काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको दुई दिने भ्रमण सकेर स्वेदश फर्किएका छन्। दक्षिण एसियाको ठूलो अर्थतन्त्र भारतमा पुगेर उनले क्षेत्रीय शान्तिका कुरादेखि इन्डो प्यासिफिक क्षेत्रको सहकार्यको विषयमा चर्चा गरे। अमेरिका र भारतबीच तीन विलियन डलर बराबरको रक्षा सम्झौता भएको छ। सम्झौताअन्तर्गत अमेरिकामा बनेको अपाचे र एमए-६० रोमियो हेलिकोप्टर भारतले किन्ने छ। भ्रमणका क्रममा ट्रम्पले क्षेत्रीय साझेदारीको सन्देश दिन…
काठमाडौं : नेपाल पाकिस्तान द्वीपक्षीय राजनीतिक परामर्श संयन्त्रको चौथो बैठक पाकिस्तानको राजधानी इस्लामावादमा भएको छ। बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी र पाकिस्तानका परराष्ट्र सचिव सोहिल मोहम्मदले नेतृत्व गरेका थिए। बैठकमा दुई देशबीचको आपसी साझेदारीका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। वार्तामा शिक्षा, खेलकुद, संस्कृति, व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्धलाई थप उचाइमा कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा…
काठमाडौं : एउटा तिखो चक्कु भ्लादिमिर लेनिनको छातीमा माथि चलाइयो। चक्कु छातीबाट अगाडि बढ्दै घाँटी हुँदै गलासम्म पुग्यो। सुन्दा हिंस्रक दृश्य लाग्छ, वास्तवममा यो एउटा केकको टुक्रा थियो। यस्तो केक जसको आकृति लेनिनको जस्तै बनाइएको थियो, रुसी क्रान्तिकारी नेता लेनिन जसको मृत्यु १९२४ मा भएको थियो। उनको संरक्षित शरीर अहिले पनि मस्को संग्राहालयमा छ। केकको कुरा गर्दा भोकाएका रुसीसमक्ष यो…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गत माघ ५ गते पार्टी भित्र विशेष परिपत्र जारी गर्यो। २०७६ साउन ३१ गते बसेको नेकपाको सचिवालय बैठकले बामदेव संगठन विभाग बनायो, प्रमुखमा बामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मा। यही विभागको पहिलो बैठक असोज ३० गते पार्टी कार्यालयमा बैठक बस्यो। बैठकले पार्टीको नियमावली संशोधन,संगठित सदस्यता नवीकरण, संगठनात्मक कामलाई गति दिन तत्काल गर्नुपर्ने…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकपछि अर्को काण्डमा मुछिँदै जाँदा कार्यकर्ताहरु असुरक्षित महसुस गर्न थालेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक आफ्ना कार्यकर्ताहरुलाई सरकारको कामको बचाउ गर्न निर्देशन दिँदै आएका छन्। प्रधानमन्त्रीकै भाषामा भन्ने हो भने, 'अरिंगाल'हरु सरकारको बचाउमा लाग्नु पर्ने थियो। तर, पार्टीका नेताहरु, सरकारका मन्त्रीहरु एक पछि अर्को काण्डमा मुँछिँदै जाँदा 'अरिंगाल'हरु सरकारको बचाउ भन्दा…
आज १९ फेब्रुअरी, यी शब्दहरु लेख्दा १२:४४ भएको छ। सम्भवत्, चीनमा कोरोना भाइरसको संक्रमण नफैलिएको भए वा अझ नियन्त्रणमा आइसकेको भए म यतिबेला कम्प्यूटरमा बसेर यी शब्दहरु टाइप गरिरहेको हुने थिइनँ। सगरमाथाको चुचुरो माथिबाट नेपाललाई स्मृतिमा राख्दै चिनियाँ भूमिमाथि उडिरहेको हुने थिएँ। ३५ दिनको बिदामा चीनको सिचुवानबाट नेपाली भूमि टेक्दै गर्दा वुहानमा माहामारीको रुपमा निमोनियाको संक्रमण फैलिरहेको सन्देश थियो। त्यसको…
काठमाडौं : नोवेल कोरोना भाइरसको आउटब्रेक इपिसेन्टर वुहानबाट उद्धार गरिएका नेपालीहरु लिएर नेपाल वायु सेवा निगमको विमान नेपालका लागि उडेको छ। बेइजिङ स्थित नेपाली दूतावासका अनुसार वुहानबाट १७५ जना नेपाली बोकेर विमान नेपालका लागि प्रस्थान गरेको हो। हुवेइका विभिन्न स्थानमा रहेका नेपालीलाई वुहानस्थित थियान्ह अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याइएको थियो। त्यहाँबाट नेपालीहरुको स्वास्थ्य परीक्षण गरी नेपाल फर्काइएको थियो। सुरुमा १८५ जना नेपाली…
काठमाडौं : हुवेइमा रहेका नेपालीहरुलाई उद्धार गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। हुवेइमा रहेका १ सय ८५ जना नेपालीलाई उद्धारको तयारी अन्तिम चरणमा पुगेको बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालले जानकारी दिए। वुहानबाट मात्र ५९ जना ल्याइँदै छ। त्यस्तै जिङ्च्वबाट ५०, सियानबाट २८, अनसीबाट २९, जिङ्मनबाट ९ र यीचाङबाट ५ नेपाली नेपाल फर्किने छन्। नेपालीलाई लिन नेपालबाट नेपाल वायु सेवा…
काठमाडौं : नोवेल कोरोना भाइरसको 'आउटब्रेक इपिसेन्टर' हुवेइ र वुहानमा राजनीतिक नेतृत्व परिवर्तनसँगै चीनमा कोरोना भाइरस विरुद्धको लडाइ 'प्रतिरक्षात्मक' बाट 'आक्रमक' अवस्थामा पुगेको छ। अहिलेसम्म कोरोना भाइरस विरुद्धको लडाइ प्रतिरक्षात्मक ढंगले गररहेको चीनले बुधवारदेखि यस अभियानलाई आक्रमक ढंगले अगाडि बढाएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीबाट सोझै मनोनित भएका आएका अधिकारीहरुले कोरोना भाइरस विरुद्धको लडाइलाई आक्रमक ढंगले अगाडि बढाउन थालेको चाइना…
काठमाडौं : हिजोआज गाउँमा घुमाउने घरहरु देखिन छाडे। गाउँमा वृद्धवृद्धा र बालबालिकामात्र छन्। युवाहरु धन कमाउन विदेशिए। अवसरको खोजीमा शहर पसे। केही कमाएसँगै गाउँमा पक्की घरहरु बन्न थाले। यसरी बनेका पक्की घरहरुले नेपाली गाउँघरको पहिचान बोकेका घुमाउने घरहरुलाई विस्थापित गर्दै गए। स्याङ्जाको राङबाङ क्षेत्र मगर र गुरुङ समुदायको बाहुल्यता भएको क्षेत्र। कुनै समय मगर राजाहरुले राज गरेको ठाउँ। मगरहरु राजाको…
यतिबेला नेपालमा अमेरिकी इन्डो-प्यासिफिक स्टाटेजी (आइपीएस)सँगै मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहस र चर्को विवाद भइरहेको छ। अमेरिकी रक्षा नीति इन्डो प्यासिफिक स्टाटेजी र एमसीसी नेपाल कम्प्याक्टमाथि उठेको बहसले नेपाल-चीन सम्बन्धमा शंकाको विजारोपण गरिसकेको छ। यस्तैमा, अमेरिकी सांसदले चीनको स्वशासित क्षेत्र तिब्बतलाई लक्षित गरी 'तिब्बतीयन पोलिस एण्ड सपोर्ट एक्ट' पारित गरेको छ। नेपालको 'एक चीन नीति'माथि यो नयाँ कानुनले हस्तक्षेप गर्ने…
काठमाडौं : गत डिसेम्बरदेखि महामारीका रुपमा चीनमा फैलिएको नोवेल कोरोना भाइरसका कारण विश्वभर चिनियाँ नागरिकहरुलाई यात्रामा कडाइ गरिएको छ। विभिन्न देशले चिनियाँ नागरिकहरुलाई आफ्नो देश प्रवेश गर्नमा कडाइ गरेका छन् भने कतिपय देशहरुले प्रवेशमै निषेध गरेका छन्। अमेरिकाले फेब्रुअरी २ बाट नै चीन भ्रमण गरेका कुनै पनि देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको छ। चीन भ्रमण गरेको कम्तिमा १४ दिन…
किसानको साथी भनेर चिनिने लाटोकोसेरो तथा हुचिलको संरक्षणका लागि स्याङ्जाको राङभाङ-भैसेगौँडामा लाटोकोसेरो उत्सव शुरु भएको छ। उत्सव भोलिसम्म चल्नेछ। उत्सवमा स्थानीय सांस्कृतिक कार्यक्रम तथा खेलहरुको माध्यमबाट पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्धेश्य समेत राखिएको छ। नेपालमा यस किसिमको उत्सव मनाउन थालिएको ८ वर्ष भएको छ। यसअघि यो उत्सव धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङ जिल्लामा आयोजना गरिएका थिए। यस…
स्याङ्जा : गण्डकी प्रदेशका आर्थिक योजनामन्त्री किरण गुरुङले प्रकृति संरक्षण गर्न अपिल गरेका छन्। उनले दान गरेर नभइ प्रकृति संरक्षण गरेर पुन्य कमाइने बताए। लाटोकोसेरो तथा हुचिल उत्सवको स्याङ्जामा उद्घाटन गर्दै उनले पुरानो चेतना छाडेर नयाँ चेतनाबाट अगाडि बढ्नु पर्ने बताए। ‘भगवानको नाममा महायज्ञ लगाउँदा लाखलाख दान दिन्छौँ। तर प्रकृतिको विनास गर्दै हिँडेका छौँ’, उनले भने, ‘हिजोको चेतनाले होइन आजको…
काठमाडौं : चीनमा महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (२०१९ एनसीओभी)बाट मृत्यु हुनेको संख्या ३६२ पुगिसकेको छ। २७ देशमा फैलिएको यस भाइरसबाट हालसम्म १७ हजार ३९३ जना संक्रमित भइसकेका छन्। त्यस्तै पछिल्लो तथ्यांक अनुसार ४८७ जना उपचार पछि घर फर्किएका छन्। कोरोना भाइरसको 'आउटब्रेक इपिसेन्टर' हुवेइ प्रान्तमा नेपालीहरुलाई उद्धार तयारी भइरहेको छ। बेइजिङस्थित नेपाली दूतावासले उद्धार गर्ने नेपालीहरुको नाम सार्वजनिक…
काठमाडौं : पाँच वर्षअघि पश्चिम अफ्रिकी मुलुकहरुमा फैलिएको इबोला भाइरसले नेपालीलाई पनि प्रभावित पार्यो। संयुक्त राष्ट्रसंघीय शान्ति सेनाका लागि खटिएका नेपाली सुरक्षाकर्मीहरु नेपाल फिर्ता ल्याइए। २०७१ साल असोज २९ गते र कार्तिक १२ गते नेपाल भित्रिएका शान्ति सेनामा खटिएकाहरुलाई नेपाली सेनाले टोखामा राख्यो - आइसोलेसनमा। सैनिक प्रहरी गणमा राखिएका उनीहरुलाई २१ दिन निगरानीमा राखिएको थियो - कतै फर्किएका उनीहरुसँग इबोला…
काठमाडौं : सरकारले चीनको हुवेइ प्रान्तमा रहेका नेपालीहरुको उद्धार प्रक्रिया सुरु गरेको छ। चीनमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरुको उद्धार गर्ने निर्णय भएको भन्दै तयारी थालेको हो। नेपालीको उद्धारका लागि काठमाडौंबाट विशेष चार्टर विमान पठाउने तयारी भइरहेको छ। यस विषयमा थप जानकारी पछि दिने भन्दै हुवेइ प्रान्तमा रहेका नेपालीहरुलाई अनलाइनबाट आवेदन फर्म भर्न दूतावासले अनुरोध गरेको छ। दूतावासले दिएको आवेदन फर्म…
काठमाडौं : चीनको हुवेइ प्रान्तको वुहानबाट फैलिएको नोवेल कोरोना भाइरस (२०१९ एनसीओभी) फैलिँदै गर्दा २३ देशहरु यसको लपेटामा परेका छन्। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसकै कारण अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ। शनिवार विहानसम्म ११ हजार ९ सय ४८ जनामा यो संक्रमण देखा परेको छ। त्यस्तै २ सय ५९ जनाको मृत्यु भइसकेको चिनियाँ अधिकारीहरुले जनाएका छन्। कोरोना भाइरसको आउटब्रेक इपिसेन्ट…
काठमाडौं : चीनमा प्राणघातक संक्रमण नोवेल कोरोना भाइरस (२०१९ एनसिभी)को संक्रमण फैलिएसँगै विभिन्न देशहरुले आफ्ना कुटनीतिज्ञ तथा नागरिकहरुलाई उद्धार गर्न थालेका छन्। चीनको हुवेइ प्रान्तको राजधानी ११ मिलियन (१ करोड १० लाख) जनसंख्या भएको वुहानमा पहिलो पटक देखा परेको यस संक्रमणले सबै भन्दा बढी वुहानलाई असर गरेको छ। यही सबै भन्दा बढी मानिसमा संक्रमण देखिनुका साथै ज्यान गुमाएका छन्। यसको…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको पूर्ण बैठक राष्ट्रिय सभागृहमा बुधवारबाट सुरु भएको छ। २०७४ जेठ ३ गते तीन महिनाभित्र एकताका सबै काम सम्पन्न गर्ने लक्ष्यसहित भएको एकताको २० महिना पुगेको छ। यी २० महिनामा विधानले नै व्यवस्था गरे अनुसार हुने हो भने तीन वटा केन्द्रीय कमिटी बैठक सम्पन्न भइसकेको हुनुपर्ने थियो। बालुवाटारबाट बाहिर हुन लागेको दोस्रो पूर्ण…