PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

  • निर्मल गोल्डकपको उपाधि सुवर्णपुरलाई

    निर्मल गोल्डकपको उपाधि सुवर्णपुरलाई

    वीरगंज : पर्साको ठोरी गाउँपालिकाको वडा नम्बर २ निर्मलवस्तीमा आयोजना भएको दोस्रो निर्मल गोल्डकपको उपाधि सुवर्ण युवा क्लब सुवर्णपुरले जितेको छ। निर्मल समाज युवा क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दै सुवर्णपुरले उपाधि कब्जा गरेको हो। अत्यन्तै रोमाञ्चक प्रतिस्पर्धा भएको फाइनल खेलको पहिलो हाफमा स्वर्ण युवा क्लबले १ गोल गरेपनि दोस्रो हाफको अन्तिम समयमा सुवर्णपुरले १ गोल गरेपछि निर्धारित ९० मिनेटको खेल बराबरीमा…

    विस्तृतमा पढ्नुस्

  • नेपाली लजिस्टिक कम्पनी किन भएनन् मजबुत? व्यवसायीको मत यस्तो

    नेपाली लजिस्टिक कम्पनी किन भएनन् मजबुत? व्यवसायीको मत यस्तो

    वीरगंज : नुनदेखि सुनसम्म नेपाल आयातमा निर्भर हुदै गएको छ। भुपरिष्ठित देश भएको कारण भारत तथा तेस्रो मुलुकबाट आयात गर्नु पर्छ। तर आयात निर्यातलाई सहज पार्ने कम्पनी हुन्, लजिस्टिक कम्पनीहरु। तर नेपाल सरकार र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लाजिस्टिक व्यवसाय व्यवस्थित हिसाबले अघि बढोस् भनेर नियमावली नबनाइदिँदा यो पेशतर्फ लगानी गर्ने उद्योगी व्यवसायी चिन्तित तथा निराश बनेका छन्। वीरगंजका उद्योगी…

    विस्तृतमा पढ्नुस्

  • ब्रिटानिया नेपालमा मजदुर हड्ताल जारी : कम्पनीको जवाफ, 'राजनीति गर्नेलाई निकालिएको हो, आन्दोलनको अर्थ छैन'

    ब्रिटानिया नेपालमा मजदुर हड्ताल जारी : कम्पनीको जवाफ, 'राजनीति गर्नेलाई निकालिएको हो, आन्दोलनको अर्थ छैन'

    ‍वीरगंज : बहुराष्ट्रिय बिस्कुट उद्योग ब्रिटानिया नेपाल प्रालिमा पुनः मजदुर हड्ताल शुरु भएको छ। वीरगंज-२१ लिपनविर्ता(परवानीपुर)मा रहेको उद्योग परिसरमा विगत १० दिनदेखि मजदुर नेताहरुको नेतृत्वमा धर्ना प्रदर्शन भइरहेको छ। उद्योग व्यवस्थापन पक्षले उद्योगका १२ जना स्थायी मजदुरहरुलाई कामबाट गैरकानुनी किसिमले निकालेपछि उनीहरुको पुर्नबहालीको माग गर्दै मजदुहररु उद्योगको उत्पादन ठप्प पारी आन्दोलनमा उत्रिनु परेको बताएका छन्। नेपाली काँग्रेस निकट कारखाना श्रमिक…

    विस्तृतमा पढ्नुस्

  • करिब पाँच किलो चरेशसहित दुई जना पक्राउ

    करिब पाँच किलो चरेशसहित दुई जना पक्राउ

    वीरगंज : पर्सा प्रहरीले ४ किलो  ८ सय ९० ग्राम लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ। पूर्व सूचनाको अधारमा जिल्ला प्रहरी  कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय विर्ताले सोमवार विहान १० बजे वीरगंज १६ मितेरी पुल नजिकबाट नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा जाँच गर्दा उक्त परिमाण चरेश बरामद भएको हो। वीरगंज ३ छप्कैया बस्ने २८ वर्षे अभिषेक श्रीस्तवको साथबाट…

    विस्तृतमा पढ्नुस्

  • सरकारी बस सञ्चालनको तयारीमा प्रदेश २ : निजीभन्दा कम भाडामा चल्नेगरी जनकपुर आइपुग्यो ५ वटा बस

    सरकारी बस सञ्चालनको तयारीमा प्रदेश २ : निजीभन्दा कम भाडामा चल्नेगरी जनकपुर आइपुग्यो ५ वटा बस

    वीरगंज : प्रदेश २ सरकारले यातायात सहजताको लागि पूर्वपश्चिम राजमार्गमा सरकारी बस दौडाउने योजना अघि बढाएको छ। एक महिनाभित्र जनकपुरबाट पर्साको वीरगंज र सप्तरीको राजविराजसम्म सरकारी बस चलाउन प्रदेश २ मातहतको भौतिक पूर्वाधार विकास मन्त्रालयले योजना अघि बढाएको छ। गत आव २०७६/०७७ को बजेटमा प्रदेश सरकारले सरकारी बस चलाउने योजनाको लागि बजेट विनियिोजन गरेको थियो। सोही अनुरुप टेण्डर गरी सिप्रदी…

    विस्तृतमा पढ्नुस्

  • चाडपर्वमा बढ्यो हुन्डी कारोबार, स्रोत नखुलेको १६ लाखसहित भारतीय नागरिक पक्राउ

    चाडपर्वमा बढ्यो हुन्डी कारोबार, स्रोत नखुलेको १६ लाखसहित भारतीय नागरिक पक्राउ

    वीरगंज : पर्सा प्रहरीले वीरगंजबाट १६ लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। ना ६४ प ९०५६ नम्बरको मोटरसाइकलमा सवार भारतको बिहार, पूर्बी चम्पारण, रक्सौल निवासी ५० वर्षीय कृष्णकुमार जैनको साथबाट प्रहरीले १६ लाख रूपैयाँ बरामद भएको हो। उनलाई वीरगंज महानगरपालिका-७ माईस्थान अगाडिबाट पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अवैध वित्तीय कारोबार ‘हुण्डी’ भइरहेको छ…

    विस्तृतमा पढ्नुस्

  • स्थानीयले मुद्दा हालेपछि बारामा निर्माणाधीन पुलको काम ठप्प

    स्थानीयले मुद्दा हालेपछि बारामा निर्माणाधीन पुलको काम ठप्प

    वीरगंज : प्रदेश २ भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको गृह जिल्ला बारामा निर्माण भइरहेको साढे १३ करोड लगातको पुलको काम रोकिएको छ। जितपुरसिमरा उपमहानगरपालिका २० रमौलीकी प्रभा कोइरिनले मुद्दा दायर गरेसँगै काममा अवरोध आएको हो। अर्काको सम्पतिमा क्षति गर्ने हिसाबले निर्माण भइरहेकोले यथाशीघ्र पुलको काम रोक्न उनले उच्च अदालत अस्थायी ईजलास वीरगंजमा मुद्दा हालेकी छिन्। असोज २८ गते अदालतले…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा बढ्यो धान उत्पादन, गाउँका गोला भण्डारा भने किसान ठग्दै

    पर्सामा बढ्यो धान उत्पादन, गाउँका गोला भण्डारा भने किसान ठग्दै

    वीरगंज : पर्सामा यस वर्ष पोहोरको तुलनामा धान उत्पादनमा वृद्धि भएको छ। कृषि ज्ञान केन्द्र पर्साका बाली प्रमुख सुरेश चौरसियाले चैते, भदैया र अगहनी धानको उत्पादन गत वर्षको तुलनामा यस वर्ष ०.२ प्रतिशतले वृद्धि भएको जनाए। यस वर्ष ३ हजार ५ सय हेक्टर जमिनमा चैते धान खेती गरिएको उनले बताए। यसैगरी, भदैया धान ८ हजार ५ सय ५० हेक्टर र…

    विस्तृतमा पढ्नुस्

  • भिजेको मल ड्राइपोर्टमै थन्किएपछि व्यवसायी समस्यामा, आयातकर्ता भने सरकारको निर्णय पर्खँदै

    भिजेको मल ड्राइपोर्टमै थन्किएपछि व्यवसायी समस्यामा, आयातकर्ता भने सरकारको निर्णय पर्खँदै

    वीरगंज : वीरगंज १७ अलौस्थित श्रीसिया सक्खा बन्दरगाहमा डेढ महिनादेखि करिब ८ हजार मेट्रिक टन डिएपी मल अलपत्र परेको छ। आयात गर्ने क्रममा कोलकात्ता र विशाखापटनममा समुद्री आँधीको कारण उक्त मल भिजिएको अवस्थामा नेपाल भित्रिएको थियो। ड्राईपोर्टमा डिएपी मल अनलोड भएपछि नेपाली आयातकर्ता साल्ट्र ट्रेडिङ र कृषि सामाग्री कम्पनी लिमिटेडलाई छटपट्टि शुरु भएको थियो। नेपाल सरकारको अर्ध सरकारी कार्यालयको रुपमा…

    विस्तृतमा पढ्नुस्

  • केन्द्र सरकार हिटलर शैलीको भन्दै प्रदेश २ का मन्त्री सोनलले गरे प्रम ओलीको आलोचना

    केन्द्र सरकार हिटलर शैलीको भन्दै प्रदेश २ का मन्त्री सोनलले गरे प्रम ओलीको आलोचना

    वीरगंज : प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रधानमन्त्री केपी शर्मा ओलीको मति भ्रष्ट भएको आरोप लगाएका छन्। पर्सा,बहुदरमाई नगरपालिका वडा नं २ पिपरामा आयोजित इमरजेन्सी सेल्टर भवनको शिलान्यास समाहोरमा उनले प्रधानमन्त्री ओलीमाथि यस्तो आरोप लगाएका हुन्। प्रधानमन्त्री ओलीको मति भष्ट भइसकेको कारण देशको स्वाभिमान र विश्वसनीयता विश्व माझ तल खस्किएको समेत उनले आरोप लगाए। ‘ओलीले कुन…

    विस्तृतमा पढ्नुस्

  • बिहारमा ७८ सिटका लागि तेस्रो चरणको मतदान हुँदै : सीमाको चुनावमा नेपालीलाई चासो, रक्सौलमा यस्तो छ त्रिकोणात्मक प्रतिस्पर्धा

    बिहारमा ७८ सिटका लागि तेस्रो चरणको मतदान हुँदै : सीमाको चुनावमा नेपालीलाई चासो, रक्सौलमा यस्तो छ त्रिकोणात्मक प्रतिस्पर्धा

    वीरगंज : बिहार राज्यको तेस्रो तथा अन्तिम चरण मतदान आज हुँदैछ। २४३ कुल विधानसभा सिटमध्ये यसअघि पहिलो र दोस्रो चरण अन्तर्गत क्रमशः ७१ सिट र ८४ सिट गरी कुल १४५ सिटको लागि मतदान सम्पन्न भइसकेको छ। २८ अक्टोबरमा पहिलो चरणको चुनाव सम्पन्न भएको थियो भने दोस्रोमा नोभेम्बर ३ का दिन बिहारमा चुनाव भएको थियो। ७ नाभेम्बरको दिन नेपालसँग सीमा रहेको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको आदर्शनगर र मास्थानका जीर्ण सडक उत्खनन गरी कालोपत्रे गरिँदै

    वीरगंजको आदर्शनगर र मास्थानका जीर्ण सडक उत्खनन गरी कालोपत्रे गरिँदै

    वीरगंज : वीरगंजको आदर्शनगर–ठाकुरराम क्याम्पस सडक र माईस्थान–घडिअर्वा ब्रहम बाबा सडक खण्डको सडकको मर्मत सम्भार शुरु भएको छ। दुई सातादेखि वीरगंजको यी दुई सडकखण्डको काम भइरहेको हो। स्थानीयहरुको दबाव र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको पहलपछि अन्ततः यी दुई सडकको ममर्तको काम शुरु भएको हो। सघन शहरी तथा भवन निर्माण कार्यालय पर्साले उक्त सडकमा मर्मतको काम सुरु गरेको…

    विस्तृतमा पढ्नुस्

  • रौतहटमा पुनः २५ दिने निषेधाज्ञा जारी, चाडपर्व लक्षित निषेधाज्ञामा यी कार्यमा लगाइयो बन्देज

    रौतहटमा पुनः २५ दिने निषेधाज्ञा जारी, चाडपर्व लक्षित निषेधाज्ञामा यी कार्यमा लगाइयो बन्देज

    वीरगंज : रौतहट प्रशासनले कात्तिक २१ गते मध्यरात १२ बजेदेखि अगामी मंसिर १७ गते मध्यराति सम्म २५ दिनको लागि निषेधाज्ञा जारी गरेको छ। जिल्लामा हालसम्म १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको र १७४ जना अहिले पनि सक्रिय कोरोना संक्रमितहरु रहेकोले समुदाय स्तरमा कोरोना नफैलोस भन्ने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय रौतहटले निषेधाज्ञा जारी गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले…

    विस्तृतमा पढ्नुस्

  • हाडनाता करणी घटनामा सोधखोज गर्न चुकेका प्रहरी निरीक्षकलाई उत्कृष्ट अनुसन्धान अधिकृतको पुरस्कार!

    हाडनाता करणी घटनामा सोधखोज गर्न चुकेका प्रहरी निरीक्षकलाई उत्कृष्ट अनुसन्धान अधिकृतको पुरस्कार!

    वीरगंज : जिल्ला प्रहरी कार्यालय बाराले हडनाता करणी घटना अनुसन्धानमा चुकेका एक प्रहरी निरीक्षकलाई पुरस्कृत गरेको खुलेको छ। असोज ३० गते ६५ औं प्रहरी दिवसको अवसरमा ती प्रहरी निरीक्षकलाई १ हजार नगद र कदरपत्रसहित सम्मानित गरेको खुलेको हो। ईलाका प्रहरी कार्यालय प्रसौनी, नौतन गण्डकका इन्चार्ज प्रहरी निरीक्षक ओमप्रकाश यादव  जिल्लामा उत्कृष्ट अनुसन्धान अधिकृतको रुपमा बाराका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालबाट…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन बन्द, पुनः समुदायमा कोरोना फैलिने खतरा

    वीरगंजमा कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन बन्द, पुनः समुदायमा कोरोना फैलिने खतरा

    वीरगंजः वीरगंज महानगरले कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनको काम बन्द गरेको छ। महानगरका ३२ वटै वडामा ट्रेसिङ र स्वाब संकलन बन्द गरिएको हो। गत असार-साउनमा कोरोनाको इपिसेन्टर बनेका वीरगंजमा बुधबारदेखि ट्रेसिङ र स्वाब संकलन बन्द गरेको हो। संघीय सरकारले कोरोना परीक्षण र उपचार सम्बन्धित व्यक्ति आफैँले गर्नुपर्ने निर्णय गरेपछि महानगरपालिकाले कोरोना नियन्त्रणको सबै काम बन्द गरेको हो। स्वास्थ्य तथा जनसंख्या…

    विस्तृतमा पढ्नुस्

  • पप्पुको परिचित कामः वीरगंज-पथलैया सडकका सबै काम अलपत्र, समयमा नसके कालोसूचीमा राखिने

    पप्पुको परिचित कामः वीरगंज-पथलैया सडकका सबै काम अलपत्र, समयमा नसके कालोसूचीमा राखिने

    वीरगंज: निर्माण क्षेत्रमा चिरपरिचित नाम हो पप्पु कन्सट्रक्सन। वीरगंजको यो निर्माण कम्पनी काम गरेर भन्दा पनि नगरेर बढी चर्चामा छ। विभिन्न आयोजनाहरुको ठेक्का लिने र समयमै काम नसक्ने तथा काम अलपत्र पार्ने कम्पनीमा पप्पु कन्सट्रक्सनको नाम पहिले आउँछ। पप्पु कन्सट्रक्सनले बनाएका आयोजनाहरुमा पनि गुणस्तरको बारम्बर प्रश्न उठिरहन्छ। पर्सा क्षेत्र नम्बर ३ मा समाजवादी पार्टीबाट गत चुनावमा संघीय सांसदमा निर्वाचित भएर…

    विस्तृतमा पढ्नुस्

  • सरकारलाई धान बेच्दा किसानलाई प्रत्यक्ष फाइदा, २० हजार टन धान किन्दै वीरगंजको खाद्य

    सरकारलाई धान बेच्दा किसानलाई प्रत्यक्ष फाइदा, २० हजार टन धान किन्दै वीरगंजको खाद्य

    वीरगंज : सर्वसधारण किसानले प्रत्यक्ष रुपमा सरकारलाई धान बेच्ने व्यवस्था लागू भएपछि आम किसानलाई प्रत्यक्ष फाइदा पुग्न थालेको छ। गत वर्षदेखि उद्योग वाणिज्य आपूर्ति मन्त्रालय अन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड(पुरानो खाद्य संस्थान)ले किसानको धान किन्न थालेपछि किसानलाई प्रति ट्रयाक्टरमा १५ हजारसम्म मुनाफा हुन थालेको विश्लेषण स्थानीयको रहेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगंजका प्रमुख विकास कटुवालले…

    विस्तृतमा पढ्नुस्

  • निजगढको शीतल झरनामा आन्तरिक पर्यटक बढ्दै

    निजगढको शीतल झरनामा आन्तरिक पर्यटक बढ्दै

    वीरगंज : मध्यतराईका पर्सा, बारा, रौतहट जिल्लामा पर्ने चुरे क्षेत्रमा पर्यटकीय सम्भावना बढ्दै गएको छ। पर्साको ठोरी, पर्सा राष्ट्रिय निकुञ्ज, अमलेखगंज हात्ती सार, बाराको निजगढको शीतल झरना, मोहरी पार्क तथा रौतहटको बागमती किनारको नुनथरलगायतले चाडपर्व र बिदाका दिन पर्यटकलाई लोभ्याउने गरेको छ। दशैं तिहारबीचमा बाराको निजगढ नगरपालिका वडा नं ३ सिघौलको शीतल झरनामा अहिले आन्तरिक पर्यटकहरुको ओइरो लागेको छ। दैनिक…

    विस्तृतमा पढ्नुस्

  • सतर्कता अपनाएर वीरगंज-रक्सौल नाका खोल्न कांग्रेस क्षेत्रीय कार्यसमितिको माग

    सतर्कता अपनाएर वीरगंज-रक्सौल नाका खोल्न कांग्रेस क्षेत्रीय कार्यसमितिको माग

    वीरगंज : नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले सीमामा देखिएको अवातजावतको समस्या समाधानका लागि सोमवार प्रमुख जिल्ला अधिकारीमार्फत मन्त्रिपरिषद्को कार्यलयलाई ज्ञापन पत्र बुझाएको छ। उच्च सतर्कता अपनाएर वीरगंज-रक्सौल नाका खोल्न नेपाल सरकारसँग माग गरिएको छ। क्षेत्रीय कार्यसमिति प्रदेशसभा 'ख' का सभापति अरबिन्द गुप्ताको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापन पत्र बुझएका हुन्। भारत सरकारले आफनो तर्फबाट सीमा खोलेपनि नेपाल…

    विस्तृतमा पढ्नुस्

  • नारायणी अस्पतालका डाक्टर अशोक कुशवाहाको मृत्यु

    नारायणी अस्पतालका डाक्टर अशोक कुशवाहाको मृत्यु

    वीरगंज : नारायणी अस्पतालमा कार्यरत एक चिकित्सकको आइतवार मृत्यु भएको छ। नारायणी अस्पतालको आकस्मिक कक्षमा कार्यरत डाक्टर अशोक कुशवाहा मृत्यु भएको हो। उनको ४३ वर्षको उमेर उपचारको क्रममा आइतवार दिउँसो साढे ३ बजे नारायणी अस्प्पतालमा निधन भएको अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले बताए। मृर्गौला पीडित डा कुशवाहा ६ महिनादेखि डायलासिस गराउँदै आएका थिए। मधुमेह रोगको कारण मृर्गौलामा खराबी आएपछि उनी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell