PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

  • मुकेश चौरसिया हत्या प्रकरण: दुई आरोपित पुर्पक्षका लागि थुनामा, तीन जना रिहा

    मुकेश चौरसिया हत्या प्रकरण: दुई आरोपित पुर्पक्षका लागि थुनामा, तीन जना रिहा

    वीरगंज: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको हत्या आरोपित ५ जनामध्ये दुई जनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाइएको छ। अन्य तीनमध्ये  दुई धरौटीमा र एक जना साधारण तारेखमा रिहा भएका छन्। न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले आरोपितमध्ये अशेश्वरप्रसाद चौरसिया र निरञ्जन तिवारीलाई थुनामा राखेर मुद्दाको बाँकी प्रक्रिया अघि बढाउन आदेश दिएको हो। चौरसिया र तिवारीले मुकेशको टाउकोमा भाटाले हानेको भिडियोबाट खुलेको…

    विस्तृतमा पढ्नुस्

  • मापदण्ड विपरीत सञ्चालन भएको भन्दै इन्डो नेपाल हस्पिटलमा प्रशासनको छापा, कागजपत्र नियन्त्रणमा

    मापदण्ड विपरीत सञ्चालन भएको भन्दै इन्डो नेपाल हस्पिटलमा प्रशासनको छापा, कागजपत्र नियन्त्रणमा

    वीरगंज : वीरगंज-१६ रजयजयन्ती चोकमा रहेको नेपाल इन्डो हस्पिटल एण्ड आई सेन्टर (इन्डो नेपाल अस्पताल)मा स्थानीय प्रशासनले छापा मारेको छ। कर छली तथा मापदण्ड विपरित सञ्चालन भएको उजुरीको आधारमा प्रशासनले छापा मारेर कागजात नियन्त्रणमा लिएको हो। जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको नेतृत्वमा गएको अनुगमन टोलीले अस्पतालका सबै कागजात नियन्त्रणमा लिएर छानबिन शुरु गरेको छ। अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • दुईजना बालिकाको बलात्कार अभियोगमा पर्सामा दुई व्यक्ति पक्राउ

    दुईजना बालिकाको बलात्कार अभियोगमा पर्सामा दुई व्यक्ति पक्राउ

    वीरगंज : पर्सा प्रहरीले बलात्कारको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा,सुखवाप्रसौनी गाउँपालिका वडा नं २ बस्ने १९ वर्षिय तेजशंकर चौधरी र विन्दावासिनी गाउँपालिका वडा नं ४ अमरपट्टि बस्ने उमेश ठाकुर रहेका छन्। चौधरीले गाउँ कै ४ वर्षीया बालिकालाई बलात्कार गरेको र ठाकुरले ६ वर्षीया बालिकाको बलात्कारको अभियोगमा पक्राउ गरिएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्। गाउँमा खेलिरहेको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज बजारमा बैंक नजिकैबाट ८ लाख लुटियो, मिलेमतोको आरोपमा एकजना प्रहरी नियन्त्रणमा

    वीरगंज बजारमा बैंक नजिकैबाट ८ लाख लुटियो, मिलेमतोको आरोपमा एकजना प्रहरी नियन्त्रणमा

    वीरगंज : वीरगंज बजारबाट आइतबार आठ लाख नगद लुटिएको छ। वीरगंजको लिंकरोडस्थित माछापुछ्रे बैंक शाखा नजिकैबाट मोटरसाइकलमा आएका दुई व्यक्तिले वीरगंज मास्थानका व्यवसायी कृष्णप्रसाद साहको ८ लाख रुपैया लुटेर फरार भएका हो। जिल्ला प्रहरी कार्यालय पर्साको अनुसार व्यवसायी साहकोमा काम गर्ने कुन्दन पटेलले बैंकमा पैसा जम्मा गर्न गएको अवस्थामा मोटरसाइकलबाट आएकाहरुले पछाडीबाट झोला थुतेर नगद लिएर फरार भएको हो। आईतवार…

    विस्तृतमा पढ्नुस्

  • छोटेलाल प्रसाद साहको भोजपुरी उपन्यास ‘रहस्य के गेठरी’को विमोचन

    छोटेलाल प्रसाद साहको भोजपुरी उपन्यास ‘रहस्य के गेठरी’को विमोचन

    वीरगंज : छोटेलालप्रसाद साहको भोजपुरी भाषाको उपन्यास ‘रहस्य के गेठरी’ शनिवार एक समारोहका बीच विमोचन गरिएको छ। उपन्यासकार गोपाल अस्कले उक्त कृतिको विमोचन गरेका हुन्। रेडियो वीरगंज परिसरमा आयोजित कार्यक्रममा ऐतिहासिक सामाजिक उपन्यास ‘रहस्य के गेठरी’ विमोचन गरिएको हो। शुरुमा एक हजार प्रति छापिएको पुस्तकको मूल्य १५० रुपैयाँ रहेको छ। उपन्यासका लेखक छोटेलाल प्रसाद साह पूर्व निजामति सेवाको नायब सुब्बा…

    विस्तृतमा पढ्नुस्

  • जगदम्बा स्टिलको फलाम गलाउने भट्टी पड्किँदा ४ जना घाइते, एक जनाको अवस्था गम्भीर

    जगदम्बा स्टिलको फलाम गलाउने भट्टी पड्किँदा ४ जना घाइते, एक जनाको अवस्था गम्भीर

    वीरगंज : वीरगंज–पथलैया औद्योगिक कोरिडोरका सिमरा रहेको जगदम्बा स्टीलमा आज बिहान पौने १ बजे फलाम गलाउने भट्टी पडकिदाँदा दुई जना भारतीय र दुई जना नेपाली कामदार गरी घाइते भएका छन्। घाइतेमध्ये सर्लाही सख्रौल गापा ६ का ४० वर्षिय विकेन्द्र यादवको अवस्था गम्भीर रहेको बारा प्रहरीले जनाएको छ। वीरगंजस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा यादवको उपचार भइरहेको बारा प्रहरी प्रवक्ता…

    विस्तृतमा पढ्नुस्

  • नेपाल–भारत सीमा खुलाउन माग गर्दै वीरगंज नाकामा धर्ना

    नेपाल–भारत सीमा खुलाउन माग गर्दै वीरगंज नाकामा धर्ना

    वीरगंज : नेपाल भारत सीमा खुलाउन वीरगंजका सचेत नागरिक समाजले धर्ना शुरु गरेको छ। शनिवार बिहानदेखि ९ बजेदेखि १० बजेसम्म धर्ना शुरु गरिएको हो। नेपाल भारत खुल्ला संवाद समूहको आयोजनामा विभिन्न संघसंस्थाहरुको सहभागितामा धर्ना शुरु गरिएको समूहका संयोजक कृष्ण पटेलले बताए। उनका अनुसार नेपाल भारत सीमाबन्द हुदाँ दुबै देशका नागरिकलाई ठूलो व्यापार घाटा लागेको र साँस्कृतिक कार्य पनि गर्न समस्या…

    विस्तृतमा पढ्नुस्

  • बाराको सिमराबाट १० जना जुवाडे पक्राउ

    बाराको सिमराबाट १० जना जुवाडे पक्राउ

    वीरगंज : बारा प्रहरीले जुवा खेलिरहेको अवस्थामा सिमराबाट १० जना जुवाडेहरुलाई पक्राउ गरेको छ। जितपुरसिमरा उपमहानगरपालिका वडा नं २ पराडाइज होटलको पछाडि टहरा बनाएर कौडा खेलिरहेको अवस्था ईप्रका सिमराको टोलीले छापा मार्दा १० जनालाई पक्राउ गर्न सफल भएको बारा प्रहरी प्रवक्ता डिएसपी गौत्तम मिश्रले बताए। प्रहरीले पक्राउ गरेको १० जनाको विवरण खुलाएको छैन। प्रहरीले उनीहरुको साथबाट पाँच लाख ८२ हजार…

    विस्तृतमा पढ्नुस्

  • भारतले नाका खोल्ने र नेपालको बन्द हुँदा मितेरी पुलमा तनाव, नेपाल सरकारविरुद्ध भारतीयहरुको नाराबाजी

    भारतले नाका खोल्ने र नेपालको बन्द हुँदा मितेरी पुलमा तनाव, नेपाल सरकारविरुद्ध भारतीयहरुको नाराबाजी

    वीरगंज : नेपालले मंसिर ३० सम्म सीमा नाका बन्द गर्ने गर्दा दुबै देशका सीमावर्ती गाउँका बासिन्दाले सांस्कृतिक कार्य, यात्रा भ्रमण तथा किनमेल गर्न सास्ती खेप्नु परेको छ। जसको कारण दैनिक वीरगंज–रक्सौल नाकामा तनावपूर्ण अवस्था सृजना हुने गरेको छ। बिहीवार रक्सौलका बासिन्दा र भारतीय कस्टमले नेपालबाट रक्सौल जाने नेपाली नम्बरको मोटरसाइकललाई प्रवेशमा रोक लगाउँदै नेपाल सरकारको विरोध गरेका थिए। भारतीय मोटरसाइकललाई…

    विस्तृतमा पढ्नुस्

  • मुकेश चौरसिया हत्या प्रकरणमा २१ जनाविरुद्ध मुद्दा,पूर्वसभासद् गुप्तासहित ७ जनालाई सफाई

    मुकेश चौरसिया हत्या प्रकरणमा २१ जनाविरुद्ध मुद्दा,पूर्वसभासद् गुप्तासहित ७ जनालाई सफाई

    वीरगंज : मुकेश चौरसिया हत्याकाण्डमा संलग्न रहेको अभियोगमा प्रहरीले २१ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। पर्सा प्रहरीले घटनाको अनुसन्धान गरी बुझाएको मिसिल उपर जिल्ला सरकारी वकिलको कार्यालयले विस्तृत अध्ययन गर्दै बिहीवार २१ जनाविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको हो। घटनामा संलग्न भनिएका पूर्व सभासद् राजकुमार गुप्तासहित ७ जनालाई भने सफाई दिइएको छ। पीडित परिवारले भने सत्ता र शक्तिको आडमा…

    विस्तृतमा पढ्नुस्

  • विदेशी खोलमा स्वदेशी अगरबत्ती राखेर बिक्री, वीरगंजको एक फर्मलाई अढाई लाख जरिबाना

    विदेशी खोलमा स्वदेशी अगरबत्ती राखेर बिक्री, वीरगंजको एक फर्मलाई अढाई लाख जरिबाना

    वीरगंज : भारतको बेङ्गलोरमा उत्पादित अगरबत्ती भनेर लोकल अगरबत्ती प्याक गरी बिक्री गर्दै आइरहेको एक फर्म कारबाहीमा परेको छ। वीरगंज महानगरपालिका वडा नम्बर १६ बाईपास बैष्णव मन्दिरस्थित निरज कुमार गुप्ताको नाममा रहेको जय अम्बे ट्रेड एन्ड जेनरल अर्डर सप्लायर्सलाई जिल्ला प्रशासन कार्यालय पर्साको अनुगमन टोलीले कारबाही गरेको हो। सप्लायर्सले बेङ्ग्लोरको निल पर्फ्युमरी वर्क्सका विभिन्न ब्राण्डको केवडा, चम्पा र रजनीगन्धा अगरबत्तीको…

    विस्तृतमा पढ्नुस्

  • पार्टीमा कोही पनि सर्वोच्च छैन, विधि मिच्नेलाई साइड लगाउनुपर्छः माधव नेपाल

    पार्टीमा कोही पनि सर्वोच्च छैन, विधि मिच्नेलाई साइड लगाउनुपर्छः माधव नेपाल

    वीरगंजः पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्र विधि मिच्नेलाई साइड लगाउनुपर्ने बताएका छन्। निजामती कर्मचारी संगठन पर्साको नवनिर्मित भवनको उद्घाटन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नेपालले यस्तो धारणा राखेका हुन्। भवन उद्घाटनपछि मन्तव्य राख्दै नेपालले भने, 'पार्टीमा कोही पनि सर्वोच्च हुँदैन। पार्टी विधिमा चल्नुपर्छ र विधि नमान्ने जो-कोहीलाई पनि पार्टीभित्र ठाउँ दिनुहुन्न।' उनले कर्मचारीप्रति नागरिकमा फैलिएको विकृतिलाई हटाउन कर्मचारीहरूले…

    विस्तृतमा पढ्नुस्

  • चोर बाटोबाट फेरि भित्रियो ‘टेस्ला’, ६ वटा कारको मुद्दा अदालतमा

    चोर बाटोबाट फेरि भित्रियो ‘टेस्ला’, ६ वटा कारको मुद्दा अदालतमा

    वीरगंज : चोर बाटोबाट गैरकानुनी किसिमले भित्रिएको ६ वटा विलासी कारको मुद्दा नसुल्झिएको अवस्थामा थप दुई वटा टेस्ला कार नेपाल भित्रिएको छ। वेस्टार ग्लेक्सी प्रालि काठमाडौंले नयाँ फर्म (कम्पनी) खडा गरेर दुई वटा टेस्ला कार नेपाल भित्र्याएको हो। अमेरिकन कम्पनीका दुई वटा टेस्लाको कार बेलायतको जेम्स कार्टर निर्यातकर्ताबाट वेस्टार ग्लेक्सीको नयाँ फर्मले भित्र्याएको वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • जय छठी माई : वीरगंजमा पारनको रौनक यस्तो देखियो

    जय छठी माई : वीरगंजमा पारनको रौनक यस्तो देखियो

    वीरगंज : उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन भएको छ। छठको चौथो दिनलाई पारन पनि भनिन्छ। शनिवार बिहान ६ बजे र २९ मिनेटपछि उदाएको भगावन सूर्यलाई अर्घ दिएर व्रतालुहरुले छठ पर्वको विधिवत समापन गरेका छन्। व्रतालुहरुको अर्घ राखेको सुपली र ढाकनामा तराईमा पुरोहितहरुले गाईको दुधले भगवान सूर्यलाई अर्पण गरी सबै व्रतालुहरुको अर्घमा चढाउने गरेका छन्। शनिवार बिहान साढे ५…

    विस्तृतमा पढ्नुस्

  • छठको आज सझिया घाटे, कतै नदीमा कतै घरबाटै छठी माताको पूजा

    छठको आज सझिया घाटे, कतै नदीमा कतै घरबाटै छठी माताको पूजा

    वीरगंज : लोक आस्था तथा मधेस पहाडलाई जोडने साझा पर्व छठको आज मुख्य दिन मध्ये एक हो। कार्तिक शुल्क चतुर्थीदेखि कार्तिक शुक्ल सप्तरीसम्म चार दिन सम्म मनाइने छठको आज सझिया घाटे हो। सबै व्रतालुहरुले आज नजिकको नदी, तलाउ, पोखरी, जलाशयमा बनाइएको सिरसोप्तासहितको छठ घाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा गर्ने गर्छन्। मानव जीवनलाई प्रकृति र विज्ञानसंग जोडन पनि यो पर्वको विशेष…

    विस्तृतमा पढ्नुस्

  • छठ मधेस-पहाड जोड्ने साझा पर्व हो : पयर्टनमन्त्री भट्टराई

    छठ मधेस-पहाड जोड्ने साझा पर्व हो : पयर्टनमन्त्री भट्टराई

    वीरगंज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिन्दूहरुको महान पर्व छठ मधेस, पहाड र हिमाललाई जोड्ने अटुट साझा पर्वको रुपमा विकसित हुँदै गएको बताएका छन्। वीरगंजमा प्रदेश २ सरकार, उद्योग पर्यटन तथा वातावरण मन्त्रालयले आयोजना गरेको एक प्रदेश एक साँस्कृतिक पर्व अर्थात प्रदेश २ को मुख्य साँस्कृतिक पर्वको महत्व सम्बन्धित कार्यक्रममा सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • छठ छतमै मनाउन प्रशासनको उर्दी! पूजादेखि प्रसादका सामान किन्न बजार भने खुल्ला

    छठ छतमै मनाउन प्रशासनको उर्दी! पूजादेखि प्रसादका सामान किन्न बजार भने खुल्ला

    वीरगंज : हिन्दूहरुको महान पर्व छठमा वीरगंजको रौनक विशेष हुने गरेको थियो। तर यसपाली छठको रौनक र चहलपहल घटेको छ। कोरोना महामारी रोकथामका लागि भन्दै स्थानीय प्रशासनको उर्दीका कारण सर्वसधारण तथा व्रतालुहरु निराश र दुखी छन्। पर्वमा प्रशासनले अंकुश लगाउने तयारी गरेपछि व्रतालुहरु दुखी बनेको हुन्। अघिल्लो वर्षहरुमा वीरगंज १२ मुर्लीका सर्मिला कुशवाहा मुर्ली पोखरी छठ घाटमा तामझामका साथ परिवारसँग…

    विस्तृतमा पढ्नुस्

  • चीनमा मुस्लिममाथि भएको दमनको वीरगंजमा विरोध

    चीनमा मुस्लिममाथि भएको दमनको वीरगंजमा विरोध

    वीरगंज : चीनको उइगुरमा मुस्लिम समुदायमाथि भएको दमन, शोषण तथा मान अधिकारको हननको घटनाप्रति वीरगंजका मुस्लिम समुदायले विरोध जनाएका छन्। वीरगंजका ईस्लाम धर्मावलम्बीहरुले घटनाको निन्दा गर्दै  प्रदर्शनसमेत गरेका छन्। जमिअत उल्माए नेपाल वीरगंजको अगुवाईमा वीरगंजमा चीन विरोधी प्रदर्शन भएको हो। उनीहरुले स्थानीय प्रशासनलाई ज्ञापन पत्रसमेत बुझाएका छन्। जमिअ उल्माए नेपालको केन्द्रीय सहाध्यक्ष मौलाना अलि असगर मदनीको नेतृत्वमा छप्कैयास्थित यतिमखानाबाट घण्टाघरसम्म…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज–रक्सौल नाका : नेपालले सीमा बन्द गरे पनि रक्सौल गुलजार, पुनः सुक्न थाल्यो नेपाली व्यवसाय

    वीरगंज–रक्सौल नाका : नेपालले सीमा बन्द गरे पनि रक्सौल गुलजार, पुनः सुक्न थाल्यो नेपाली व्यवसाय

    वीरगंज : वीरगंज–रक्सौल नाका नाम मात्रको बन्द रहेको देखिएको छ। भारत सरकारले गत कार्तिक ५ गते एकतर्फी रुपमा भारतीय सीमा आउजाउका लागि खोलेपछि नेपाल सरकारको सीमा बन्दको नियम पालनामा कठिनाई भइरहेको छ। नेपाली अधिकारीहरुका अनुसार नेपाल–भारत सीमा क्षेत्रमा एक देशले लकडाउन लगाएको र एक देशले लकडाउन खोलेको अवस्थामा सीमा क्षेत्र व्यवस्थित गर्न समस्या भइरहेको बताउँछन्। जिल्ला सुरक्षा समिति पर्साका एक…

    विस्तृतमा पढ्नुस्

  • देश विकसित हुन हरेक व्यक्तिको उत्तिकै योगदान जरुरी छ : मन्त्री सोनल

    देश विकसित हुन हरेक व्यक्तिको उत्तिकै योगदान जरुरी छ : मन्त्री सोनल

    वीरगंज : प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले देश र प्रदेश समृद्ध पार्नको लागि सरकारसँगै हरेक व्यक्तिको उत्तिकै योगदान र जिम्मेवारी रहेको बताएका छन्। गृह जिल्ला बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ लिपनीस्थित निवासमा आयोजित चियापान तथा शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्। छठको अवसरमा आयोजित कार्यक्रममा परवानीपुर वरपरका करिब एक दर्जन गाउँका विभिन्न…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell