काठमाडौं : एक साताअघि भारतीय रक्षामन्त्रीले उत्तराखण्ड र चीनको मानसरोवर जोड्ने गरी बाटो उद्घाटन गरेपछि नेपालमा राजनीति तरङ्गित बनेको छ। भारतले जहाँबाट बाटो बनायो, त्यो भाग नेपालभित्र पर्छ। सन् २०१५ मा चीन र भारतबीच लिपुलेक नाका खुला गर्ने विषयमा सम्झौता हुँदा दुवै देशले नेपाललाई नजरअन्दाज गरे। त्यसैगरी, नेपाली भूमिबाट भारतले बाटो बनाइरह्यो र गत साता त्यसको उद्घाटन पनि भयो भलै…
काठमाडौं : भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूमि लिपुलेक हुँदै चीन स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडकको उद्घाटन गत शुक्रवार गरेसँगै नेपालमा भारत विरोधी प्रदर्शन भइरहेका छन्। सडकदेखि सदनसम्म यस विषयमा विरोध जारी छ। सरकारले पनि लिपुलेक नेपालको हो भन्दै भारतीय कदमको आलोचना गरेको छ। यस्तोमा सडक उद्घाटन हुनुभन्दा दुई साता अगाडि भारतीय थिंक ट्यांक अब्जर्भर रिसर्च फाउन्डेसनमा कालापानी र लिपुलेकको…
काठमाडौँ : बुधबार रुपन्देहीमा कोरोना पुष्टि भएका १२ जनामध्ये १० जना जिल्लाको गैँडहवा गाउँपालिका २ का स्थानीय रहेको खुलेको छ। जसमा एकै परिवारका ८ जना छन्। गाउँपालिका अध्यक्ष बछु केवट (बच्चुलाल) का अनुसार संक्रमित सबै भारतको मुम्बईबाट सात दिनअघिमात्र नेपाल प्रवेश गरेका थिए। सबैलाई गाउँपालिका २ स्थित जोगडा माविमा क्वारेन्टाइनमा राखिएको थियो। क्वारेन्टाइनमा रहेका ४० जनाको कोरोना परीक्षणका लागि स्वाब…
काठमाडौं : जतिखेर चीनको वुहानमा कोरोना भाइरसको संक्रमण फैलिँदै थियो ठीक त्यतिखेर नै हो उनको विदेश यात्राको तयारी सकिएको। गएको डिसेम्बरमा ताराबहादुर घर्ती मगर धन कमाउने आशमा बहराइन हानिए। दाङका उनी रोजगारीका लागि बहराइन पुगे। काम पनि पाए। तर, तलब भने अहिलेसम्म पाएका छैनन्। सबैतिर कोरोनाको कहरले लकडाउनले जनजीवन ठप्प पार्यो। उनी न त नेपाल फर्किन पाएका छन्, न त…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको अपडेटमा आज रुपन्देहीमा ९ जना नयाँ संक्रमित पुष्टि भएका छन्। आज मात्र रुपन्देहीमा संक्रमण पुष्टि भएका सबै संक्रमित भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका व्यक्ति हुन्। ९ जना संक्रमित जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकाका रहेको प्रदेश ५ को स्वास्थ्य निर्देशनालयका प्रवक्ता रेसमलाल चौधरीले जानकारी दिए। संक्रमितलाई अहिले बुटवल स्थित धागो कारखानामा तयार गरिएको कोरोना विशेष अस्पतालमा…
काठमाडौं : आज (मंगलवार) दिउसो एकैपटक ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमित हुनेहरुको संख्या १९१ पुगेको छ। पछिल्लो पटक तराईका जिल्लाहरुमा संक्रमणको उच्च जोखिममा देखिएका छन्। भारतसँग सीमा जोडिएका प्रदेश २ र प्रदेश ५ मा संक्रमण बढ्दै गएको छ। हालसम्म प्रदेश २ मा ७१ जनामा संक्रमण देखिँदा प्रदेश ५ मा ७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा…
काठमाडौं : लिपुलेक अतिक्रमण गर्दै भारतीय सेनाले निर्माण गरेको सडकलाई भारतीय रक्षामन्त्रीले उद्घाटन गरेपछि नेपालमा चर्को विरोध जारी छ। देश कोरोना भाइरसविरुद्ध जुधिरहेको अवस्था एकातिर छ भने अर्कातिर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक किचलोमा रुमलिरहेको छ। ठीक यही मौका पारेर भारतले एकपक्षीय रुपमा नेपाली भूमि हुँदै मानसरोवर जान बनाएको बाटो उद्घाटन गरेपछि नेपालमा विरोध चर्किरहेको छ। कोरोना भाइरसलाई…
काठमाडौं : अहिले कोरोना भाइरसको हटस्पटको रुपमा प्रदेश ५ देखिएको छ। भारतसँग सीमा जोडिएका प्रदेश ५ का जिल्लाहरुमा कोरोना भाइरसका संक्रमित दैनिक थपिँदै गएका छन्। सोमवार साँझमात्र रुपन्देही जिल्लामा पुष्टि भएका छ जना संक्रमितहरु पछिल्लो साता मात्र भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका हुन्। सोमवार साँझ रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। यिनिहरु सबै मुम्बईबाट आएको गाउँपालिकाका…
काठमाडौं: कोभिड-१९ को संक्रमणबाट विश्वभर ४१ लाख बढी मानिस संक्रमित भइसकेका छन्। कोरोना भाइरसको तथ्यांक संकलन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार हालसम्म ४१ लाख तीन हजार एक सय ५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। तथ्यांक अनुसार हालसम्म दुई लाख ८२ हजार सात सय २७ जनाको मृत्यु भइसकेको छ। चीनको वुहानमा पहिलोपटक गत डिसेम्बरको अन्त्यमा पहिलोपटक पुष्टि भएको…
काठमाडौं : नेपालमा सोमवार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ सय २० पुगेको छ। पछिल्लो पटक सोमवार बिहान मात्र कपिलबस्तु जिल्लामा १० जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म ३१ जना संक्रमित निको भएर घर फर्किसकेका छन्। हालसम्म उदयपुरमा सबैभन्दा बढी संक्रमित रहेका छन्। उदयपुरको भुल्केमा मात्र ३२ जनामा संक्रमण…
कोरोना भाइरस विरुद्ध संसार लडिरहेको छ अहिले। विश्वका अधिकांश देशहरुमा अहिले लकडाउन चलिरहेको छ। लकडाउनको अवस्थामा व्यवसाय देखि शैक्षिक संस्थाहरु प्रभावित भएका छन्। शैक्षिक संस्थाहरु प्रभावित हुँदा अहिले चर्चामा छ अनलाइन कक्षा। सामाजिक सञ्जालमा रुखको टुप्पोमा एउटा हातले झुण्डिएर अर्को हातमा मोबाइल लिएर अनलाइन कक्षा लिएको भन्दै तस्विरहरु भाइरल हुँदै छन्। अनलाइन कक्षा लिँदा लुक्दै रक्सी खाइरहेका भिडियो ट्रोल पनि…
काठमाडौं : भारतमा कोरोनाको इपिसेन्टर मानिएको मुम्बईबाट आएकामध्ये दुई नेपालीमा बिहीवार कोरोना संक्रमण देखिएसँगै कपिलबस्तुमा त्रास फैलिएको छ। हिजोमात्र कोभिड-१९ को संक्रमण पुष्टि भएका उनीहरु चार दिन अघि रातारात गरेर नेपाल छिरेका थिए। मायादेवी गाउँपालिका वडा नं २ का एकै परिवारका पाँच जना नेपाल आएका थिए, तीमध्ये दुई जनामा संक्रमण देखिएको गाउँपालिकाका सूचना अधिकारी रामचन्द्र चौधरीले जानकारी दिए। उनका अनुसार…
काठमाडौं : हिजो मात्र कोभिड-१९ को संक्रमण पुष्टि भएका कपिलबस्तुका दुई नेपाली चार दिन अगाडि रातीको १२ बजे नेपाल प्रवेश गरेको खुलेको छ। उनीहरुसँगै अन्य चार जना पनि नेपाल प्रवेश गरेका थिए। कपिलबस्तुको मायादेवी गाउँपालिकाका दुई जनालाई नेपाल प्रवेश गर्नासाथ स्थानीयले क्वारेन्टाइनमा राखेका थिए। 'रातको १२ बजे नेपाल प्रवेश गरेका थिए। स्थानीयले उनीहरुलाई रोकेर तीर्थादेवी छत्रपाली उच्च माविको क्वारेन्टाइनमा राखिएको…
काठमाडौं : हिजो मात्र कोभिड-१९ को संक्रमण पुष्टि भएका कपिलबस्तुका दुई नेपाली चार दिन अगाडि रातीको १२ बजे नेपाल प्रवेश गरेको खुलेको छ। उनीहरुसँगै अन्य चार जना पनि नेपाल प्रवेश गरेका थिए। कपिलबस्तुको मायादेवी गाउँपालिकाका दुई जनालाई नेपाल प्रवेश गर्नासाथ स्थानीयले क्वारेन्टाइनमा राखेका थिए। 'रातको १२ बजे नेपाल प्रवेश गरेका थिए। स्थानीयले उनीहरुलाई रोकेर तीर्थादेवी छत्रपाली उच्च माविको क्वारेन्टाइनमा राखिएको…
काठमाडौं : संसारका सबै राष्ट्रहरु कोभिड-१९ पान्डेमिकविरुद्ध यतिबेला जुधिरहेका छन्। नेपालमा हालसम्म ९९ जना संक्रमित फेला पर्दा प्रदेश ५ मा मात्रै २४ जना कोभिड-१९का संक्रमित छन्। कोरोना भाइरसविरुद्ध लड्न केन्द्र सरकारले लगाएको लकडाउनलाई कार्यान्वयनको पाटो त छँदै छ, प्रदेश ५ सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट पनि कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन गर्ने उपाय सुझाएको छ। 'आयुर्वेद तथा वैकल्पिक चिकित्सा…
काठमाडौं : पछिल्लो समय कोरोना भाइरसको हट स्पटको रुपमा देखिएको प्रदेश ५ मा हालसम्म एक हजार तीन ६६ जनाको कोरोना भाइरसको पीसीआर पद्धतीबाट नमुना परीक्षण गरिएको छ। प्रदेशमा हाल २४ जना संक्रमित पुष्टि भएका छन्। जसमध्ये १२ जना महिला र १२ जना पुरुष रहेका छन्। प्रदेशमा तीन स्थानमा कोरोना भाइरसको परीक्षण हुँदै आएको छ। मंगलवारसम्म प्रदेश ५ बाट ५ सय…
काठमाडौं : कोभिड-१९ को संक्रमणबाट विश्वभर ३५ लाख बढी मानिस संक्रमित भइसकेका छन्। कोरोना भाइरसको तथ्यांक संकलन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार हालसम्म ३५ लाख ८४ हजार एक सय १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। तथ्यांक अनुसार हालसम्म दुई लाख ५१ हजार पाँच सय ६२ जनाको मृत्यु भइसकेको छ। तथ्यांक अनुसार हालसम्म अमेरिकामा मात्र ११ लाख ८०…
काठमाडौं : कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन लगायो। लकडाउन लम्बिँदै जाँदा काठमाडौंमा कामकाज ठप्प भयो दैनिक रोजिरोटी गुम्दै गयो। रोगको त्रासमा बाँचेका मजदुरहरु भोकको त्रासले काठमाडौं छाड्न थाले। पैदल हिँडेरै काठमाडौं छाड्ने मजदुरको लस्कर सबैजसो राजमार्गमा देखियो। मिडियामा उनीहरुका विषय छापिए। सामाजिक सञ्जालमा ती भाइरल भए। तर प्रधानमन्त्री केपी शर्मा ओलीले ती दृष्यलाई थियटरमा मञ्चन भएको कुनै नाटकको…
काठमाडौं : कोभिड-१९ पान्डेमिकका कारण विश्वभर ३५ लाख बढी संक्रमित भइसकेका छन्। कोरोना भाइरसको तथ्यांक संकलन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार हालसम्म कोरोना भाइरसको कारण दुई लाख ४७ हजार ४७० जनाको मृत्यु भइसकेको छ। विश्वभर फैलिइरहेको कोरोना भाइरसका कारण आप्रवासी नेपालीसमेत प्रभावित भएका छन्। यसैक्रममा विदेशमा रहेका नेपालीहरुले नेपाल फर्किन इच्छा देखाएका छन्। इजरायल र साइप्रसमा रहेका करिब चार…
काठमाडौं : कोरोना भाइरसको कारण खाडी मुलुकमा नेपालीहरु संक्रमित हुने संख्या बढ्दो छ। अप्रिल महिनासम्म बहराइनमा मात्र एक सय ५७ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएको मानमास्थित नेपाली दूतावासले जनाएको छ। यहाँ पछिल्लोपटक थप ३१ जना नेपालीमा संक्रमण पुष्टि भएसँगै संक्रमित नेपालीको संख्या संख्या १५७ पुगेको दूतावासको तथ्यांकमा उल्लेख छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार शनिवारसम्म बहराइनमा तीन हजार दुई सय…