रदर्शन, संकटकाल लगाएर ओली सदैव प्रधानमन्त्री बन्न चाहेको जसपा नेताको आरोप

    संसद विघटनविरुद्ध वीरगंजमा प्रदर्शन, संकटकाल लगाएर ओली सदैव प्रधानमन्त्री बन्न चाहेको जसपा नेताको आरोप

    वीरगंज : प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजावादी पार्टीले आज वीरगंजमा प्रदर्शन गरेको छ। वीरगंजको घण्टाघरबाट सुरु भएको विरोध प्रदर्शन मकालु चोक, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो। संसद विघटनको विरोधमा जसपाले आज देशभर विरोध कार्यक्रम आयोजना गरेको हो। त्यसै क्रममा वीरगंजमा भएको प्रदर्शनमा जसपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसत्तावादी सोचको साथ देशमा तानाशाह बन्न खोजेको…

    विस्तृतमा पढ्नुस्

  • कुहिरोमा काठ तस्करी बढ्यो, ४८ घनफिट काठ बरामद

    कुहिरोमा काठ तस्करी बढ्यो, ४८ घनफिट काठ बरामद

    वीरगंज : पर्सामा जाडोको समयमा काठ तस्करी मौलाएको छ। प्रहरी तथा वनकर्मीहरुको उदासिनताको कारण पर्साको उत्तरी क्षेत्रबाट साइकल तथा ट्याक्टरमा काठ तस्करी गर्ने गिरोहहरु सक्रिय भएका हुन्। गएराति सब डिभिजन वन कार्यालय सबैयाको टोलीले पर्सागढी नगरपालिका वडा नं ३ पारसचोक–बकनरवा सडकखण्ड बीचबाट ठूलो परिमाणमा करिब एक ट्याक्टर सालको गोलाई बरामद गरेको छ। फरेस्टर पुरुषोत्तम पटेलको कामान्डमा खटिएको गस्ती टोलीलाई देखेपछि…

    विस्तृतमा पढ्नुस्

  • नारायणी अस्पतालमा कर्मचारीको मनपरी : एकैदिन १२२ जना अनुपस्थित, ५ जनाले गरे अग्रिम हाजिरी

    नारायणी अस्पतालमा कर्मचारीको मनपरी : एकैदिन १२२ जना अनुपस्थित, ५ जनाले गरे अग्रिम हाजिरी

    वीरगंज : नारायणी अस्पताल वीरगंजमा कर्मचारीहरुको मनपरीतन्त्र मौलाएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले मंसिर २९ गते गरेको छड्के अनुगमनमा एकै दिन १२२ जना कर्मचारीहरु अनुपस्थित देखिए। पर्साका प्रजिअ आस्मान तामाङको टोलीले गरेको छड्के अनुगमनमा एक दर्जन सिनियर चिकित्सक, एक दर्जन मेडिकल अधिकृत, एक दर्जन चिकित्सक, नर्सिङ अधिकृत, स्टाफ नर्स, अहेब, हेल्थ अस्सिटेन्ट, फार्मेसी, फार्मेसी अधिकृत, फार्मेसी सहायक, स्टोरकिपर, सुब्बा, खरिदार,…

    विस्तृतमा पढ्नुस्

  • संसद भंग स्वागतयोग्य कदम भएको काँग्रेस पूर्व सांसदको भनाई : ओलीले देशलाई बाटो दिएको नेकपाका पूर्वसभासद्को दाबी, वीरगंजका नेताहरुको प्रतिक्रिया यस्तो

    संसद भंग स्वागतयोग्य कदम भएको काँग्रेस पूर्व सांसदको भनाई : ओलीले देशलाई बाटो दिएको नेकपाका पूर्वसभासद्को दाबी, वीरगंजका नेताहरुको प्रतिक्रिया यस्तो

    वीरगंज : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्बाट संसद भंग गर्ने सिफारिसपछि राष्ट्रपतिले अनुमोदन गर्दै मध्यवधि चुनाव बैशाख १७ र २७ गते घोषणा गरिनुले देशमै राजनीतिक तापमान बढेको छ। आइतवार विहान १० बजेदेखि राति ८ बजेसम्म कुन बेला के भइरहेको छ भन्ने प्रसंगले सबैको ध्यान तानेको थियो। मुलुककै आर्थिक राजधानी र मधेश आन्दोलन तथा नाकाको केन्द्र विन्दु भनेर चिनिएको वीरगंजमा यसको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा प्रचण्ड–माधव पक्षको प्रदर्शन, केन्द्रीय सदस्य भन्छन्, ‘प्रधानमन्त्री बहुलाए’

    वीरगंजमा प्रचण्ड–माधव पक्षको प्रदर्शन, केन्द्रीय सदस्य भन्छन्, ‘प्रधानमन्त्री बहुलाए’

    वीरगंज : प्रधानमन्त्रीले संसद विघटन गरी मध्यावधि निर्वाचनको मिति तोकेको विरोधमा नेकपाका नेता, कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्। कार्यक्रममा बोल्दै नेताहरूले प्रधानमन्त्री ओलीले चालेको कदम नसच्याए सशक्त आन्दोलन गर्ने चेतावनी दिए। प्रम ओलीले चालेको कदम असंवैधानिक, अव्यवहारिक तथा पार्टीविरोधी भएको उनीहरुको भनाई थियो। कार्यक्रममा प्रधानमन्त्री मुर्दावाद भन्दै चर्को नाराबाजी गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले केही नेताहरूलाई पक्राउ गरी छाडेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश स्तरीय क्रिकेट टोलीको छनोट : सेमिफाइनलमा पर्सासहित चार जिल्ला

    प्रदेश स्तरीय क्रिकेट टोलीको छनोट : सेमिफाइनलमा पर्सासहित चार जिल्ला

    वीरगंज : काठमाडौंमा आयोजना हुने प्रधानमन्त्री (कप)क्रिकेट प्रतियोगिताको लागि प्रदेश २ को क्रिकेट टोली छनोट प्रतियोगिता भइरहेको छ। बाराको कलैयामा रहेको सिद्धेश्वर उमावि र धनुषाको १२ बिघा मैदानमा मंसिर २५ गतेबाट छनोट खेल चलिरहेको छ। पुस ६ गते छनोट खेल सकिने भए पनि आइतवार बिहानसम्म सेमिफाइनल र फाइनल खेलको मिति भने तय गरिएको छैन। सेमिफाइनलमा पर्सासहित चार जिल्लाको टोली भिड्दैछन्।…

    विस्तृतमा पढ्नुस्

  • पर्सागढी नेपालकै गर्व गर्ने ऐतिहासिक ठाउँ हो, उत्सव मनाउनु पर्छ : प्रजिअ तामाङ

    पर्सागढी नेपालकै गर्व गर्ने ऐतिहासिक ठाउँ हो, उत्सव मनाउनु पर्छ : प्रजिअ तामाङ

    वीरगंज : पर्सागढी नेपालकै गर्व गर्ने ठाउँ भएको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताएका छन्। होटल तथा पर्यटन व्यवसायी संघ वीरगंज एवं पर्सागढी नगरपालिकाको संयुक्त आयोजनामा पर्सागढी प्रवर्द्धन एवं प्रचार हेतु अवलोकन भ्रमण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। पर्सागढी नगरपालिकाको वडा नम्बर ६ जिंगनामा पर्ने पर्सागढी स्तम्भ तथा पर्सागढीवासीको कुल देवता बन्हर बाबाको…

    विस्तृतमा पढ्नुस्

  • शितलहर छिचोल्न पर्सामा ज्येष्ठ नागरिकलाई ४४ लाखको न्यानो कपडा बाड्ने निर्णय

    शितलहर छिचोल्न पर्सामा ज्येष्ठ नागरिकलाई ४४ लाखको न्यानो कपडा बाड्ने निर्णय

    वीरगंज : पर्सामा चालू आर्थिक वर्षमा ४४ लाखको न्यानो कपडा ज्येष्ठ नागरिकहरुलाई बाड्ने निर्णय भएको छ। ज्येष्ठ नागरिक संघ पर्सासँग समन्वय गरी जिल्ला विपद् व्यवस्थापन समितिले पर्साका विभिन्न पालिकामा न्यानो कपडा वितरण गर्ने भएको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए। उनले पर्सामा शितलहर शुरु भइसकेकोले एक जना ज्येष्ठ विपन्न नागरिकलाई १२ सयदेखि १५ सयको हाराहारीमा एउटा टोपी, हाइनेक…

    विस्तृतमा पढ्नुस्

  • खैरहनी बजारमा प्रशासनको अनुगमन, खरिद बिल नदेखाउँदा १३ वटा पसललाई कारबाही

    खैरहनी बजारमा प्रशासनको अनुगमन, खरिद बिल नदेखाउँदा १३ वटा पसललाई कारबाही

    वीरगंज : चितवनको खैरहनी बजारमा प्रशासनले अनुगमन गरेको छ। पुस ३ र ४ गते गरिएको अनुगमनमा १३ वटा पसलाई तत्काल जरिबाना गरी कारबाही गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज पर्साका निमित्त कार्यालय प्रमुख जितबहादुर भण्डारीको नेतृत्वमा गएको अनुगमन टोलीमा जिल्ला प्रसाशन कार्यालय चितवन, इलाका प्रहरी कार्यालय खैरहनी, खैरहनी नगरपालिकाको कार्यालगायतका प्रतिनिधिहरुको सहभागिता थियो। बजार अनुगमन टोलीले उपभोक्ता…

    विस्तृतमा पढ्नुस्

  • पुल शिलान्यास कार्यक्रममा मन्त्री सोनलको गर्जन : प्रधानमन्त्रीले ल्याएको अध्यादेश निरकुंशताको पराकाष्ठा

    पुल शिलान्यास कार्यक्रममा मन्त्री सोनलको गर्जन : प्रधानमन्त्रीले ल्याएको अध्यादेश निरकुंशताको पराकाष्ठा

    वीरगंज : प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश निरकुंशताको पराकाष्ठा र लोकतन्त्रविपरीत भएको बताएका छन्। महोत्तरीको लोहारपट्टी गाउँपालिका-४ गोरूका-पिपरारी सडकखण्डमा पर्ने बिगही नदीको पुल शिलान्यास गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्। उनले प्रधानमन्त्रीले जेजे मन लाग्छ त्यही गरिरहेको आरोप लगाए। अध्यादेश ल्याई सरकारले आफ्नो मनपरीको उदाहरण पेश गरेको उनको भनाइ…

    विस्तृतमा पढ्नुस्

  • श्रीराम सुगर मिल्सका सञ्चालकविरुद्ध पक्राउ पूर्जी जारी, 'किसानको ४१ करोड रुपैयाँ भुक्तानी बाँकी'

    श्रीराम सुगर मिल्सका सञ्चालकविरुद्ध पक्राउ पूर्जी जारी, 'किसानको ४१ करोड रुपैयाँ भुक्तानी बाँकी'

    वीरगंजः रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स प्रालिका सञ्चालकद्वय विशाल अग्रवाल र हितेश गोल्छामाथि पक्राउ पुर्जी जारी भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले बुधबार पक्राउ पुर्जी जारी गरी असुन्धानको क्रममा उनीहरुलाई पक्राउ गर्न टोली खटाएको हो। रौतहटका प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहका अनुसार रौतहटका किसानहरुले बुधबार दिएको उजुरीका आधारमा अनुसन्धान गर्न कानुनी प्रक्रिया अन्तर्गत पक्राउ पुर्जी जारी गरिएको हो। ‘रौतहटका ४६…

    विस्तृतमा पढ्नुस्

  • कीर्ते कागजात बनाइ जग्गा नामसारी गर्ने मालपोत पर्साका प्रमुख झासहित ५ जना थुनामा

    कीर्ते कागजात बनाइ जग्गा नामसारी गर्ने मालपोत पर्साका प्रमुख झासहित ५ जना थुनामा

    वीरगंज : भूमिसुधार तथा मालपोत कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख सुमन झासहित ५ जनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ। वीरगंज महानगर-५ मेनरोडस्थित करोडौं मूल्यको जग्गा कीर्ते नामसारी गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो। न्यायाधीश हरिकृष्ण श्रेष्ठको इजलासले कीर्ते जग्गा नामसारी प्रकरणमा पक्राउ परेका मालपोत प्रमुख झा, नायब सुब्बा श्रीनारायणप्रसाद साह, मुख्य…

    विस्तृतमा पढ्नुस्

  • भन्सार छलेर भारतबाट भित्र्याइएको ६५ लाख बराबरको चाँदी बरामद

    भन्सार छलेर भारतबाट भित्र्याइएको ६५ लाख बराबरको चाँदी बरामद

    वीरगंज : पर्सा प्रहरीले अवैध रुपमा भन्सार छलेर भारतबाट भित्र्याइएको करिब ६५ लाख मूल्य बराबरको ६५ किलो चाँदी बरामद गरेको छ। वीरगंज-६ माईस्थान बस्ने सुनिता कुमारी सर्राफको घरमा दर्ता रहेको माँ जय नृसिंह ज्वेलर्सको पछाडिको कोठामा भण्डारण गरी राखिएको भन्ने सूचनाको अधारमा मंगलवार खान तलासी गर्दा उक्त कोठाको पर्खालमा लकाई छिपाई राखिएको अवस्थामा ६५ किलो चाँदी बरामद भएको पर्साकी प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • उखुको मूल्य बढाउन पर्सा र बाराका किसानको माग, उद्योग बन्द गर्ने चेतावनी

    उखुको मूल्य बढाउन पर्सा र बाराका किसानको माग, उद्योग बन्द गर्ने चेतावनी

    वीरगंज : पर्सा र बाराका उखु किसानले चालू आर्थिक वर्ष २०७७/७८ को लागि उखुको समर्थन मूल्य प्रति क्विन्टल ६४४ रुपैयाँ तोक्न सरकारसँग माग गरेका छन्। ६४४ रुपैयाँ मूल्य नतोके बाराको रिलायन्स सुगर एण्ड केमिकल प्रालि संचालन गर्न नदिने चेतावनी किसानले दिएका छन्। उखु उत्पादक संघ बाराका अध्यक्ष वीरेन्द्र कुशवाहाका अनुसार महंगी बढेको र किसानको उखु उत्पादनमा लागत बढदै गएकोले उखुको मूल्य…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको प्रदर्शनमा कांग्रेसको नारा : ‘ओली सरकार गद्दि छोड, कांग्रेस आउँदैछ’

    वीरगंजको प्रदर्शनमा कांग्रेसको नारा : ‘ओली सरकार गद्दि छोड, कांग्रेस आउँदैछ’

    वीरगंज : नेपाली कांग्रेस पर्साले वीरगंजमा नेकपा सरकारको विरोध गर्दै प्रदर्शन गरेको छ। विशाल जुलुश निकाल्दै नेपाली कांग्रेस पर्साले सरकारको रवैया प्रति आक्रोश पोखेको छ। मध्यान्ह १२ बजे घण्टाघरबाट निकालिएको जुलुश, मकालु चोक, आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो। जुलुशमा पर्साको चार वटै क्षेत्रका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता थियो। जुलुशमा ‘ओली सरकार गद्दि छोड, नेपाली…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ का मुख्यमन्त्रीको आरोप,'संघीयता नबुझेको प्रधानमन्त्रीले देश चलाइरहेका छन्'

    प्रदेश २ का मुख्यमन्त्रीको आरोप,'संघीयता नबुझेको प्रधानमन्त्रीले देश चलाइरहेका छन्'

    वीरगंज : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता नबुझ्ने र नपचाउने व्यक्ति नै नेपाल सरकारको नेतृत्वमा रहेकोले काम गर्न कठिन भइरहेको बताएका छन्। रेडिया वीरगंज ९९ मेगाहर्जको १८ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘देशमा संघीयता नबुझ्ने प्रधानमन्त्री केपी शर्मा ओलीले देशको नेतृत्व गरिरहेका छन्, कस्तो विडम्बना। संघीयतालाई सखाप पार्न संसदबाटै विभिन्न थरी ऐन पास गरी प्रदेश सरकारको…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा जगदम्बा स्टिलमा कार्यरत मजदुरको वीभत्स हत्या

    पर्सामा जगदम्बा स्टिलमा कार्यरत मजदुरको वीभत्स हत्या

    वीरगंज: पर्सामा एक जना पुरुषको वीभत्स हत्या भएको छ। गएराति धारिलो हतियार प्रहार गरी वीरगंज-३२ पारसवाका ४७ वर्षीय सुरेन्द्र साह सोनारको हत्या भएको हो। बाराको सिमरामा रहेको जगदम्बा स्टिलमा काम गर्ने सोनारको धारिलो हतियार प्रयोग गरी उनको दुवै आँखा निकालिएको पर्सा प्रहरीले बताएको छ। पैसाका लागि उनको हत्या भएको हुनसक्ने वीरगंज १५ भेडियाही बस्ने सोनारका ज्वाईँ मिठु सर्राफले बताए। ‘भाञ्जीको…

    विस्तृतमा पढ्नुस्

  • दुई वर्षदेखि रोकेको शिक्षक दरबन्दी मिलान गर्दै वीरगंज महानगर

    दुई वर्षदेखि रोकेको शिक्षक दरबन्दी मिलान गर्दै वीरगंज महानगर

    वीरगंज : वीरगंज महानगरपालिकाले विगत दुई वर्षदेखि रोकेको सरकारी स्कूलहरुको  दरबन्दी मिलान कार्य यसै महिना सकाउने तयारी गरेको छ। वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै वीरगंज नगरको वरपर भएका प्रावि, निमावि, मावि गरी वीरगंजको नगर क्षेत्रको ३७ वटा सरकारी स्कूललबाट ग्रामीण भेगको ३४ वटा विद्यालयमा शिक्षक पठाउने तयारी गरेको हो। नगर क्षेत्रमा बस्न र काम गर्न सहज भएकोले…

    विस्तृतमा पढ्नुस्

  • ५० करोडको जग्गा हत्याउने प्रकरणमा व्यवसायी गिरधारीलाल अग्रवाल पक्राउ

    ५० करोडको जग्गा हत्याउने प्रकरणमा व्यवसायी गिरधारीलाल अग्रवाल पक्राउ

    वीरगंज : भूमि सुधार तथा मालपोत कार्यालय पर्साबाट किर्ते कागजातका आधारमा वीरगंज-५ मेनरोडस्थित होटल मकालुअगाडिको ५० करोड मूल्य बराबररको जग्गा बिक्री प्रकरणमा पर्सा प्रहरीले गिरधारीलाल अग्रवाललाई बिहीवार पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१ बस्ने गोपाल राजभण्डारीकी पत्नी कमला राजभण्डारीको नाममा रहेको वीरगंज महानगरपालिका-५ कित्ता नम्बर ७१ को ३२५ वर्गमिटर, कित्ता नम्बर ३ को १२७३.८ वर्गमिटर, कित्ता नम्बर १८६ को १०३.४ वर्गमिटर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell