काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको राजनीतिक किचलो केही समयका लागि मत्थर भएको छ। पार्टीभित्र दुई गुटमा विभाजित राजनीतिले अल्पकालीन अवतरण गरेको छ। राजनीतिक खिचातानीले प्रधानमन्त्रीको कुर्सी नै धरापमा परेको थियो। एकातिर पार्टीलाई पेलेर एकलौटी रुपमा अगाडि बढेका प्रधानमन्त्री गले, अर्कोतिर प्रधानमन्त्रीको राजीनामाको माग लिएर हिँडेको ओली इतरको समूह पनि पछाडि हट्यो। शनिवार बसेको सचिवालयको बैठकमा स्थायी…
काठमाडौं : शुक्रवार प्रदेश ५ मा एकै दिन दुई जनामा कोरोना भाइरसको संक्रमण देखियो। संक्रमितमध्ये एक जना रुपन्देहीको कोटहीमाई गाउँपालिका २५ वर्षीय युवा रहेका छन्। उनी गाउँपालिकाको क्वारेन्टाइनमा थिए। उनी १४ दिन अगाडि मात्र भारतको राजधानी नयाँ दिल्लीबाट नेपाल आएका हुन्। उनी त्यहाँका श्रमिक हुन्। सरकारले लकडाउन र सीमा नाका बन्द गरे पनि उनी लुकिछिपी नेपाल प्रवेश गरेका थिए। गाउँपालिकामा प्रवेश…
काठमाडौं : कोभिड-१९ पान्डेमिकबाट विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको तीन महिना पुगेको छ। पछिल्लो समय दक्षिण एसियामा कोरोना विस्तार हुँदै गएको छ। दक्षिण एसियामा सबैभन्दा बढी भारतमा संक्रमण देखिएको छ। छिमेकी भारतमा संक्रमण बढ्दै जाँदा नेपाल पनि जोखिममा बढ्ने निश्चित छ। हालसम्म नेपालमा ५७ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ। बिहीवारसम्मको तथ्यांक अनुसार १२ हजार ११ जनाको पीसीआर परीक्षण…
'घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै राख्दैन, रुखोसुखो भरणपोषणको जोगावट गर्छ र व्यवहार चलाउँछ। तपाईँहरुको यस प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारले पनि उपलब्ध स्रोत र साधनले भ्याएसम्म सुविधाको जोगावट गर्छ।' प्रधानमन्त्रीज्यू, तपाईँले मजदुर दिवसमा शुभकामना दिँदै गर्दा भन्नु भयो - मीठो थियो। तर, मलाई एकरत्ती विश्वास लागेन। तपाईँका पछिल्ला गतिविधिले मलाई तपाईँको यो भनाई पनि तपाईँका पुरानै उखानटुक्का जस्तै लाग्यो, जो भन्नका…
काठमाडौं : कोरोना भाइरस महामारीका कारण संसारभर मजदुरहरुले काम गुमाउने खतरामा रहेका छन्। मजदुर दिवस 'मे डे'को अघिल्लो दिन विश्व श्रमिक संगठन (आइएलओ)ले संसार भर एक अर्ब ६० करोड जनसंख्या काम गुमाउने खतरामा रहेको जनाएको छ। यसले उनीहरुको दैनिकीलाई पनि खतरामा पार्न सक्ने आइएलओले चेतावनी दिएको छ। 'आइएलओ मोनिटर थर्ड एडिसन: कोभिड-१९ एन्ड दि वर्ल्ड अफ वर्क' रिपोर्ट अनुसार दैनिक काम गर्ने…
काठमाडौं : कोभिड-१९ विरुद्ध लड्न विश्वका अधिकांश देशमा लकडाउन छ। लकडाउन जारी रहँदा महिला तथा बालिकाको अधिकार र स्वास्थ्यमा प्रभाव पर्दै गएको राष्ट्र संघीय जनसंख्या कोस (युएनएफपीए)ले जनाएको छ। युएनएफपीएले जारी गरेको रिपोर्टमा लकडाउनकै कारण तीन महिनामा परिवार नियोजनका साधानहरुमा पहुँच नहुँदा यसको प्रभाव महिलामा परेको र यो तीन महिनामा तीन लाख २५ हजार अनिच्छित गर्भधारण भएको हुनसक्ने अनुमान गरिएको…
काठमाडौं : कोभिड-१९ को संक्रमण फैलिँएसँगै नेपालले सबै अन्तर्राष्ट्रिय उडान स्थगित गर्यो। देश लकडाउनको अवस्थामा छ। यतिबेला दक्षिण कोरियामा इपिएस कोटाबाट गएका नेपालीहरु बिदामा घर फर्किए पनि पुन: कोरिया फर्किन पाएका छैनन्। नेपालमा बिदामा आएका र कतिपयको भिसा अवधी सकिन लाग्दा उनीहरुलाई कोरिया फर्किनुपर्ने वाध्यता थियो। उनीहरुले फर्किनका लागि लामो प्रयास गरेका थिए। एनआरएन कोरियाले समेत यसको पहल गर्यो। परराष्ट्र…
काठमाडौं : १ सय २६ जना नेपालीमा कोभिड १९ को संक्रमण देखिएपछि बहराइनस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली कामदारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी थालेको छ। मंगलवार राजदूत पदम सुन्दासले बहराइनको विदेश मन्त्रालयका उपसचिव डाक्टर सेख राना विन्ट इसा बिन दाइज अल खलिफासँग टेलिफोन वार्ता गर्दै नेपाली कामदारलाई सामाजिक दुरी कायम गर्न सक्ने स्थानमा स्थानान्तरणका लागि अनुरोध गरेका हुन्। टेलिफोन सम्वादका…
काठमाडौं : कोभिड-१९ को संक्रमणबाट विश्वभर ३० लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन्। कोरोना भाइसको तथ्यांक संकलन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार हालसम्म ३० लाख ४० हजार सात सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। तथ्यांक अनुसार हालसम्म विश्वका १ सय ८५ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ। जोन्स हप्किन्स विश्वविद्यालयले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ), युरोपेली…
काठमाडौं : उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यको विषयमा अन्तर्राष्ट्रिय रुपमा चर्चा चलिरहँदा त्यहाँका सरकारी मिडिया भने उनको अवस्थाका बारेमा मौन छन्। शनिवार उत्तर कोरियाको कोरियन पिपल्स रिभोलुसनरी आर्मी (केपीआरए)को ८८ औं वार्षिकोत्सव। त्यस कार्यक्रममा पनि किमको उपस्थिति देखिएन। उत्तर कोरियाली मिडियाले किमको स्वास्थ्य अवस्था बारेभन्दा पनि केपीआरएको स्थापना दिवसको विषयमा चर्चा गरेको दक्षिण कोरियाको समाचार एजेन्सी योन्हापले जनाएको…
कोभिड -१९ को महामारी फैलिएसँगै यससम्बन्धी मिथक पनि सामाजिक सञ्जाल तथा जनमानसमा फैलिएका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यस्ता मिथकहरुलाई इन्फोडेमिक भन्दै यसलाई चिर्नुपर्ने बताउँदै आएको छ।डब्लुएचओले सामाजिक सञ्जालमा सर्वसाधरणलाई भ्रम छर्नेगरी फैलिएका यस्ता मिथकहरुलाई भ्रामक भन्दै विश्वास नगर्न आग्रह गरेको छ। यस्ता छन् कोभिड-१९ बारे फैलिएका मिथक:- १. के मोबाइल नेटवर्कबाट कोरोना भाइरस फैलिन्छ? सामाजिक सञ्जालमा मोबाइल नेटवर्कबाट…
काठमाडौं : उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यको विषयमा अन्तर्राष्ट्रिय मिडियामा अनेक चर्चा चलिरहे पनि उत्तर कोरिया भने यसबारे मौन छ। उत्तर कोरियाका सञ्चार माध्यमले यस विषयमा मौनता साँधेको दक्षिण कोरियाली समाचार संस्था योन्हापले जनाएको छ। तीन दिन अगाडि सिएनएनले उनको स्वास्थ्य अवस्था गम्भीर रहेको रिपोर्ट प्रकाशित गरेको थियो। सिएनएनको रिपोर्टसँगै उनको स्वास्थ्यका विषयमा चर्चा चलिरहेको छ। वासिङट्नले उनको स्वास्थ्यलाई नजिकबाट…
काठमाडौं : सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै राजनीतिक गर्मा गर्मी चर्कियो। राजनीतिक गर्मागर्मीका बीच समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादव 'अपहरण'को चर्चा सुरु भयो। उनको अपहरणको हल्लासँगै समाजवादी पार्टीका सात सांसदले नयाँ दल दर्ता गर्ने तयारी गरे। सरकारले ल्याएको अध्यादेशमै टेकेर नयाँ दल दर्ताका लागि समाजवादी पार्टीका सहअध्यसमेत रहेकी रेणु यादवले नेतृत्व गर्दै सांसदको…
काठमाडौं: कोरोना भाइरसको संक्रमण फैलिनबाट जोगाउन भन्दै सरकारले देशभर लकडाउन लागू गरेको ३० दिन पुगेको छ। सरकारले कोरोना भाइरसको रोकथामका लागि लामो दूरीका सवारी बन्द गरायो। त्यसको दुई दिनपछि लकडाउन गर्यो। काठमाडौंमा थुनिएका बाहिरी जिल्लाका मजदूर विस्तारै रासन सकिँदै गएपछि बाहिर निस्किन थाले। लकडाउनको यो एक महिनामा हजारौं मानिस काठमाडौंबाट बाहिरिएका छन्। नेपालमा कोभिड-१९ को संक्रमण ४२ पुगिसकेको छ। समूहगत…
प्रधानमन्त्री ज्यू, विश्व कोभिड-१९ को पान्डेमिकको चपेटामा परेको छ। नेपाल पनि स्वभाविक रुपमा नै परेको छ। तपाईँले चालेका हरेक कदम नेपालकै हितका लागि हुन् भनेर जनताले साथ दिएका पनि छन्। अरुले साथ दिए दिएनन् आफ्नो ठाउँमा होला, मैले चाहिँ दिएकै छु। हामी जनता केही नदेखेका केही नपाएका न पर्यौं। औँलो दिँदा डुँडुलो निल्न खोज्छौं। फेरि हामीले भोट दिएर नै पठाएका…
काठमाडौं : कोभिड-१९ को आउटब्रेक इपिसेन्टर वुहान यतिबेला सामान्य जीवनमा फर्किँदै छ। सहज हुँदै गएको चीनमा सर्तकताका उपायहरु भने अनेक अपनाइन थालिएको छ। विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको चीनमा स्मार्ट फोन प्रयोगकर्ताको संख्या पनि धेरै छ। कोभिड-१९ विरुद्धको पहिलो अभियान लकडाउन र क्वारेन्टाइसँगै सामाजिक दुरीलाई प्राथमिकतामा राखेको चीनले अहिले संक्रमण नियन्त्रणका लागि प्रविधिको व्यापक प्रयोग गरिरहेको छ। कल्पना गर्नुस्, तपाईँको…
काठमाडौं : कोभिड-१९ का कारण विश्व नै लकडाउनमा छ। हालसम्म २३ लाख २९ हजार बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भइसकेका छन्। यसबाट मृत्यु हुनेको संख्या एक लाख ६० हजार सात सय १७ पुगेको जोन हप्किन्स विश्व विद्यालयको तथ्यांकमा उल्लेख छ। संक्रमण फैलिँदै गर्दा अस्पताल भरिएका छन्। अस्पतालसम्म संक्रमित तथा शंकास्पद विरामीलाई पुर्याउनलाई एम्वुलेन्सहरु अभाव भएका छन्। नेपालमा त कस्तो सम्म…
विश्वव्यापी पान्डेमिकका रुपमा फैलिरहेको कोभिड-१९ को प्रकोप दक्षिण एसियातिर बढ्दै गएको छ। विश्वभर २१ लाख ५९ हजार चार सय ५० जनालाई संक्रमित बनाइसकेको कोभिड-१९ बाट एक लाख ४५ हजार पाँच सय ६८ जनाको मृत्यु भइसकेको जोन हप्किन्स विश्व विद्यालयको तथ्यांकमा उल्लेख छ। चीनको वुहानबाट आउटब्रेक भएको कोभिड-१९ पहिलो पटक जनवरी २७ मा दक्षिण एसियामा पहिलो पटक देखिएको थियो। श्रीलंकमा पहिलो…
कोभिड-१९ पान्डेमिकविरुद्ध विश्व यतिबेला जुधिरहेको छ। चीनको वुहानबाट गत डिसेम्बर अन्तिममा आउटब्रेक भएको कोभिड - १९ का कारण विश्वरभर १९ लाख ९१ हजार पाँच सय ६२ जना संक्रमित भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। बिहीवार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ७६ हजार छ सय ४७ जना संक्रमित भएका छन्। बिहीवार पछिल्लो २४ घण्टामा सात हजार आठ सय…
काठमाडौं : कोभिड-१९ पान्डेमिकको समयमा कतारमा रहेका नेपालीहरुलाई गैरकानुनी रुपमा कामबाट निकालिएको छ। कोभिड-१९ को परीक्षण गर्न लागिएको भन्दै कतारी अधिकारीहरूले सयौं आप्रवासी श्रमिकहरूलाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपछि कैयौँलाई स्वेच्छाचारी ढङ्गले निष्कासन गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ। जसमध्ये नेपालीहरु पनि परेका छन्। फाल्गुन २९ र ३० मा कतार प्रहरीले गिरफ्तार गरेको २० जना नेपाली श्रमिकहरूसँग एम्नेस्टी इन्टरनेसनलले अन्तर्वार्ता लिएको…