'अध्यक्ष महोदय, जेलेन्स्की (युक्रेनका राष्ट्रपति)ले १२ विपक्षी दलहरु माथि प्रतिबन्ध लगाएका छन्। र युद्धको प्रयोग गरी लोकतान्त्र विरोधी श्रम सुधारहरू गरिरहेका छन्। यस कानुनको विरोध विश्वभरका २० करोडभन्दा बढी कामदारहरूलाई एकताबद्ध गर्ने अन्तर्राष्ट्रिय ट्रेड युनियन कन्फेडेरेसन गरिरहेको छ। महासचिव शरण बुरोले एक विज्ञप्तिमा भनेका छन् - देशको रक्षा गर्ने र घाइते, बिरामी र विस्थापितहरूको हेरचाह गर्ने युक्रेनी कामदारमाथि अहिले आफ्नै…
सांघाई : अमेरिकी आकाशमा चिनियाँ 'स्पाइ बेलुन'को उपस्थितिलाई लिएर अमेरिकाले आफ्ना विदेश मन्त्री एन्टोनी ब्लिंकनको आसन्न बेइजिङ भ्रमणलाई स्थगित गर्यो। यसले दुई देशबिचको सम्बन्धमा थप तिक्तता उत्पन्न गरेको छ। यसका बाबजुद पनि अमेरिकी विदेश मन्त्रीले बेइजिङ भ्रमण गरेको भए पनि यसले दुई देशबिचको सम्बन्धमा कति सकरात्मक प्रभाव पार्थ्यो होला? चर्चाहरु सुरु भएका छन्। बेइजिङका कुटनीतिज्ञहरु पनि अहिलेकै अवस्थामा ब्लिंकनको बेइजिङ भ्रमण…
सांघाई: गत वर्ष नोभेम्बरमा बालीमा सम्पन्न जी २० सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच भएको वार्तापछि दुई देशबीचको तनाब कम हुँदै गएको थियो। त्यही वार्ताको परिणामस्वरुप अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन बेइजिङ भ्रमणको तयारीमा थिए। तर, एकाएक पुन: दुई देशबीचको सम्बन्ध तनाबपूर्ण अवस्थामा पुगेको छ। कारण हो- 'अमेरिकी आकाशमा पुगेको चिनियाँ बेलुन'। अमेरिकाले आइतबार मिसाइल प्रहार…
सांघाई : दोस्रो विश्वयुद्धपछि विश्व राजनीतिको केन्द्र युरोपबाट अमेरिकामा सर्यो। दोस्रो विश्व युद्धसँगै 'युरो-सेन्ट्रिक वर्ल्ड अडर'लाई अमेरिका र सोभियत युनियन गरि दुई ध्रुवमा विभाजन गर्यो। शीतयुद्ध अवधिभर विश्व नै दुई ध्रुवमा विभाजित भयो। सोभियत युनियनको पतनसँगै विभाजित विश्व व्यवस्था एक ध्रुवबाट चलिरह्यो। अमेरिका केन्द्रित विश्व व्यवस्था २१ औं शताब्दीसँगै पुन: दुई ध्रुवमा विभाजित भएको छ। विशेष गरि कम्युनिस्ट नेतृत्वको चीन खुला अर्थतन्त्रमा प्रवेश गरेसँगै…
सांघाई: आउँदो महिना अमेरिकी विदेश मन्त्रीलाई चीनले बेइजिङमा स्वागत गर्दै छ। पछिल्लो समय बेइजिङ र वासिङ्टनबीच कूटनीतिक तनाव बढ्दै जाँदा अमेरिकी उच्च शैन्य अधिकारीले चीनसँग २०२५ मा युद्ध हुने भन्दै तयारी अवस्थामा रहन आफ्ना मतहतका सैन्य अधिकारीलाई निर्देशनसमेत दिएका छन्। अमेरिकी वायु सेनाका चार तारे जनरल माइक मिनिहानले मेमो जारी गर्दै भनेका छन्- '"मेरो आत्माले भलाई भन्छ कि हामी २०२५ मा लड्नेछौँ।' उनले…
सांघाई : चीनले कोभिड-१९ सँग सम्बन्धित मृत्युका केसहरु निरन्तर ओरालो लागिरहेको जनाएको छ। चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (चाइना सीडीसी)ले आइतवार सार्वजनिक गरेको तथ्यांकमा जनवरी २० देखि २६ सम्म ६ हजार ३६४ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको उल्लेख छ। उक्त संख्या अघिल्लो साता भन्दा झण्डै ५० प्रतिशतले कमी हो। अघिल्लो साता (जनवरी १३-१९) मा चीनमा १२ हजा ६५८ जना…
सांघाई : चीन र भुटानबीच सीमा विवाद समाधानका लागि वार्ता हुँदा भारतमा चासो बढेको छ। छिमेकी भएर पनि औपचारिक रुपमा कुटनीतिक च्यानल नभएको चीनले भुटानसँग सीमा विवाद समाधानको प्रयास स्वरुप दुई साता अगाडि मात्र कुन्मिङमा द्वीपक्षीय वार्ता गरेको थियो। चीन-भुटानबीच विवादित सीमासम्बन्धी समस्या समाधानका लागि गठित विज्ञ समूह (इजीएम) को बैठकमा दुवै पक्षले स्पष्ट, सौहार्दपूर्ण र रचनात्मक वातावरणमा वार्तालाई तीव्रता दिने…
यो खरायोको वर्ष हो, जुन दया, लालित्य र सुन्दरताको प्रतीक हो। चिनियाँहरुले चन्द्र पात्रोअनुसार बाघ वर्षलाई विदाई गरी खरायो वर्षलाई स्वागत गरेका छन्। वसन्त पर्वको रुपमा खरायो वर्षलाई स्वागत गर्दै चिनियाँहरु उल्लासमा छन्। सपिङ मल, सार्वजनिक स्थान, पार्कहरु तथा सामाजिक सञ्जालमा खरायोका विभिन्न प्रतिक तथा रुपहरु देख्न पाइन्छ। सुनौलो कवज पहिरिएर हिंस्रक बाघमाथि खरायो सवार भएका प्रतीक चिन्हहरु विभिन्न स्थानमा…
सांघाई : हालैका दिनहरूमा लाखौँ चिनियाँहरू आफ्नो गृहनगरमा फर्किरहेका छन्। जनवरी २१ मा चिनियाँ नयाँ वर्ष ‘वसन्त पर्व’ मनाइँदै छ। यही पर्वका लागि जनवरी ७ देखि चिनियाँहरु वसन्त पर्वको यात्रामा निस्किएका छन्। एकातिर वसन्त पर्वको चटारो त अर्कोतिर तीव्र गतिमा कोभिड-१९ को लहर पनि चीनमा उत्तिकै फैलिरहेको छ। अधिकांश चिनियाँ मेगा सिटीहरूमा कोभिड-१९ को लहरले चरम सीमा पार गरिसकेका छन्।…
सांघाई: साता लामो अफ्रिका भ्रमणबाट चिनियाँ विदेश मन्त्री छिन काङ बेइजिङ फर्किएका छन्। डिसेम्बर ३० मा चिनियाँ विदेश मन्त्रीमा नियुक्त भएका छिनले नयाँ वर्षको सुरुवातमै अफ्रिकी महादेशका पाँच देशको भ्रमण गरेर फर्किएका हुन्। उनले यसबीच दुई क्षेत्रीय संगठनको मुख्यालयको समेत भ्रमण गरे। यो भ्रमणले चीन र अफ्रिकाबीचको सम्बन्धलाई थप उचाइमा पुर्याएको छ। यो ३३ वर्ष यताकै निरन्तरता हो की चिनियाँ…
सांघाई : चिनियाँ विदेशमन्त्री छिन काङ आफ्नो पहिलो विदेश भ्रमणका लागि अफ्रिका निस्किएका छन्। अमेरिकाका लागि चिनियाँ राजदूत रहेका छिङ गत डिसेम्बर ३० मा मात्र चिनियाँ विदेश मन्त्रीमा नियुक्त भएका थिए। उनी विदेश मन्त्रीको जिम्मेवारी सम्हालेसँगै अफ्रिकी देशको साता व्यापी भ्रमणमा निस्किएका हुन्। सोमवार राति पहिलो विदेश भ्रमणमा निस्किएका उनी केहीसमय बंगलादेशको ढाकामा केही समय ओर्लिए। ढाका विमानस्थलमा उनले त्यहाँका…
सांघाई: कोभिड-१९ इन्डेमिकतिर जाँदै गर्दा चीन पनि बाँकी विश्व जस्तै खुला हुने तरखरमा छ। सांघाई अवस्थित संक्रामक रोग विशेषज्ञ झाङ वनहोङले चीन पहिलो वेबको उच्च विन्दुमा पुगेको बताउँदै यो छिट्टै इन्डेमिकतर्फ जाने विश्वास व्यक्त गरेका छन्। सांघाईमा शुक्रबार आयोजित एक फोरममा उनले यस्तो विश्वास व्यक्त गरिरहँदा उनले स्वास्थ्य सेवाको पहुँच स्रोतहरुको उपलब्धताले यो संक्रमण फ्लु जस्तै हुने दाबी गरे। वेनहोङले…
सांघाई : कोभिड-१९ नियन्त्रणसम्बन्धी नियम खुकुलो भएसँगै चिनियाँ जनसंख्या यतिबेला वार्षिक यात्रामा निस्किएको छ। चीनको नयाँ वर्षको रुपमा रहेको ‘वसन्त पर्व’का लागि मानिसहरु आफ्नो गृहनगर तिर लागेका छन्। यो यात्रा वार्षिक रुपमा हुने विश्वकै सबैभन्दा ठूलो मानव यात्रा हो। शनिवारदेखि बसन्त पर्वका लागि यात्रा सुरु भएको छ। यस वर्ष वसन्त पर्व जनवरी २१ मा परेको छ। मानिसहरु आफ्नो काम गर्ने…
सांघाई: बेइजिङले नयाँ विदेश मन्त्रीको रुपमा अमेरिकाका लागि चिनियाँ राजदूत छिङ काङलाई अगाडि सारेको छ। चिनियाँ जनकंग्रेसको स्ट्यान्डिङ कमिटीको बैठकले विदेश मन्त्री वाङ यीको स्थानमा छिङलाई नयाँ विदेश मन्त्रीको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्तिसँगै बेइजिङको 'उल्फ वारियर डिप्लोमेसी'को चर्चा सुरु हुन थालेको छ। ५६ वर्षीय छिङले विदेश मन्त्रीमा वाङ यीलाई प्रतिस्थापन गरे पनि वाङ अझै पनि स्टेट…
सांघाई : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सि चिनफिङलाई मस्को भ्रमणको निम्तो दिएका छन्। दुई समकक्षीबिच शुक्रवार भिडियो लिंकमार्फत भएको वार्ताका क्रममा पुटिनले सिलाई मस्को भ्रमणको निम्तो दिएका हुन्। ‘विश्वलाई रुस-चीन सम्बन्ध कति मजबुद छ भनेर देखाउन’ पनि मस्को भ्रमणको लागि निम्तो दिएको क्रेमलिनले जनाएको छ। ‘आगामी वर्षमा गहन द्विपक्षीय आदानप्रदान जारी रहनेछ। मलाई कुनै शंका छैन कि हामीले व्यक्तिगत…
सांघाई : चीनले कोभिड-१९ को व्यवस्थापनको तहलाई घटुवा गर्दै क वर्गबाट ख वर्गमा राखेको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले आगामी जनवरी ८ बाट कोभिड-१९ लाई ख वर्गमा राखेर व्यवस्थापना गर्ने घोषणा सोमबार राति गरेको हो। यो सँगै अब यात्रामा लाग्दै आएको अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम समेत हटेको छ। जनवरी ८ देखि चीन प्रवेश गर्ने यात्रु अब क्वारेन्टाइनमा बस्नुपर्ने छैन्। तर,…
सांघाई: पछिल्लो समय चीन र अमेरिकाबीच कूटनीतिक तनाब बढ्दै गएको छ। गत महिना बालीमा दुई देशका राष्ट्रपतिबीच भएको भेटवार्तापछि संवादको सुरुवात भएको थियो। चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच बालीमा भएको भेटमा संवादलाई निरन्तरता दिने सहमति भएको थियो। साथै त्यसको फलोअप स्वरुप छिट्टै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले बेइजिङको भ्रमण गर्ने सहमति भएको थियो। संवादलाई निरन्तरता दिने सहमति गरे…
सांघाई: चीन र भारतबीच पछिल्लो समय बढेको सीमा विवादलाई संवादमार्फत समाधान गर्न दुई देश सहमत भएका छन्। चीनको रक्षा मन्त्रालयले संवादमार्फत समस्याको समाधान गर्न दुबै देश सहमत भएको जनाएको छ। चीन-कोर्प्स कमाण्डर स्तरीय १७औँ चरणको बैठकमा दुबै देश सीमा क्षेत्रको सुरक्षा र स्थिरता कायम गर्न दुबै पक्ष सहमत भएको चिनियाँ रक्षा मन्त्रालयले जारी गरेको संयुकत वक्तव्यमा उल्लेख छ। बैठक चीन तर्फको चुशुल-मोल्डोमा…
सांघाई: चीनमा पछिल्लो समय तीव्र रुपमा कोभिड-१९ को संक्रमण तीव्र रुपमा फैलिँदै गर्दा अन्तर्राष्ट्रिय रुपमा आलोचना हुन थालेको छ। 'शून्य कोभिड' नीतिलाई तीन वर्षसम्म निरन्तरता दिएको चीनले डिसेम्बरको पहिलो हप्तादेखि नियम परिवर्तन गर्दै खुकुलो नीति लिएको छ। सोमबार (डिसेम्वर २०) मा मात्र अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले चीनको नीतिलाई 'सबैतिरका जनताको लागि चुनौती'को रुपमा संज्ञा दिएका छन्। विगतमा चीनले शून्य कोभिडको नीति…
सांघाई: लामो कूटनीतिक तिक्तता र तनावपूर्ण सम्बन्धधलाई तोड्दै अष्ट्रेलियाका विदेशमन्त्रीले चीनको भ्रमण गर्ने भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले यसै साता बेइजिङको भ्रमण गर्न लागि चिनियाँ विदेश मन्त्रालयले पुष्टि गरेको छ। सोमबार अष्ट्रेलियाका प्रधानमन्त्री एन्ठ्ठोनी अल्वानेसेले विदेशमन्त्री चीन भ्रमण गर्ने घोषणा गरेका थिए। उनको घोषणालाई चीनले पुष्टि गरेको हो। पछिल्लो समय दुई देशबीचको कूटनीतिक तनावलाई यस…