काठमाडौं : कोभिड-१९ को त्रासका कारण मानिसहरु शहरदेखि गाउँ पसेका छन्। यतिबेला संक्रमण रोक्नका लागि सरकारले लकडाउन गरेको छ। काठमाडौंमा बस्ने बाहिरी जिल्लाका अधिकांश मानिसहरु गाउँ फर्किएका छन्। लकडाउनकै कारण गाउँ पसेका युवाहरुलाई कृषिमा आकर्षित गर्नका लागि गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाले अनुदानको घोषणा गरेको छ। कोभिड-१९ का कारण विश्वभरी नै खाद्य संकट हुन सक्ने विश्व खाद्य संगठनले चेतावनी दिइसकेको अवस्थामा…
काठमाडौं : नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या १६ पुगेको छ। मंगलबार थप दुई जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएसँगै यो संख्या १६ पुगेको हो। पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका उनीहरु चैत पहिलो हप्ता लण्डनबाट आएका थिए। सोमवार एकै परिवारका तीन जनामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट परीक्षण गर्दा पोजेटिभ आएपछि पीसीआर परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकुमा पठाइएको थियो।…
काठमाडौं : विश्व कोभिड-१९ महाव्यादी विरुद्ध लडिरहेको बेला विश्वभर दादुराको प्रकोप बढ्न सक्ने युनिसेफले चेतावनी दिएको छ। कोभिड-१९ महामारीमा विश्व लडिरहेका बेला नेपालसहितका देशहरुमा दादुरा विरुद्ध बालबालिकालाई दिइने खोप समयमै दिन नसक्दा यसको प्रकोप बढ्न सक्ने चेतावनी युनिसेफले दिएको हो। नेपालसहित विश्वका ३७ देशका ११ करोड ७० लाख बालबालिकाले समयमा दादुराविरुद्ध खोपबाट टाढा हुनसक्ने युनिसेफले जनाएको छ। 'कोभिड-१९ को संक्रमण…
मुख्यभूमि चीनमा मंगलवार कोभिड-१९ का ४६ जना संक्रमित फेला परे। जसमध्ये ३६ वटा ‘इम्पोर्टेड केस’ हुन्। चीनको जनस्वास्थ्य आयोगका अनुसार यसबीच ५७ जना लक्षण नदेखिएका कोभिड-१९ का शंकास्पद बिरामीहरु दर्ता भएका छन्। योसँगै चीनमा ८२ हजार दुई सय ९५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। जसमध्ये तीन हजार तीन सय ४२ जनाको मृत्यु हुनुका साथै ७७ हजार आठ सय…
काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) पान्डेमिकसँगै विश्व महाशक्तिमा नयाँ लडाइँ शुरु भएको छ। विश्व यतिबेला अमेरिका र चीनको खेमामा बाँडिएको छ। कोरोना भाइरस नियन्त्रणका लागि जुट्न डाकिएको संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद् बैठकमा पनि दुई शक्ति फरक ध्रुवमा विभाजित भए। पश्चिमा मुलुकको बाहुल्यता रहेको राष्ट्र संघ र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को भूमिकाको विषयलाई लिएर दुई महाशक्ति पुन: विभाजित देखिए। अमेरिका…
काठमाडौं : वर्ष २०७६ को सुरुवातमै राष्ट्रपति विद्यादेवी भण्डारीले उत्तरी छिमेकी चीनको भ्रमण गरिन्। बेइजिङमा भएको दोस्रो अन्तर्राष्ट्रिय बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) फोरममा राष्ट्रपति भण्डारीले नेपालको प्रतिनिधित्व गरिन्। पहिलो कार्यकालमा चीनको भ्रमण नगरेकी राष्ट्रपति भण्डारीले सो वर्ष उत्तरी छिमेकी चीनको पहिलो राजकीय भ्रमणबाट सुरु भयो। राष्ट्रपति भण्डारीको ९ दिने चीन भ्रमणका क्रममा दुई देशबीच विभिन्न सात वटा सम्झौता भए।…
काठमाडौं : कोभिड -१९ को विषयमा जानकारी गराउन भन्दै इमेल वा ह्वाट्स एपमा सन्देश आएको छ? यदि आएका छन् भने तपाईँ साइबर फिसिङको सिकार बन्दै हुनुहुन्छ! सचेत हुनुस्। विश्वभर कोभिड-१९ महाव्याधि फैलिँदै गर्दा सामाजिक सञ्जालमा 'फेक न्युज'सँगै गलत सूचना आइरहेका छन्। यस्तैमा सामाजिक सञ्जाल तथा इमेलको प्रयोग ह्याकरहरूले पनि गर्न थालेका छन्। ह्याकर तथा साइबर स्क्यामरहरुले कोभिड-१९ को महाव्याधिको फाइदा…
काठमाडौं : बिहीवार दिउँसो समाचार आयो - काठमाडौंमा अड्किएका नागरिकहरुलाई दुई दिन काठमाडौं बाहिर जान दिने सरकारको निर्णय। सबैजसो मिडियाहरुले समाचार बनाए। समाचार आएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको फेसबुक पेजबाट त्यही विषयमा सूचना जारी भयो। फेसबुकले भेरिफाइड गरेको एकाउन्टबाट सूचना आएपछि नपत्याउने कुरै भएन। सूचना आएको केही समयमा नै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले फेसवुकबाटै सरकारको कदमको विरोध गरे।…
कुनै पनि स्वास्थ्य संकटले यस विषयमा गलत जानकारीको समेत महाव्याधि बोकेर ल्याउने गर्छ। सन् १९८०, ९० र २००० को दशकमा पनि पनि हामीले एड्सका बारेमा यस्तै खतरनाक झुटहरु देखेका थियौं। एचआइभी, सरकारले प्रयोगशालामा तयार पारिएको भन्दै परीक्षण पनि अविश्वसनीय भएको बताइन्थ्यो। त्यस्तै बाख्राको दूधले निको हुन्छ भन्ने जस्ता अप्रमाणित कथ्यहरु बाहिर आएका थिए। यस्ता दाबीहरुले घातक व्यवहारका साथै संकटलाई थप बढाएको थियो।…
सोमवार भारतीय जनता पार्टी (भाजपा)को स्थापना दिवस। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पार्टी कार्यकर्ताहरुलाई सामाजिक सञ्जाल फेसवुकबाट २२ मिनेट लामो सम्बोधन गरे। भारतीय जनसंघ, जनता पार्टी हुँदा १९८० मा भारतीय जनता पार्टी बनेको भाजपाले ४० औं वर्षगाँठ यसपटक धुमधामसँग मनाउन पाएन। विश्वभर कोभिड-१९ को महाव्याधी फैलिँदै गर्दा भारतमा लकडाउन चलिरहेको छ। सामाजिक दुरी कायम गर्नका लागि गरिएको 'लकडाउन'कै कारण भाजपाले सार्वजनिक…
काठमाडौं : गत आइतवार चीनको गोन्जाउबाट नेपालका लागि स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो। निजी कम्पनीले ल्याएको सहायता सामाग्रीसँगै केही चिनियाँ सहयोग पनि नेपाल भित्रियो। नेपालमा स्वास्थ्य सामाग्री आउँदै गर्दा सरकारको आलोचना सुरु भइसकेको थियो। निजी कम्पनीले नेपाल ल्याएको स्वास्थ्य सामाग्रीमा अनिमितता भएको भन्दै नेपाल सरकारका उपप्रधानमन्त्री देखि मन्त्रीहरु र प्रधानमन्त्रीको सचिवालय मुछियो। अन्तर्राष्ट्रिय सहयोगलाई भित्र्याउन समन्वयकारी भूमिका खेल्नुपर्ने परराष्ट्र मन्त्रालय भने…
काठमाडौं : आज एकै दिन तीन जनामा कोभिड-१९ को संक्रमण देखिँदा एक जनामा लोकल ट्रान्समिसन देखिएको छ। यससँगै नेपाल कोरोना भाइरस संक्रमणको तेस्रो चरण अर्थात् 'क्लस्टर ट्रान्समिसन'मा पुगेको छ। गत डिसेम्बर अन्तिममा चीनको हुवेइ प्रान्तको वुहानबाट आउटब्रेक भएको कोभिड-१९ को संक्रमणबाट विश्व प्रभावित भइसको छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म २ सय ७ देश/क्षेत्र/भुगोलमा कोभिड-१९ को संक्रमण फेला…
यो कुनै समाचार होइन न त विचार नै हो। यो त खाली प्रश्न मात्रै हो। प्रश्नैप्रश्नको पुलिन्दा। जवाफ सरकारसँग छ? विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड-१९ विरुद्धको लडाईलाई प्रभावकारी बनाउन 'परीक्षण, परीक्षण र परीक्षण' लाई जोड दिएको छ। परीक्षणसँगै संक्रमितहरुसँगको सम्पर्कमा रहेकाहरुको ट्रेसिङलाई जोड दिएको छ। नेपाल सरकारले आइतवारमात्र विदेशबाट आएका ४१ हजार १ सय ४० नेपालीको ट्रेसिङ गरेको दावी प्रस्तुत…
पेरिस : इभानगेलिकल सुपर चर्चको स्टेजबाट गोस्पेल चोइर सम्पन्न भएको साँझ त्यहाँका प्रमुखले सोधे- 'हामीले भगवानको उत्सव मनाउँदै छौं। तपाईँहरु आनन्द लिइरहनु भएको छ?' 'हो!' क्रिश्चियन ओपन डोर चर्चमा फेब्रुअरी १८ मा भेला भएका सयौं अनुयायीहरुले एक स्वरमा भने। उनीहरुमध्ये कतिले त हजारौं माइलको यात्रा तय गरेर साता लामो भेलामा सहभागी हुन् मुलहाउस भन्ने ठाउँमा आइपुगेका थिए। फ्रान्सको स्विट्जरल्याण्ड, र…
काठमाडौं : गत डिसेम्बर अन्तिममा चीनको हुवेइ प्रान्तको वुहानबाट आउटब्रेक भएको कोभिड-१९ को संक्रमणबाट विश्व प्रभावित भइसको छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसा हालसम्म २ सय ३ देश/क्षेत्र/भुगोलमा कोभिड-१९ को संक्रमण फेला परेको छ। विश्वभर फैलिएको कोभिड-१९ को संक्रमणपछि विश्व स्वास्थ्य संगठनले कोरोनालाई मार्च ११ मा पाण्डेमिकको रुपमा घोषणा गर्यो। त्यस्तै संगठनले कोभिड-१९ विश्वव्यापि विस्तार हुँदै गर्दा जनवरी ३०…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार सार्वजनिक गरेको तथ्यांक भन्छ पाँच जना व्यक्तिमा कोभिड-१९ को संक्रमण देखियो। एक जना उपचार पछि निको भए। चार जना आइसोलेसनमा छन्। यो तथ्यांक निकाल्नका लागि ८ सय ७५ जनाको नमुना परीक्षण गरियो। यसमा ८ सय ७० जनामा नेगेटिभ परीणाम आयो। शुक्रवार, चौथो संक्रमण पुष्टि भएको नेपालमा शनिवार पाँचौं संक्रमण पुष्टि भयो। अहिले नेपाल…
काठमाडौं : आइतवार बिहानै चीनबाट स्वास्थ्य सामाग्री बोकेर नेपाल वायुसेवा निगमको विमान काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो। सरकारले निजी कम्पनीसँग किनेको स्वास्थ्य सामाग्रीसहित चीनले नेपाललाई सहयोग गरेका स्वास्थ्य सामाग्री पनि आइतवार नै सोही विमानमार्फत् नेपाल आइपुगेको हो। सरकारले निजी कम्पनीसँग किनेका गगल्स, पीपीई गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने…
काठमाडौं : मार्च २८ सम्म आइपुग्दा विश्वका २०२ देश/क्षेत्रहरुमा कोभिड-१९ को संक्रमण फैलिएको छ। युरोपका सबै देशमा यसको संक्रमण देखिइसकेको छ। शुक्रवारमात्र दुई नयाँ देशमा कोभिड-१९ को संक्रमण देखियो। विश्व स्वास्थ संगठनले स्वास्थ्य गाइडलाइन बनाएर अत्यावश्यक उपाय अपनाउन अनुरोध गरेको छ। मार्च २५ सम्म १३६ वटा देशले थप स्वास्थ्य उपायहरु अपनाइएका छन्। विश्व स्वास्थ्य संगठनको आर्टिकल ४३ अनुसार उनीहरुले अन्तर्राष्ट्रिय…
बिहान बिहानै फेसबुकमा एउटा सन्देश आयो। अंग्रेजीको उक्त सन्देशको भावानुवाद गर्दा यस्तो थियो - 'एउटा चिनियाँ विज्ञले दाबी गरेका छन् कि यदि तपाईँको फोक्सो, नाक, र श्वास नलीमा कोरोना भाइरस छ भने, तातो पानीले बाफ लिए कोरोना भाइरस शत् प्रतिशत मर्छ। भाइरसले तातो पानीको बाफ सहन सक्दैन। कृपया यो सन्देश तपाईँको पेजमा शेयर गर्नुस र धेरै मात्रामा शेयर गर्नुस्।' कोरोना…
'मैले कार्ड पाएँ नि,' एक साता अगाडिमात्र खुशीको सीमा थिएन उनको। बुटवलदेखि माल्टा सम्म पुगेर बल्ल सुरक्षित महसुस गरेकी थिइन् उनले। फेसबुक म्यासेन्जरबाट उनको खुशी पोखिएको थियो। 'कार्ड लिन जाँदैछु। अलि हतारमा छु,' म्यासेन्जरमा मैले कोभिड-१९ को हाल सोध्दा उनले भनेकी थिइन्, 'त्रास त छ। तर पनि यस विषयमा पछि कुरा गर्छु नि है। कार्ड लिएर काममा पनि जानु छ।'…